बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुँदै पौवादुङका किसान
भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन थालेका छन् । गाउँपालिकाले दीर्घकालीन आम्दानी र किसानको जीवनस्तर सुधार गर्ने उद्देश्यसहित बहुवर्षीय खेती प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरेपछि किसान यस प्रणालीमा जुट्न थालेका हुन् ।
फुङ्लिङमा सबैभन्दा बढी मतदान केन्द्र
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ताप्लेजुङमा सबैभन्दा बढी मतदान केन्द्र फुङ्लिङ नगरपालिकामा हुने भएको छ । जिल्लाका नौ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिकामा सबैभन्दा बढी मतदान केन्द्र कायम भएको हो ।
चाँदीको अभाव
सुनको मूल्य बढेसँगै चाँदी खरिदको मनस्थिति बनाएका उपभोक्ता दैनिक बढिरहेका छन् । विराटनगरमा सुनचाँदी कारोबार गर्दै आएका व्यवसायीका अनुसार अहिले सुन खरिद गर्न नसक्ने र चाँदी नपाइने स्थितिमा छ ।
जनताको हितमा सधैं समर्पित रहने छु : पूर्वमन्त्री चौधरी
नेकपा (एमाले) बाट प्रतिनिधिसभा निर्वाचनमा सुनसरी –३ का उम्मेदवार तथा पूर्वमन्त्री भगवती चौधरीले जनताको हितका लागि अझ जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
मुख्यमन्त्री कार्कीद्वारा निर्वाचन अधिकृतको कार्यालय निरीक्षण
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापा निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत दमकमा रहेको निर्वाचन अधिकृतको कार्यालयको बुधबार निरीक्षण गर्नुभएको छ ।
प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन
कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत कक्षा र जिल्ला कारागारको अनुगमन गरेको छ।
ताप्लेजुङका १८ जनाको नाम बन्दसूचीमा समावेश
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ ताप्लेजुङका अठार जनाको नाम बन्दसूचीमा समावेश भएको छ । विभिन्न दलका तर्फबाट समानुपातिकमा सिफारिस भएकाको नाम बन्दसूचीमा समावेश भएको हो ।
कुम्मायक कुसायकलाई उपाधि
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–४, लिङ्तेपमा सम्पन्न प्रथम लिङ्तेप गोल्डकप फुटबल प्रतियोगिताको उपाधि पाँचथरको कुम्मायक कुसायकले जितेको छ ।
राजेन्द्रकुमार राईको प्रतिबद्धता पत्रमा गाँजा समेटियो
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा उपनिर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) धनकुटाका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्रकुमार राईले जिल्लाको समग्र विकासका लागि विस्तृत प्रतिबद्धता सार्वजनिक गर्नु भएको छ।
विपद्मा परेका चिया किसानलाई राहत
गएको असोज १८ गतेको बाढी पहिरोले चियाबारी र घर क्षति भएका साना चिया किासानलाई केन्द्रीय चिया सहकारी संघ इलामले राहत वितरण गरेको छ ।
उदयपुरमा बहुपक्षीय प्रतिस्पर्धा
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उदयपुर क्षेत्र नं. १ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिए पनि चुनावी माहोल भने फरक ढङ्गले अगाडि बढेको छ । विगत दुई दशकदेखि नेपाली कांग्रेसको एकछत्र प्रभाव रहँदै आएको यस क्षेत्रमा दल विभाजन, गठबन्धन गर्ने परिपाटीको अन्त्य, विभिन्न घटकका कम्युनिस्ट पार्टी एकताको प्रयोग र नयाँ राजनीतिक शक्तिको उदयले यसअघिको चुनावी अभ्यासलाई फरक बनाएको छ ।
एक दशकपछि नेकपाका मतदाता आफ्नै चिन्हमा मतदान गर्दै
नेपाली कम्युनिष्ट पार्टी धनकुटाका मतदाताले १२ वर्षपछि प्रतिनिधि सभामा आफ्नै पार्टीको चुनाव चिन्हमा मतदान गर्न पाउने भएका छन् ।
मोदीलाई दुई घिमिरेको चुनौती
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा मोरङ क्षेत्र नं. ४ मा राजनीतिक चासो बढेको छ । लगातार दुई पटक निर्वाचित भई तेस्रो इनिङ्सको तयारीमा रहेका पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता अमनलाल मोदी र उहाँलाई रोक्न मैदानमा उत्रिएका नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे एवं एमालेका जीवन घिमिरेबिचको त्रिपक्षीय भिडन्तले यस क्षेत्रलाई चर्चामा ल्याएको हो । आगामी निर्वाचन मोदीको व्यक्तिगत लोकप्रियताको वास्तविक परीक्षासमेत हुने छ ।
