निपाह भाइरसको उच्च जोखिममा नेपाल, यसरी जोगिने
छिमेकी मुलुक भारतको पश्चिम बङ्गालमा घातक निपाह भाइरस जनस्वास्थ्यको गम्भीर चुनौतीका रूपमा देखिएको छ ।
सुनको मूल्य बिस हजार पाँच सयले वृद्धि : तीन लाख ३९ हजार पुग्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल सात हजार ५०५ कायम भएको छ ।
दरबारमार्गको उडल्यान्ड होटलमा आगलागी
काठमाडौँको दरबारमार्गस्थित उडल्यान्ड होटलमा आगलागी भएको छ ।
मकवानपुरमा मुख्य दलबिच नै प्रतिस्पर्धा
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा यस पटक गहिरो प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ चुनावी प्रक्रियामा अभ्यस्त नेतादेखि नयाँ योजना बोकेर पहिलो पटक संसदीय चुनावी प्रतितस्पर्धाका लागि निस्किनुभएका पुस्ताबिच गहिरो प्रतिस्पर्धा हुने देखिएको छ ।
विधेयक पारितमा बागमती अग्रणी
बागमती प्रदेश सभामा हालसम्म ८९ वटा कानुन निर्माण भएका छन् । बागमती प्रदशे सभाबाट ९० विधेयक पारित भए पनि ८९ वटा मात्र प्रदेश राजपत्रमा प्रकाशित भएका छन् ।
मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु
भरतपुर महानगरपालिका–१४, राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।
कांग्रेसको गाउँफर्क अभियान
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिले पार्टीले सञ्चालन गर्ने गतिविधि र मुख्य प्रमुख प्राथमिकता सार्वजनिक गरेको छ । पुसमा सम्पन्न विशेष महाधिवेशनबाट
चिकित्सक पनि चुनावी मैदानमा
आगामी फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनमा विगतमाभन्दा धेरै चिकित्सकले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी तथा स्वतन्त्र ढङ्गले उम्मेदवारी दिनेमा चिकित्सक पनि छन् । विगतको तुलनामा यो पटक विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका रूपमा चिकित्सक चुनावी मैदानमा धेरै उत्रिएका छन् । स्वास्थ्य क्षेत्रको विकास, जनस्वास्थ्य नीति, स्वास्थ्य शिक्षालगायतका विषयमा प्रत्यक्ष अनुभव बोकेका चिकित्सकले उम्मेदवारी दिनुलाई यस पटकको निर्वाचनमा महìवकासाथ हेरिएको छ ।
पूर्व प्रधानमन्त्री नेपाल अस्पताल भर्ना
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना हुनुभएको छ ।
दोलखाका उच्च पहाडी क्षेत्रमा हिमपात सुरु
दोलखाको समुद्र सतहदेखि तीन हजार ८४२ मिटर उचाइमा रहेको कालिञ्चोकलगायत उच्च पहाडी भेगमा हिउँदे वर्षासँगै बुधबार साँझदेखि हिमपात सुरु भएको छ ।
तथ्याङ्क कार्यालयलाई मूल्य वृद्धिदर निकाल्ने जिम्मेवारी
वस्तु तथा सेवाको मूल्यवृद्धि दरसम्बन्धी तथ्याङ्क सङ्कलन तथा प्रकाशनको जिम्मेवारी राष्ट्रिय तथ्याङ्क कार्यालयलाई दिने गरी तयारी सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले तयार गरिरहेको यस्तो विवरण अबदेखि कार्यालयलाई हस्तान्तरण गर्न आवश्यक अध्ययनका लागि कार्यदल बनाउने निर्णय भएको छ ।
विकासशील मुलुकमा स्तरोन्नति हुँदा पच्चिस प्रतिशतसम्म निर्यात घट्ने
अल्पविकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदा नेपालबाट निर्यात हुने गार्मेन्ट र टेक्सटाइललगायतका क्षेत्रमा ठुलो असर पर्ने देखिएको छ । विश्वव्यापार सङ्गठन (डब्ल्युटिओ) का अनुसार अल्पविकसितबाट विकासशील मुलुकमा स्तरोन्नति भए गार्मेन्ट, टेक्सटाइलको निर्यातमा १० देखि २० प्रतिशत कमी आउने देखिएको हो । डब्ल्युटिओले गार्मेन्ट र टेक्सटाइल १३.३ प्रतिशतले निर्यात घट्ने अनुमान गरेको छ ।
उच्च पहाडी तथा हिमाली भागमा मध्यम हिमपात र वर्षा हुने
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रोकिएन सुनको उकालो यात्रा
निरन्तर बढ्दै गएको सुनको मूल्यले बुधबार फेरि नयाँ रेकर्ड कायम गरेको छ । मङ्गलबार तीन लाख नौ हजार तीन सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बुधबार तोलामा नौ हजार पाँच सय रुपियाँले बढेर तीन लाख १८ हजार आठ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । माघ लागेसँगै सुनको मूल्य अस्वाभाविक रूपमा बढ्दै गएको छ ।
यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ ।
