मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
पूर्वपश्चिम लोकमार्गअन्तर्गत बर्दीबास नगरपालिका–१ स्थित शुभ स्वस्तिक अस्पताल नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् ।
चन्द्र नहर पुनर्निर्माणपछि सरकारलाई हस्तान्तरण
नेपालकै पहिलो चन्द्र नहरको पुनर्निर्माणपछि जापान सरकारले बुधबार एक समारोहबिच नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सप्तरीको सप्तकोशी नगरपालिका–१० स्थित आयोजित हस्तान्तरण समारोहमा जापानका राजदूत सिन्तो एसबारुले नेपाल सरकारका ऊर्जा, जलस्रोत एवं सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीलाई निर्माण सम्पन्नको कागजात हस्तान्तरण गर्नुभएको हो ।
धनुषा क्षेत्र नं. ३ मा मतदाता रिझाउँदै उम्मेदवार
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएका विभिन्न दलका उम्मेदवार घरदैलो अभियानमार्फत मतदाता रिझाउन लागिपरेका छन् ।
कमला नदीमा अस्थायी ‘डाइभर्सन’
हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ ।
सुनसरी–२ मा पुराना नेता बाहिरिँदा नयाँ अनुहारबीच प्रतिस्पर्धा
प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा यसपटक पुराना नेताहरू चुनावी मैदानमा नउत्रिँदा विभिन्न दलका नयाँ अनुहारबिच प्रतिस्पर्धा हुने देखिएको छ ।
‘एक प्रहरी–एक फरार प्रतिवादी’ अभियानबाट दुई हजार १५४ जना पक्राउ
मधेश प्रदेश प्रहरी कार्यालयले प्रदेशमा शान्ति–सुरक्षा सुदृढ बनाउने उद्देश्यसहित फरार प्रतिवादी पक्राउ अभियानलाई उच्च प्राथमिकतामा राखेर तीव्र बनाएको छ ।
अब विकासका एजेन्डामा केन्द्रित हुनुपर्छ : अध्यक्ष उपेन्द्र यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार, पहिचान, स्वाभिमान र समानताको संघर्षसँगै अब विकासका एजेन्डामा केन्द्रित भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अग्निपीडितलाई सहयोग
सप्तरीको महादेवा गाउँपालिका-२, अकबरपुर टोलका एक अग्निपीडित परिवारलाई धर्मीहल्फा महिला विकास क्लब सप्तरीले बुधबार विभिन्न सामग्री सहयोग गरेको छ।
परराष्ट्रमन्त्री बालानन्द शर्माद्वारा महोत्तरीका मतदान केन्द्रको अनुगमन
परराष्ट्रमन्त्री बालानन्द शर्माले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी लिन महोत्तरीको सिमावर्ती क्षेत्रको अनुगमन गर्नुभएको छ ।
मधेश कांग्रेसको जन्मभूमि हो : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेश नेपाली कांग्रेसको जन्मभूमि भएको बताउनुभएको छ । बुधबार सर्लाही–४ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताउनुभएको हो ।
आचारसंहिता उल्लङ्घन कडाइसाथ पालना गर्न २२ बुँदे निर्देशन
जिल्ला प्रशासन कार्यालय सप्तरीले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न २२ बुँदे निर्देशन सहति आग्रह गरेको छ ।
सिराहा–४ मा पाँच पूर्वमन्त्रीलाई रास्वपाको चुनौती
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिराहा क्षेत्र नं. ४ मा पाँच जना पूर्वमन्त्रीबिच कडा चुनावी प्रतिस्पर्धा देखिएको छ। ती सबै पूर्वमन्त्रीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले चुनौती दिएका छन्।
तीन गुण बढी कैदीबन्दी मतदानमा सहभागि हुने
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राजविराजस्थित सप्तरी कारागार कार्यालयमा बन्दी जिवन बिताइरहेका १६० जना कैदीबन्दीले मतदान गर्ने भएका छन् ।
