खलङ्गा समाचारदाता
जाजरकोट, वैशाख १० गते । जाजरकोटमा बैङ्किङ कसुरमा एक जनालाई पक्राउ गरेको छ । रुकुम पश्चिम चौरजहारी नगरपालिका ५ का ३६ वर्षीय दिपेन्द्र बुढालाई प्रहरी पक्राउ गरेको हो ।
करिब आठ वर्षअघि ठेक्का पट्टा गर्छु भनी शेरबहादुर खडकासँग लिएको तीन लाख ३६ हजार रुपियाँ लिन जाँदा आलटेल गरेपछि मुद्दा दर्ता गरिएको छ ।
सोही मुद्दामा फरार रहेका प्रतिवादी खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूचना अधिकारी एक्कबहादुर नेपालीले बताउनुभयो ।
रकम निकाल्न खाली चेक दिएपछि बैँकमा जाँदा रुपियाँ नभएको भन्दै बैँकले फिर्ता गरेको थियो । बैँकबाट चेक बाउन्स गरी निज बुढाले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्नुभएको थियो ।
पक्राउ परेका खड्कालाई जाजरकोट अदालतको आदेश अनुसार पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।