निर्वाचन आचार संहिता पालन गर्न सबै पक्ष सहमत
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिता पूर्ण रूपमा पालन गर्ने प्रतिबद्धता जनाएका छन्।
सल्यानमा निर्वाचन आचारसंहिता पालना गर्न दल र उम्मेदवारको प्रतिबद्धता
सल्यानमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला पक्षहरूले प्रतिबद्धता जनाएका छन्।
चुनावी प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवार
४० वर्षीय रमेश परियार मुलुकमा चरम भ्रष्टाचार मौलाउनुको मुख्य कारण राजनीतीकरणलाई मान्नुहुन्छ । दलीय व्यवस्थाकै कारण भ्रष्टाचार बढेको बताउने उहाँ सुशासनको एजेन्डा बोकेर आफैँ चुनावी मैदानमा होमिनुभएको छ । उहाँ सुर्खेतको निर्वाचन क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवार बन्नुभएको छ ।
हिमपातले यातायात अवरुद्ध
हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । गत शुक्रबार परेको हिमपातमाथि फेरि मङ्गलबार रातिबाट हिमपात सुरु भएपछि सडकमा बाक्लो हिउँ जमेकाले यातायात सेवा अवरुद्ध भएको हो ।
चुनावी मैदानमा कर्णालीका ‘जेनजी’
गत भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा सुर्खेतका रवि हमाल ठकुरी पनि आन्दोलन सफल बनाउन सडकमा उत्रिनुभयो । आन्दोलनले उठाएका एजेन्डा पूरा गराउन उहाँले त्यसपछि पनि निरन्तर खबरदारी गरिरहनुभयो । कहिले लेखेर, कहिले बोलेर त कहिले सडकमै उत्रिएर उहाँले राजनीतिक दलदेखि सुशीला कार्की नेतृत्वको सरकारलाई समेत जेनजी विद्रोह नभुल्न र त्यसले उठाएका मुद्दाको उचित सम्बोधन गर्न सचेत गराइरहनुभएको छ ।
सल्यानका दुई हजार ६६९ किशोरीलाई एचपिभी खोप लगाइँदै
सल्यान जिल्लाका दुई हजार ६६९ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको छ ।
संविधान कार्यान्वयनमा सहकार्य जरुरी : सभामुख गुरुङ
कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले संविधान कार्यान्वयन प्रभावकारी बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । नेशनल लेजिसलेटिभ एकाडेमीले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको संविधान कार्यान्वयन सवाल विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।
फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनाको काम सुरु गर्न माग
फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनाको काम सुचारु गर्न माग गदै स्थानीयले जिल्ला प्रशासन कार्यालयको ध्यानाकषर्ण गरेका छन् ।
हिउँदे वर्षाले कृषि, वातावरण र जनजीवनमा राहत
सल्यानमा हिउँदे वर्षा भएपछि किसान एवं अन्य सर्वसाधारणलाई राहत मिलेको छ । लामो समयपछि परेको पानीले जिल्लाको कृषि, वातावरण र जनजीवनमा राहत प्रदानगरेको हो ।
हिमपातले रारा जाने सडक अवरुद्ध, सवारीसाधन अलपत्र
मङ्गलबार रातिदेखि लगातार परेको हिमपातले नाग्म– गमगढी राजमार्गअन्तर्गतको घुच्चीलेक खण्डमा सडक अवरुद्ध भएको छ । एक हप्ताअघि यो खण्डमा जमेको हिउँ पन्छाइ सडक डिभिजन कार्यालय जुम्लाले सडक सञ्चालनमा ल्याएको थियो ।
हातहतियार बुझाउन निर्देशन
जिल्ला प्रशासन कार्यालय हुम्लाले हातहतियार तथा खरखजाना बुझाउन निर्देशन दिएको छ । २०८२ साल माघ २१ गतेभित्र जिल्लाभित्र रहेका सबै किसिमका हातहतियार तथा खरखजाना अनिवार्य रूपमा बुझाउन जिल्ला प्रशासन कार्यालय हुम्लाले स्थानीयलाई निर्देशन दिएको हो ।
छत्रेश्वरीमा बजेट संशोधन र विभिन्न कानुन पारित
बजेट संशोधन, समायोजन एवम् विभिन्न ऐन तथा कार्यविधिहरु पारित गर्दै सल्यानको छत्रेश्वरी गाउँपालिकामा गाउँसभाको १९ औँ अधिवेशन सम्पन्न भएको छ ।
जुम्लामा फेरि हिमपात
