लमजुङमा एकीकृत सुरक्षा प्रणालीको नमुना अभ्यास
निर्वाचनका लागि व्यवस्थित मतदान केन्द्रमा सुरक्षाकर्मी तयारी अवस्थामा छन् । मतदाता मताधिकार प्रयोग गर्न लाइनमा उभिएका छन् । महिला, पुरुष र अशक्त मतदाताका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ ।
सप्तरी ४ मा चौथो पटक जित निकाल्ने दाउमा पूर्वमन्त्री चौधरी
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ बाट विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
रूपन्देही–३ : एउटै वडाबाट छ जना उम्मेदवार
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रूपन्देही क्षेत्र नम्बर ३ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका ३६ जनामध्ये छ जना उम्मेदवार सिद्धार्थनगर नगरपालिका–९ का बासिन्दा हुनुहुन्छ ।
रोचक बन्दै झापा –१, मुख्य दलबिच प्रतिस्पर्धा
झापा क्षेत्र नं. १ मा चुनावी रौनक दिनदिनै बढ्दै गइरहेको छ । यो नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जितेको क्षेत्र हो । उहाँले यस पटक आफू चुनाव नलडेर आफ्नो ठाउँमा झापा कांग्रेसका उपसभापति केशवराज पाण्डेलाई उठाउनुभएको छ । त्यसले गर्दा सो क्षेत्रमा झन् चुनावी रौनक बढेको छ ।
तराईको जल सङ्कटबारे बोले दलहरू
प्रमुख राजनीतिक दलले आफ्ना घोषणापत्रमार्फत तराई मधेशको जल सङ्कटलाई समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । तराई मधेशका सहरी र ग्रामीण क्षेत्रका बासिन्दाले पछिल्लो एक दशकयता चरम जल सङ्कटको सामना गरिरहेका छन् । राजनीतिक दलले निर्वाचनको पूर्वसन्ध्यामा सार्वजनिक गरेका घोषणापत्रमा जल सङ्कट समाधानका लागि पर्यावरण संरक्षणसहितका उपाय अपनाउने वाचा गरेका छन् ।
सप्तरीमा आचारसंहिता विपरीत राखिएका निर्वाचन सामग्री हटाइयो
यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सप्तरी जिल्लाका विभिन्न स्थानमा आचारसंहिता विपरीत राखिएका प्रचारप्रसारका सामग्री शुक्रबार प्रशासनले हटाएको छ ।
सुशासनका पक्षमा काम गर्ने अवसर दिन आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना उम्मेदवारले गलत कार्य गरे पाँच मिनेटभित्रै कारबाही गरिने बताउनुभएको छ । चुनावी सभाका लागि दाङका तीन वटै निर्वाचन क्षेत्रमा पुगेका सभापति लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले राजनीतिलाई पेसा नबनाउने बताउँदै राजनीतिलाई पेसा बनाएर गलत काम गरे तत्काल कारबाही गरिने स्पष्ट पार्नुभयो ।
झापा–२ मा बहुआयामिक प्रतिस्पर्धा : रोजगारीदेखि स्वास्थ्य र सुशासनसम्म प्रमुख मुद्दा
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा झापा–२ मा चुनावी चहलपहल तीव्र बन्दै गएको छ । बिहानको झिसमिसे उज्यालोसँगै गाउँ–टोल, चियापसल, भक्का पाइने स्थल, चौतारो र बजारका गल्लीहरूमा निर्वाचनकै चर्चा चल्ने गरेको पाइन्छ ।
निर्वाचनको माहोलमा बढ्यो वैदेशिक व्यापार
मुलुक निर्वाचनमा गएको बेला वैदेशिक व्यापार भने बढेको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा आयातनिर्यात दुवै बढेको हो ।
असन्तुष्टि र अपेक्षाकेन्द्रित बहस
यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको माहोल चर्किंदै जाँदा जनताको मत मात्र हैन मतदाताबिच नयाँ र पुराना दलका दर्शन, काम र सोचको जुहारी पनि चर्कंदो छ । यतिखेर चुनावी प्रचारप्रसारका लागि मैदानमा पुराना दलहरू नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी, नेकपा (माओवादी), जनता समाजवादी पार्टी नेपाल लगायत दल आफ्नै पुरानो ढर्रामा उत्रिएका छन् । उनीहरूका घोषणापत्रमा उही पुराना र पूरा नहुने विकासे कुरा मात्र यस पटक पनि रहेको आरोप मतदाताले लगाएका छन् ।
