• ३ जेठ २०७९, मङ्गलबार

खुसी (कथा)

प्रदिप्नराज पन्त खुसी भन्ने निबन्ध लेखिसकेको भए पनि खुसीको परिभाषा कता कता नमिलेजस्तो सीमालाई लागेको थियो । यसैले सीमा कम्प्युटरमै आफ्नो निबन्धमा के परिवर्तन गर्न सकिन्छ भनेर सोचिरहेकि थिइन् तर रात धेरै बितिसकेको थियो यसैले आमाले सीमालाई सुत्न भन्नुभयो । सीमाले आमालाई हुन्छ त भनी तर कम्प्युटरबाट बाहिर ध्यान लगाइनन् । उनले लेख्न खोजेकोजस्तो निबन्ध नबनेकोले गुगलमा केही स्रोत पाइन्छ कि भनेर उनले खोज्न थालिन् । प्रयास गर्दै जाँदा कम्प्युटरमा खुसी सम्बन्धमा लेखिएको एउटा गजबको साइट उनले भेट्टाइन । उनको जिज्ञासा बढ्यो र साइट खोल्न लागिन् ।सीमा एकमग्न भएर कम्प्युटरमा साइट खोल्दै थिइँ, अचानक कसैले उसको नाम लिएर बोलायोजस्तो लाग्यो । झ्यालबाट बाहिर हेरेको त हावामा परी लहराएको जस्तो देखियो । उसले केही बोल्न नपाउँदै परीले भनी, “मलाई लिन आइरहुँ भनेकी होइन, यसैले लिन आएँ, हिँड अब अर्कै सहरमा जाउँ, त्यहाँका राजाले पनि खुसी के हो भनेर जान्न खोजेका छन् ।निबन्ध अहिलेसम्म लेखी भ्याएको छैन, लेखिसके पछि आउँला हुन्न ।हुन्न हुन्न, हाम्रो राजाले भेट्न खोजेपछि आउनै पर्छ । पृथ्वीका मानिसले हाम्रो राजाको आदेश चाहिँ मान्नै पर्छ ।नमाने के हन्छ, सीमाले सोधिन“त्यस्तो कुरा नगर न सीमा, पहिला मसँगै त आऊ”त्यसपछि दुवै जना परीले ल्याएको रकेटमा चढे । रकेट जब अर्को ग्रहको सतहमा पुग्यो त्यतिखेर उज्यालो भएको थियो । यस्तो उज्यालो कि सीमाले त्यस्तो उज्यालो कहिल्यै महसुस गरेकी नै थिइनन् । प्रकाश नीलो थियो । सीमाले रकेटको झ्यालबाट बाहिर हेरिन् सूर्य पनि दुइवटा र फरक फरक किसिमको उज्यालो फैलाएका देखिन्थे । एउटा सूर्यले पूर्ण रूपमा नीलो प्रकाश फैलाएको थियो जसका कारण सम्पूर्ण वातावरण नीलो भएको थियो । अर्को आश्चर्य त के थियो भने चन्द्रमा पनि धेरै थिए गन्नै नसकिने यसैले सीमाले कतिवटा चन्द्रमा त्यहाँ थियो भनेर पत्तै लगाउन सकिन ।परी रकेटबाट बाहिर निक्लिइ र सीमा पनि बाहिर आउन खोजी तर परीले रोकी “पर्ख सीमा पर्ख, सबभन्दा पहिला यहाँ तिमी पृथ्वी बसेको मानिसहरूले सास लिन सक्छन कि सक्दैनन् भनेर जाँच्नु पर्छ । तिमीहरूको शरीर कार्बनद्वारा बनेको हुन्छ यसैले बाँच्नका लागि तिमीहरूलाई अक्सिजन चाहिन्छ भनेर परीले भनी र चाहिने जति अक्सिजन छ कि छैन भनेर जाँच्न थाली । जाँच गरिसकेपछि परी रकेटभित्र आई र सीमालाई स्पेस सुट लगाउन दिई, रकेटको एरलक खोलिदिई र विस्तारै ग्रहमा पाइला राख्न भनी ।