प्याराग्लाइडिङ दुर्घटनामा चिनिया नागरिक घाइते
कास्कीको पोखरा महानगरपालिका-१८, खपौदीमा बुधबार भएको प्याराग्लाइडिङ दुर्घटनामा एक चिनिया नागरिक घाइते हुनुभएको छ ।
मनास्लु पदमार्ग मर्मतपछि पर्यटक यात्रा सहज
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका अन्तर्गत पर्ने फिलिम–लार्केपास क्षेत्रको मनास्लु पदमार्ग मर्मत सम्पन्न भएपछि पर्यटकको यात्रा सहज भएको छ ।
आधार शिविरमा सानो बजार
सगरमाथा, ल्होत्से र नुप्से हिमालको आरोहणका लागि पुगेका पर्वतारोही दलका सदस्य, सरदार, पर्वतीय पथप्रदर्शक, भरिया, भान्से र उचाइमा जाने कामदारको जमघटले यतिबेला सगरमाथा आधार शिविर सानो सहर जस्तै बनेको छ । अग्ला शिखरको फेदीमा आरोहीको बास व्यवस्थापनका लागि चट्टानी भूभागमा फैलिएका सयौँ रङ्गीचङ्गी पाल र ध्वजा, आधार शिविरमा दैनिक दर्जनौँ पटक हुने हेलिकोप्टरको ओहोरदोहोर, टेन्टभित्र बालिएका बत्ती र सङ्गीतको धुनले कठोर हिमगल्छी एउटा अस्थायी सहर जस्तो भएको छ । आरोहण सहजीकरणका लागि अस्थायी फिल्ड कार्यालय खुम्बुमा खटिएका ज्ञानेन्द्र श्रेष्ठका अनुसार शिखर चुम्ने एउटै सपना बोकेर संसारभरबाट आएका आरोही तथा सहयोगीलगायत करिब दुई हजार जना त्यहाँ छन् ।
कोशीको पर्यटन प्रवर्धन गर्न संघीय नीतिमै समस्या
कोशी प्रदेश सरकारले छिमेकी मुुलुकका पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरेको ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ संघीय सरकारको नीतिगत जटिलताका कारण प्रभावित बनेको छ ।
सगरमाथा आरोही विश्वकर्माको निधन
दलित समुदायबाट पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी इतिहास रच्नुभएका विजय घिमिरे विश्वकर्माको सगरमाथा आरोहणका क्रममा निधन भएको छ ।
भिरमौरीको महमाथि सिकारीको बढ्दो निशाना
कहाली लाग्दो बडेमाको भिर । हेर्दै टोपी खस्ने छङ्गाछुर ठाडो भिरको कापाहरूमा लहरै रहेका भिरमौरीका गोलाहरू छन् । लमजुङको मर्स्याङ्दी गाउँपालिका –४ मिप्रागाउँको छिप्ली भिरको पहरामा रहेका भिरमौरीको स्थानीयले सिकार गरेका छन् ।
साइक्लिङमार्फत बन्दीपुरको ग्रामीण पर्यटन प्रवर्धन
ग्रामीण पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसार र साइक्लिङ रुटको प्रवर्धन गर्ने उद्देश्यले बन्दीपुरमा साइक्लिङ प्रतियोगिता आयोजना गरिएको छ ।
नवग्रह मन्दिरले बदल्दै स्याङ्जाको पर्यटकीय पहिचान
सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पोखरा जाने वा पोखराबाट सुनौलीतर्फ यात्रा गर्ने अधिकांश यात्रुका लागि स्याङ्जा लामो समयसम्म गाडीको झ्यालबाट हेरिने जिल्ला मात्र थियो ।
झाक्रीढुंगा कुँदेर बनाइएको विशाल शिवमूर्ति पर्यटकको आकर्षण
जिल्लाको सिद्धिचरण नगरपालिका–११ कमेरेडाँडा नजिक रहेको चर्चित झाक्रीढुंगालाई कुँदेर निर्माण गरिएको विशाल शिवमूर्ति यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेको छ ।
मुदीमा ६६औँ धवलागिरि आरोहण दिवस मनाउने तयारी
म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदी गाउँमा पहिलोपटक ६६औँ धवलागिरि आरोहण दिवस मनाउने तयारी गरिएको छ । आठ हजार एकसय ६७ मिटर अग्लो धवलागिरि हिमाल मुदी गाउँमा अवस्थित छ ।
‘कोशेली घर’ मार्फत स्थानीय उत्पादनको प्रवर्धनमा पाँच पोखरी
सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिकामा स्थानीय उत्पादनको प्रवर्धन तथा बजारीकरणलाई लक्षित गर्दै ‘पाँच पोखरी कोशेली घर’ सञ्चालनमा छ ।
ताप्लेजुङमा बेमौसमी हिमपात
ताप्लेजुङमा यतिबेला बेमौसमी हिमपात भएको छ । पाथीभरा डाँडासहित जिल्लाको उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो ।
‘पर्यटक आउँछन्, खर्च गर्दैनन्, फोहोर थुपारेर जान्छन्’
नवलपुरको विनयी त्रिवेणीमा रहेको त्रिवेणी धाम धार्मिक र पौराणिक हिसाबले हिन्दुहरूको महातीर्थस्थल मानिन्छ । त्यसैले यहाँ हरेक १५/१५ दिनमा केही न केही मेला लागिरहेकै हुन्छ ।
धरानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ लिग प्रतियोगीता
धरान उपमहानगरपालिकामा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङको प्रिमियर लिग प्रतियोगीता सुरु भएको छ ।
आहा अर्मके झरना !
