आहा ! आलिताल
पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको संरक्षणका लागि कार्ययोजना बनाएको छ ।
पोखरा पर्यटन प्रबर्धनबारे फोनिजको अन्तरक्रिया
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा महानगरपालिकाको सहकार्यमा पोखरा पर्यटन वर्ष २०२५ प्रवर्धन बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
माथिल्लो मुस्ताङको घमी गाउँ
माथिल्लो मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका-२ स्थित घमी गाउँ र पृष्ठभूमिमा आसपासका हिमश्रृङ्खला ।
नेपाल–भारत पर्यटन प्रवद्धनात्मक भ्रमण टोली बागलुङमा
भारतीय पर्यटकलाई देशकै प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका मन्दिर र शालग्राम संग्राहलयको महत्त्वबारे पर्यटकलाई जानकारी गराइएको छ ।
भक्तपुरमा ‘घरेलु उत्पादन प्रवर्द्धन मेला सुरु
भक्तपुरमा आजदेखि तीन दिने ‘घरेलु उत्पादन प्रवर्द्धन मेला–२०८२’ सुरु भएको छ । भक्तपुर घरेलु तथा साना उद्योग सङ्घले उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा स्थानीय नःपुखुः परिसरमा आयोजित मेलामा ४७ वटा प्रदर्शनी कक्ष रहेका छन् । मेला आगामी शनिबारसम्म सञ्चालन हुने छ ।
कञ्चनजङ्घा भ्रमण गर्ने विदेशी पर्यटक बढे
ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटक बढेका छन् । पछिल्लो केही वर्षयता कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटक बढ्दै गएका हुन् ।
भोजपुर-खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भन्ज्याङको प्रवर्धनको खाँचो
भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भन्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ ।
पाँच महिनामा साढे दुई लाख पर्यटक मुस्ताङ पुगे
कठ्याङ्ग्रिँदो चिसोसँगै मुस्ताङको माथिल्लो क्षेत्रका बस्तीहरू सुनसान बन्दै जान थालेको बेला मङ्गलबार बेनी–जोमसोम–कोरला सडकबाट सवारीसाधनमा १६ सय ७ जना मुस्ताङ भित्रिए ।
व्यवसायलाई प्रवर्धन गर्न महोत्सव
लेखनाथ उद्योग वाणिज्य सङ्घले यही पुस ३ गतेदेखि १४ गतेसम्म २१ औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
पर्यटन प्रवर्धनका लागि होमस्टे
आन्तरिक पर्यटन प्रवर्धन गर्नका लागि गुल्मीमा होमस्टे सञ्चालन गरिएको छ । यस जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ उपल्लो भंगारीमा २०७७ सालदेखि रैथाने बालीको परिकार प्रवर्धनसँगै आन्तरिक पर्यटन प्रवर्धन गर्न होमस्टे सञ्चालनमा ल्याइएको हो ।
बाह्रै महिना घुम्न सकिने गन्तव्यका रूपमा विकास हुँदै मनाङ
चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मनाङमा मङ्सिर महिनामा जाडो र चिसो मौसमका बाबजुद उल्लेख्य सङ्ख्यामा पर्यटकको आगमन भएको छ ।
राजधानीमै छैन पर्यटकको बसपार्क
मुलुकको सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा सडकबाट गुड्न बाध्य भएका छन् ।
क्यामेरा जडानपछि वन्यजन्तु सिकार नियन्त्रणमा
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जङ्गलमा सिसी क्यामेरा राखिएपछि वन्यजन्तुको अवैध चोरी सिकारमा नियन्त्रण आएको छ ।
