केबलकार विवाद कायमः दुवै पक्षले बुझाए ज्ञापनपत्र
ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा निर्माण गर्न सुरु भएको केबलकार विवाद कायमै रहेको छ । करिव तीन अर्व रुपियाँको लागतमा निर्माण सम्पन्न हुने केबलकार परियोजनाको काम सुरु भइसक्दा पनि निर्माण पक्ष र केबलकार विरोधी पक्षबिच विवाद कायम रहेको हो ।
सिरिजङ्घाका विद्यालय आइतबार पनि खुल्ने
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाका विद्यालय आइतबार पनि खुल्ने भएका छन् । सङ्घीय सरकारले हप्ताको दुई दिन शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको भए पनि सिरिजङ्घाका विद्यालय आइतबार पनि खुल्ने भएका हुन् ।
हात्तीमुडालाई जेनजी फुटबल उपाधि
जेनजी नकाउट फुटबल प्रतियोगिताको उपाधि हात्तीमुडा फुलबल क्लब गढीले जितेको छ ।
शासकीय सुधारको प्रयास: हुलाकबाटै घरदैलोमा सरकारी सेवा
जिल्ला प्रशासन कार्यालय उदयपुरले हुलाक सेवामार्फत सेवाग्राहीलाई घरमै राहदानी (पासपोर्ट) पुर्याउने सेवा सञ्चालन गरेको छ । यो सेवा सुरु भएसँगै अब सर्वसाधारणले आफ्नो राहदानीको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय धाइरहनु नपर्ने भएको छ ।
‘महिलामैत्री कानुन निर्माणमा योगदान गर्ने छु’
समाजसेवा र श्रमदान गर्ने अभियानमा रहनुभएकी अभियानकर्मी अम्बिकादेवी सङ्ग्रौला प्रतिनिधि सभामा समानुपातिकतर्फ सासंद बन्नुभएको छ । देशको कानुन निर्माण गर्ने सर्वोच्च थलो संसद्मा पुग्ने
हात्तीको आक्रमणमा आमाछोरी घाइते
झापाको मेचीनगर नगरपालिका–४, बाहुनडाँगी चोकनजिक हात्तीको आक्रमणबाट दुई जना गम्भीर घाइते बन्नुभएको छ । घाइते बन्नेमा एकै घरका आमाछोरी रहनु भएको छ ।
मापदण्डविपरीत चलेका मोरङका दुई क्रसर उद्योग बन्द
मापदण्डविपरीत सञ्चालन र अनधिकृत उत्खनन गरेको भन्दै मोरङको चिसाङ खोला किनारमा सञ्चालित दुई वटा क्रसर उद्योग १३ दिनदेखि बन्द गरिएका छन् ।
काठ र जडीबुटी निकासीबाट साढे पाँच करोड राजस्व
ताप्लेजुङमा गोलिया काठ र जडीबुटीजन्य वस्तु निकासीबाट करिब साढे पाँच करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको नौ महिनाको अवधिमा डिभिजन वन कार्यालयले उक्त राजस्व सङ्कलन गरेको हो ।
सरकारका जनहितकारी कार्यमा कांग्रेसको साथ रहन्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई समयअनुसार परिमार्जन गर्दै व्यवस्थित र सुदृढ दलका रूपमा अघि बढाइने बताउनुभएको छ ।
स्कुल बस दुर्घटना हुँदा १२ विद्यार्थी घाइते
झापाको कचनकवल गाउँपालिका–३, दलकीस्थित अभिमुक्तरेश्वर सामुदायिक वन अगाडि बिहीबार बिहान भएको स्कुल बस दुर्घटनामा एक दर्जनभन्दा बढी विद्यार्थी घाइते भएका छन् ।
भारतीय कडाइले नेपाली चिया निर्यात सङ्कटमा
नेपाली चिया निर्यातको ठुलो हिस्सा ओगटेको छिमेकी भारतले नयाँ कडाइ लागु गरेपछि नेपाली चिया बजार सङ्कटमा पर्ने देखिएको छ। भारतले सन् २०२६ मे १ देखि लागू हुने गरी नेपाली चिया निर्यातमा कडा नियम लागू गरेपछि समस्या उत्पन्न भएको हो।
एमआरपी समस्या समाधान गर्न नयाँ निर्देशन, स्वघोषणा गरे पुग्ने
आयातित मालवस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले भन्सारमा अवरोध सिर्जना गरेपछि सरकारले उक्त समस्या समाधान गर्न तत्कालका लागि जाँचपास सहज बनाउन नयाँ निर्देशन दिएको छ ।
‘विभेद र दमनविरुद्ध सधैँ अग्रभागमा रहन्छु’