झापा–५ चुनावी बहसको केन्द्र
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लिएर झापा निर्वाचन क्षेत्र नं. ५ अहिले देशकै सबैभन्दा धेरै चर्चामा रहेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) को उम्मेदवारीले यो क्षेत्रलाई राष्ट्रिय राजनीतिमा बहसको केन्द्र बनाइदिएको हो । दुवै जनालाई आआफ्नो दलले भावी प्रधानमन्त्रीका रूपमा उभ्याएर पनि
व्यक्तिगत स्वार्थ त्यागेर पार्टी हितमा लाग्न आह्वान
नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद रामहरि खतिवडाले व्यक्तिगत स्वार्थ र आन्तरिक मतभेदभन्दा माथि उठेर पार्टीको बृहत्तर हितमा लाग्न नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।
उम्मेद्वारको खतरा मूल्यांकन गरेर आवश्यक सुरक्षा मिलाउछौं : एसपी खड्का
झापा जिल्ला हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोको केन्द्रमा रहेको भन्दै जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले निर्वाचनलाई भयरहित, शान्त र निष्पक्ष रूपमा सम्पन्न गराउन प्रहरी पूर्ण रूपमा सक्रिय रहेको बताउनुभएको छ।
खोटाङमा छानिए एक हजार २८२ जना निर्वाचन प्रहरी
खोटाङमा एक हजार २८२ जना निर्वाचन प्रहरी छानिएका छन्। फागुन २१ गते हुने निर्वाचनका लागि माग गरिए असुसार निर्वाचन प्रहरी छानिएको निर्वाचन भर्ना छनोट उपसमितिले जनाएको छ।
चर्चामा झापा ५, ओली–साह प्रतिस्पर्धाको देशभर चासो
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर झापा निर्वाचन क्षेत्र ५ अहिले देशको सबैभन्दा धेरै चर्चामा रहेको क्षेत्र बनेको छ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको उम्मेद्वारीले यो क्षेत्र राष्ट्रिय राजनीतिक बहसको केन्द्र बनेको हो ।
ओखलढुङ्गामा फेरि वृद्ध दम्पतीको बीभत्स हत्या
एक महिनाअघि भएको दम्पत्ति हत्या प्रकरण सेलाउन नपाउँदै ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा फेरि एक वृद्ध दम्पतीको बीभत्स हत्या भएको छ ।
सुनसरी क्षेत्र नं. ३ मा पुरानै प्रतिस्पर्धी मैदानमा
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा पुरानै प्रतिस्पर्धी चुनावी मैदानमा उत्रेका छन् । प्रमुख राजनीतिक दलका केन्द्रीयस्तरका प्रभावशाली नेताबिच नै प्रतिस्पर्धा हुने देखिएको हो । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार र नेकपा (एमाले) का नेतृ भगवती चौधरी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अशोककुमार चौधरीबिच प्रतिस्पर्धा हुने भएकाले यस क्षेत्रको निर्वाचनलाई विशेष रूपमा हेरिन थालिएको छ ।
झापाली उम्मेदवार घरदैलोमा व्यस्त
आगामी फागुन २१ गतेको निर्वाचनका लागि झापाका उम्मेदवार मतदाताको घरदैलोमा पुग्न थालेका छन् । झापाका पाँच वटै निर्वाचन क्षेत्रमा मुख्य दल, स्वतन्त्र र नयाँ दलका उम्मेदवार मत माग्नका लागि घरदैलोमा व्यस्त बनेसँगै गाउँघरमा चुनावी सरगर्मी बढेको छ ।
‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत
सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ काँकरभिट्टाबाट लौकही सडकखण्डमा निर्माण सुुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको छ ।
एलाइट कप क्रिकेट प्रतियोगिता मा १४ गतेदेखि
प्रथम ‘एलाइट’ कप क्रिकेट प्रतियोगिता विराटनगरमा हुने भएको छ । कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा यही माघ १४ देखि १७ सम्म विराटनगर–६ स्थित मरिलेबन क्रकेट खेलमैदान उक्त प्रतियोगिता हुने यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम
यहाँको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘एक घर एक करेसाबारी’ कार्यक्रम अघि बढाएको छ । व्यावसायिक कृषिका माध्यमबाट किसानको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालनको तयारी गरिएको हो ।