एक किसिमको मरुभूमिजस्तो उजाड ठाउँमा ल्याएकोमा सीमा परीसँग रिसाइन् तर परीले सम्झाउँदै भनी, “सीमा नरिसाउ यहाँको ग्रह पृथ्वीजस्तो सुन्दर कहाँ हुन्छ र ? त्यसमाथि पनि तिम्रो देश त झनै राम्रो छ, आकाशबाट हेर्दा त तिम्रो देश स्वर्गको टुक्रा जस्तै लाग्छ” “हो ज्यादै सुन्दर छ,” सीमाले गर्व साथ भनी “त्यस्तो सुन्दर देशबाट आएको मानिसलाई यहाँको बालुवा र माटोको थुप्रोले दिक्क बनायो र मलाई त डर पनि लागिरहे ।नडराउ, परीले भनी, हामी एकैछिन यहाँ बस्ने त हो त्यसपछि राजाको विशेष विमान आउँछ त्यसमा चढेर हामी अर्को लोकमा जान्छाँै, र त्यो सहर तिम्रो देशजस्तै सुन्दर छनभन्दै क्षितिजबाट एक विशेष किसिमको विमान उनीहरू भएतर्फ आउँदैथ्यो । र बालुवै बालुवा भएको ठाउँमा आएर बस्यो र केही समयपछि त्यहाँबाट अति अग्लो हरियो घाँसको पालुवै पालुवाले ढकमक्क भएको रुखजस्तै अग्लो मानिस बाहिर आयो । हात खुट्टा पनि रुखको हाँगाजस्तै ठूलो र अग्लो थियो । टाउको हात्तीको भन्दा पनि कैयाँै गुना ठूलो थियो । शरीर चाहिँ पातै पातले भरिएझैैं हरियो देखिन्थ्यो ।उ लमक लमक हात्ती लम्किएजस्तै सीमा र परी भएको ठाउँतिरै आयो । परीले कुनै प्रतिक्रिया नदेखाइ चुपचाप रहन भनेर सीमालाई भनी । जब त्यो नजिकै आइपुग्यो उसले परीसँग हात मिलायो । सीमाले त्यस्तो आकृति अहिलेसम्म नदेखेको हुनाले त्यसलाई एलिएन भनेर सम्झी । एलिएनले सीमालाई उत्सुकतापूर्वक हे¥यो र अलिकता टाढै बस्यो ।“उनी सीमा हुन्, पृथ्वीबाट आएकी । खुसी के हो भन्नेबारेमा हामीलाई जानकारी दिनेछिन ।”एलिएन सीमालाई हेरेर मुस्करायो त्यसपछि उसले अनौठो भाषामा परीसँग कुरा गर्न थाल्यो । सीमाले केही बुझिन । त्यसपछि एलिएनले आफ्नो विमानतिर इसारा गर्दै सीमा र परीलाई जान अनुरोध ग¥यो । सीमाले परीतिर हेरी र परीले पनि जान इसारा गरेपछि सीमा विमानतिर गइन् । विमानभित्र प्रवेश गर्ना साथ विमान अत्यन्त गतिको साथ उड्यो र अर्को ठाउँमा पुग्यो । अर्को स्थान सीमाको घरगाउँ जस्तै देखिन्थ्यो घरहरू उस्तै बाटो सडक उस्तै । उनीहरू सबै एउटा ठूलो कोठामा गए । त्यहाँ एउटा रोबर्टजस्तै देखिने मानिसले उनीहरूको लागि खाने कुरा ल्यायो र खान भन्यो ।परीले चाहिँ भोक लागेको छ भनेर धमाधम खान थाली तर सीमाले चाहिँ रोकिएर के के खाना हो भनेर हेर्न थाली । त्यत्तिकैमा उसले मधुरो आवाजमा कोही मानिसहरू सलबल गरेझैं लाग्यो । उनले झ्यालको पर्दा खोलिन । बाफ रे त्यहाँ त एक से एक पृथ्वीजस्तै भीड, कोही नाचिरहेका कोही गाइरहेका । टँुडिखेलमा कहिलेकहीँ हुने कन्सर्टजस्तै त्यहाँ त युवायुवतीहरू मस्तसँग नाचिरहेका तर उसले आफूजस्तै कुनै बालकलाई भने देखिन र परीलाई सोधिन् ।“किन यहाँ हामीजस्ता साना बालक देखिँदैनन् की यहाँ बालकहरू हुँदैनन् ।