जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु
जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । इच्छाकामना गाउँपालिका–१ कुलबाङगका दुई जनाको मृत्यु भएको हो ।
आज पनि घट्यो सुनचाँदीको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ६० कायम भएको छ ।
एमाले वर्तमान चुनौतीप्रति गम्भिर हुन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भिर हुन एमाले नेतृत्वलाई आग्रह गर्नुभएको छ ।
‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’
परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
कविता सङ्ग्रह ‘दी कास्ट अफ फ्लावर्स’ बजारमा
भारतको बुक प्रेसले हालै प्रकाशन गरेको उक्त कविता सङ्ग्रह बजारमा आएको हो । ‘एमेजोन अनलाइन पोर्टल’मा राखिएको विकका १०८ पृष्ठको उक्त सङ्ग्रहमा ६२ वटा कविता छन् ।
रोस्टर सूचीमा छ सयभन्दा बढीको नाम सूचीकृत
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका निकायमा रिक्त पदमा नियुक्ति र मनोनयनका लागि रोस्टर सूचीमा छ सयभन्दा बढीले नाम सूचीकृत गराएका छन् । मन्त्रालयका सूूचना अघिकारी गोकर्णप्रसाद उपाध्यायका अनुुसार सरकारले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ कार्यान्वयनमा आएपछि मन्त्रालय अन्तर्गतका निकायमा कार्यरत १४० जना स्वतः पदमुक्त भएका छन् । मन्त्रालयले रिक्त पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति प्रक्रिया अघि बढाएपछि शुक्रबार साँझसम्म छ सयभन्दा बढीले आवेदन दिएका हुन् ।
सामुदायिक वनमा काठ कटान
सिन्धुलीमा गत वर्ष २२६ वटा सामुदायिक वनबाट करिब छ लाख २३ हजार क्युफिट काठ कटान गरिएको छ । डिभिजन वन कार्यालय सिन्धुली अन्तर्गतका १११ वटा तथा डिभिजन वन कार्यालय मरिण अन्तर्गतका ११५ वटा सामुदायिक वन समितिलाई उक्त परिमाण बराबरको काठ कटान गर्न आदेश दिइएको हो । ती वनक्षेत्रमा रहेका ढलापडा, सुकेका, बुढा तथा रोगग्रस्त रुख कटान गरिएको सम्बन्धित कार्यालयले जनाएका छन् ।
योजनाको प्रगति पेस गर्न निर्देशन
बागमती प्रदेश सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले बागमती प्रदेश सरकारलाई सरकारी लगानीका योजनाको अवस्था र प्रगतिबारे विवरण पेस गर्न निर्देशन दिएको छ ।
किसानको रकम किसानकै हितमा
दुग्ध उत्पादक किसानबाट सङ्कलित रकम पुनः किसानकै हितमा लगानी गर्ने नीति अन्तर्गत मनहरी गाउँपालिकाले मनहरी–३ स्थित नमुना कृषक बहुमुखी सहकारी संस्था लिमिटेडलाई साढे सात लाख रुपियाँ बराबरको ३० केभिए क्षमताको जेनेरेटर सहयोग गरेको छ ।
तीन लाख नदिएसम्म उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिङ अपरेसन
सेक्युरिटी गार्डमा मलेसिया जान लागेका सप्तरीका अजय कुमार यादवको फ्लाइट गत वैशाख २९ गते थियो । सरकारको 'फ्रि भिसा फ्रि टिकेट'को नीति अनुरूप म्यानपावर कम्पनीलाई प्रोसेस गरिदिएकामा बढीमा १० हजार रूपियाँमात्र तिर्नुपर्नेमा यादवले नगद ७० हजार रूपियाँ तिरिसकेका थिए ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ ।
महाभारतमा सात हजार कफीका बिरुवा वितरण
