संसदीय गरिमा सिकाउँदै रास्वपा
ऐतिहासिक जनादेश पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित भएका सांसदलाई संसदीय अभ्यास, गरिमा र नागरिकप्रतिको उत्तरदायित्वका विषयमा प्रशिक्षण दिएको छ । प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी १८२ सिटमा विजयी रास्वपाले नवनिर्वाचित सांसदलाई संसद्मा गर्नुपर्ने काम र आफ्नो जिम्मेवारीबारे प्रस्ट जानकारी दिएको हो ।
निर्वाचनमा पाँच अर्ब ३७ करोड खर्च
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको निर्वाचनमा भाग लिएका तीन हजार ४०५ उम्मेदवारमध्ये दुई हजार ८८७ उम्मेदवारको धरौटी रकम जफत भएको छ । चुनावमा प्रतिस्पर्धामा रहेका झन्डै ८५ प्रतिशत उम्मेदवारको जमानत जफत भएको हो ।
राप्रपा संसदीय दलको नेतामा शाही चयन : प्रमुख सचेतकमा ओली
राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ।
निर्वाचन खर्च तीन अर्ब ५४ करोड २८ लाख
निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनका क्रममा उच्च मितव्ययिता र वित्तीय अनुशासन कायम गर्दै अर्बौँ रुपैयाँ बचत गर्न सफल भएको छ।
सरकार गठनको विषयमा रास्वपाका शीर्ष नेताको छलफल
सरकार गठनको विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता जुटेका छन् । पार्टी उपसभापति स्वर्णीम वाग्लेका अनुसार सरकार गठनका विषयमा छलफल गर्न शीर्ष नेता छलफलमा जुट्नुभएको हो ।
राष्ट्रपति पौडेलसमक्ष निर्वाचन प्रतिवेदन २०८२ पेस
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेश गरेको छ ।
अन्योल चिरेर निर्वाचन सम्पन्न गरायौँः प्रमुख आयुक्त भण्डारी
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराएको बताउनुभएको छ ।
आयोगद्वारा समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको हो ।
आन्दोलनको जगमा आमनिर्वाचन
भाइबहिनीहरू, मुलुकमा नयाँ प्रधानमन्त्री छान्नका लागि २०८२ फागुन २१ गते आमनिर्वाचन हुँदै छ । यसलाई प्रतिनिधि सभा सदस्यको निर्वाचन भनिन्छ । नेपालको संविधानले व्यवस्था गरेबमोजिम सङ्घमा दुई वटा सभा छन्– राष्ट्रिय सभा र प्रतिनिधि सभा । राष्ट्रिय सभालाई माथिल्लो सदन पनि भनिन्छ । प्रतिनिधि सभालाई तल्लो सदन भनिन्छ । सदनलाई सभा पनि भनिन्छ ।
लोकतन्त्रको उच्चतम अभ्यास निर्वाचन
भाइबहिनीहरूलाई निर्वाचनका बारेमा अलिक कमै जानकारी हुने गर्दछ । निर्वाचनलाई जनबोलीको भाषामा चुनाव पनि भनिन्छ । विद्यार्थी जीवनमा पनि चुनावको अभ्यास कुनै न कुनै रूपमा गर्ने गरेका हुन्छौँ तर पनि विद्यार्थीलाई चुनाव रुचिको विषय रहेको पाइँदैन । उमेर बढदै जाँदा र क्याम्पसको विद्यार्थी बन्दासम्म त चुनाव हरेक विद्यार्थीको अग्रचासोका विषयवस्तु बनिसकेको हुन्छ । क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सामाजिक नेतृत्व क्षमता विकास गर्ने प्रतिस्पर्धाको अभ्यास हो । विद्यालयमा हुने अतिरिक्त क्रियाकलापसम्बन्धीका प्रतिस्पर्धा, स
निर्वाचनको नतिजा राष्ट्रपतिलाई आज बुझाइँदै
निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन परिणाम आज बुझाउने भएको छ । प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फको ११० जनाको निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउन लागिएको हो ।
आयोगले बिहीबार निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने
निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयारी गरेको छ ।