धवलागिरी गाउँपालिका–४ मा रहेको अर्मके झरना ओझेलमा परेको छ । धौलागिरि चक्रीय पदमार्गको अन्तिम मानवबस्ती बगर जेल्तुङ नजिकै रहेको अर्मके झरना व्यवस्थापन, पूर्वाधार र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको छ ।
ढोरपाटनमा पदमार्ग बनाउन आरक्षको सहमति कुरिँदै
रामकृष्ण बोहराबागलुङ, वैशाख २५ गते । नेपालको एकमात्र ढोरपाटन शिकार आरक्षमा पदमार्ग बनाउने योजना अन्यौलमा परेको छ । आरक्षले स्वीकृति नदिँदा ढोरपाटन–बुकीपाटन–फागुनेहुँदै सुर्तिवाङ जोड्ने पदमार्ग निर्माण गर्ने योजना आन्यौलमा परेको हो ।ढोरपाटनको उपल्लो क्षेत्रमा पदमार्ग बनाउन स्वीकृति मागेपनि आरक्ष कार्यालयले वनलाई देखाएपछि योजना सम्झौता हुन सकेको छैन । योजना सम्झौता नहुँदा पदमार्गका लागि विनियोजित १५ लाख रुपियाँ बजेट फ्रिज हुने अवस्था आएको एकीकृत सेवा कार्यालयका शाखा अधिकृत नारायण रिजालले बताउनुभयो । उपत्यकामा रमाउने पर्यटक पछिल्लो समय पैदलयात्रा र घोडचढीमार्फत ढोरपाटनको उपल्लो क्षेत्रमा पुग्न थालेपछि कार्यालयले पदमार्ग बनाउने योजना बनाएको थियो । ‘‘असोजदेखि नै योजना सम्झौता गर्न खोजेपनि आरक्ष कार्यालयले वन मन्त्रालयको सहमति चाहिने भनेपछि कामै रोकिएको छ’’ अधिकृत रिजालले भन्नुभयो ।वर्षा याममा ढोरपाटन–बुकीपाटन–फागुनेहुँदै सुर्तिवाङ जोड्ने लेकाली गोरेटो बाटो हिलाम्य हुँदा यात्रा जोखिमपूर्ण रहेको पर्यटकबाट गुनासो आएपछि एकीकृत सेवा कार्यालयले सिंढीमार्ग बनाउन चाहेको छ । वातावरणिय सन्तुलन कायम राख्दै सिंढीमार्ग बनाउन चाहेपनि अनुमति नपाएको रिजालले गुनासो गर्नुभयो ।बुकीपाटनमा घुम्न जेठ, असार, साउन र भदौ महिना उपयुक्त मानिन्छ । वर्षातका कारण लेकाली गोरेटो बाटोहरु जोखिमपूर्ण बन्छन् । पर्यटकीय पदमार्ग बनाउन पनि कानुनी प्रक्रिया मिलाउन आरक्ष, वन विभाग, वन मन्त्रालय र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग धाउनुपरेको कार्यालयका प्रमुख शिव शर्माले बताउनुभयो । गतवर्ष ढोरपाटन–बुकीपाटन जोड्ने पदमार्ग बनाउन उद्योग तथा पर्यटन कार्यालयले सास्ती खेपेको थियो । आरक्षभित्र संरचना बनाउन उद्योग तथा पर्यटन कार्यालय, पर्यटन मन्त्रालय पोखरा र आरक्षबीच लामो छलफलपछि वर्षको अन्त्यतिर आरक्षको प्रत्यक्ष निगरानीमा डेढ मीटर चौडाको पदमार्ग निर्माण गरिएको थियो । स्थानीय र पर्यटकको मागले बजेट विनियोजन भएपनि योजना सम्झौतामा कठिन भैरहेको उहाँको भनाई छ । गत वर्षको बजेटले ५ सय मीटर सिंढी, विश्रामस्थल र ओत लाग्ने ठाउँ बनिसकेकोले चक्रिय पदमार्ग निर्माण गर्दा पर्यटकको बसाई लम्ब्याउन सकिने र आरक्षकै आम्दानी बढ्ने शर्माले बताउनुभयो । ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीले आरक्षभित्र संरचना बनाउने अनुमति वन मन्त्रालयले मात्रै दिने बताउनुहुन्छ । बुकी क्षेत्रमा पर्यटक लैजाने पदमार्ग निर्माण भएमा वर्षमा ५० हजारदेखि एक लाख पर्यटक भित्राउन सकिने ढोरपाटन–९ का वडा अध्यक्ष खिमहादुर घर्ती संभावना देख्नुहुन्छ ।
घरवासको आनन्द लिन रामकोट जाने कि !
