पहिलो भेट ! [कथा]
त्यो दिन मैले पैला बोलाकी,” मेरो कुरो पन्छाउँदै उसले भन्यो, “तिमीले हैन, मैले ।” जहाँ जहाँ हामी भेटिन्थ्यौँ, कसरी तिमीले ? मैले हो, होइन तिमीले । हामी निष्कर्षविहीन छुट्थ्यौँ । अविस्मरणीय त्यो भेट बिनागाँठोको दाम्लो भयो । निर्णयविन्दु आएन । हुन त निर्णय नभए भेटको के अर्थ तर हामी दुईमध्ये पहिला कसले बोलाएको थियो ? चरण चरण छलफल हुुन्थ्यो । उसले हार्न अस्वीकार गर्नुु, म पनि के कम !
आगो पिउनु पर्छ पूर्ण मानव बन्न (कविता)
यो धर्ती कमजोरका लागि होइन भन्ने बुझ्न पनि तिमीले आगो छुनु पर्छ, जब तिमीले जीवन नामको
गजल
शीतको थोपा सरी ढलपल देख्छु लजायौ कि क्या हो अलमल देख्छु
बालस्वास्थ्य शिक्षा दिने कृति
बालबालिका भविष्य हुन् । समृद्ध, सक्षम र देश निर्माणमा यिनै बालबालिकाले भविष्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा दुईमत छैन । त्यसैले पनि उनीहरूको शारीरिक, मानसिक अवस्थाको निगरानी उचित तरिकाले गर्ने मात्र होइन कि शिक्षा, स्वास्थ्य र पोषणका बारेमा उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । बाल्यकाल पूर्ण रूपमा परनिर्भर हुने भएकाले प्रत्येक बालबालिकाको शारीरिक, मानसिक, बौद्धिक र सामाजिक विकास तथा वृद्धि स्वस्थकर हुन जरुरी छ ।
पर्या–समालोचनामा नवीन दृष्टिकोण
‘पोस्ट–मोडर्न’ दृष्टिकोणले कुनै एक सार्वभौमिक सत्य, केन्द्र, वाद, मान्यता, सिद्धान्त वा शैलीमा विश्वास नगर्ने भएकाले यसलाई एक बहुलवादी धार मानिन्छ । यसले सत्य कहिल्यै पनि पूर्ण, शाश्वत र स्थिर नहुने बरु यो अपूर्ण, सापेक्षित, परिवर्तनशील एवं विनिर्मित भइरहने प्रकृतिको हुन्छ भन्ने कुरामा विश्वास गर्दछ । साहित्यमा यो एक परम्परा विरोधी, सुधारवादी र नवीन शैलीको प्रयोग गर्ने लेखनशैली हो । यसले इतिहा
मुगुमा मुग्ध मन
अधिकृतमा नाम निस्किएपछि पूर्वसेवाकालीन तालिम लिएर कर्णाली अञ्चलको दुर्गम हिमाली जिल्ला मुगुतर्फ लागेको थिएँ । त्यो समय २५ वर्षअघिको हो । कृषि विकास बैङ्कको मुगु जिल्लाको शाखा प्रबन्धक भएर जानु मेरा निम्ति अवसर त छँदै थियो सँगसँगै चुनौती पनि ।
चौतारी ब्लुज
काहुँडाँडाको ओरालो ! झरीपछिको दिन ! इन्द्रेणी आगमनको पूर्वसन्ध्या ! भन्ज्याङको चौतारी ! जहाँ भेटियो विशाल वटवृक्ष ! जहाँ बिसाएँ मैले मनको भारी । सुस्ताएँ केही क्षण बिसौनीमा । ओडेर पछ्यौरीको बर्को, भगाइदिएँ मैले वैशाखे बतासलाई । प्रिय चौतारी ! तिमीले बाँचिनौ सम्पूर्ण जीवन आफ्ना लागि, जसरी उज्यालिँदैनन् सूर्य र चन्द्रमा आफ्ना लागि । मुस्कुराउँदैनन् हिमाल आफ्ना लागि र फुल्दैनन् फूलहरू
हिमाली क्षेत्रमा चौँरी संस्कृति
