आयोगका प्रवक्ता कमला ओली थापाले वैशाख २२ गते बिहीबार एक समारोहको आयोजना गरी भव्यताका साथ स्थापना दिवस मनाउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि हुम्ला जिल्लाको अदानचुली, ताँजाकोट, चङ्खेली र सर्केगाडसहित मुगु जिल्लाको सोरु गाउँपालिका सञ्चारविहीन भएका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना, सञ्चार तथा प्रविधिसँग सम्बन्धित नीति तथा कानून समयसापेक्ष निर्माण तथा परिमार्जन गर्ने तयारी भइरहेको बताउनुभएको छ ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि सबै दल तथा तिनका उम्मेदवारले जनसरोकारका विभिन्न विषयलाई उजागर गरी आफ्ना घोषणापत्रमा समेत उल्लेख गरेका छन् ।
सूचना प्रविधिको विकाससँगै विश्व एउटा गाउँमा बदलिएको छ । प्रविधिको विकाससँगै सूचना सम्प्रेषणका माध्यम फेरिएका छन् । प्रविधिको विकाससँगै नागरिकले पाउनुपर्ने सूचना सस्तो र सरल तरिकाले पाउन थालेका छन् ।
खाना पकाउने एलपी ग्यासको मूल्य विश्वव्यापी रुपमा उकालो लागिरहेको छ । त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ ।
सूचना तथा सञ्चार प्रविधिमा भएको तीब्र विकासले गर्दा आधुनिक विश्व नै एक गाँउमा रुपान्तरण भएको छ । हालका वर्षहरुमा दीगो विकासका बुहत्तर लक्ष्य हासिल गर्न अवलम्वन गरिएका रणनीतिहरुको केन्द्रमा सूचना तथा सञ्चार प्रविधि रहदै आएको छ ।
विश्वास रेग्मी आयातित शब्दहरूको अधिक प्रयोगका कारण नेपाली भाषाले मौलिकता जोगाउने सङ्घर्ष गरिरहनुपरेको छ । अर्कोतिर, नेपाली भाषाकै अशुद्ध प्रयोगका कारण यसको मूल संरचना नै बिग्रने हो कि भन्ने चिन्ता सार्वजनिक रूपमा व्यक्त भइरहन्छ । खासगरी पछिल्लो पुस्ता लेख्य नेपाली भाषाप्रति त्यति गम्भीर भएको पाइँदैन ।नेपाली भाषाको व्याकरणीय नियमको पालना नयाँ पुस्ताका लागि कठिनजस्तै देखिन्छ । त्यसमाथि कतिपय शब्दका अर्थकै जानकारी नहुँदा अर्को समस्या सिर्जना गरिदिएको हुन्छ । नेपाली भाषाको व्यावहारिक प्रयोगमा देखिएका पछिल्ला यस्तै समस्यालाई समूल समाधान गर्ने उद्देश्यसहित युवा इन्जिनियरको समूहले एउटा सहज विकल्प निकालिदिएको छ, हिज्जे डटकम ।नेपाली भाषासँग सम्बन्धित धेरै कम एकीकृत सुविधामध्येको एक हो यो । इन्टरनेटको प्रयोगमार्फत संसारभर जसले पनि प्रयोग गर्न सक्ने गरी तयार गरिएको हिज्जे डटकम पछिल्लो समय आफैँलाई सुधार्दै अघि बढिरहेको छ ।