तनहुँ बन्दीपुर गाउँपालिका–३, रामकोट गाउँ पर्यटकका पर्खाइमा छ । बन्दीपुरको बजार क्षेत्रबाट सात किलोमिटर पश्चिममा रहेको यो गाउँ जिल्ला सदरमुकाम दमौलीदेखि १३ किलोमिटर दूरीमा अवस्थित छ ।
पर्यटन क्षेत्र नकारात्मक छविबाट मुक्त हुँदै
पर्यटन क्षेत्रको दिगो विकास र आर्थिक वृद्धिका लागि सुशासन र पारदर्शिता अपरिहार्य तत्व हुन् । यसले पर्यटन सेवाको गुणस्तर सुधार गर्नुका साथै पर्यटकको विश्वास बढाउन मद्दत गर्दछ । विगत लामो समयदेखि नेपालको पर्यटन क्षेत्र नीतिगत अस्थिरता, दिशाहीन योजना र पूर्वाधारको अभावमा रुमल्लिँदै आएको छ । राजनीतिक अस्थिरता, सत्ताकेन्द्रित राजनीति, दलीय स्वार्थ, संस्थागत कमजोरी र प्रशासनिक जडता तथा जनताको आशालाई कमजोर बनाएको थियो । महँगो हवाई भाडा, पर्यटकीय पूर्वाधार निर्माणमा ढिलाइ, पर्यटकलाई स्थानीयभन्दा फरक र अत्यधिक
मोहना नदीमा जलपक्षी (फोटो फिचर)
कैलालीको मोहना नदीमा जलपक्षीको चहलपहल अझै कायम रहेको छ । हिउँदे आगन्तुक जलपक्षी उत्तरी ध्रुवतर्फ फर्के पनि यहाँ सङ्कटापन्न नकटासहित विभिन्न प्रजातिका चराको चहलपहल देखिएको हो ।
दैलेसिमल युद्ध पर्यटकीय स्थलमा ‘जेनजी स्तम्भ’ आकर्षण बन्दै
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई स्मरण गराउने स्तम्भसहित प्युठानको एउटा पार्क अहिले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ।
बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल बढ्यो
‘पहाडकी रानी’ उपनामले प्रख्यात तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पछिल्लो समय विदेशी पर्यटकहरूको चहलपहल उल्लेख्य रूपमा बढेको छ ।
मुस्ताङको पहिचान अब मूर्तिमा : शालिग्राममा कुँदिए भगवान र हिउँचितुवा
मुस्ताङको घरपझोङ गाउँपालिकाले सदरुकाम जोमसोममा आयोजित १५ दिने घरपझोङ राष्ट्रिय मूर्तिकला कार्यशाला सोमबार सकिएको छ ।
मनाङ आउने पर्यटक घटे, होटल बुकिङ कमजोर
यस वर्षको पर्यटकीय सिजनमा मनाङ आउने पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा घटेको छ । अन्तर्राष्ट्रिय परिस्थितिमा देखिएको अस्थिरता तथा विभिन्न देशमा भइरहेका युद्धका कारण पर्यटक आगमनमा कमी आएको हुनसक्ने सरोकारवालाको बुझाइ छ ।
पर्यटकीय गन्तव्य बन्दै हम्पाल क्षेत्र
जिल्लाको उत्तरी भेगमा अवस्थित जलजला हमपाल क्षेत्र पर्यटकीय आकर्षणको गतिलो गन्तव्य बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र धार्मिक महत्व बोकेको हम्पाल क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनको संख्या यतिखेर दिनानुदिन बढ्दो छ ।