जुम्लामा फेरि हिमपात भएको छ । बुधबार बिहान वर्षासँगै हिउँ परिरहेको छ । । उच्च हिमाली क्षेत्रमा बिहानै आधाफिट हिउँ परिसकेको छ भने जुम्ला सदरमुकाममा हिउँ पर्न थालेको छ ।
साथीको हत्या आरोपमा तीन जना पक्राउ
सँगै घुम्न गएका बेला जिल्लाको जुनीचाँदे गाउँपालिका–४ का १५ वर्षीय खिमराज विष्टको हत्या गरिएको आरोपमा तीन जना साथीलाई पक्राउ गरिएको छ ।
हुम्लामा पुनः हिमपात
हिमाली जिल्ला हुम्लामामङ्गलबार रातिबाट हुम्लामा पुनः हिमपात भएको छ । यसअघि गत शुक्रबार हिमपात भएको थियो ।
उम्मेदवारको घरदैलो अभियान
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्लाका सबै उम्मेदवारले निर्वाचन चिह्न प्राप्त गरेसँगै गाउँ केन्द्रित घरदैलो अभियानमा लागेका छन् । माघ ६ गते मनोनयन दर्ता गराएका राजनीतिक दलका उम्मेदवारहरू र पार्टीका नेता कार्यकर्ता घरदैलो अभियानका लागि गाउँ केन्द्रित भएका छन् ।
टिमुरको आम्दानी बाह्र करोडभन्दा बढी
जाजरकोटवासीले टिमुर खेतीबाट राम्रो आम्दानी गरेका छन् । जाजरकोटका सात वटा स्थानीय तहका जनताले टिमुर खेती गर्न थालेपछि आम्दानीको स्रोत बनेको हो । यस वर्ष जुनीचाँदे, शिवालय, कुसे, बारेकोट गाउँपालिका तथा छेडागाड नगरपालिका, नलगाड नगरपालिकाका लागि टिम्मुर आम्दानीको स्रोत बनेको छ । जाजरकोटका विभिन्न गाउँबस्तीबाट करिब एक लाख ७८ हजार ८३० किलो टिमुर जिल्लाबाट बाहिर गएको छ । टिमुरले राम्रो मूल्य पाएपछि टिमुर खेतीप्रति जनता आकर्षित भएका छन् ।
क्यान्सर जितेर मानवताको यात्रा
काठमाडौँ वसन्तपुरकी ४८ वर्षीय कविता चित्रकारको जीवन २०७९ सालमा अचानक बदलियो । स्तन दुखिरहने समस्याको उपचारका लागि चिकित्सकको परामर्शमा जाँदा तेस्रो चरणको स्तन क्यान्सर भएको जानकारी दिइयो ।
हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक खुल्यो
हिमपातले अवरुद्ध पर्यटकीय क्षेत्र रारा जाने नाग्म–गमगढी सडक सञ्चालनमा आएको छ। शुक्रबार रातिदेखि भएको हिमपातले अवरुद्ध भएको नाग्म–गमगडी भुलभुलैया खण्ड चार दिनपछि सञ्चालनमा आएको हो।
दुर्गम गाउँँमा ५० किलोवाटको सोलार मिनीग्रीड सञ्चालन
नाम्खा गाउँपालिका–३ खगालगाउँको झुला गाउँमा ५० किलोवाटको सोलार मिनीग्रीड सञ्चालनमा आएको छ । उक्त मिनीग्रीड परियोजनाको निर्माण कार्य सम्पन्न हुँदा विद्युत आपूर्ति समेत सुरु भएको हो ।
दुर्गम गाउँ जोड्न झाेलुङ्गे पुल निर्माण हुँदै
दुर्गम बस्तीका स्थानीयलाई सहज आवतजावतको सुविधा उपलब्ध गराउने उद्देश्यले दैलेखमा आर्थिक बर्ष २०८२–८३ मा १० वटा झोलुङ्गे पुल निर्माण गरिने भएको छ ।
उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने
प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि उम्मेदवारको निर्वाचन खर्च सीमा निर्धारण गरिएको छ । निर्वाचन आयोगले हिमाली जिल्ला हुम्लासहित देशभरका जिल्लाका लागि निर्वाचन खर्चको हद तोकेको हो ।
एम्बुलेन्सको भाडा सत्तरी हजार !
यहाँको बारेकोट गाउँपालिको एम्बुलेन्स सेवाको भाडादर निर्धारण गरेको छ । बारेकोटदेखि जिल्ला, प्रदेश हुँदै काठमाडौँसम्मको निर्धारण गरेको भाडादर बढी भएको भन्दै स्थानीयस्तरमा विरोध भएको छ । गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत गरेको एम्बुलेन्स भाडादर जनताको पहुँचभन्दा बाहिर रहेको भन्दै सर्वसाधारण आक्रोशित भएका छन् ।
निर्वाचन चिह्न पाएसँगै उम्मेदवार गाउँ गाउँमा
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सबै उम्मेदवारले निर्वाचन चिह्न प्राप्त गरेसँगै गाउँकेन्द्रित हुन थालेका छन् । माघ ६ गते मनोनयन दर्ता गराएका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले गत शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्न प्रदान गरेसँगै उम्मेदवार गाउँकेन्द्रित भएका हुन् ।