कृषि आधुनिकीकरण कार्यक्रममार्फत चैते धान प्रवर्धन
पश्चिम नवलपरासीमा चैते धान खेती विस्तार हुँदै गएको छ ।
नेपालगन्जमा सडक खाना महोत्सव सफल, ३५ हजारले गरे अवलोकन
पश्चिम नेपालको आर्थिक केन्द्र नेपालगन्जमा पहिलो पटक आयोजना गरिएको सडक खाना महोत्सव अत्यधिक सफल भएको आयोजकले जनाएका छन् ।
स्वर्गद्वारी नगरपालिकामा सिविआर कार्यक्रम सञ्चालन
जिल्लाको स्वर्गद्वारी नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि समुदायमा आधारित पुनर्स्थापना (सिविआर) कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।
भेरी शीतभण्डारको अध्यक्षमा भट्टराई निर्वाचित
बाँकेको कोहलपुर–११ स्थित भेरी शीतभण्डार सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा बलराम भट्टराई निर्वाचित हुनुभएको छ ।
पाँच वर्षदेखि बाख्राको खोरमा आठ वर्षीया बालिका
दिउँसोको टन्टलापुर घाममा झिँगटीले छाएको गाईगोठभित्र बनाइएको बाख्राको सानो खोरमा कपडाको डोरीले बाँधिएको अवस्थामा एक बालिका सुतिरहेकी थिइन् भने खोरबाहिर दुई वटा गाई उग्राइरहेका थिए ।
सत्तरी प्रतिशत विकास योजना अलपत्र
निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धिका कारण पश्चिम नवलपरासीका सात वटै स्थानीय तहको विकासनिर्माणको काम पूर्ण रूपमा प्रभावित भएको छ । जिल्ला दररेट र बजार मूल्यमा ठुलो अन्तर देखिएपछि जिल्लाभर सञ्चालित सानाठुला गरी करिब दुई सय योजना अलपत्र परेका छन् ।
जग्गा खाली गराउन चल्यो डोजर
बुटवलमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन थालिएको छ । बुटवल उपमहानगरको नगर प्रहरी र नेपाल प्रहरी परिचालन गरी सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउनका लागि डोजर चलाइएको हो ।
पाँच वर्षदेखि बाख्राको खोरमा बालिका
बर्दियाको एक गरिब परिवारका आठ वर्षीय बालिका पाँच वर्षदेखि बाख्राको खोरमा बाँधिएर जीवन बिताइरहेकी छन् । मधुवन नगरपालिका–५ को १० नम्बर गाउँ बस्ने एक गरिब परिवारकी आठ वर्षीय बालिकालाई मानसिक तथा शारीरिक समस्याका कारण घरपरिवारले नियन्त्रण गर्न कठिन भएपछि उनलाई बाख्राको खोरमा राखिएको छ । दिउँसोको गर्मीमा खरले छाएको बाख्राको खोरमा बालिका सुतिरहेकी देख्न सकिन्छ । कपडाले बाँधेर परिवारले ती बालिकालाई सुताएर राख्ने गरेको छ । नजिकैको गोठमा गाईहरू उग्राइरहेका बेला बालिका भने चुपचाप सुनेर बस्ने गरेकी छिन् ।
वन्यजन्तुमैत्री छैन सिक्टाको पश्चिमी मूलनहर
जिल्लामा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूलनहर वन्यजन्तुमैत्री नहुँदा अकालमै वन्यजन्तु मर्ने गरेका छन् ।
वर्षा र चट्याङले पाँचौँ गुल्मी महोत्सव प्रभावित
लगातार दुई दिन परेको वर्षा, असिना र चट्याङका कारण पाँचौँ गुल्मी महोत्सव प्रभावित भएको छ । महोत्सवको दोस्रो र तेस्रो दिन दिउँसो परेको ठूलो वर्षाले स्टल सञ्चालन गर्ने व्यवसायीहरू सबैभन्दा बढी मर्कामा परेका छन् ।
उपन्यासकार पराजुलीको ‘बखान’ माथि वालिङमा विमर्श
युवा लेखक एवम् पत्रकार वसन्त पराजुलीद्वारा लिखित पछिल्लो उपन्यास ‘बखान’ माथि स्याङ्जाको वालिङमा विमर्श गरिएको छ ।