भाषाको मायाहिज्जे डटकम सुरु गर्नुअघि यसका संस्थापक विरोध रिजालको व्यक्तिगत भावनाले बढी काम गरेको छ । पेसाले कम्प्युटर इन्जिनियर रिजाल आफ्ना एक जना गुरुको पे्ररणाबाट यसको सुरुवात गरेको सम्झन्छन् । नेपाली भाषा संरक्षण गर्नुपर्छ भन्ने गुरुको चिन्तालाई समाधान गर्ने उद्देश्यसहित हिज्जे डटकम सुरुवात गरिएको रिजालको भनाइ छ । उनका लागि यो नितान्त समाजसेवा हो । यसबाट कमाउने उद्देश्य नराखिएको उनी स्पष्ट पार्छन् । त्यसैले यसमा आफैले सक्दो सानो सानो लगानी गर्दै निरन्तरता दिइराख्ने उनको योजना छ । त्यसो त सुरुवाती दिनमा हिज्जे डटकम तयार गर्न उनले केही ठाउँमा लगानीका लागि सङ्घर्ष गर्नु नपरेको होइन । अपेक्षाअनुसारको लगानी नआए पनि सामान्य लगानी जोडजाड गर्दै यहाँसम्म आइपुगेको छ, यो । भाषाका लागि सम्बन्धित क्षेत्रका विज्ञ संलग्न गराउनेदेखि ब्याकइन्ड तयार गर्न प्राविधिक जनशक्ति उपयोगमा त्यस्तो लगानी उपयोग गरिएको उनले जानकारी दिएका छन् ।धेरै सुविधा एकै ठाउँमाहिज्जे डटकममा नेपाली भाषासँग सम्बन्धित धेरै सुविधा प्रयोग गर्न सकिन्छ । यसको सबैभन्दा महत्त्वपूर्ण सुविधा हिज्जेको परीक्षण नै हो । जसमा वाक्यको गठन, ह्रस्व–दीर्घ परीक्षणदेखि अन्य भाषागत त्रुटि हेर्न सकिन्छ, अनि हिज्जेले नै आफैँ त्यसलाई सच्याइदिन्छ । सञ्चारमाध्यमको डेस्कमा काम गर्नेदेखि नेपाली भाषासँग सम्बन्धित काम गर्नेका लागि यो निकै उपयोगी सुविधा पनि हो । हाललाई युनिकोडमा लेखिएका शब्दको मात्र परीक्षण गर्ने सुविधा रहेको संस्थापक रिजालले जानकारी दिएका छन् ।यससँगै एकैठाउँमा नेपाली भाषा ‘टाइप’ गर्नेदेखि र प्रिती ‘फन्ट’लाई नेपालीसँग सम्बन्धित एक दर्जन फन्टमा रूपान्तरण गर्ने सुविधा यसमा उपलब्ध छ । हाल युनिकोडदेखि आकृति, आलेख, गणेश, हिमालबी, कान्तिपुर, नवजीवन, पीसीयस फन्टमा टाइप गर्न सकिन्छ ।त्यस्तै नेपाली शब्दकोष पनि यसमै उपलब्ध छ, जहाँ प्रयोगकर्ताले आफूलाई चाहिएको शब्द राखेर त्यसको सहजै अर्थ खोज्न सक्छन् । शब्को अर्थ र भाषाको व्याकरणीय नियम स्थापित गर्न हिज्जेले नेपाली भाषाका विज्ञहरूलाई उपयोग गरेको छ । भाषासम्म सकेसम्म त्रुटि नहोस् भन्ने उद्देश्यका लागि एक रूपता ल्याउने प्रयत्न गरिएको रिजालले बताएका छन् ।निःशुल्क खाताहिज्जे डटकम प्रयोग गर्न कुनै शुल्क लाग्दैन, अर्थात् यो निःशुल्क सेवा हो । ‘ब्राउजर’मा हिज्जे डटकम(https://hijje.com/#/) टाइप गरेर सहजै यसको प्रयोग गर्न सकिन्छ । व्यक्तिगत खाता खोलेर यसमा रहेका धेरै सुविधा प्रयोग गर्न सकिन्छ । सहजै खाता खोल्न सक्ने व्यवस्था यसमा गरिएको छ । खाता नै नखोलिकन पनि हिज्जे परीक्षण, शब्दकोष, फन्ट रूपान्तरणलगायतका सेवा उपयोग गर्न सकिन्छ ।