महाभारत गाउँपालिका–६ का ७१ परिवारलाई ६ हजार ८०० कफीको बिरुवा वितरण गरिएको छ । ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’ नारालाई नियमितता दिँदै गाउँपालिकाको कार्यक्रमअन्तर्गत कफीको बिरुवा वितरण गरिएको हो ।
विश्व दूरसञ्चार तथा सूचना समाज दिवसः ‘डिजिटल’ पहुँच विस्तारमा जोड
‘इन्टरनेट’ तथा सूचना–सञ्चार प्रविधि (आइसिटी) को प्रयोगमार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना अभिवृद्धि गर्ने तथा डिजिटल विभाजन कम गर्ने उद्देश्यले हरेक वर्ष मे १७ मा यो दिवस मनाउने गरिन्छ ।
पश्चिमी वायुको प्रभावः कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।
आज ३३ औँ मदन–आश्रित स्मृति दिवस
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृतिसभासहित विविध कार्यक्रम गर्दैछ ।
ट्राफिक कारबाहीमा चार लाख १७ हजार राजस्व सङ्कलन
बितेका २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख १७ हजार राजस्व दाखिला भएको छ ।
नयाँ सडकमा बृहत् वडा महोत्सव
काठमाडौँ महानगरपालिका–२२ ले सांस्कृतिक, धार्मिक एवं परम्परागत खाना, बाजा, हस्तकला, चित्रकलाको प्रदर्शनीको आयोजना गरेको छ । महानगर–२२ द्वारा शनिबार राजधानीमा आयोजित महोत्सवमा स्थानीय उत्पादन, धार्मिक नृत्य, बाजाको प्रदर्शनीसँगै वडा नं. २२ का सम्पदाको चित्रकला, वडा नं. २२ मा जन्मिएर विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वको परिचयसँगै फोटोसमेत प्रदर्शनीमा राखिएको थियो । नयाँ सडकको ऐतिहासिक पिपलबोटपरिसरमा नेवार समुदायको धार्मिक एवं परम्परागत अनुष्ठानमा प्रयोग हुने वाद्यवादनसहित विभिन्न सामग्रीको प्रदर्शनी गरिएको थियो । त्यसै गरी इतिहासविद् महेशराज पन्त, नयराज पन्त, दिनेशराज पन्त, पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट, ऋद्धिबहादुर मल्ल, शिक्षाविद् सत्यनारायणबहादुर श्रेष्ठ, महेश साहित्यकार हरि श्रेष्ठ, विजय मल्ल, सङ्गीतकार द्वारिकालाल जोशीलगायतको समष्टिगत परिचयसहितको फोटो प्रदर्शनीमा राखिएको थियो ।
डिडिसी चिजको बजार प्रवर्धन हुने अपेक्षा
प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत शनिबार सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडसी) को उत्पादन याक चिजसहितको तस्बिर सार्वजनिक गरेपछि यसको बजार प्रवर्धन हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री शाहले ‘से चिज, डिडिसीको चिज’ भन्दै आफ्नो आधिकारिक फेसबुक एकाउन्टमा तस्बिर सार्वजनिक गरेपछि स्वदेशी उत्पादन प्रवर्धनमा ठुलो मद्दत पुग्ने आमबुझाइ बनेको छ । डिडिसीले उच्च पहाडी क्षेत्रमा पालिने चौँरीको दुधबाट उच्च गुणस्तरको याक चिज उत्पादन गर्छ । वार्षिक रूपमा ३६ हजार केजी याक चिज उत्पादन गरिँदै आएको डिडिसीले जनाएको छ । डिडिसीले देशभरका १४ चिज उत्पादन केन्द्रबाट चिज उत्पादन गर्दै आएको छ । यीमध्ये आठ केन्द्रबाट याक चिज उत्पादन हुन्छ । डिडिसीका सूचना अधिकारी नीलकण्ठ गौतमले प्रधानमन्त्रीले याक चिज खाएको फोटो सार्वजनिक गरेपछि यसले बजार प्रवर्धन गर्न सहयोग पुग्ने बताउनुभयो । याक चिज हिमाली क्षेत्रमा उत्पादन हुने हुुँदा अन्यको तुलनामा महँगोसमेत पर्ने गरेको उहाँले जानकारी दिनुभयो । डिडिसीले रसुवाको लाङटाङ, चन्दनबारी र गोसाइँकुण्ड, दोलखाको चोर्दुङ, रामेछापको थोदुङ र देउराली, सो
