• १० वैशाख २०८३, बिहिबार

प्रिमियर लिग : सिटी शीर्षस्थानमा

blog

गोल गरेपछि म्यानचेस्टर सिटीका खेलाडी । तस्बिर : इएसपिएन

काठमाडौँ, वैशाख १० गते । म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा सिटीले बर्नलीलाई १-० गोलले हरायो ।

हारसँगै बर्नली रेलिगेसनमा परेको छ । घरेलु मैदानमा बर्नलीलाई हराउन सिटीका एर्लिङ हालान्डले गोल गर्नुभयो । हालान्डले पाँचौँ मिनेटमा गर्नुभएको गोल निर्णायक बनेको थियो । 

जितसँगै सिटीले ३३ खेलबाट ७० अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको आर्सनलको पनि समान ७० अङ्क छ । पराजित बर्नली २० अङ्कसहित १९औँ स्थानमा छ । एजेन्सी