• २६ असोज २०८२, आइतबार

मूर्त मूर्ति–भव्य आकृति–अमूर्त व्याख्यान !

blog

पुलकित भएँ एकै झ्यापमै । सांस्कृतिक अनुरागले 

मन्त्रमुग्ध बनेँ । कुलीन सन्तति सांस्कृतिक चेतन चोला 

मन्त्रमुग्ध बन्छन् । प्रस्तुत शिला–मूर्ति चित्ताकर्षक रहे–बनेको छ । मल्लकालीन यो मूर्ति कालो चिल्लो ढुङ्गामा यत्नले शोध–साधना गरेको मूर्तिकला । लोभ्याउँछ, मन । आकर्षित गर्छ । जोकोही आगन्तुक पठ्यामिका मन, ध्यान, समेटी अन्तरमन ।

कलमलाई लेखन साधनारत बनाउन तन–मन–चेतन धन जोहो गर्न उद्यत रहनुको अन्तरभाव यक्षभाव हो; मूर्ततासित अन्तरनिहित अमूर्त आख्यान विश्लेषण उप्काउनु ।

चिल्लो ढुङ्गा युगयुगान्तकारी आयु बेहोर्छ । हुबहु चार सय वर्ष/चार शताब्दी यस प्रस्तर मूर्तिकलाले धानिसकेका छन् । सुन्दर आकृति मधुर मुस्कान ध्यानमग्न अर्ध निमिलित नयन । शिरमा मुकुट । मुकुटमा ब्रह्मा–विष्णु–महेश्वरका त्रिमूर्तिमान आकृति । मुकुट कै दायाँबायाँ मुद्रामय ध्वजा । मुकुट प्रस्ट्याउँदो तीन विन्दुमय घेरा । त्यसको बिचमा अर्धचन्द्र । त्यसको मध्यभागमा अनेक आकाशका नक्षत्रहरू प्रतिविम्बित रहेका छन् ।

शिला मूर्तिका मूल आकृति दुर्गाभवानी । देवीका चेहरा स्निग्ध, आकर्षक, अर्थ निमिलित नयन । अति सौम्य झल्किन्छन् । सन्तुलित आकृति आकर्षक बन्छन्; बनेका छन् । हेरूँ हेरूँ लाग्दो मूर्ति चित्ताकर्षक बन्छन्, बनेका छन् । कलाकृतिमा प्रस्तर मूर्तिका कलाकारका नामाङ्कन भेटिन्नन् । मात्र भूपतिन्द्र मल्ल; निर्माण काल–समय अङ्कित छ । सकिन्छ, यसलाई विवेचना गर्न दुई कोणबाट । कलाकृतिकारका निःस्वार्थ भाव मूल्य–लिप्साहीन भाव ! दोस्रो, राजभक्ति र समर्पण । कलाकारका सिप–समर्पण–त्याग अनि तपस्या ! कहाँ हुन्छ सम्भव यिनका संयोजनबिना मूर्त कला–साधना !

त्याग, तपस्या, बलिदानै हुन् । सबै स्वार्थलाई बिर्सनु त्याग बन्छ । बन्छ कर्मठ महान् कार्य–सौजन्य । मानसिक समर्पण सौजन्य । सौन्दर्य सिद्धिबाटै प्रप्तिन्छ शिल्प साधना । मूर्त मूर्तिकारका सिद्ध साधना हाम्रा अहम् उपलब्धि रहेका छन् । युगनायक कहलिएका चेष्टावान् खास प्रश्वासका धराधाम बनेको छ, हिमवतखण्ड–नेपाल !

भगवती नारी महिमाका प्रतीक । ‘यत्र पुज्येते नारी रमन्ते तत्र देवता’; पूर्वीय जीवन–दर्शनका आधारशिला । नारी जीवन महिमा गायन यस शिलामूर्तिका केन्द्रविन्दु छ बनेको । यो कथ्य–तथ्य रहे–बनेको छ सर्वत्र विश्वव्यापि मर्म ! मर्म चिन्तनशील मनमस्तिष्कका उपज । यस्ता त्यस्ता ऊर्जाशील उपज अन्तरनिहित गूढ रहस्यका खुलासा यस रचनाका अन्तर्य !

एक, शिर–एक मुहार । दायाँ नौ हात । बायाँ नौ हात ! गूढ रहस्य यसको, त्यसकै त बनेको छ, विवेच्य ! असम्भवभित्र अन्तरनिहित मर्म–मूर्त मूर्तिका प्रगाढ रहस्य रहे–बने छन् यहाँ । तिनै अन्तरनिहित सारमूल अमूर्त रहस्य बनेका हुन्छन् । यति सुन्दर चित्ताकर्षक सार अमूर्त पक्ष बन्छन् । यति सुन्दर चित्ताकर्षक (चित्त आकर्ष) एक शिर,‌ आकृति, एक शरीर, दुई पाउका अधार हात कसरी ? अलौकिक आकृति । झलझलाकार भएर पनि व्याख्यान चहारिरहने पक्ष अमूर्ततामा दर्नुपर्ने हुन्छ । असम्भवलाई सम्भव तुल्याउने प्रयासका व्याख्या अमूर्त पक्षका मूर्त अनुवार बन्छ । कला साधना कहाँ सहज छ र ! सोच, विचार, साधना, संयन्त्र कलाकृतिका पहल–प्रहर पहिलो चरण । सोच विचार मनमस्तिष्कका दृढ धारणा । साधना दृढ सङ्कल्पका प्रयत्नशील लगन । लगनले दत्तचित्त तनमयता उद्भव गर्छ । लगनले एकचित्त ध्यान सिर्जना गराउँछ । एकाग्र भन्नु दृढ सङ्कल्पित हुनु । दृढताले कठिनलाई सरल–सुगम बनाउँछ । कलाकारका हस्तकलाभित्रका मर्म भनूँ कि अन्तर्य यस्तै यस्तै !