चिनीको मौज्दात आठ महिनालाई पुग्ने
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनीमा अभाव देखाएर कालोबजारी गर्नेलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपाली बजारमा पर्न सक्ने प्रभावबारे मन्त्रालयले शुक्रबार सरोकारवाला निकायबिच छलफल गरेको थियो । आठ महिनाको बजार माग धान्ने चिनी मौज्दात रहेकाले तत्काल अभाव नहुने मन्त्रालयले जनाएको छ ।
विदेश भ्रमणका लागि पूर्वस्वीकृति अनिवार्य
सूचना तथा सञ्चार मन्त्रालयले अत्यावश्यकबाहेक आगामी तीन महिनासम्म कुनै पनि कर्मचारीलाई विदेश भ्रमणमा मनोनयन गर्दा पूर्वस्वीकृति लिन आफ्नो मातहतको कार्यालय तथा निकायलाई निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सबै मन्त्रालय/आयोग र सचिवालयलाई परिपत्र गरेर तीन महिनाका लागि कुनै पनि कर्मचारीको वैदेशिक भ्रमणमा मनोनयन नगर्न/नगराउन निर्देशन दिएको थियो । सञ्चार मन्त्रालयको प्रशासन तथा विकास सहायता समन्वय शाखाका अधिकृत विशाल भण्डारीले अत्यावश्यक भई वैदेशिक भ्रमणमा पठाउनुपर्ने भएमा मन्त्रालयमा परामर्श गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट पूर्वस्वीकृति लिन मातहतका निकायमा परिपत्र गर्नुभएको छ । विदेश भ्रमणमा जाने सम्बन्धमा मन्त्रालयले सचिवस्तर निर्णय गरेर मापदण्डसमेत तयार गरेको छ ।
बजारमा आयोडिन नभएको नुन, जनस्वास्थ्यमा गम्भीर खतरा
सरकारले नुन आयातमा निजी क्षेत्रलाई प्रवेश गराएपछि बजारमा मापदण्डबमोजिम आयोडिनको मात्रा नभएको नुन व्यापक रूपमा बिक्रीवितरण हुँदा केही वर्षपछि नेपालमा आयोडिनको कमीले हुने स्वास्थ्य समस्या जटिल रूपमा देखिने खतरा बढेको छ ।
स्वास्थ्य संस्थामा करोडौँका उपकरण प्रयोगविहीन
स्वास्थ्य संस्थामा करोडौँका उपकरण प्रयोगविहीन
सिंहदरबारकै जग्गा अतिक्रमण
खोलानाला, नदी र सडक किनारका मात्र नभई मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको जग्गासमेत मिचिएको (अतिक्रमणमा परेको) पाइएको छ । सडक विस्तार गर्दा दुवैतिरबाट जमिन लिनुपर्ने भए पनि एकातिरबाट जमिन लिँदा सरकारी जग्गा अतिक्रमणमा परेको हो ।
स्थानीय तहको पुनर्संरचना तयारी
सरकारले आगामी वर्ष (२०८४) मा हुने स्थानीय तहको निर्वाचन हुनुभन्दा छ महिनाअगाडि मात्रै स्थानीय तहको सङ्ख्या र सिमाना हेरफेर गर्ने भएको छ । स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहको निर्वाचन हुनुभन्दा एक वर्षअगाडि स्थानीय तहको सङ्ख्या, सिमाना र वडाको विवाद समाधान गर्नुपर्ने उल्लेख छ । तर सरकारले स्थानीय सरकार सञ्चालन ऐनलाई संशोधन गरी एक वर्षको ठाउँमा निर्वाचन हुनुभन्दा छ महिनाअगाडि स्थानीय तहको सङ्ख्या र सिमाना हेरफेर गर्न सकिने व्यवस्था गर्ने तयारी गरेको छ । अहिले पनि १०२ वटा स्थानीय तहका भौगोलिक सिमाना विवाद समाधान नहुँदा भौगोलिक र जनसाङ्ख्यिक सन्तुलनका आधारमा सिमाना वैज्ञानिक तथा व्यावहारिक नभएकाले स्थानीय सेवाग्राहीलाई सेवाप्रदायक कार्यालयसम्म पुग्न असुविधा हुँदै आएको छ ।