एक वर्षभित्रमा ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गर्न आग्रह
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को ‘ग्रे लिस्ट’ बाट जतिसक्दो चाँडो बाहिर निकाल्न सबै क्षेत्र र निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभएको छ । सम्पत्ति शुद्धीकरण निवारण : पारदर्शिता र वित्तीय सुशासन भन्ने मूल नारासहित बुधबार आयोजित सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस, २०८२ का अवसरमा अर्थमन्त्री खनालले तोकिएको समयभन्दा अघि नै आवश्यक सबै सुधारका काम सम्पन्न गरी आगामी एक वर्षभित्र नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्नुपर्नेमा जोड दिनुभयो ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ५६ पैसा र बिक्रीदर १४७ रुपियाँ १६ पैसा तोकिएको छ ।
चोरीका सामान ल्याउने व्यवसायी छानबिनमा
अवैध रूपमा सामान आयात गर्ने व्यवसायीलाई सरकारले कडा छानबिन गर्ने भएको छ । यसका लागि भन्सार विभाग र राजस्व अनुसन्धान विभागको संयुक्त टोली परिचालन गर्ने तयारी अर्थ मन्त्रालयले गरेको छ ।
विशेषको आदेशविरुद्ध अख्तियार सर्वोच्चमा
भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माण गर्दा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको थुनछेक आदेशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा निवेदन दिएको छ ।
आचारसंहिता उल्लङ्घनमा कारबाही सुरु
निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीतका गतिविधि नियन्त्रण गर्ने गरी उम्मेदवारमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ । आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह, नेकपा (एमाले) का सचिव महेश बस्नेत, शोभा पाठकलगायतका सात जनालाई एकैदिन स्पष्टीकरण सोधेको छ ।
हिउँदे वर्षासँगै हिमपात
हिउँद सकिन एक महिना बाँकी रहँदा नेपालमा हिउँदे वर्षा र हिमपात भएको छ । मङ्सिर १५ देखि सुरु भएको यस वर्षको हिउँदयामको उत्तरार्धतिर आएर वर्षा र हिमपात भएको हो । बुधबार भएको हिमपात र वर्षाले किसान खुसी भएका छन् भने चुनाव प्रचारमा हिँडेका उम्मेदवार दुःखी भएका छन् । हिमाली तथा पहाडी भेगको जनजीवनसमेत हिमपात र वर्षाले बुधबार ठप्प बनेको स्थानीयवासीले बताएका छन् । भारी हिमपातका कारण सुदूरपश्चिम र कर्णाली भेगका हवाई उडानसमेत ठप्प रहे । पहाडी भेगका बाटा वर्षा र हिमपातले अवरुद्ध बने ।
बढी जनसङ्ख्याको कमजोर प्रतिनिधित्व
नेपालको जनसङ्ख्यामा महिलाको जनसङ्ख्या दशकौँदेखि पुरुष जनसङ्ख्यामाथि हाबी रहँदै आएको छ । पछिल्लो जनगणना अनुसार नेपालमा महिलाको जनसङ्ख्या ५१.२ प्रतिशत कायम छ । यो दर मतदाता नामावलीमा जाँदा भने परिवर्तित भएर पुरुष मतदाता बढेको छ । कुल मतदातामध्ये महिला मतदाता ९२ लाख ४० हजार १३४ जना रहेकामा पुरुष मतदाता ९६ लाख ६३ हजार ३५८ छन् । बाँकी दुई सय जना अन्य मतदाता रहेका छन् । यसरी हेर्दा महिलाको तुलनामा चार लाखभन्दा बढी पुरुष मतदाता छन् । यो दर उम्मेदवारको हकमा पनि हाबी छ ।
नयाँ संसद् बैठक निर्माणाधीन भवनमै
आसन्न प्रतिनिधि सभा निर्वाचन जितेर आउने प्रतिनिधि सभा सदस्यको बैठक बस्ने संसद् भवनको टुङ्गो लागेको छ । प्रतिनिधि सभा सदस्यको बैठक सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमै बस्ने सुनिश्चित भएको हो ।
व्यवसायीदेखि पूर्वप्रशासकसम्म
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा उद्योग तथा व्यवसायको क्षेत्रमा प्रसिद्धि कमाएका थुप्रै व्यक्ति उम्मेदवार बनेका छन् । विगतमा जस्तै यस पटक पनि निर्वाचनमा होमिएका व्यक्ति अर्बपतिदेखि शिक्षा, स्वास्थ्य, होटेल, पर्यटन, चिकित्सा, निर्माण, जलविद्युत्, घरजग्गालगायतका व्यावसायिक क्षेत्रमा स्थापित छन् । साथै प्रशासन, सुरक्षालगायतका क्षेत्रबाट नेतृत्व तहमा पुगेका व्यक्ति पनि चुनावी प्रतिस्पर्धामा रहेका छन् । यस्ता व्यक्ति नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टीलगायत सानादेखि ठुला दलका तर्फबाट चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गतेलाई तोकिएको छ ।