चैतलाई ‘बागलुङ भ्रमण’ महिनाको रूपमा मनाउने तयारी
बागलुङलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले आगामी चैत महिनालाई ‘बागलुङ भ्रमण’ महिना बनाउने भएको छ । बागलुङ नगर पर्यटन समितिले चैतलाई ‘बागलुङ भ्रमण’ महिना बनाउन तयारी समेत थालेको छ ।
पाख्रीबासमा पाख्री पार्क निर्माण
धनकुटाको पाख्रीबासमा पाख्रिवासको पहिचान झल्काउने उद्येश्यले ‘पाख्री पार्क’ निर्माण गरिएको छ ।
पर्यटकबाट एक महिनामा दुई लाख २७ हजार राजस्व सङ्कलन
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षको एक महिनामा दुई लाख २७ हजार पर्या–पर्यटन शुल्क उठाएको छ । निकुञ्जले चालू आर्थिक वर्षमा असोज महिनादेखि सफारी खुला गरे पनि कात्तिक महिनामा आन्तरिक तथा बाह्य पर्यटकबाट दुई लाख २७ हजार १२९ रुपियाँ राजस्व सङ्कलन गरिएको जनाएको हो ।
विराट एक्स्पोमा विदेशी स्टलदेखि ‘फिस टनेल’सम्म आकर्षण
आर्थिक शिथिलतालाई चिर्दै बजार चलायमान बनाउने उद्देश्यसहित मोरङ उद्योग व्यापार सङ्घले ‘विराट ट्रेड एक्स्पो २०८२’ आयोजना गर्ने भएको छ । आगामी पुस ९ गतेदेखि १९ गतेसम्म एक्स्पो सञ्चालन गर्ने तयारी गरिएको छ ।
'नमूना लन्डन ब्रिज' दर्शकको आकर्षण
रूपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक व्यापार मेला, कृषि, पर्यटन महोत्सव २०८२ को गेटमा निर्माण गरिएको नमूना लण्डन ब्रिजमा दर्शकको आकर्षण बढेको छ ।
अन्नपूर्ण क्षेत्रमा विदेशी पर्यटक बढ्दै
नेपालका प्रमुख पदयात्रा गन्तव्यहरूमध्ये अग्रणी मानिने अन्नपूर्ण संरक्षण क्षेत्र (एसीएपी) ले यस वर्ष अभूतपूर्व पर्यटक वृद्धि दर्ज गरेको छ ।
फू गाउँको गोरेटो बाटो स्तरोन्नति
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय, मनाङको आर्थिक सहयोगमा नार्पाभूमि गाउँपालिका–५ अन्तर्गत पर्ने फू गाउँभित्रको पैदल गोरेटो बाटो स्तरोन्नति कार्य सम्पन्न गरिएको छ ।
नेपाली ग्रेटवालले सम्झाउँछ शैलुङ यात्राको मजा
शैलुङ अर्थात् टाकुराको पर्यायवाची शब्दले दोलखा जिल्लाको पहिचान दिन्छ । ऐतिहासिक, प्राकृतिक तथा धार्मिक रुपले रमणीय शैलुङ नेपालको पर्यटकीय सम्भावना बोकेको उत्कृष्ट गन्तव्यमध्ये एक हो । यहाँको पूर्वाधार निर्माणलाई महत्व दिनसके नेपाली ग्रेटवाल चढ्न आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने देखिन्छ ।
पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै चैलिङ गाउँ
गाउँ पस्नासाथ देखिने एकनासका चिटिक्क परेका घरहरू । आँगन र बाटोभरि ढकमक्क फुलेका रङ्गीन फूलहरू अनि ओठमा मुस्कान लिएर पाहुनाको सत्कार गर्न आतुर स्थानीय ।
थोराङ्ला पासमा पर्यटकको चहलपहल बढ्याे
कठ्याङ्ग्रिदो जाडो, पानी जमेर बरफ, पदमार्ग आसपासमा हिउँले छपक्कै छोपेको अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत थोराङ्ला पासमा विदेशी पर्यटकको चहलपहल छ ।
पुरातात्विक महत्वका वस्तु जोगाउनै मुस्किल
पुर्खाले पहाड खोपर बनाएको गुफा आर्कषक पर्यटकीय गन्तब्य बनेपनि भित्र रहेका बहुमुल्य सामग्री राखिएका कोठा रित्तो भएपछि पर्यटन व्यवसायी समेत रहनुभएकी गुरूङसहित स्थानीयबासीको प्रयास सफल हुन सकेको छैन ।