मदन–आश्रित स्मृति दिवस
एमालेमा फेरिँदै शक्ति सन्तुलन
नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र नयाँ शक्ति सन्तुलन केन्द्रित आन्तरिक राजनीतिक गठबन्धन सुरु भएको छ । एक वर्ष अघिसम्म पार्टी सदस्यतै नवीकरण नगरी राजनीतिक रूपमा किनारा लगाउने रणनीतिमा पर्नुभएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आइतबार भने नेकपा (एमाले) को औपचारिक कार्यक्रममा प्रमुख अतिथि बनाइनुभयो । यो दृश्यलाई एमालेभित्र विकसित भइरहेको नयाँ शक्ति सन्तुलन केन्द्रित आन्तरिक राजनीतिको सङ्केतका रूपमा हेरिएको छ ।
सगरमाथामा नयाँ कीर्तिमान
नेपालको पर्वतारोहण इतिहासमा आइतबार दुई वटा ऐतिहासिक कीर्तिमान कायम भएका छन् । ‘एभरेस्ट म्यान’ उपनामले परिचित कामिरिता शेर्पा र ‘माउन्टेन क्विन’ उपनामले परिचित लाक्पा शेर्पाले सगरमाथाको सफलतापूर्वक आरोहण गर्दै विश्वविख्यात आरोहीका रूपमा आफ्नो अदम्य साहस, अनुभव र समर्पणमार्फत पुनः विश्वसामु नयाँ कीर्तिमान बनाउनुभएको छ ।
विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले इबोला रोग फैलिएसँगै विश्व स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ । केही अफ्रिकी देशमा इबोला रोग फैलिएसँगै डब्लुएचओले सङ्कटकाल घोषणा गरेको हो ।
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
सर्वोच्च अदालतले कर्मचारी समायोजन ऐन अनुसार प्रदेशमा समायोजित कर्मचारीको बढुवामा सङ्घीय कानुन लागु हुने संयुक्त इजलासबाट प्रतिपादित नजिर बदर गरेको छ । डा. जगदीश जोशीविरुद्ध प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमसमेत विपक्षी भएको मुद्दामा प्रतिपादित नजिर पूर्ण इजलासले बदर गरेको हो । संयुक्त इजलासले सङ्घीय र प्रदेश कानुनको असङ्गति देखाई बढुवामा सङ्घीय कानुन लागु हुने नजिर स्थापित गरेको थियो । पूर्ण इजलासले उक्त नजिर बदर गरेको हो ।
प्रमुख समाचार
कञ्चनपुरमा घरभित्रै हत्या गरिएको अवस्थामा पुरुषको शव फेला
कञ्चनपुरमा घरभित्रै हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । दोधारा चाँदनी नगरपालिका–५, रकुनी टोलका ४५ वर्षीय लीलाराम सुनारको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
एमालेको सचिवालय बैठक बस्दै
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको बैठक सोमबार बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा दिउँसो १ बजे बैठक बस्ने बैठकमा नेताहरुको कार्यविभाजन मुख्य एजेन्डा भएकाले सो पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भीष्मराज अधिकारीले जानकारी दिनुभयो ।
कोरला नाकामा भूमिगत पानी फेला
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ मा नेपाल–चीन जोड्ने कोरला (नेचुङ–लिजी) नाकास्थित दशगजा क्षेत्रमा भूमिगत पानीको परीक्षण सफल भएको छ ।
‘रूपान्तरणको जग बसाल्ने गरी नयाँ बजेट’
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट अर्थतन्त्रको संरचनागत सुधार गर्ने गरी रूपान्तरणकारी हुने बताउनुभएको छ । आइतबार अर्थ मन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी बजेटका सन्दर्भमा दिएका सुझाव ग्रहण गर्ने क्रममा मन्त्री डा. वाग्लेले सरकार निजी क्षेत्रलाई मुख्य साझेदार मानेरै अगाडि बढ्न प्रतिबद्ध रहेको प्रस्ट पार्नुभयो ।
गोरखापत्र ताजा
कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान
यहाँको नेपाल–चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस टावरका लागि थप उपकरण जडान गरिएको छ ।
बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान
हालै विवाहबन्धनमा बाँधिएका कोत्रवाङका प्रकाश खत्री र राधिका धिताल खत्रीले व्यक्तिगत लगानीमा सडकबत्ती जडान गर्नुभएको हो ।
व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान
यहाँको टेम्केमैयुङ गाउँपालिका–५ खावामा किवीखेती विस्तार भइरहेको छ । दीर्घकालीन आम्दानी लिन सकिने सम्भावना देखिएपछि वडाले पनि किवीखेतीलाई प्राथमिकतामा राख्दै किसानलाई प्रोत्साहन गर्दै आएको छ ।
सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय
सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ । निरन्तरको वर्षापछि सुनकोशी नदीमा पानीको बहाव बढेसँगै फरक–फरक सडकखण्डमा पर्ने फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज निकालिएको हो ।
राष्ट्रिय
‘रूपान्तरणको जग बसाल्ने गरी नयाँ बजेट’
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट अर्थतन्त्रको संरचनागत सुधार गर्ने गरी रूपान्तरणकारी हुने बताउनुभएको छ । आइतबार अर्थ मन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी बजेटका सन्दर्भमा दिएका सुझाव ग्रहण गर्ने क्रममा मन्त्री डा. वाग्लेले सरकार निजी क्षेत्रलाई मुख्य साझेदार मानेरै अगाडि बढ्न प्रतिबद्ध रहेको प्रस्ट पार्नुभयो ।
गाेरखापत्र विशेष
सिंहदरबारकै जग्गा अतिक्रमण
खोलानाला, नदी र सडक किनारका मात्र नभई मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको जग्गासमेत मिचिएको (अतिक्रमणमा परेको) पाइएको छ । सडक विस्तार गर्दा दुवैतिरबाट जमिन लिनुपर्ने भए पनि एकातिरबाट जमिन लिँदा सरकारी जग्गा अतिक्रमणमा परेको हो ।
प्रविधि
चीनले अन्तरिक्ष यात्राका लागि नयाँ अभियान सुरु गर्दै
चीनले नयाँ मानवसहित अन्तरिक्ष अभियानका लागि अन्तरिक्षयान प्रक्षेपणको तयारी पूरा गरेको जनाएको छ । शुक्रबार सार्वजनिक गरिएको जानकारीअनुसार अन्तरिक्षयान र त्यसलाई अन्तरिक्षमा लैजाने वाहक रकेटलाई उत्तरपश्चिम चीनस्थित जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्रको प्रक्षेपण क्षेत्रमा सफलतापूर्वक स्थानान्तरण गरिएको छ ।
अर्थ
‘रूपान्तरणको जग बसाल्ने गरी नयाँ बजेट’
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट अर्थतन्त्रको संरचनागत सुधार गर्ने गरी रूपान्तरणकारी हुने बताउनुभएको छ । आइतबार अर्थ मन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी बजेटका सन्दर्भमा दिएका सुझाव ग्रहण गर्ने क्रममा मन्त्री डा. वाग्लेले सरकार निजी क्षेत्रलाई मुख्य साझेदार मानेरै अगाडि बढ्न प्रतिबद्ध रहेको प्रस्ट पार्नुभयो ।
प्रदेश
खेलकुद
क्रिकेटः स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल
आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा स्कटल्याण्डले टस जित्दै नेपाललाई पहिले बलिङको निम्तो दिएको छ । खेल बिहान ९ः३० बजे सुरु हुँदैछ ।
कला/साहित्य
‘बखान’ माथि अन्तरसंवाद
‘बखान’ उपन्यासले पश्चिम चितवनको बस्ती बसाल्दादेखि तत्कालीन सामाजिक अर्थ व्यवस्थाको उत्थानका पहल, प्रजातन्त्रका लागि तन, मन र धन तथा सन्तानको समेत आहुति दिने गुमनाम योद्धालाई चर्चामा ल्याएको बताइएको छ । शिखा बुक्सद्वारा लेखक/पत्रकार वसन्त पराजुलीको बखानमाथिको ‘बखान’ उपन्यास ‘बखान’ का सन्दर्भमा आइतबार आयोजित अन्तरसंवाद कार्यक्रममा सहभागी समीक्षक, साहित्यकारले सो कुरा बताएका हुन् ।
प्रवास
नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोमा मे तेस्रो साता हुन गइरहेको नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।
विश्व दूरसञ्चार तथा सूचना समाज दिवसः ‘डिजिटल’ पहुँच विस्तारमा जोड
‘इन्टरनेट’ तथा सूचना–सञ्चार प्रविधि (आइसिटी) को प्रयोगमार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना अभिवृद्धि गर्ने तथा डिजिटल विभाजन कम गर्ने उद्देश्यले हरेक वर्ष मे १७ मा यो दिवस मनाउने गरिन्छ ।
नेपाल–बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्धन गर्न ‘नेपाल फेस्टिभल’
बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा शनिबार ढाकास्थित बङ्गलादेश शिल्पकला एकेडेमीमा ‘नेपाल फेस्टिभल–२०२६’ आयोजना गरेको छ ।
उपराष्ट्रपति यादवसँग इजरायली राजदूतको शिष्टाचार भेटवार्ता
पराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
अन्तर्राष्ट्रिय
नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोमा मे तेस्रो साता हुन गइरहेको नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।
इरान र फिफाबीच ‘रचनात्मक’ बैठक
विश्व फुटबलको सर्वोच्च निकाय फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा इरानको सहभागिता सुनिश्चित गर्न इस्तानबुलमा शनिबार भएको बैठकले इरानी टोलीका लागि ‘रचनात्मक’ र ‘राम्रो’ छलफल भएको बताउनुभएको छ।