महिला साफ च्याम्पियनसिप : बङ्गलादेश टोलीको घोषणा
भारतको गोवामा मे २५ देखि जुन ६ तारिखसम्म आयोजना हुने आठौँ महिला साफ च्याम्पियनसिपका लागि बङ्गलादेश टोलीको घोषणा भएको छ ।
पिएसजी च्याम्पियन्स लिगको फाइनलमा
बुधबार राति भएको सेमिफाइनल खेलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखलाई १–१ गोलको बराबरीमा रोक्दै पिएसजीले फाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा ५–४ गोलको जित निकालेको पिएसजी समग्रमा ६–५ गोलले विजयी भयो ।
आर्सनल च्याम्पियन्स लिगको फाइनलमा
घरेलु मैदानमा मङ्गलबार राति भएको सेमिफाइनल खेलको दोस्रो लेगमा आर्सनलले स्पेनिस टोली एट्लेटिको म्याड्रिडलाई १–० गोलले हरायो ।
कोहलपुर गोल्डकप : आजदेखि सेमिफाइनल खेल सुरु
बाँकेको कोहलपुरमा जारी चौथो संस्करणको कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा समूह चरणको खेल सम्पन्न भई सेमिफाइनल समीकरण पूरा भएको छ।
मनास्लुद्वारा उपाधि रक्षा
डिफेन्डिङ च्याम्पियन मनास्लुले चौथो वडा अध्यक्ष कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
रारा गोल्डकप फाइनलमा बिर्तामोड र आयोजक भिड्ने
जिल्लाकै ठुलो पुरस्कार राशी भएको १३औँ रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा बिर्तामोड युनाइटेड एफसी (झापा) र आयोजक रारा फुटबल क्लब (राजारानी) भिड्ने भएका छन् ।
फ्रेन्ड्स क्लब बागमती गोल्डकपको सेमिफाइनलमा
फ्रेन्ड्स क्लब, ललितपुर मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मेयर कप महिला फुटबल : धरानको विजयी सुरुवात
भोजपुर सदरमुकामस्थित कोदार फुटबल रङ्गशालामा सोमबारदेखि सुरु भएको आठौँ संस्करणको भोजपुर मेयर कप महिला फुटबल प्रतियोगितामा फेयर फुटबल क्लब धरान विजयी भएको छ ।
कोहलपुर गोल्डकपः नाइजेरियाद्वारा कर्णाली पराजित
बाँकेको कोहलपुरमा जारी चौथो संस्करणको कोहलपुर गोल्डकपको दोस्रो खेलमा जस्ट जोन एफसी (नाइजेरिया)ले रोयल फुटबल क्लब (कर्णाली प्रदेश) लाई ४–२ गोलअन्तरले पराजित गरेको छ ।
बार्सिलोना ला लिगा उपाधि नजिक
बार्सिलोना स्पेनिस ला लिगाको उपाधि नजिक उभिएको छ । लिगअन्तर्गत शनिबार राति भएको खेलमा ओसासुनालाई २–१ गोलले हराउँदै बार्सिलोनाले उपाधि होड बलियो बनाएको हो ।
गोरखापत्र आन्तरिक फुटसलमा प्रशासन विभाग च्याम्पियन
पक्नाजोलस्थित कुमारी फुटसलमा आइतबार भएको प्रतियोगिताको फाइनलमा प्रशासन विभागले कम्प्युटर विभागलाई सडन डेथमा ३–२ गोलले हरायो ।
कोहलपुर गोल्डकपः आयोजक रेसिङ साहारा विजयी
बाँकेको कोहलपुर २ स्थित तेह्र बिघा खेल मैदानमा आजदेखि सुरु भएको ‘कोहलपुर गोल्डकप’को चौथो संस्करणको उद्घाटन खेलमा आयोजक रेसिङ साहारा क्लब टविजयी भएको छ ।
पोखरा महिला गोल्डकप : उद्घाटन खेलमा पुलिसको सानदार जित, फाइनलमा प्रवेश
देशको पर्यटकीय राजधानी पोखरामा शुक्रबारदेखि प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।
हात्तीमुडालाई जेनजी फुटबल उपाधि
जेनजी नकाउट फुटबल प्रतियोगिताको उपाधि हात्तीमुडा फुलबल क्लब गढीले जितेको छ ।
च्याम्पियन्स लिग : आर्सनल र एट्लेटिकोको बराबरी
इङ्लिस क्लब आर्सनल र स्पेनिस टोली एट्लेटिको म्याड्रिडले युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनल खेलको पहिलो लेगमा बराबरी खेलेका छन् ।
कोहलपुर गोल्डकपको तयारी पूरा
बाँकेको कोहलपुरमा सञ्चालन हुन लागेको ‘कोहलपुर गोल्डकप’ फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
च्याम्पियन्स लिग : बायर्नमाथि पिएसजीको रोमाञ्चक जित
घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा पिएसजीले बायर्नलाई ५–४ गोलले हरायो ।
एपिएफलाई चन्द्रगढी महिला गोल्डकप उपाधि
झापाको भद्रपुरमा आयोजित चन्द्रगढी महिला गोल्डकपको उपाधि विभागिय टिम सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले हात जितेको छ ।
एन्फा अध्यक्ष नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक
तीन महिना निलम्बनमा रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाईएको छ ।
अष्ट्रेलियाको यती एफसीमा नयाँ नेतृत्व
अष्ट्रेलियाको मेलबर्नमा रहेको यती एफसी क्लबले सज्जन शर्माको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
संकटालाई सडन डेथमा हराउँदै एपिएफ सेमिफाइनलमा
सडन डेथमा संकटा फुटबल क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ महिला फुटबल क्लब झापामा जारी महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
एन्फा निलम्बनको निर्णय फिर्ता लिन राखेपलाई फिफा र एएफसीको आग्रह
विश्व फुटबल महासङ्घ (फिफा) र एसियाली फुटबल महासङ्घ (एएफसी)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पत्र लेख्दै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई गरेको निलम्बन फिर्ता लिन आग्रह गरेको छ ।
प्रिमियर लिग : सिटी शीर्षस्थानमा
म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा सिटीले बर्नलीलाई १-० गोलले हरायो ।
उपाधि दौडमा बार्सिलोना बलियो
शीर्ष टोली बार्सिलोनाले घरेलु मैदानमा बुधबार राति भएको खेलमा सेल्टा भिगोलाई १-० गोलले हरायो ।