आवाजलाई शब्दमाहिज्जे डटकमले पछिल्लो समय नेपालीमा बोलेको आवाजलाई शब्दमा उतार्ने सुविधा पनि ल्याएको छ । जहाँ प्रयोगकर्ताले आफूले बोलेको आवाज ‘अपलोड’ गरेर त्यसलाई लिखित शब्दमा उतार्न सक्छन् । यसमै पनि रेकर्ड गर्ने सुविधा राखिएको छ, जसमा सिधै रेकर्ड गरेर शब्दमा रूपान्तरण गर्न सकिन्छ । तत्कालका लागि एक पटकमा ३० सेकेन्डको आवाजलाई मात्र शब्दमा रूपान्तरण गर्ने सुविधा रहेको छ । भविष्यमा यो समयलाई अझ बढाएर एकैपटक लामो रेकर्डलाई पनि सहजै शब्दमा उतार्ने सुविधा ल्याउने योजना रिजालको छ ।झन् एकीकृतहिज्जे डटकममा उपलब्ध भाषासम्बन्धी सुविधालाई झन् एकीकृत गर्दै लैजाने योजना बनाइएको छ । अहिले लिखित भाषा र आवाजलाई शब्दमा रूपान्तरण गर्ने काम छुट्टाछुट्टै हुँदै आएको छ । यो भिन्न प्रकृतिको सुविधालाई एकीकृत गरेर आवाज र लिखित शब्द एकैपटक परीक्षण गर्ने सुविधा ल्याउने योजनामा हिज्जे डटकम छ । जसमा आवाजबाटै त्यसलाई शब्दमा उतार्ने, त्यसको हिज्जे परीक्षण गर्ने, फन्ट परिवर्तन गर्न सक्ने र शब्दको अर्थसमेत हेर्न सकिने गरी एकीकृत सुविधा ल्याउने सोचाइमा छन् रिजाल ।यसबाट नेपाली भाषासँग सम्बन्धित धेरै समस्या समाधान हुन सक्ने उनको विश्वास छ । त्यस्तै आवाज सुन्दै त्यसलाई पुनः उतार्नका लागि लाग्ने समय यसबाट बचत हुने छ ।भाषाको विषय जहिले पनि यसको शुद्धताबाट परीक्षण हुन्छ । निजी क्षेत्रबाट भएको यस्तो प्रयासको शुद्धता र विश्वसनीयतामा स्वाभाविक प्रश्न उठ्छन् । यस्तो प्रश्न हिज्जे डटकमलाई नसोधिएको होइन । संस्थापक रिजाल शतप्रतिशत पूर्णता केही पनि नहुने र त्यसैले गर्दा सुधार गर्दै लैजाने बाटो बाँकी रहने बुझाइ राख्छन् ।
हेटौँडामा स्थापना भएको डिजास्टर रिकभरी केन्द्र चार वर्ष पुग्नै लाग्दा डाटा ब्याकअपका लागि पूर्वाधारमा कमी हुँदा समस्या निम्तिएको छ । सूचना प्रविधि केन्द्रमा कुनै समस्या आए तत्काल डाटालाई अनलाइन रिकभरी गर्न कठिनाइ भएको छ ।
सामाजिक सञ्जाल ट्विटरको सञ्चालक समिति (बोर्ड) ले ४४ अर्ब अमेरिकी डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति एलन मस्कको प्रस्तावमा सहमत भएको छ । मस्कले दुई साताभन्दा कम समयअघि सबैलाई चकित पार्दै ट्विटरको बोली लगाउनु भएको छ ।
अमेरिकी धनाढ्य एलन मस्कले सामाजिक सञ्जाल ट्विटर ४४ बिलियन अमेरिकी डलरमा खरिद गर्नुभएको छ । विश्वकै ठूलोमध्येको एक सामाजिक सञ्जाल कम्पनी ट्विटर मस्कले खरिद गर्नुभएको बीबीसी नेपाली सेवाको समाचारमा उल्लेख छ ।