कक्षा १२ को परीक्षाः गुल्मीमा २१ सयभन्दा बढी सहभागी हुँदै
गुल्मीबाट माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को परीक्षाका लागि २१ सयभन्दा बढी परीक्षार्थी सहभागी हुनेभएका छन्।
तीन गाडीको भार एउटै ट्रकमा
मर्यादपुर नाका हुँदै नेपाल प्रवेश गरेको भारतीय नम्बर प्लेटको एक मालवाहक ट्रकमा अनुमतिभन्दा करिब तीन गुणा बढी माल ढुवानी गरिएको फेला परेको छ । ट्राफिक प्रहरीले गरेको चेकजाँचमा उक्त ट्रकले तीन वटा सवारीसाधनमा बोक्नुपर्ने माल एउटै ट्रकमा ओभरलोड गरेको पाइएको हो । युपी ७० एफटी २६२६ नम्बरको ट्रकले नियम अनुसार २७.५ टनसम्म मात्र माल ढुवानी गर्न पाउने भए पनि भन्सारको कागजात अनुसार सोही ट्रकमा ६९.९ टन सामग्री फेला परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित
गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ । स्थानीय बसन्ता परियारको घरमा चट्याङ पर्दा घरमा आगलागी भएको हो ।
चट्याङ लागेर दुई जनाको मृत्यु
प्यूठानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । गौमुखी गाउँपालिका वडा ६ लिवाङका बाबुछोराको चट्याङ लागेर ज्यान गएको हो ।
रुख र कलाकृति
दाङको घोराही उपमहानगरपालिका–५ स्थित पाण्डवेश्वर महादेव मन्दिर धारपानीधाम परिसरको पार्कमा बनाइएको रुख, फूल, चरा र वन्यजन्तुको कलाकृति ।
बर्दिया कारागारका कैदी र थुनुवाको क्षयरोग परिक्षण
बर्दिया कारागारमा रहेका चार सय ३९ जना कैदी र थुनुवाको क्षयरोग परिक्षण गरिएको छ ।
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादनअनुसार उचित मूल्य नपाएको गुनासो गरेका छन् ।
फलामखानीको थप अनुसन्धान गरिँदै
खानी तथा भूगर्भ विभागले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुप्सेकोट गाउँपालिका–५ स्थित धौवादीमा करिब दश करोड मेट्रिकटन फलामको कच्चा पदार्थ (धाउ) रहेको प्रक्षेपण गरेको छ ।
गुल्मीमा एक वृद्ध मृत फेला
गुल्मीको इस्मा गाउँपालिकामा एक वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन् ।
चिटिक्क बन्दै नारायणगढ–बुटवल सडक खण्ड
नारायणगढ–बुटवल सडक खण्डको पूर्वी खण्डमा दाउन्ने बाहेक सबै स्थानमा कालोपत्रे सम्पन्न भएको छ ।
वन्यजन्तुका लागि ‘पासो’ बन्दै सिक्टा नहर
सिक्टा सिँचाइ अन्तर्गत पश्चिमी मूल नहरको अधिकांश क्षेत्रमा वन क्षेत्र रहेको छ । जहाँ बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र, सामुदायिक वन, राष्ट्रिय वन तथा सरकारद्वारा व्यवस्थित गरिएको चक्ला वन क्षेत्र पर्दछन् ।
वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
भारी वर्षाका कारण यहाँका दर्जनौँ ठाउँमा लेदोसहितको पहिरो जाँदा लोकमार्ग अवरुद्ध हुन पुगेको हो । अन्य सहायक मार्ग पनि पहिरोका कारण अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाले जानकारी दिनुभयो ।
बुटवलमा सरकारी जग्गा खाली गराउन सुरु, बस्ती हटाइँदै
रूपन्देहीको बुटवल उपमहानगरपालिकाले घर–टहरा तत्काल हटाउन सूचना जारी गरेपछि स्थानीयले आफैँ संरचना हटाउन सुरु गरेका छन् ।