चन्द्रप्रसादचौधरी ४७ औं पटक मटाँवा चयन
दाङको घोराही उपमहानगरपालिका वडा १० जलौराका चन्द्रप्रसाद चौधरी पुनः मटाँवामा चयन हुनुभएको छ । उहाँ मटाँवा चयन भएको यो ४७ औं पटक हो।
उम्मेदवार चुनावी रणनीतिमा व्यस्त
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन सकिएसँगै बाँकेमा चुनावी सरगर्मी बढ्न थालेको छ । विभिन्न राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार समिति गठन तथा सम्पर्क कार्यालय स्थापना गर्न थालेसँगै निर्वाचनको माहोल तातिँदै गएको हो ।
दाङ–१ मा बहुपक्षीय प्रतिस्पर्धा
दाङ निर्वाचन क्षेत्र नम्बर १ मा हुने प्रतिनिधि सभा निर्वाचन यस पटक बहुपक्षीय प्रतिस्पर्धाका कारण चासोको केन्द्र बनेको छ । सत्तारूढ तथा प्रतिपक्षी दलका अनुभवी नेतादेखि नयाँ राजनीतिक शक्तिसम्मको सहभागिताले यस निर्वाचन क्षेत्रको समीकरण थप जटिल र रोचक बनेको छ ।
दुर्घटनाको प्रमुख कारण तीव्र गति
नारायणगढ –बुटवल सडक कालोपत्रे भएपछि तीव्र गतिका कारण दुर्घटना हुनेक्रम बढेको छ । पुस महिनाको अन्तिम साता लगातारजसो सवारी दुर्घटना भए । दुर्घटना हुनेमा मोटरसाइकल नै थियो । ती दुर्घटनाको कारण भनेको तीव्र गति नै थियो ।
बाजा बनाउँदै कृष्णबहादुर
गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४, बलेटक्सार थाइनडाँडाका ६१ वर्षीय कृष्णबहादुर नेपालीको ३० वर्ष छालाको काम गरेरै बित्यो । यो नेपालीको पुख्र्यौली पेसा हो । हजुरबुवा नरबहादुरका समयमा छालाको काम खुबै हुन्थ्यो । जुत्ता, वाद्यवाधनका साधनदेखि घोडाको काठीसम्म बनाउनेले नरबहादुरलाई निकै खोज्थे ।
सशस्त्र प्रहरीद्वारा १५ लाखको अवैध सुर्ती बरामद
सुरक्षा निकायलगायत सबैको ध्यान निर्वाचनको तयारी र कार्यक्रममा रहेको बेला बाँकेको सीमावर्ती क्षेत्रमा अवैध आयात र चोरी तस्करी बढ्दैगएको छ ।
प्रेमीलाई प्रेमिकाको हत्या आरोप
बाँकेको डुडुवा गाउँपालिका –३, वनकट्टीस्थित एक इनारमा फेला परेको बेवारिसे महिलाको शवको पहिचान खुलेको छ । उहाँको हत्या गरिएको तथ्य खुलेको प्रहरीको भनाइ छ ।
बाँकेमा राजनीतिक दल र उम्मेदवार चुनावी प्रचारको रणनीति बनाउन व्यस्त
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मनोनयन सकिएसँगै बाँकेमा चुनावी सरगर्मी बढ्न थालेको छ।
मोरङमा इजाजतप्राप्त हातहतियार बुझाउन प्रशासनको कडाइ
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मोरङ जिल्लामा इजाजतप्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेको छ ।
रुकुमपूर्वमा हिमपात, मध्यपहाडी लोकमार्ग ठप्प
रुकुमपूर्वमा हिमपात भइरहेको छ । आज रातिदेखि भएको हिमपात अहिलेले पनि हिमपात भइरहेको हो । अहिले माथिल्लो उच्च भेगमा हिमपात भइरहेको छ भने तल्लो भेगमा पानी परिराखेको छ ।
लागु पदार्थ सेवन गरी सवारी चलाउने चालक कारबाहीमा
लागु पदार्थ सेवन गरी सवारी साधन चलाइरहेका ७ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिई कानुनी कारबाही अघि बढाएको छ ।
विरासत जोगाउने दाउमा पूर्वमन्त्री त्रिपाठी
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं. १ को चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ ।
निर्वाचनलक्षित सुरक्षा रणनीति तयार
भारतसँग ६५ किलोमिटरको खुला सिमाना गाँसिएको बाँके जिल्लामा प्रतिनिधि सभाको निर्वाचनको सुरक्षाका लागि कडा सुरक्षाव्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्ला सुरक्षा समिति बाँकेका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले निर्वाचनलक्षित विशेष सुरक्षा रणनीति तयार पारेर सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाउने काम भइरहेको बताउनुभयो ।