झापामा विभिन्न राजनीतिक आन्दोलनका क्रममा अग्रभागमा देखिने नेतृका रूपमा परिचित हुनुहुन्छ, प्रतिनिधि सभा सदस्य सुशीला ढकाल आचार्य । भोजपुरको अरुण गाउँपालिकामा २०१८ सालमा
हावाहुरीले ठुलो क्षति, विद्युत् सेवा अवरुद्ध
सुनसरीको इनरुवा नगरपालिकाका विभिन्न स्थानमा हावाहुरीका कारण ठुलो क्षति भएको छ। करिब एक घण्टा चलेको हावाहुरी र वर्षाले धेरै रूखहरू ढलेका छन् भने रूख ढल्दा जिल्लामा दुई जना घाइते भएका छन्।
सुनसरीमा बर्डफ्लूबाट ३० करोडभन्दा बढीको क्षति
बर्डफ्लू संक्रमणका कारण सुनसरीका २३ वटा फर्मका लेयर्स र ब्रोइलर कुखुरा नष्ट गरिएको छ। केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाद्वारा परीक्षण गर्दा रोग पुष्टि भएपछि ती फर्मका कुखुरा नष्ट गरिएको हो।
बेलिब्रिज निकाल्ने तयारी
खोटाङलाई तराईसँग जोड्ने वंशिलाघाट र फोक्सिङटार दुवै ठाउँको बेलिब्रिज निकाल्ने तयारी गरिएको छ । सुनकोशीमा पानीको बहाब निरन्तर बढेसँगै दुवै ठाउँको बेलिब्रिज निकाल्ने तयारी गरिएको हो । वं
जीर्ण विराटनगर जुटमिल पुनः सञ्चालन चुनौतीपूर्ण
नयाँ सरकार गठनसँगै बन्द रहेका रुग्ण उद्योगहरू पुनः सञ्चालन हुने चर्चाले विराटनगर जुटमिलसँग आश्रित पूर्व कर्मचारी र तिनका परिवारमा फेरि आशा जगाएको छ।
खुद्रा मूल्य विवादले भन्सारमा रोकिए वस्तु
विराटनगर भन्सार कार्यालयमा औद्योगिक प्रयोजनका कच्चा पदार्थबाहेक व्यावसायिक वस्तु बोकेका कन्टेनर रोकिएका छन् । वस्तुको अधिकतम खुद्रा मूल्य नलेखिए पनि आलु, प्याज र स्याउबाहेक व्यावसायिक सामान भन्सार परिसरमा मङ्गलबारदेखि नै रोकिएका हुन् । मङ्गलबारदेखि सरकारले व्यावसायिक वस्तुको एमआरपी (मूल्य) अनिवार्य गरेको थियो । मङ्गलबार आइसिपीपरिसरमा दुई सय मालवाहक ट्रक रोकिएका थिए । बुधबार दिउँसोसम्ममा थप एक सय मालवाहक सवारी थपिएका छन् ।
अलैँचीको गुणस्तर र बजारीकरणबारे छलफल
नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँचीको गुणस्तर र बजारीकरणबारे ताप्लेजुङका किसानसँग छलफल गरेको छ । अलैँचीबाट हुने आम्दानी अझ बढाउने उद्देश्यले गुणस्तर र बजारीकरणका विषयमा महासङ्घले किसानसँग छलफल गरेको हो । उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशको सहयोगमा महासङ्घले अलैँचीको गुणस्तर र बजारीकरणबारे किसानसँग सोमबार छलफल गरेको हो ।
तराई जोड्ने बेलिब्रिज हट्दै, खोटाङका नागरिक सास्तीमा
खोटाङलाई तराईसँग जोड्ने सुनकोशी नदीमा रहेको बंशिलाघाट र फोक्सिन्टारका दुवै बेलिब्रिज हटाउने तयारी गरिएको छ।
भत्काइयो प्रशासनिक भवनको वाल
सम्झौता विपरीत इँटा प्रयोग भएको पाइएपछि हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनको वाल भत्काइएको छ ।
मूल्य वृद्धिले कोशीको पुँजीगत बजेट खर्चमा 'ब्रेक'
महँगी र निर्माण सामग्रीको अभावका कारण विकास निर्माणका काम सुस्त हुँदा कोशी प्रदेश सरकारलाई पुँजीगत बजेट खर्च गर्न निकै गाह्रो परेको छ ।
जलविद्युत् आयोजनाप्रति नागरिक असन्तुष्ट
ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकालगायतका प्रभावित क्षेत्रका स्थानीयले लिखु–४ जलविद्युत् आयोजनाबाट परेको दीर्घकालीन असरप्रति गम्भीर असन्तुष्टि जनाएका छन् ।
ताप्लेजुङमा कुलमान घिसिङलाई स्वागत र सम्मान
नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा पूर्वमन्त्री कुलमान घिसिङलाई ताप्लेजुङमा स्वागत गरिएको छ । ताप्लेजुङको भ्रमणमा आउनुभएका घिसिङलाई फुङ्लिङस्थित लिटलबुद्ध बोर्डिङ स्कूलले मङ्गलबार स्वागत गरेको हो ।