नारद कोहारतौलिहवा, वैशाख ९ गते । कपिलवस्तुमा स्ट्रारिपर (भुसा काटने मेशिन) को प्रयोग बढ्दै गएको छ । विगत वर्षहरुमा कम्बाईन मेसिनले गहुँ र धान चुटेपछि बाँकी रहेका ठुटाहरुलाई खेतमै छाडिने गरिथ्यो । त्यही ठुटाहरुलाई सफा गर्ने नाममा खेतमा आगो लगाउने गरिएको थियो । तर एक वर्ष यता भने स्ट्रारिपर मेसिनले खेतमा बाँकी रहेको गहुँ र धानको ठुटालाई भुस बनाई सङ्कलन गर्ने गरिएको छ । कम्बाईको प्रयोग विगत १० वर्ष यता बढ्दै आएको छ । स्ट्रारिफरको प्रयोग गत वर्षदेखि कपिलवस्तुमा बढेको कृषि ज्ञान केन्द्रका प्रमुख डा. रविन्द्रनाथ चौबेले बताउनुभयो । ‘कम्बाईको प्रयोग कपिलवस्तुमा एक दशक यता बढ्दै आएको छ एक वर्ष यता भने स्ट्रारिपरको प्रयोग कपिलवस्तुमा बढेको छ’ उहाँले भन्नुभयो । उहाँले जिल्लामा दुई सयको हारहारीमा स्ट्रारिपर मेसिन भित्रिएको बताउनुभयो । विगत वर्षहरुमा कम्बाईनले गहुँ र धान काटेपछि बाँकी रहेको आधा ठुटालाई कृषकहरुले खेत सफा गर्ने नाममा आगो लगाउने चलन थियो । तर स्ट्रारिपरको प्रयोग भएपछि जिल्लामा त्यस्तो प्रचलन घटेको छ ।‘खेतमा आगो लगाउँदा मित्र जीवहरु नाश हुने गरेको थियो, माटोको उर्वराशक्ति समेत घटेको थियो’ प्रमुख चौबेले भन्नुभयो ‘स्ट्रारिपरको प्रयोग भएपछि कृषकहरुलाई धेरै फाइदा पुगेको छ ।’ गत चैतदेखि वैशाखको यता खेत खेतमामा स्ट्रारिपरले गहुँको ठुटाहरुलाई काटेर भुस सङ्कलन गर्दै आएका छन् । कपिलवस्तु नगरपालिका – ६ थुम्हवाका कृषक जयप्रकाश कुर्मी आफूले ५ लाख मूल्यमा स्ट्रारिपर मेसिन किनेर चैतको सुरुवातदेखि नै भुस सङ्कलन गर्दै आएको बताउनुभयो । उहाँले अहिले स्ट्रारिपर मेशीनलाई खेतमा भुस सङ्कलन गर्न भ्याई नभ्याई रहेको बताउनुभयो । भुस काटेवापत आफूहरुले खेत धनीहरुलाई एक ट्रालीको डेढ सयदेखि दुई सय रुपियाँ दिने गरेको उहाँले बताउनुभयो । एक ट्राली भुसको तीन हजार देखि तीन हजार पाँच सयमा विक्री गर्ने गरेको कृषक चौधरीले बताउनुभयो । एक ट्राली भुस सङ्कलन गर्दा कम्बाईने काट्न छाडेका ३० देखि ३५ किलोसम्म गहुँका दानासमेत सङ्कलन हुने गरेको उहाँको भनाइ छ । जिल्लामा स्ट्रारिपर भित्रिएपछि कृषकहरुलाई निकै सजिलो भएको कृषक सङ्घका जिल्ला अध्यक्ष चर्तुभुजमणि त्रिपाठीले बताउनुभयो । ‘स्ट्रारिपर मेसिन कृषकहरुका लागि बरदान नै भएको छ ’ उहाँले भन्नुभयो ‘स्ट्रारिपर नहुँदासम्म जिल्लाका अधिकांश कृषकहरुले खेतमा आगाले लगाउने गर्थे तर एक वर्ष यता भने त्यही खेतमा रहेको ठुटा बापतको डेढदेखि दुई सय रुपियाँ रकम पाउने गरेका छन् ।’ उहाँले स्ट्रारिपर मेसिन पर्यावरणमैत्री बनेको बताउनुभयो । स्ट्रारिपर मेसिनले गर्दा पशुपालक कृषकहरुलाई निकै फाइदा पुग्ने भएकाले पशुपालन फस्टाउने उहाँले बताउनुभयो । खेतमा आगो लगाउन छाडिएकाले खेतको उर्वराशक्तिमा यसले टेवा दिने गरेको छ ।