मानसिक स्वास्थ्य मेरो प्राथमिकता होः मन्त्री गौतम
अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले आफू मन्त्री हुँदासम्म मानसिक स्वास्थ्यलाई विशेष प्राथमिकता दिने बताउनुभएको छ।
लोमान्थाङ क्षेत्रमा हिमपात
मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ नेचुङ भन्सार र कोरला नाका जाने सडकमा परेको सेताम्मे हिउँ र आसपासका क्षेत्र ।
पोखरामा शनिबारदेखि साफ यु-१९ महिला फुटबल हुने
पोखरामा पहिलो पटक दक्षिण एसियाली फुटबल महासंघ (साफ) अन्डर नाइन्टिन महिला फुटबल प्रतियोगिता हुने भएको छ ।
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न
नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माणकार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माणकार्य सम्पन्न भएको हो ।
सुरौदी खोला कटान : वर्षौँदेखि चुनावी मुद्दा, पीडितका समस्या उस्तै
कास्कीको दक्षिण भेगमा पर्ने सुरौदी खोला कटान नियन्त्रणको विषय प्रत्येक पटकका चुनावमा उम्मेदवारका प्रमुख मुद्दा बन्ने गरेका छन् । विसं २०४८ देखि नै यही मुद्दाको सम्बोधन हुने आशामा यहाँका मतदाताले धेरै उम्मेदवारलाई भोट हालिसकेका छन् ।
बैतडीमा मोबाइल पत्रकारिता सम्बन्धी दुईदिने प्रशिक्षण सुरु
बैतडीमा पत्रकारका लागि एआई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता सम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
निपाह भाइरसको उच्च जोखिममा नेपाल, यसरी जोगिने
छिमेकी मुलुक भारतको पश्चिम बङ्गालमा घातक निपाह भाइरस जनस्वास्थ्यको गम्भीर चुनौतीका रूपमा देखिएको छ ।
हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी
भारी हिमपातभएपछि यहाँको वारागुङ मुक्तिक्षेत्र—१ स्थित मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको छ । हिमपातकै कारण कागबेनी—मुक्तिनाथ सडकखण्ड अवरुद्ध भएपछि प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको हो ।
निर्वाचन आचार संहिता पालन गर्न सबै पक्ष सहमत
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिता पूर्ण रूपमा पालन गर्ने प्रतिबद्धता जनाएका छन्।
७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’
अठहत्तर वर्षको उमेर, चाउरिएका गाला र थकित अनुहार । बुढेसकालमा नागरिकताको लागि कपलेश्वरी यादवको पछिल्लो आठ वर्ष वडा कार्यालय र जिल्ला प्रशासनको कार्यालय धाउँदै बित्यो ।
सल्यानमा निर्वाचन आचारसंहिता पालना गर्न दल र उम्मेदवारको प्रतिबद्धता
सल्यानमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला पक्षहरूले प्रतिबद्धता जनाएका छन्।
म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध
म्याग्दीको धवलागिरी गाउँपालिका–२, लुलाङ एक हप्तादेखि विद्युत सेवा अवरुद्ध भएको छ । दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृहका उपकरणमा प्राबिधिक समस्या आएपछि लुलाङ, लमसुङ, खोरीया, मरेनी टोलका बासिन्दा विद्युत सुविधाबाट वञ्जित भएका हुन् ।
बाक्लो हिउँ जमेपछि मुस्ताङका दुई सडक अवरुद्ध
बाक्लो हिउँ जमेपछि बुधबारदेखि अवरुद्ध भएको मुस्ताङको कागबेनी–कोरला र कागबेनी–मुक्तिनाथ सडकको अवरुद्ध खुलेको छैन ।
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
पूर्वपश्चिम लोकमार्गअन्तर्गत बर्दीबास नगरपालिका–१ स्थित शुभ स्वस्तिक अस्पताल नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् ।
स्कुटर दुर्घटनामा युवतीको मृत्यु
पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१, गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सुनको मूल्य बिस हजार पाँच सयले वृद्धि : तीन लाख ३९ हजार पुग्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल सात हजार ५०५ कायम भएको छ ।
दरबारमार्गको उडल्यान्ड होटलमा आगलागी
काठमाडौँको दरबारमार्गस्थित उडल्यान्ड होटलमा आगलागी भएको छ ।
चन्द्र नहर पुनर्निर्माणपछि सरकारलाई हस्तान्तरण
नेपालकै पहिलो चन्द्र नहरको पुनर्निर्माणपछि जापान सरकारले बुधबार एक समारोहबिच नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सप्तरीको सप्तकोशी नगरपालिका–१० स्थित आयोजित हस्तान्तरण समारोहमा जापानका राजदूत सिन्तो एसबारुले नेपाल सरकारका ऊर्जा, जलस्रोत एवं सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीलाई निर्माण सम्पन्नको कागजात हस्तान्तरण गर्नुभएको हो ।
चन्द्रप्रसादचौधरी ४७ औं पटक मटाँवा चयन
दाङको घोराही उपमहानगरपालिका वडा १० जलौराका चन्द्रप्रसाद चौधरी पुनः मटाँवामा चयन हुनुभएको छ । उहाँ मटाँवा चयन भएको यो ४७ औं पटक हो।
धनुषा क्षेत्र नं. ३ मा मतदाता रिझाउँदै उम्मेदवार
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएका विभिन्न दलका उम्मेदवार घरदैलो अभियानमार्फत मतदाता रिझाउन लागिपरेका छन् ।
उम्मेदवार चुनावी रणनीतिमा व्यस्त
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन सकिएसँगै बाँकेमा चुनावी सरगर्मी बढ्न थालेको छ । विभिन्न राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार समिति गठन तथा सम्पर्क कार्यालय स्थापना गर्न थालेसँगै निर्वाचनको माहोल तातिँदै गएको हो ।
थोरै मतदाता, कसिलो प्रतिस्पर्धा
मुस्ताङका ठुला राजनीतिक दल गएको माघ ५ गतेभन्दा अगाडि ढुक्क थिए । अघिल्लो पटकको प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार सुदेश गुरुङले यस पटक समानुपातिक रोजेपछि मुख्य तीन दलबिच नै प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी विगतको निर्वाचनमा प्राप्त मत र मतदाता आफ्नो पकटमा रहेको अनुमानलाई यस पटक रास्वपाले नयाँ उम्मेदवार मैदानमा ल्याएपछि विगतको भन्दा निकै रोचक बनेको छ ।
दाङ–१ मा बहुपक्षीय प्रतिस्पर्धा
दाङ निर्वाचन क्षेत्र नम्बर १ मा हुने प्रतिनिधि सभा निर्वाचन यस पटक बहुपक्षीय प्रतिस्पर्धाका कारण चासोको केन्द्र बनेको छ । सत्तारूढ तथा प्रतिपक्षी दलका अनुभवी नेतादेखि नयाँ राजनीतिक शक्तिसम्मको सहभागिताले यस निर्वाचन क्षेत्रको समीकरण थप जटिल र रोचक बनेको छ ।
मकवानपुरमा मुख्य दलबिच नै प्रतिस्पर्धा
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा यस पटक गहिरो प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ चुनावी प्रक्रियामा अभ्यस्त नेतादेखि नयाँ योजना बोकेर पहिलो पटक संसदीय चुनावी प्रतितस्पर्धाका लागि निस्किनुभएका पुस्ताबिच गहिरो प्रतिस्पर्धा हुने देखिएको छ ।