गीतमा मात्र होइन, हिमाल र चौँरीको महत्व अनि महिमा नेपाली पर्यटनमा छ । नेपालमा पर्यटक लोभ्याउने सम्पदा हो– हिमाल । हिमाली जनजीवन, मूर्त तथा अमूर्त सम्पदा र संस्कृतिले विश्वका पर्यटक तानिरहेको छ । त्यसमा चौँरीको भूमिका महत्वपूर्ण मानिन्छ ।
कालीगण्डकी धार्मिक संस्कृति र सम्पदा
नेपालका तीन वटा नदी प्रणालीमध्ये एक गण्डकी अन्तर्गत नारायणी नदीको सहायक नदी हो– कालीगण्डकी । चितवन र तनहुँको सङ्गमस्थल देवघाटधामनजिक पुगेर नारायणी नदीमा मिसिन्छ– कालीगण्डकी नदी । कालीगण्डकी नदीको सुरुवाती चाहिँ नेपालको मुस्ताङ जिल्लाको न्युबिन हिमाल हिमसञ्चित क्षेत्रबाट भएको हो । यो क्षेत्रको उचाइ २० हजार ५४६ फिट (छ हजार २६८ मिटर) उ
नटुवा [कथा]
आज १० वर्षपछि मैले बाउलाई देखेँ । जब जब बाउको अभाव खट्किन्थ्यो म उनलाई खुब सम्झिन्थेँ । सोच्थेँ, के बाउ बाँचेका छन् होला ? कि मसँग आँखा जुधेको त्यो रात नै उनी कतै नदीमा फालहाले ? भासिइसके कि कमलामा ? तर खै किन त्यो रात, अन्धकारमा विलीन हुने बाउ जीवित रहेको आभास मलाई बरोबर भइरहन्थ्यो । १० वर्षदेखि म स्वयम्लाई सराप्दै
अलोका (कविता)
सपनाहरू मनभरि अल्झाएर सहरका चोक र गल्लीहरूका कोलाहल छलेर भिडहरू छिचोलेर अलोका हिँडिरहिन् शान्ति, सद्भाव र सहिष्णुताको विश्वयात्रामा
प्रतीक्षा (कविता)
टोलमा, देशमा, परदेशमा प्रगति नै प्रगति देखेर आत्तिन्छौ कि तिमी ! मिथ्या भौतिकताको पछाडि हतारिन्छौ कि तिमी !
मातृभूमिप्रति नेपालीको दायित्व
शिक्षा, पत्रकारिता, कानुन र सहकारी क्षेत्रमा लामो अनुभव सँगाल्नुभएका बेनीबहादुर कार्की लिखित ‘मेरो नेपाल डायरी’ पुस्तक हालै बजारमा आएको छ । पुस्तकमा पछिल्लो राजनीतिक, सामाजिक र नेपाली समाजको चरित्र चित्रण गरिएको छ ।
शान्त योद्धाको बिदाइ
लुम्बिनीमा सबै देखेँ देखिनँ केवल एउटै कुरा जो लुम्बिनीमा जन्मेका थिए बस्, उनै बुद्धलाई देखिनँ
कैलाश घुमेर दसौँ दिनमा घर
पशुपतिनाथको दर्शनपश्चात् यात्रा मिलाइएको थियो । २०८२ जेठ २४ बिहान मानसरोवर कैलाश यात्राका लागि घरबाट निस्कियौँ– हामी अर्थात् बुढाबुढी । बिहानको मौसम भएकाले चिसो हावा, बाग
खप्तडी बस्नेत गोरखा हुँदै छरिए पूर्वतिर
नेपालमा हालसम्म १७ वटा कौशिक गोत्री थर रहेको पाइन्छ । कौशिक गोत्री महर्षि विश्वामित्रका सन्तान खप्तडी बस्नेत हुन् । खप्तडी बस्नेतहरूको इतिहास चन्द्रवंशी राजा कुशसँग जोडिएको छ । प्रजापतिका पुत्र कुश र कुशनाभ थिए । कुशनाभका पुत्र गाधी थिए । विश्वप्रसिद्ध मानिएका क्षेत्रीय कुलका विश्वामित्र ऋषि उनै गाधीका पुत्र थिए । विश्वामित्र ऋषिले कोशी नदीको कि
पश्चिम विजयमा दैलेखको कोतगढी