‘हुन्छन तर यो कन्सर्ट वयस्कहरूका लागि भएको हुनाले यहाँ नआएका हुन् ।’‘त्यसो भए यहाँका बालकहरूले मनोरञ्जन कसरी गर्छन् त ? ‘उनीहरूको मनोरञ्जनका लागि खास खास ठाउँमा पार्कहरू बनाइएको हुन्छ त्यहीँ गएर उनीहरूलाई भेट्न सकिन्छ ।’त्यसो भए जाउँ न त पर्ख, राजालाई नसोधिकन जान पाइँदैन यहाँका बालक कस्ता हुन्छन्तिमीजस्तै सानो तर सुन्दर दयालु र आफू पीडामा रहेर पनि अरूहरूलाई खुसी दिने प्रयास गर्छन् । तिम्रो लोकमा पनि उनीहरू हुन्छन् ।हाम्रो लोकमा, सीमाले आश्चर्य मानिन् हो, उनीहरू प्रकृतिमा जताततै हुन्छन तर पृथ्वीमा चाहिँ अदृश्य रूपमा तर तिमीहरूका हितका लागि प्रकृति सञ्चालनमा भूमिका खेल्छन् । तिनीहरूको सङ्ख्या अर्बौंमा छ तर तिमीहरूले पाँच प्रतिशतभन्दा पनि कमलाई मात्र चिनेको छौ । हुन पनि उसले विज्ञानमा पढेकी थिइँ पृथ्वीमा भएका पाँच प्रतिशत जीवहरूलाई मात्र मानिसले पत्ता लगाएको छ अन्य ९५ प्रतिशत कस्तो छ मानिसलाई थाहै छैन, यसैले उसले पनि कुनै दिन अहिलेसम्म पत्ता नलगाएको केही जीवलाई पत्ता लगाउन सक्छु कि भनेर सोचेकी छ ।यत्तिकैमा उनको नजिक प्रशस्त साना एलिन हरू देखिए र तिनीहरू सबैले उनलाई नै घुरेर हेरिरहेक थिए । तिनीहरूको आकार पृथ्वीकै बाघ भालुलगायतका असङ्ख्य जीवहरूको आकृतिसँग मिल्दोजुल्दो थियो । सीमालाई आश्चर्य लागेन । यी सबैलाई उसले पृथ्वीमा देखिकी थिई र उसले झ्यालको डण्डीहरूलाई हेरिन् । एक अद्भूत अनौठो चिह्न सङ्केत अद्भूत अनौठो थियो । सीमाले ती सङ्केतहरू बुझिनन् तर सङ्केतको तल नेपाली अक्षरमा लेखिएको थियो ‘संसारको हरेक प्राणीलाई आफ्नै देश, आफ्नै गाउँ र आफ्नै घरमा खुसी हुन्छ’ सीमालाई पनि लाग्यो खुसी हुन त आफ्नै घर आफ्नै देश चाहिन्छ । उसले परीलाई छिट्टै आफ्नो घर गाउँ फर्काउन अनुरोध गरिन् र परीलाई पनि कसैले समाचार दिएको थियो कि आज राजा सीमालाई भेट्न आउन सक्दैनन् भनेर । त्यसपछि परीले उनलाई फर्काउनका लागि रकेटसम्म जान भनी ।अचानक सीमाको कम्प्युटर अफ भयो । कम्प्युटर अफ हुनासाथ सबै दृश्य हराए । कम्प्युटर साइटमा उ जस्तै सानो बच्चालाई खुसीको अर्थ खोज्न अर्को ग्रहमा देखाइएको काल्पनिक कथाको घटनाले उसलाई आफैँ गएजस्तो भएको काल्पनिक भावना आएको रहेछ तर जे भए पनि सीमाले खुसीको खास अर्थ बुझी र साइटको अन्त्यमा लेखिएको ‘आफ्नै घरमा मानिस धेरै खुसी हुन्छ’ भन्ने शब्दले चाहिँ उसलाई पनि धेरै खुसी बनायो र आफ्नो निबन्धमा थप्ने विचार गरी ।

यौन दुर्व्यवहारबाट कसरी जोगिने

