म्यान्माको आगामी चुनावमा पर्यवेक्षक नपठाउने आसियानको निर्णय
दक्षिणपूर्वी एसियाली राष्ट्रको सङ्गठन (आसियान)ले डिसेम्बर महिनामा म्यान्मामा हुन लागेको आमनिर्वाचनमा पर्यवेक्षक नपठाउने निर्णय गरेको छ ।
झापामा मतदाता सङ्ख्या छ लाख ८२ हजार ९९३ जना कायम
जिल्लामा दुई हजार ६२२ नयाँ मतदाता थपिएका छन् । ती मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपल्ट मतको प्रयोग गर्न पाउनेछन् ।
राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलहरुबिचको संवादले निर्वाचनको माहोल बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार र राजनीतिक दलहरुबिच भएको छलफलबाट सरकार उत्साहित बनेको छ । यसले निर्वाचनको वातावरण बनेको छ । निर्वाचनको माहोल बनाउन राजनीतिक दल र जनेजनीलगायत सबै सरोकारपक्ष उत्तिकै जिम्मेवार भएर प्रस्तुत भएका छन् ।”
बोलिभियाको नयाँ राष्ट्रपति चयनको विरोध
बोलिभियामा सोमबार सयौँ प्रदर्शनकारी मतगणनाका क्रममा धाँधली भएको भन्दै पुन मतगणनाको माग गर्दै सडकमा उत्रिएका छन् ।
प्रधानमन्त्री कार्कीले आज सात राजनीतिक दलसँग छलफल गर्नुहुँदै
प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राष्ट्रिय मान्यता प्राप्त सात राजनीतिक दलसँग मङ्गलबार छलफल गर्दै हुनुहुन्छ ।
फागुन २१ को निर्वाचन सफलतापूर्वक सम्पन्न हुने राष्ट्रपतिको विश्वास
निर्वाचन आयोग, नेपालले आर्थिक वर्ष २०८१–८२ का मुख्य काम, कारबाही र उपलब्धिहरू समावेश गरिएको उन्नाइसौँ वार्षिक प्रतिवेदन शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष पेश गरेको छ।
निर्वाचनलाई ‘राष्ट्रको काँचुली फेर्ने महाअभियान’का रूपमा सफल बनाउन आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई आग्रह गर्नुभएको छ ।
मतदाता नामावलीमा अनलाइनबाट यसरी नाम दर्ता गर्नुहोस्
२०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाताले अनलाइनमार्फत सजिलै मतदाता नामावलीमा नाम दर्ता गर्न सकिन्छ ।
निर्वाचनका निम्ति मतदाता शिक्षा
जेनजी आन्दोलनपश्चात् गठित वर्तमान सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउनुपर्ने मूल काम रहेको छ । यसै कार्यका लागि निर्वाचन आयोगले २०८२ कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकले मतदाता नामावलीमा नाम समावेश गर्न सूचना प्रकाशन गरेकाले जिल्लास्थित निर्वाचन कार्यालयमा चहलपहल बढ्न थालेको देखिन्छ ।
निर्वाचन शान्तिको उत्तम बाटो
युवा जनशक्ति भविष्यका कर्णधार मात्रै अमूल्य सम्पत्ति पनि हो । देश र समाजले उनीहरूबाट धेरै आशा र अपेक्षा गरेको हुन्छ । युवा राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति पनि हुन् ।
यस्तो छ नयाँ र पुराना दल दर्ता प्रक्रिया
२०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दल दर्ताको प्रक्रिया जारी छ ।
मतदाता नामावली बनाउन युवाहरु उत्साहित
नेपाल सरकारले अगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेपछि नयाँ मतदाता नामावलीमा नाम समावेश गराउन १८ वर्ष उमेर पुगेका युवाहरु उत्साहित देखिएका छन् ।
थपिए चालिस हजार मतदाता
पछिल्लो तीन महिनामा करिब ४० हजार मतदाता थपिएका छन् । रुपन्देही–३ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मिति घोषणा हुनुभन्दा अघिसम्म नामावली सङ्कलन गर्दा करिब ४० हजार मतदाता थपिएका हुन् ।
चितवनमा थपिए ९५० नयाँ मतदाता
निर्वाचन कार्यालय चितवनमा ९५० मतदाता थपिएका छन् । यही असोज १० गतेदेखि आजसम्म ती मतदाता थपिएका हुन् ।
म्यान्माको जुन्ताद्वारा मलेसियालाई आगामी निर्वाचनमा पर्यवेक्षण टोली पठाउन आग्रह
म्यान्माको सैन्य सरकार (जुन्ता) ले शुक्रबार मलेसियालाई आफ्नो आगामी निर्वाचनमा पर्यवेक्षण टोली पठाउन औपचारिक अनुरोध गरेको छ ।
मतदाता नामावली दर्ता उत्साहजनक
सल्यानमा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य उत्साहजनक रूपमा अघि बढेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार गत साउन १२ देखि कात्तिक ३० गतेसम्मका लागि नयाँ दर्ता एवं अद्यावधिक कार्य भइरहेको छ ।
‘भयरहित वातावरणमा निर्वाचन गराउँछौँ’
सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन मिति तोकेको छ । निर्वाचन नेपालको संविधान तथा निर्वाचनसम्बन्धी कानुनले निर्धारण गरेको आवधिक नभई आकस्मिक रूपमा राष्ट्रले आवश्यकता ठानेको हो ।
तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगलाई राष्ट्रपतिको निर्देशन
आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका तयारीबारे निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार जानकारी गराएको छ ।
मतदाता नामावलीमा जुनसुकै ठाउँबाट नाम दर्ता गर्न सकिने
निर्वाचन आयोगले कात्तिक मसान्तसम्म जुनसुकै निर्वाचन कार्यालयमा गइ मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने बताएको छ।
असोज ३० गते राजनीतिक दलसँग छलफल गर्दै आयोग
निर्वाचन आयोग नेपालले निर्वाचनको तयारीका विषयमा राजनीतिक दलसँग छलफल गर्ने तयारी थालेको छ ।