दुई पूर्वमन्त्रीसँग पूर्वनगरप्रमुखको टक्कर
दाङको पश्चिम क्षेत्र अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ यस पटक निकै चासो र चर्चाको केन्द्र बनेको छ । दुई जना पूर्वमन्त्री र एक पूर्वनगरप्रमुखसहित २५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिँदा यहाँको प्रतिस्पर्धा रोचक मात्र होइन, बहुपक्षीय र अनिश्चित बनेको छ । पुराना अनुभवी नेतासँगै नयाँ राजनीतिक अनुहारको उपस्थितिले मतदातालाई विकल्प दिनुका साथै मत विभाजनको सम्भावना पनि बढाएको छ ।
गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा
पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा सङ्कटमा पर्दै जान थालेको छ । चुँदारा समुदायले परम्परागत रूपमा काठबाट कँुदेका सामग्री बिक्री गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका थिए ।
नच्नौरीसँगै माघ विदाइ गर्दै थारू समुदाय
माघ सुरु भएसँगै दाङका थारू समुदाय मघौटा नाच र नच्नौरी खानमा व्यस्त भएका छन् । करिब एक हप्तासम्म घरघरमा र छिमेकी गाउँसम्म पुगेर मघौटा नाचेर सङ्कलन गरिएको पैसामध्ये केही रकम सामूहिक कोषमा राख्ने र केही रकम सामूहिक रूपमा बसेर नच्नौरी खाएर माघ पर्वलाई औपचारिक रूपमा विदाइ गर्ने चलन रहेको छ ।
अंशुवर्मा माविलाई राष्ट्रपति रनिङ् शिल्डको उपाधि
निस्दी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिताको उपाधि अंशुवर्मा माध्यमिक विद्यालय निस्दी–२ ले जितेको छ ।
बाल सुधार गृहबाट भागेका ३५ बालबन्दी अझै बेपत्ता
जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ७८ जना बालबन्दीमध्ये ३५ जना अझै बेपत्ता छन् ।
बाँकेका ६१ मतदानस्थल अति संवेदनशील
भारतसँग ६५ किलोमिटरको खुला सीमाना गाँसिएको बाँके जिल्लामा प्रतिनिधिसभाको निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिंदैछ ।
पाँच रुपियाँमा बिक्री नहुने मकै १५ मा बिक्री
तुलसीपुर उपमहानगरपालिका –१९ को हात्तीखाल गाउँभरिको बारीमा मकै खेती गरिएको छ । मकै खेती गर्नुभएका किसान एवम् तुलसीपुर –१९ का वडा सदस्य रेवती विश्वकर्माले वर्षायाममा प्रतिकोसा पाँच रूपियाँमा बिक्री नहुने मकै हिउँदमा भने १५ रूपियाँमा बिक्री हुँदा पनि पुर्याउन गाह्रो परेको बताउनुभयो ।
कन्या विद्यालयतर्फ मधेशी र मुस्लिम छात्राको आकर्षण
बाँकेको जानकी गाउँपालिकामा कन्या विद्यालयको स्थापनापछि मधेशी तथा मुस्लिम समुदायका बालिका आकर्षित भएका छन् ।
थारूबहुल क्षेत्रमै थारू उम्मेदवार उपेक्षित
थारू समुदायको बाहुल्य रहेको निर्वाचन क्षेत्रमा समेत राजनीतिक दलहरूले थारू उम्मेदवारलाई प्राथमिकतामा नराख्दा समावेशी राजनीतिप्रतिको प्रतिबद्धता प्रश्नको घेरामा परेको छ ।
चुनावी मैदानमा बाँकेका चार महिला उम्मेदवार
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि ५६ जनाले उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन् । चुनावी दौडमा प्रतिस्पर्धा गर्ने अधिकांश पुरुष उम्मेदवार छन् ।
कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै
घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन हो । उहाँको दैनिकी भालेको स्याहार र हेरचाहामा बित्ने गर्छ । बधिया भाले बिक्रीबाट राम्रो आम्दानी पनि लिइरहेको उहाँ बताउनुहुन्छ ।