दैलेख जिल्लाको नारायण नगरपालिका–१, पुरानो बजारमा कोतगढी छ । यो गढी नेपाल एकीकरणताका विसं १८४६ कात्तिकमा दैलेख नेपालमा विलय भएपछि राजा रणबहादुर शाहको राज्यकाल र बहादुर शाहको नायबीकालमा त्यसबेला सरदार रहेका अमरसिंह थापा (पछि बडाकाजी) को निर्देशन, रेखदेख र सक्रियतामा नेपाली फौजले निर्माण गरेको थियो । आधुनिक नेपाल एकीकरणअघि हाल दैलेखमा पर्ने भूभाग दुल्लु र विलासपुर राज्यमा पर्थे ।
मानवता [कथा]
“हजुर यो गरिबलाई दुईचार रुपियाँ दिनुहोस् न ? तपाईंको जय हुने छ ।” व्यस्त सडकको किनारामा बसेको भिखारीले दुई हात फिँजायो । “क्या बिहानै बिच्छुक लाग्यो । कहाँ, केको लागि हिँडेको, कस्तो साइत नपर्ने भयो,” नजिकै हिँडेको मानिसले झर्केर भन्यो । उसको जवाफ नसकिँदै अर्कोले थप्यो, “त्यही त भन्या, यो सहरमा माग्नेको सङ्ख्या पनि कति बढेको ?” “हैन, यो सहरमा यही क्रममा माग्नेको सङ्ख्या
प्रेरणा र उत्साह सम्प्रेषण गर्ने किताब
‘महावीर पुन : सम्झना, सपना र अविरल यात्रा’ (२०८१ सातौँ संस्करण) पढेर भर्खरै सकेँ । यो किताब अनुसन्धान, आविष्कार र नवप्रवर्तनका अभियन्ता सच्चा राष्ट्रभक्त एवं सङ्घर्षशील जीवनका जीवित प्रतिमूर्ति महावीर पुनको आत्मकथा हो ।
सम्झनामा कृष्णप्रकाश श्रेष्ठ (कविता)
जहाँ जुनकिरीहरू दसैँ बोलाउँछन् र डाङ्ग्रेहरू साँझको सङ्केत गर्छन् यो मेरो देश हो । जहाँ कुहिरोले पहाडसँग लुकामारी खेल्छ
इन्द्रेणी भविष्य (कविता)
प्रकाशयुक्त नवीन किरणको खोजीमा आफूसँग चारैतिर भौँतारियो डरलाग्दो काँडालाई भाँचेर, वर्तमानमा रमाउन उत्कण्ठित पारेर
बाइनरीको बाँसुरी एल्गोरिदमको नृत्य
हामी ‘डिजिटल सुरुङ’ तर्फको यात्रामा छौँ । जहाँ मानव चेतना ‘एल्गोरिदम’ को घेरा र ‘बाइनरी’ का भित्तामा ठोक्किएर आएको आफ्नै प्रतिध्वनि सुन्ने प्रयास गरिरहेछ । आजको युगबारे प्रश्न मनमा खेलाउँदा उत्तरको ताँती लागेर आउँछ । त्यो ताँतीको एक शृङ्खला बन्छ, अग्लोहोचोको हिमशृङ्खला जस्तै । डिजिटल युग, बाइनरी युग, प्रविधिको युग । सूचना सञ्चारको पराकाष्ठा । ए
स्मृतिमा भीमनिधि
युवादित्य निधि तिवारी पैसा तिर्नुपरे औषधी पनि नखाने सित्तैमा पाए विष पनि खाने हाम्रो समाजमा यस्ता मान्छे पनि छन्
कमलतालतिर टोलाएर
बाटो एउटै भए पनि यात्रुको मन कहिल्यै एउटै हुँदैन । कसैलाई अघि दौडिएको गाडी भेट्ने हतार हुन्छ, कसैलाई छिटो घर पुग्ने चटारो । कसैलाई बजार चाँडै पुगेर सरसामान जुटाउने दौडधुप तर मलाई अलि परै उभिएर त्यो लोहोरो आकारको सुन्दर ताललाई हात जोडेर नमन गर्नुबाहेक केही गर्न नसकिने नियति परेछ । तालको दिव्यतामा चक्षु लोटाएर र परैबाट टोलाइरहनु नियति बन्यो ।