दीपक भट्टराई प्रिय भाइबहिनीहरू, कुनै पनि अवस्थामा १८ वर्षभन्दा मुनिका बालबालिकालाई डराइ, धम्क्यााइ ललाइफकाइ वा कुनै प्रलोभनमा पारेर यौन जन्य गतिविधि वा यौन सम्पर्क गर्ने कार्यलाई बाल यौन दुव्र्यवहार भनिन्छ । हाल यस्ता घटना विद्यालयस्तरमै बढी घट्न थालेको समाचार हामीले सुन्ने देख्ने गरेको छौ । यस्तो देखेर र भोगेर बस्नु एक प्रकारको सहमति दिएको जस्तो हो भने यस्ता दुव्र्यवहारले बाल मानसपटलमा के कस्तो असर पार्दछ र यसबाट बच्नका लागि स्वयं बालबालिकाको भूमिकाका बारेमा जानकारी गराउनु हामी अभिभावक तथा शिक्षकको दायित्व हो । बालबालिकाले पनि आफ्नो अभिभावक र शिक्षकले आफ्नो लागि नै भनेका हुन् भनी सम्झेर भनेका कुरालाई व्यवहारमा आत्मसात् गर्र्नुपर्छ । आउनुस्, आज एकछिन यसबारेमा चर्चा गरौँं ।यौन दुर्व्यवहारबाट जोगिने प्रारम्भिक सोंचस्वभावले नै साना बालबालिका चञ्चले स्वभावका हुन्छन उनीहरू सानो सानो कुरामा खुसी पनि हुन्छन र रिसाउने, दुखी हुने पनि गर्दछन् । यही मनोविज्ञान बुझेर आफ्नो यौन विचलन स्वभावलाई उनीहरू माथि प्रकट गर्ने कार्य, बालबालिकासँग घुलमिल हुन खोज्ने उनीहरूलाई विभिन्न प्रलोभनमा पार्ने र विभिन्न बहाना बनाई उनीहरूको नजिक भएर एक्कासि उनीहरूसँग अप्रत्यासित व्यवहार गर्ने गरिन्छ । जस्तै काखमा राख्ने, अनेक बहाना बनाई शारीरिक विभिन्न अङ्गमा हात लाने, माया गरेको बहाना बनाई हातले सुमसुम्याउने, यौन सम्पर्क गर्ने आदि वा जुन सुकै असहज हुने व्यवहार गरेर यौन कुण्ठा मेटाउने कार्य गर्दछन् भने त्यसलाई यौन दुव्र्यवहार हो भन्ने कुरा हामीले बुझ्नु पर्दछ ।कुनै पनि मानिस चाहे चिनेको होस् या नचिनेका, यदि कसैले पटकपटक भेटन् बोलाउने वा कोही नभएको मौका पारेर सिधै आफ्नो जिउमा छुन खोज्दछ भने यो दुव्र्यवहार हो भन्नी जानिहाल्नु पर्दछ । विद्यालयमा पनि विभिन्न पढाइको बहाना वा सिकाउने बहानाले शिक्षकशिक्षिकाले आफूलाई प्रत्यक्ष महसुस हुने गरी वा थाहा पाउने गरी स्पर्श गर्ने सुमसुम्याउने कार्य गर्नु पनि दुव्र्यवहार नै हो । जसले पनि यसरी नजिकिएर असहज र अप्ठेरो हुने गरी वा पीडा हुने व्यवहार गर्दछ भने यो दुव्र्यवहार हो भनी बुझिहाल्नु पर्दछ । यो नै यौन दुव्र्यवहारबाट जोगिने प्रारम्भिक सोच हो ।दुर्व्यवहारबाट बच्न र मनैदेखि खुसी हुन के गर्ने ?