सप्तरीमा सशस्त्र प्रहरी हवल्दारको मृत्यु
सप्तरीको बोदेबर्साइन नगरपालिका क्षेत्रमा कार्यरत एक सशस्त्र प्रहरी हवलदारको मृत्यु भएको छ ।
परवानीपुरमा बँदेलको आक्रमणबाट युवकको मृत्यु
चुरेपाखामा पर्ने सर्लाहीको लालबन्दी नगरपालिका–१५, झरझरा पिङखोल्सीमा बँदेलको आक्रमणबाट एक युवकको मृत्यु भएको छ ।
सप्तरीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
जङ्गली हात्तीको आक्रमणबाट सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६६ वर्षीय यज्ञश्वर निरौला रहेका छन् ।
बाढीले सडक बगाउँदा चुरेभेगमा सवारी आवागमन रोकियो
सर्लाहीको विकट चुरेभेगमा बारम्बार आएको बाढीले खोलाको बाटो बगाउँदा स्थानीयवासी सास्ती भोग्न बाध्य भएका छन् ।
निःशुल्क आँखा–कान शिविरमा ३२० जनाले सेवा पाए
सप्तरीको महदेवा गाउँपालिका–१ मा आयोजित एकदिने निःशुल्क आँखा तथा कान उपचार शिविरबाट तीन सयभन्दा बढी स्थानीय लाभान्वित भएका छन् ।
पोखरीमा डुबेर एकको मृत्यु
रौतहटमा आइतवार पोखरीमा डुबेर एक बालककोे मृत्यु भएको छ ।
गौशालामा घरमै पसेर महिला र बालबालिकामाथि कुटपिट, दुई जना पक्राउ
शनिबार राति करिब १२ बजे घरमा सुतिरहेको अवस्थामा दुई जना व्यक्ति प्रवेश गरी २५ वर्षीया महिलामाथि आक्रमण र जबरजस्ती करणी गरेका हुन्।
डाक्नेश्वरीका ३४६ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
सप्तरीको डाक्नेश्वरी नगरपालिकाका ३४६ परिवारलाई शनिबार जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ । नापी कार्यालय सप्तरीद्वारा वडा नं. ९ मा आयोजित एक कार्यक्रमबीच 'गाउँ ब्लक' मा बसोबास गर्दै आएका परिवारलाई जग्गाको स्वामित्व हस्तान्तरण गरिएको हो ।
बाहुनी–परवानीपुर–घारिबथान सडक कालोपत्रे, स्थानीय खुसी
मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ अन्तर्गत सर्लाहीको चुरेभेगस्थित बाहुनी–परवानीपुर–घारिबथान सडक कालोपत्रे भएको छ ।
बलात्कार पीडित महिलाको बिचल्ली
धनुषामा बलात्कार घटनाका पीडित एक महिलाले पतिले समेत साथ छाडेपछि बिचल्लीमा परेको बताउनुभएको छ ।
गण्डक नहरको अतिक्रमण हटाउन सुरु
नारायणी सिँचाइ व्यवस्थापन कार्यालय, वीरगन्जले गण्डक नहरको किनारमा अतिक्रमण गरी बनाइएका पक्की तथा कच्ची घर, टहरा, भकारी र झुप्रोहरू हटाउन आइतबार बिहान ६ बजेदेखि सुरक्षाकर्मी परिचालन गरी अभियान सुरु गरेको छ ।
लागुऔषध ट्याब्लेट र क्याप्सुलसहित एकजना पक्राउ
सुनसरीको इटहरीमा लागुऔषध ट्याब्लेट र क्याप्सुलसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–११ बाट २९ वर्षीय मोहमद सहनेवाजलाई ठुलो परिमाणको लागुऔषधसहित पक्राउ गरेको हो ।
सर्लाहीका आधारभूत अस्पताल आएनन् सञ्चालनमा
पाँच वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको सर्लाहीको अधिकांश आधारभूत अस्पताल सञ्चालनमा आउन सकेका छैनन् । ओलीले २०७७ मङ्सिर १५
वर्षापछि गर्मीबाट राहत, सर्लाहीमा चट्याङ र हावाहुरीको असर
सर्लाहीमा शनिबार राति पूर्व–पश्चिम राजमार्ग क्षेत्र र आसपासका स्थानहरूमा मुसलधारे वर्षा भएको छ । दुई दिनदेखि अत्यधिक गर्मीबाट प्रभावित स्थानीयले वर्षापछि मौसम शीतल भएसँगै राहत महसुस गरेका छन् ।
चन्द्रनहर अतिक्रमण हटाइने, १२६ घरटहरा भत्काइने
सप्तरीको ऐतिहासिक चन्द्रनहर क्षेत्रको अतिक्रमित जग्गा खाली गराउन कोशी पम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन कार्यालय, राजविराजले तयारी सुरु गरेको जनाएको छ।
झिलिमिली जानकी मन्दिर
जानकी नवमीको अवसरमा शनिबार साँझ जनकपुरधामस्थित जानकी मन्दिर प्राङ्गणमा सवा लाख दीप प्रज्वलन गर्दै सर्वसाधारण ।
धनुषामा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
ढल्केबरमा ५३ वर्षदेखि अतिक्रमित सडकका संरचना हटाइयो
धनुषाको मिथिला नगरपालिका-६, ढल्केबर चोकस्थित करिब ५३ वर्षदेखि अतिक्रमणमा परेको सार्वजनिक सडक अन्ततः खाली गराइएको छ ।
जानकी नवमीमा दुग्धमतिमा स्नान गर्ने भक्तजनको घुइँचो (फोटो फिचर)
जानकी नवमीको अवसरमा जनकपुरधामस्थित दुग्धमति नदीमा साधुसन्त, वृद्धवृद्धा, महिला तथा युवा भक्तजनहरूको घुइँचो लागेको छ।
वीरगञ्जबाट पेट्रोलियम आयात, ६३ अर्ब राजस्व संकलन
चालु आर्थिक वर्षको प्रथम नौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु ६० अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रु ५७ अर्ब ५३ करोड राजस्व प्राप्त भएको थियो ।
मधेश प्रदेशमा सामाजिक विकासका सूचक कमजोर
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘नेपाल बहुसूचक सर्वेक्षण २०८१÷८२ को प्रदेशस्तरीय नतिजा अनुसार मधेश प्रदेशमा सामाजिक विकासका सूचक अझै पनि कमजोर देखिएका छन् ।
जानकी नवमीको अवसरमा दुग्धमतिमा स्नान गरिने
जानकी मन्दिरले जानकी नवमीको अवसरमा दुग्धमति शाही स्नान यात्रालाई यस वर्ष पनि निरन्तरता दिने भएको छ ।
मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने
मधेस प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गरेर मधेस प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबाट शुक्रबार राति १२ः०० बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको जनाइएको छ ।
खानेपानी आयोजनामा प्रयोग भएको ट्रान्सफर्मर चोरी
धनुषाको बटेश्वर गाउँपालिका–३, मा रहेको खानेपानी आयोजनाको विद्युतीय ट्रान्सफर्मर बिहीबार राति चोरी भएको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेको अवस्थामा ट्रान्सफर्मर चोरी भएको वडाध्यक्ष राममणि कुशवाहाले बताउनुभयो ।