प्रधान न्यायाधीशमा डा. शर्माको नाम सिफारिस
संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ।
गोरखापत्र एआई युगमा प्रवेश : गौरवशाली विरासतको महायात्रा
नेपालको पत्रकारिताको पर्यायवाची बनिसकेको 'गोरखापत्र' ले आफ्नो गौरवशाली प्रकाशनको १२५ वर्ष पूरा गरी १२६ वर्षमा पाइला टेकेको छ। एउटा छापा माध्यमको रूपमा सुरु भएको यो यात्रा आज प्रविधिको उच्चतम विन्दु अर्थात् कृत्रिम बौद्धिकता (एआई) को युगसम्म आइपुग्नु नेपाली सञ्चार क्षेत्रका लागि एउटा ऐतिहासिक उपलब्धि हो।
पोखरा विमानस्थल निर्माण : पूर्वमन्त्री कार्कीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा मूल सम्झौता विपरीत ठेकेदार कम्पनीलाई कर छुट दिएर भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन मन्त्री, सचिवहरूसहित १० जना र चिनियाँ निर्माण कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
पृथ्वीराजमार्गको मुग्लिङ–आँबुखैरेनी सडक अबरुद्ध
पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अबरुद्ध भएको छ ।
राष्ट्रपतिबाट पाँच पत्रकार सम्मानित
राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो बनाउँदै सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकूल चाहनालाई पूरा गर्ने अभियानमा नेपाली प्रेसले अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
ज्यान मुद्दाका फरार प्रतिवादी तीन वर्षपछि पक्राउ
जिल्ला प्रहरी कार्यालय प्यूठानले कर्तव्य ज्यानसम्वन्धी मुद्दामा संलग्न रहेको आरोपमा एक जना महिलालाई करिव साढे तीन वर्षपछि पक्राउ गरेको छ ।
कोरला नाकामा निर्माण गरिए १० वटा शौचालय
उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकाको कोरला नाकास्थित दसगजा क्षेत्रमा व्यवसाय गर्दैआएका स्थानीय, पर्यटक र ब्यवसायीलाई लक्षित गरी स्थायी र अस्थायी दुवै किसिमका शौचालय निर्माण गरिएको छ ।
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधा कार्यक्रमको अवधि दुई महिना थप
अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को कार्यकारी बोर्डले नेपालका लागि लागू गरिएको विस्तारित कर्जा सुविधा (इसिएफ) कार्यक्रमको अवधि थप दुई महिना लम्ब्याउने निर्णय गरेको छ ।
उत्तरी हिल्सा नाकाबाट सुरुभयो सामानको आयात
चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्वको अवसरमा बिदा हुने भएको कारण सामान बाहिर निर्यातमा बन्द गरिएको थियो । बिहीबार पुनः सुचारु गरिएको हो
प्रदेश सरकारले तोक्यो सचिवहरुको जिम्मेवारी
लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ।
बैतडीमा कृषक पाठशाला : बारीमै तालिम र परामर्श
बैतडीको सिगास गाउँपालिका–१ बचकोटमा किसानलाई बारीमै कृषि प्रणालीको व्यावहारिक ज्ञान दिने उद्देश्यले जलवायुमैत्री कृषक पाठशाला स्थापना गरिएको छ ।
बर्षापछि खुलेको बल्ले लेक
कालीकोटको रास्कोट नगरपालिका केन्द्रदेखि सान्नीत्रिवेणी गाउँपालिकाको केन्द्र मेहेलमुडीको सिरानमा रहेको बल्लेलेकमा हिमपातले डाँडाको सुन्दरता बढाएको छ ।
काठेखोलाको प्रशासनिक भवन बनाउन जग्गा खरिद
सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोला गाउँपालिकाले प्रशासनिक भवन बनाउन जग्गा प्राप्ती गरेको छ । विभिन्न संघ संस्थाले चन्दा संकलन गरेर पालिकाको प्रशासनिक भवन बनाउन जग्गा खरिद गरिएको हो ।
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
दक्षिण कोरियामा पूर्वराष्ट्रपति युन सुक योलले लागु गरेको विवादास्पद मार्सल ल प्रकरणसँग सम्बन्धित मुद्दामा पूर्वप्रधानमन्त्री हान डक-सूमाथि सुनाइएको जेल सजाय उच्च अदालतले घटाएको छ ।
साइबर अपराध विरुद्धको कारबाहीमा २३१ जना विदेशी नागरिक पक्राउ
श्रीलङ्काका प्रहरीले सप्ताहन्तदेखि राजधानीमा जारी गरेको पछिल्लो साइबर अपराध विरोधी काबाहीमा अधिकांश चिनियाँ र भियतनामीसहित २३१ जना विदेशी नागरिकलाई पक्राउ गरेको अधिकारीहरूले बिहीबार बताएका छन् ।
धनकुटामा आँखाको शिविर सञ्चालन
धनकुटाको पाख्रिबासमा आँखाको सल्यक्रिया शिविर आजबाट सञ्चालन गरिएको छ । स्थानीयहरूको आँखाको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न संघ संस्थाको सहयोगमा जिल्लाको बिभिन्न पालिकामा निःशुल्क आँखा जाँच शिबिर सञ्चालन गरिएको हो ।
इजरायलले गाजामा जानाजान कुपोषणको सङ्कट निम्त्याएको छ : एमएसएफ
अन्तर्राष्ट्रिय आपतकालीन मानविय चिकित्सा सेवा (एमएसएफ)ले इजरायलले गाजामा खानालगाएतका अत्यावश्यक सहायतामा प्रतिबन्ध लगाई जानाजान सङ्कट निम्त्याएको बताएको छ । जसको कारण शिशु तथा गर्भवती र स्तनपान गराउने महिलामा नकरात्मक प्रभाव पारी जटिल कुपोषण संकट सिर्जना गरेको जनाइएको छ ।
जलवायु परिवर्तन नीतिलाई आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा प्रवक्ता डा. ढकालको जोड
जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा.महेश्वर ढकालले नेपालको सामाजिक–आर्थिक समृद्धिका लागि जलवायु उत्थानशील समाज निर्माण अपरिहार्य रहेको बताउनुभएको छ ।
जबर्जस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ
जुम्लाको पातारासी गाउँपालिका–५ का बहालवाला वडाध्यक्ष दत्तबहादुर बुढा जबर्जस्ती करणी आरोपमा पक्राउ परेका छन् ।
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
कम्तिमा ४९१ जना अफगान कैदीसहित चार हजार ७७२ जना अफगान शरणार्थी छिमेकी मुलुक पाकिस्तानबाट आफ्नो मातृ भूमिमा फर्केको अधिकारीहरूले बिहीबार घोषणा गरेका छन् ।
मध्यपूर्व सङ्कटको प्रभावबिच सेबुमा आसियान बैठक सुरु
दक्षिण-पूर्व एसियाली राष्ट्रको सङ्घ (आसियान)को शिखर सम्मेलन फिलिपिन्सको सेबु सहरमा सुरु भएको छ, जहाँ क्षेत्रीय नेता मुख्यरूपमा मध्यपूर्वमा जारी युद्धका कारण उत्पन्न गम्भीर आर्थिक प्रभावबारे छलफल गर्न भेला भएका छन् ।
रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल तानिने
वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ आगामी असार ३ गते जावलाखेलतर्फ प्रस्थान गर्ने भएको छ ।
नेपालगन्जमा भारतीय कत्थक नृत्य प्रस्तुत
नेपाल–भारत सांंस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले नेपालगन्जमा भारतीय राजदूतावासको सौजन्यमा एक विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ ।
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजलाई सुरक्षा एस्कोर्ट उपलब्ध गराउने महत्त्वाकांक्षी नौसैनिक योजना अचानक स्थगित गर्नुभएको छ ।