बारामा आमाछोराको निर्मम हत्या, तीनजना घाइते
बारा जिल्लाको परवानीपुर गाउँपालिका–१, रहरियाडी टोलमा एकै परिवारका आमाछोराको हत्या भएको छ । अज्ञात व्यक्तिको आक्रमणबाट ५२ वर्षीया आमा र उहाँका ३२ वर्षीय छोरा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
महोत्तरीमा जेनजीको राजनीतिक प्रवेश, आठ युवा उम्मेदवार
महोत्तरीको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको सूचीले पछिल्लो समय देशभर उठेको ‘जेनजी’ अर्थात् नयाँ पुस्ताको राजनीतिक चेतनालाई आंशिक रूपमा प्रतिबिम्बित गरेको छ ।
निर्वाचन निष्पक्ष गराउन सरकार प्रतिबद्ध
परराष्ट्रमन्त्री बालानन्द शर्माले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन निष्पक्ष हुने बताउनुभएको छ । सर्लाहीको लालबन्दीस्थित नेपाली सेनाको कालीध्वज गण पाँचकुमारी ब्यारेक जुटपानीमा मङ्गलबार साँझ सर्लाहीका सुरक्षा अधिकारीलाई निर्वाचनलक्षित निर्देशन दिँदै मन्त्री शर्माले स्वच्छ, भयरहित र निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको हो । परराष्ट्रमन्त्री शर्माले जिल्लाका सुरक्षा अधिकारीसँग सर्लाहीमा निर्वाचनलाई लक्षित गरी बनाइएको सुरक्षा योजनाबारे जानकारीसमेत लिनुभएको छ ।
सिराहा क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । दलका १४ र स्वतन्त्र १८ गरी ३२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको यस निर्वाचन क्षेत्रमा छ दलका उम्मेदवारबिच प्रतिस्पर्धा हुने आकलन गर्न थालिएको छ ।
नक्कली नोटसहित दुई भारतीय पक्राउ
रौतहटमा नक्कली नोटसहित दुई जना भारतीय पक्राउ परेको छ । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर गौरले मङ्गलबार नक्कली जस्तो देखिने दुई हजार पाँच सय भारतीय रुपियाँसहित दुई जना भारतीयलाइ पक्राउ गरेको हो ।
सप्तरीमा आचारसंहिता उल्लङ्घन, प्रचार सामग्री हटाउन निर्देशन
सप्तरीका मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता विपरित जिल्लाको विभिन्न स्थानमा झुण्डाइएका झण्डा, पोस्टरसहितका प्रचार सामग्री हटाउन निर्देशन दिएको छ ।
लिखित एजेन्डा कार्यान्वयन गर्ने उम्मेदवारलाई मुसहर समुदायको मत
सप्तरीका मुसहर दलित समुदायले लिखित चुनावी एजेन्डा प्रस्तुत गरी त्यसको व्यवहारिक कार्यान्वयन सुनिश्चित गर्ने उम्मेदवारलाई मात्र मतदान गर्ने निर्णय गरेका छन् ।
मतदाता शिक्षाको आवश्यकता
प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा जिल्लाका अधिकांश अशिक्षित, दलित तथा पिछडावर्गका मतदाताले मतदान शिक्षाको आवश्यकता महसुस गरेका छन् । ती समुदाय तथा वर्गका मतदातासमक्ष चुनावी गतिविधि पुगे पनि मतदाताले प्रत्यक्ष र समानुपातिक प्रणाली अनुरूप मतदान गर्ने तरिकाबारे अनभिज्ञता जनाएका छन् ।
वीरगञ्जमा तीनदिने मधेश साहित्य महोत्सव हुने
महोत्सव आयोजक संस्था उत्कर्ष नेपालले मंगलबार पत्रकार सम्मेलन गरी मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यतामा माघ १५ गतेदेखि वीरगञ्जमा तीन दिने मधेश साहित्य महोत्सव आयोजना गर्ने जनाएको हो।
पूर्व प्रदेशसभा सदस्य नागेन्द्रप्रसाद सिन्हाको निधन
मधेश प्रदेश सभाका पूर्व प्रदेश सभा सदस्य नागेन्द्र प्रसाद सिन्हाको मंगलबार निधन भएको छ ।
देश सम्हाल्ने तागत कांग्रेससँग छ : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान अवस्थामा देशलाई सम्हाल्ने शक्ति आश्वयक रहेको बताउनुभएको छ।