सुकुमवासी बस्तीमा अन्योल
काठमाडौँको सुकुमवासी बस्तीमा डोजर चलेपछि कर्णालीका सुकुमवासी बस्तीमा समेत त्रास फैलिएको छ । सुर्खेतसहित कर्णालीका विभिन्न जिल्लामा पनि सार्वजनिक जग्गामा सुकुमवासीको बसोबास छ ।
भरूवा बन्दुकसहित एक जना पक्राउ
जिल्लाको खार्पुनाथ गाउँपालिका–४ बाट भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
भूकम्प प्रभावित क्षेत्रमा विद्यालय भवन, पढाइ सहज
सल्यानको दार्मा गाउँपालिका –५ रातामाटास्थित अन्धनाशक आधारभूत विद्यालयमा पक्की भवन निर्माण भएपछि पठनपाठन सहज बनेको छ ।
प्रदेश अस्पतालमा हेलिप्याड
सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालको छतमा हेलिप्याड निर्माण गरिएको छ । हेलिप्याड निर्माणसँगै दुर्गमबाट आएका बिरामीको उपचार सहज हुने विश्वास लिइएको छ । नेपाली सेनाको उत्तर–पश्चिम पृतना हेड क्वाटर सुर्खेतको समन्वयमा शुक्रबार प्राविधिक जाँच तथा परीक्षण उडान गरिएको छ ।
लेक चढ्न थाले भेडा
बेँसी झरेका भेडा चरनका लागि लेक र हिमाली भेगतर्फ लागेका छन् । चिसो मौसममा चरनमा समस्या भएपछि बेँसी झरेका भेडाबाख्रा गर्मी सुरु भएसँगै फेरि लेकतर्फ गएका हुन् । जिल्लाको छायानाथ रारा नगरपालिका–६ को खाँडाचौरका भेडीगोठका गोठालाले आफ्ना भेडाका बथानलाई लेक र उच्च खर्कतर्फ लैजान थालेको भेडागोठाला रतनबहादुर मल्लले बताउनुभयो । उहाँले बेँसीमा गर्मी बढेपछि यहाँका २२ वटा भेडीगोठका बथानलाई लेकतर्फ लगेको बताउनुभयो । स्थानीय बाँच्या ऐडीका अनुसार चिसो समयमा हिमाली भेगका लेकमा हिउँपर्दा चिसो र चरनका लागि घाँस नपाउने हुँदा हिमाली भेगबाट चिसो छल्न बेँसी झरेका भेडा फेरि लेकतर्फ लगेका छन् ।
प्रहरी कार्यालय सल्यानको परिसरमा फेला परेका ८६ बम सेनाद्वारा निष्क्रिय
जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्र भवन निर्माणका लागि जग खन्ने क्रममा फेला परेका ८६ वटा बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
खार्पुनाथ गाउँपालिका-४ का वडा सदस्य ६३ वर्षीय मक्क बहादुर रोकाया भरुवा बन्दुक सहित पक्राउ पर्नु भएको छ ।
जग खन्ने क्रममा बम फेला
सल्यान जिल्लामा ठूलो परिमाणमा विस्फोटक सामग्री फेला परेको छ।
जुम्लामा घरेलु–यौनजन्य हिंसा बढ्दै : मानव अधिकार आयोग
राष्ट्रिय मानव अधिकार आयोग, जुम्लाले जिल्लामा घरेलु तथा यौनजन्य हिंसा डरलाग्दो रूपमा बढ्दै गएको जनाएको छ ।
सल्यानका तीन गाउँमा विद्युत् सेवा विस्तार
सल्यानमा चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्म चार हजारभन्दा बढी घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा विस्तार गरिएको छ ।
हिल्साका सीमास्तम्भ अनुगमन
नेपाल र चीनको सिमाना हिल्सामा स्थापना भएका दुई देशबिचका सीमास्तम्भको अनुगमन गरिएको छ । उत्तरी क्षेत्र हिल्सा पुगेर जिल्ला सुरक्षा समिति
जाजरकोटमा न्यून शुल्कमै प्राविधिक शिक्षा, विद्यार्थी उत्साहित
जाजरकोट बहुप्राविधिक शिक्षालय, भेरी नगरपालिका–५ काफलचौरले यस वर्ष न्यूनतम शुल्कमै गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्ने भएपछि विद्यार्थीहरूमा खुसी छाएको छ ।