झण्डा जलाउनेलाई जनताले अस्वीकार गर्नेछन् : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको झण्डा जलाइएको घटनाप्रति आक्रोश व्यक्त गर्दै झण्डा जलाउनेलाई निर्वाचन मार्फत जनताले अस्वीकार गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सङ्घीयता विरोधीदेखि सचेत रहन अध्यक्ष यादवको आग्रह
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता विरोधी पार्टीहरूले प्रदेश खारेज गरेर फेरि मधेसी जनतालाई गुलाम बनाउन चाहेको बताउनु भएको छ ।
'जेनजी' आन्दोलनको मर्म कांग्रेसले संस्थागत गर्छ : उपसभापति शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकमा देखिएका सबै खाले समस्याको सन्तुलित व्यवस्थापन र समाधानका लागि कांग्रेसले सरकारको एकल नेतृत्व गर्नुपर्ने बताउनुभएको छ ।
एमालेको चुनाव चिन्ह अङ्कित झण्डा जलाउने पक्राउ
दाङको तुल्सीपुर उपमहानगरपालिका –५ को विरेन्द्र चोकमा नेकपा (एमाले) को चुनाव चिन्ह अङ्कित झण्डा जलाएको आरोपमा ५५ वर्षीय बुद्धिबहादुर बस्नेत पक्राउ परेका छन् ।
निर्वाचन सुरक्षा व्यवस्था चुस्त बनाउन प्रधानमन्त्रीको निर्देशन
गण्डकी प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार जानकारी लिनुभएको छ ।
सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशमा प्रतिनिधि सभा निर्वाचनको मतपत्र ढुवानीको काम सम्पन्न भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन: देशभरका छ हजार ७४३ वडामा मतदाता शिक्षा जारी
आमनागरिकलाई मताधिकारको महत्त्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले स्वीकृत कार्यक्रमअनुसार देशभरका छ हजार ७४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
पार्टीभन्दा देशप्रति निष्ठा देखाउने बेला आयो : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकले पार्टीभन्दा पनि देशप्रति निष्ठा देखाउनुपर्ने समय आएको बताउनुभएको छ ।
काभ्रेपलाञ्चोकका तीन मतदान केन्द्रमा महिला कर्मचारी मात्रै
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा दुई हजार चार सय कर्मचारी खटाइने भएको छ ।
निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः कावा आयुक्त भण्डारी
निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रतिबद्ध आयोगलाई सरोकार भएका सबैबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।
'निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित प्रतिस्पर्धात्मक र विश्वासयोग्य बनाउन सबैले योगदान गर्नुपर्छ'
निर्वाचन आयोग नेपाल र नेपाल कानुन समाजको आयोजनामा विराटनगरमा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक कोशी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
‘निर्वाचनलाई स्वच्छ बनाउन आचारसंहिताको पालना अनिवार्य’
यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ बनाउन सबैले अनिवार्य रूपमा आचारसंहिता पालना गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।
समृद्धिको खाकासहित दल चुनावी मैदानमा : लक्ष्य आर्थिक सुधार
आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर कांग्रेस, एमाले, नेकपा, रास्वपासहित सबै दलहरूले सार्वजनिक गरेको घोषणापत्रमा आर्थिक एजेन्डाले प्रमुख प्राथमिकता पाएको छ ।
धनकुटामा आइपुग्यो निर्वाचनका लागि मतपत्र
धनकुटामा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र आइपुगेको छ ।