अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता हुँदै
नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीविच आज दिउँसो ३ बजे समसामयिक राजनीतिक विषयमा छलफल हुने समय तय भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज दिउँसो च्यासलमा भेटवार्ता हुनेछ ।
वर्षाका कारण देशभरका ११ राजमार्ग पूर्णरुपमा अवरुद्ध
मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका ११ राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् ।
भारी वर्षाको सम्भावना, सुरक्षित स्थानमा बस्न प्रधानमन्त्रीको आग्रह
देशको विभिन्न भागमा भारी वर्षा हुने पूर्वानुमानसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यक बाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गर्नुभएको छ।
प्रमुख समाचार
प्रत्यक्ष निर्वाचत प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतासँग सिँधै जोडिने भएकाले प्रत्यक्ष निर्वाचत प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्ने बताउनुभएको छ ।
राउटे संरक्षण गर्न छुट्टै समिति : विधेयकसहित कोरिडोरको खाका तयार पारिने
कर्णाली प्रदेश सरकारले कर्णालीका विभिन्न जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको संरक्षणका लागि छुट्टै समन्वय समिति गठन गरेको छ । सामाजिक विकास मन्त्रालयले राउटे समुदायका लागि विधेयक बनाउन, राउटेको प्रोफाइल तयार पार्न र राउटे कोरिडोरको खाका तयार गर्नका लागि समिति गठन गरेको हो ।
पार्किङ गरेको गाडीले च्यापेर एक जनाको मृत्यु
दाङमा पार्किङ गरेर राखेको पिकअप बोलेरा गाडीले च्यापेर एक जनाको मृत्यु भएको छ । आइतबार बिहान लमही नगरपालिका–५ सुनखोली निवासी २१ वर्षीय राजेशकुमार बानियाको पिकअप गाडीले च्यापेर मृत्यु भएको हो ।
विकासले जगाएको आशा,सहरबाट फर्किन थाले गाउँ
मनाङको मुख्य आयस्रोत भनेको पर्यटन हो । यस क्षेत्रका प्रत्येक घरमा होटेल व्यवसाय, चिया पसललगायतका व्यवसाय सञ्चालन हुँदै आएका छन् । यहाँ पर्यटनसँग सम्बन्धित तीन सयभन्दा बढी व्यवसाय छन् ।
गोरखापत्र ताजा
स्थानीय तहमा पुँजीगत बजेट खर्च हुन सकेन
जनताको घरदैलोसम्म विकासको जिम्मेवारी बोकेका कैलालीको स्थानीय तहहरु विकास अर्थात पुँजीगत बजेट खर्च गर्नमा पछाडि देखिएका छन् ।
अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा आठ टोली सहभागी हुने
ताप्लेजुङमा आयोजना हुने तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा आठ टोली सहभागी हुने भएका छन् ।
खोटाङका नगरप्रमुख बाँस बोकेर काठमाडौँको यात्रामा
बाँससम्बन्धी सरकारले नीतिगत निर्णय गर्नुपर्ने माग राख्दै भोक हड्ताल गर्ने घोषणा गरेर खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई काठमाडौं हिँड्नुभएको छ।
छाउगोठमा मृत्यु भएकी कमलाको परिवारलाई ५० हजार सहयोग
छाउगोठमा सर्पको टोकाइबाट मृत्यु भएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, निगालीकी २८ वर्षीया कमला दमाईंको परिवारलाई कृष्णपुर नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ ।
राष्ट्रिय
सवारी साधन कारबाहीबाट आठ लाख राजस्व सङ्कलन
ताप्लेजुङमा एक वर्षको अवधिमा एक हजार बढी सवारी साधन कारबाहीमा परेका छन् । गत आर्थिक वर्ष २०८१–८२ मा एक हजार ५७ वटा सवारी साधन कारबाहीमा परेका हुन् ।
गाेरखापत्र विशेष
वन कोषको तीन अर्ब प्रयोगविहीन
वन विकास कोषमा तीन अर्ब रुपियाँ जम्मा भए पनि त्यो रकम रुख रोप्न, हुर्काउनलगायत वन क्षेत्रको विकास तथा संवर्धनमा प्रयोग हुन सकेको छैन । सो रकम छ वर्षदेखि प्रयोगविहीन छ ।
प्रविधि
तीन देशका अन्तरिक्ष यात्रीका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवतरण
भारत, पोल्यान्ड र हङ्गेरीबाट ४० वर्षभन्दा बढी समयपछि पहिलो अन्तरिक्ष यात्रीहरू समावेश गरेको निजी अन्तरिक्ष उडान मङ्गलबार प्रशान्त महासागरमा अवतरणसँगै समापन भएको छ ।
अर्थ
सोलुखुम्बुमा ३७ करोडभन्दा बढी रकम फ्रिज
गत आर्थिक वर्षमा सोलुखुम्बुको ३७ करोड रकम बढी फ्रिज भएको छ । गएको आर्थिक वर्ष २०८१-८२ मा ३७ करोड ७४ लाख १० हजार ६ सय ६७ रुपियाँ बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुका सूचना अधिकारी नवीन राईले जानकारी दिनुभयो ।
प्रदेश
खेलकुद
अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा आठ टोली सहभागी हुने
ताप्लेजुङमा आयोजना हुने तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा आठ टोली सहभागी हुने भएका छन् ।
कला/साहित्य
बृहत रक्तदान कार्यक्रम सम्पन्न
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
प्रवास
अनेसासले गर्यो सर्वोत्कृष्ट ११ पुरस्कारको घोषणा
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले हरेक दुई वर्षमा प्रदान गर्दै आएको विभिन्न ११ विधाका पुरस्कार घोषणा गरेको छ ।
‘आशावादी मान्छे मात्र सफल हुन्छन्’
काठमाडौं महानगरपपालिकाकी उपप्रमुख सुनिता डंगोलको विश्वास गर्ने, सपना देख्ने र आशावादी मान्छे मात्र सफल हुने बताउनुभएको छ । नेपाल र चीनबिच कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठको अवसरमा ‘फिनिक्स इन्स्पिरेशन’ ले आज काठमाडौंमा आयोजना गरेको ‘नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन २०२५’ मा सम्मानित भएपछि संक्षिप्त मन्तव्य राख्दै उहाँले यस्तो बताउनुभएको हो ।
विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा श्रेष्ठ चयन
विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ चयन हुनुभएको छ ।
अमेरिकामा भानुभक्तको योगदानको चर्चा
नेपाली भाषाका नक्षत्र आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती नर्थ क्यारोलिनाको रालेमा सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय
दक्षिण कोरियामा भारी वर्षा : १४ को मृत्यु
दक्षिण कोरियामा पाँच दिनसम्म परेको भारी वर्षाले १४ जनाको मृत्यु तथा १२ जना बेपत्ता भएको सरकारले आइतबार जनाएको छ ।
तिब्बतमा ‘मेगा ड्याम’ निर्माण सुरु
प्रधानमन्त्री ली कियाङको उपस्थितिमा चीनले तिब्बत र भारत भएर बग्ने एक नदीमा शनिबारदेखि ठूलो बाँध निर्माण सुरु गरेको छ । तिब्बतमा यार्लुङ साङ्पो भनिने उक्त नदी भारतमा ब्रह्मपुत्रको नामले चिनिन्छ ।