मूर्ततासित गाँसिएका अमूर्त आख्यान भर्दै छु । एकै देहका नौ नौ हात दुवै पाखुरी अस्वाभाविक ः प्रकृति विमुख सिर्जना मूर्तमान सितका अमूर्त पक्ष बन्छ । दुर्गाको पर्याय नवदुर्गा भवानी । नवदुर्गा माता नो भवानी बनाई एकाकार पारिएको यो मूर्ति । यिनका मर्म अन्तरनिहित अन्तर्य मूर्तमान मूर्ति कलाका मर्म बन्छ । बने बनाइएका मूर्त मूर्तिसित सतेका अमूर्त भाव धाराका विवेचना यो ।

यस अवधारणाका पृष्टपोषण प्रत्येक हातले फरक फरक साधन लिएका मूर्त दृश्यपट बने बनाइएका छन् । तिनका आझै महìव छन् । महìव जीवन सटीक छन् । देवी–दुर्गा–भवानी विजया–दशमी पर्व, मेला, चाड, संस्कार मण्डित उत्सवमूलक सिर्जना रहे बनेको छ । महिषासुर वध गरिएको मूर्ति प्रत्यक्ष देखाइएको मूर्तमान दायाँ हातका त्रिशूलले महिषासुरको छातीमा घोचेको स्पष्ट र मूर्त छ ।

असुर महिस बलात्कारी दुष्प्रवृत्ति रूपावृत्ति बनाइको प्रस्तर मूर्ति महिस–राँगो बलात्कारी दानवी, राक्षसी प्रवृत्तिकै प्रतीक । यसलाई पुष्टि गर्न महिस–राँगोको छिनालिएको टाउको भुइँमा झरे झारेको स्पष्ट देखिन्छ । शिला मूर्तिकारले पौराणिक संस्कार मण्डित आख्यानका सार कलाकारिताको सिपद्वारा प्रत्यक्षीकरण गरिएको छ ।

मूर्त कलासित सटेको यो आख्यानिक मन्त्र मुक्तकण्ठले गाउँदै लिपिबद्ध उपहार गरेँ । कला–संस्कार–दर्शन–अभिव्यक्ति सिपका पूजारीज्युमा हार्दिकता साथ सुम्पेँ !!! मूर्त कला साधनासित सतेसताइएका अमूर्त आख्यानका सूक्ष्मतम संश्लेषण यस प्रयासका साधना, प्रयासका प्रयाण । प्रयाणभित्रका मर्म सरल हुन्न । गहन हुन्छ । बन्छ पनि त्यस्तै । दीक्षित संस्कार अनर्वचनीय राखिएका हुन्छन् । मनमा लागेका उब्जेका लौकिक पक्षका अवधारणा लोकार्पण नगरी गुम्साइराख्दा आफ्नै श्वासप्रश्वास दुर्गन्धिन्छ । दुर्गन्धित श्वासप्रश्वासले सामाजिक, सांस्कृतिक परिवेशै दुर्गन्धित बनाउँछ, पार्छ । सजग रही आफू समाजलाई सङ्ल्याउनु धर्मवाचक कर्म बन्छ ।

सूक्ष्ममा अतिसूक्ष्म सूक्ष्मतम भाव अदृश्य रहन्छ । अदृश्यलाई हामी अमूर्त नै भन्छौँ । तिनै अदृश्य भाव बन्छ अमूर्त । अमूर्त भाव–दृश्य बुझ्न सूक्ष्मतम चेत चाहिएको हुन्छ । सूक्ष्मतम चेतभित्र दिव्यदृष्टि खुलको हुन्छ । सूक्ष्मतम दिव्य चेतनामा अमूर्त भाव विन्यास उम्रिएको हुन्छ । त्यसकै प्रत्यक्षीकरणका प्रयासका व्याख्या मूर्तमान ठान्छु । त्यसकै सहलय भाव–भावनामा प्रत्यक्ष मूर्तताका भाव फक्रने फूल्ने धारणा पस्काउन चाहेँ, प्रसङ्गवश यहाँ ।

नवदुर्गा भवानीका दुई छेउ पाउनिरै खड्गहस्त नारी शक्तिका मूर्त मूर्तिहरू कुँदिएका छन् । ती मूर्तिहरू प्रत्यक्ष रूपमा दर्साइएका छन् । स्पष्ट दर्शी ती मूर्तमान मूर्तिभित्र टाँसिएर गाँसिएका अन्तर्य मूर्तमान शिलामूर्तिसित अब गुम्फित अमूर्त भाव महिमामय दर्सिन्छ । ससम्मान पस्काउनु जीवन धर्म ठाने मानेको छु । अस्तु !!!