‘भ्रष्टाचार न्यूनीकरणको प्रयास गर्ने छु’
सुनसरीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपककुमार साह फराकिलो मतान्तरसहित निर्वाचित हुनुभएको छ । उहाँ ४२ हजार ७७१ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
‘व्यवसायमैत्री नीति निर्माणमा भूमिका रहन्छ’
प्रतिनिधि सभा सदस्यमा पर्सा क्षेत्र नं. १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा जिल्ला सभापति बुद्धिप्रसाद पन्त अहिले चर्चामा हुनुहुन्छ । मधेश आन्दोलनबाट उदाएका यस क्षेत्रका चर्चित नेता प्रदीप यादवलाई फराकिलो मतान्तरले प्रतिनिधि सभाको निर्वाचनमा पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो ।
स्थानीय विकासलाई प्राथमिकता
गुल्मी क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित इन्जिनियर सागर ढकालले राज्यको नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ निर्वाचितको सूची सार्वजनिक
निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने प्रतिनिधिसभा सदस्यहरुको नामावली सार्वजनिक गरेको छ। राजनीतिक दलहरूबाट सिफारिस भएर आएका नामहरूलाई सोमबार आयोगले सार्वजनिक गरेको हो।
मतान्तर मात्र पाँच, खर्चमा ठुलो अन्तर : पोखरेल १० लाख, लुईंटेल झन्डै ३१ लाख
मतान्तर अत्यन्तै सानो भए पनि चुनावी खर्चमा भने उल्लेख्य अन्तर देखिएको छ । निर्वाचनमा विजयी हुनुभएका पोखरेलले १० लाख ३४ हजार ७०० रुपियाँ खर्च भएको विवरण बुझाउनुभएको छ । यता नेपाली कांग्रेसका उम्मेदवार लुईंटेलले ३० लाख ९९ हजार १५० रुपियाँ खर्च भएको विवरण सार्वजनिक गर्नुभएको छ ।
बागलुङबाट तीन महिला समानुपातिक सांसद
प्रतिनिधिसभाको समानुपातिक तर्फ बागलुङबाट तीन जना महिला सांसद बन्ने निश्चित भएको छ। बागलुङका दुई निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशिल खड्का र शोम शर्माले जित हासिल गनुर्भएकाे थियाे ।
राजनीतिक दलले बुझाए समानुपातिक सदस्यको सूची
राजनीतिक दलहरूले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सदस्यको सूची निर्वाचन आयोगमा बुझाएका छन् । प्राप्त सूचिमाथि निर्वाचन आयोगले रुजु गर्ने प्रक्रिया सुरु गरेको छ ।
राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुङ्गो लगायो
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फका सांसदहरूको नामावली टुङ्गो लगाएको छ ।
कांग्रेसले टुङ्ग्यायो २० जना समानुपातिक सांसद
नेपाली कांग्रेसले समानुपातिकतर्फका २० जना सांसदको नाम टुङ्ग्याएको छ । आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले सांसदको नाम टुङ्ग्याएको हो ।
श्रम संस्कृति पार्टीले टुङ्गो लगायो चार जना समानुपातिक सांसदको नाम
श्रम संस्कृति पार्टीले समानुपातिक प्रणालीअन्तर्गत सिफारिस गरिएका उम्मेदवारको नाम आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।
रास्वपा समानुपातिकबाट ४८ महिला र नौ पुरुष सांसद बन्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फबाट समानुपातिक सांसद बन्ने नामको टुङ्गो लागेको छ।
छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज आयोगमा बुझाउने
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड पार गरेका छ राजनीतिक दलले आइतबार कार्यालय समयभित्र समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम बुझाउँदै छन् ।