लिमिटेड हुम्ला शाखाद्वारा ८७ लाखको रैथाने बाली खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको हुम्ला शाखाले यस वर्ष जिल्लाका चार गाउँपालिकाबाट ८७ लाख रुपियाँभन्दा बढी मूल्यका रैथाने बाली खरिद गरेको छ ।
कर्णालीका उत्पादनमा‘भौगोलिक सङ्केत’ राख्ने तयारी
कर्णाली प्रदेशमा भौगोलिक रूपमा बढी उत्पादन हुने स्थानीय तथा रैथाने बालीमा भौगोलिक सङ्केत (जियोग्राफिकल इन्डिकेसन) राख्ने तयारी थालिएको छ । कुनै निश्चित स्थानमा सबैभन्दा बढी उत्पा
नगरस्तरीय रनिङ शिल्डको उपाधि शिवजनलाई
कडा प्रतिस्पर्धाबिच सम्पन्न शारदा नगरपालिकास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा शिवजन माध्यमिक विद्यालय प्रथम भएको छ ।
कर्मचारी अभावमा चालक र कार्यालय सहयोगीलाई दर्ताको जिम्मेवारी
सेवाग्राहीको बाक्लो भीड लाग्ने यातायात व्यवस्था कार्यालय सुर्खेतले कर्मचारीको चरम अभाव भोगिरहेको छ । न्यून जनशक्तिका कारण कार्यालयले सेवा प्रवाह गर्न गाडी चालक र कार्यालय सहयोगीलाई समेत दर्तालगायतका काममा खटाउनुपरेको छ ।
रोल्पा जिप दुर्घटना : सल्यानकी एक महिलाको मृत्यु
पूर्वी रुकुमबाट रोल्पाको जलजला जाँदै गरेको जिप दुर्घटनामा परी सल्यानकी एक महिलाको मृत्यु भएको छ ।
हुम्लामा १० अति कुपोषित बालबालिका उपचारका लागि रिफर
ताँजाकोट गाउँपालिकाको स्वास्थ्य शाखाले १० जना अति कुपोषित बालबालिकालाई जिल्ला बाहिरको सुविधा सम्पन्न अस्पतालस्थित पोषण पुनःस्थापना केन्द्रमा रिफर गरेको छ ।
सडक नपुगेका बस्तीमा सारिए खच्चड
सडक सञ्जाल पुगेका स्थानमा रहेका खच्चड अहिले सडक नपुगेका ठाउँमा सारिएका छन् । सडक सञ्जाल नजोडिएका दूरदराजका बस्तीमा सामान ढुवानी गर्न खच्चड सारिएका हुन् ।
गोठीखोलामा बेलिब्रिज निर्माण तीव्र
कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको सर्केगार्ड गाउँपालिका–४ मा पर्ने गोठीखोलामा बेलिब्रिज निर्माण कार्य सुरु भएको छ । गाउँपालिका केन्द्रसमेत रहेको उक्त स्थानमा असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित कामले तीव्रता पाएको हो ।
रोल्पा जिप दुर्घटना : छानबिन गर्न समिति गठन
गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको जिप दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।
प्रहरीद्वारा साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना
जिल्ला प्रहरी कार्यालय हुम्लाले प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न र आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । घरबाट टाढा बसी कार्यक्षेत्रमा खटिएका प्रहरी जवानदेखि अधिकृतसम्मलाई एकै स्थानमा भेला गराई मनोरञ्जन प्रदान गर्न यो कार्यक्रम गरिएको हो ।
रोल्पाको थवाङमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
रोल्पामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार रोल्पाको थवाङ गाउँपालिका १ जलजलामा रुकुम पूर्वबाट जाँदै गरेको जिप दुर्घटना भएको हो ।
साढे २५ करोड लागतको खानेपानी योजना सुरु, १२ सय घरधुरी लाभान्वित हुने
तीन वडाका करिब एक हजार दुई सय घरधुरीमा सुरक्षित खानेपानी सेवा पुर्याउने लक्ष्यसहित सल्यानको शारदा नगरपालिकामा खानेपानी आयोजना निर्माण सुरु गरिएको छ ।