यसबारे अब ध्यान दिएर वा बुझेर पढ्नु है । नबुझे फेरि दोहो¥याएर पढनु ल... किनकि यो लेख पढेपछि तपाईंमा कुनै न कुनै नयाँ विचार अवश्य आउनेछ । लामो सास लिनु अनि पढ्न सुरु गर्नु ल । आफूलाई जो कोहीले दुव्र्यवहार गरेको वा त्यस्तो आशय राखेर कुनै व्यवहार गरेको छ भने त्यसको विरोध आफँैले नै गर्नु पर्दछ । त्यस्तो मान्छे जसले त्यसरी दुरव्र्यवहार गरेको वा गर्ने आशय राखेको छ भने उसको भित्री मनोबल कमजोर हुन्छ किनकि ऊ बाहिरी समाजसँग सतर्क हुुने र डराएको हुन्छ भन्ने कुरा हामीले पनि बुझ्नु पर्दछ । किनकि ऊ नराम्रो वा असत्यको बाटोमा हुन्छ तर हामी सत्यको बाटोमा हुन्छौँ । जो सत्यको बाटोमा हुन्छ उसको आत्मविश्वास बलियो हुन्छ भने असत्यको बाटोमा वा नराम्रो व्यवहार गर्ने व्यक्ति सधैँ भित्री आत्मबाट कमजोर हुन्छ, । हो, यही कुरा आफ्नो दिमागमा राखेर त्यस्ता घटना आइपरेमा तुरुन्तै प्रतिकार गर्नुपर्छ । आफ्नो मनोबल उच्च राखेर प्रतिकार ग¥यो भने त्यस्तो गलत व्यवहार गर्ने जो कोही पछि हट्दछ । यो कुरा बालबालिकाले सधैँ आफ्नो दिमागमा राख्नु जरुरी छ ।यो त भयो त्यस्तो व्यवहार गर्ने व्यक्तिबाट तत्कालका लागि छुट्ने उपाय । अब यसको समाधान सधैँका लागि कसरी गर्ने भन्नेबारे पनि यहाँ चर्चा गरौँ । फेरि सोही व्यक्तिले आफूलाई पुनः दुव्र्यवहार गर्दछ कि भन्ने कुरा दिमागमा आउनु स्वाभाविक हो र त्यही कुराले आफ्नो मन मस्तिष्कमा जुन समयमा नि असर गर्न सक्दछ । त्यसले आफूलाई नै हानि पु¥याउँदछ । यस्तो मानसिक तनाव नलिन उक्त घटनालाई सामान्य घटना ठानी म किन तनावमा बस्ने, मैले केही नराम्रो गरेको नै छैन उसले नै मलाई दुव्र्यवहार गर्न आएको हो, मैले त केबल आफूलाई मन नपरेको उसको व्यवहारको प्रतिकार मात्र गरेको हो भन्ने मनमा लिनुु पर्दछ । त्यस्तो प्रतिकार गर्नु मेरो आफ्नो नैसर्गिक बाल अधिकार हो, आफ्नो अधिकार आफैँले सुनिश्चित गर्दा म किन डराउने, म कमजोर हुनु हुन्न म कमजोर भए भने पुनः त्यस्तो व्यवहार दोहो¥याउन सक्दछ त्यसैले म शतप्रतिशत ठीक छु भन्ने ठान्नुु पर्छ । दुव्र्यवहार भएको कुरामा आफ्नो आत्मविश्वास बलियो पारेर मनोवैज्ञानिक आधार निर्माण गर्नु नै यस्ता घटनाको समाधान खोज्नु हो भनी सचेतना आत्मसात् गर्नुु नै बुद्धिमानी हो । आफूलाई सचेत बनाएर जीवनमा धैरै अगाडि बढनु छ, म यस्तो सामाजिक कुसंस्कारको परिवर्तनकारी २१औँ शताब्दीको बालबालिकाभित्र पर्दछु भन्दै आफ्नो मनोभावनालाई उच्च राख्नुपर्छ ।प्रतिबद्धतायो लेख पढेकै समय अर्थात् आजै र अहिलदेखि नै आफ्नो जीवनमा जो कोही कसैले चाहे त्यो आफ्नै परिवारको सदस्य नै किन नहोस्... चाहे आफ्नै विद्यालयको सर म्याम नै किन नहोस्, त्यस्तो व्यवहार साच्चै नै आफ्नो मनले म पनि बाल यौन दुव्र्यवहारको सिकार भएको पो छु कि भन्ने कुुरा मनन गर्नुपर्छ । त्यस्तो लागेमा मात्र मनभित्रको आवाज आफ्नो कुरा उसैलाई सुनाउनुहोस् जसले तपाईंको आवाजलाई अझै बुलन्द पार्न र तपाईंको कुरामा पूर्ण रूपले विश्वास गरून् । तिम्रो हरेक कुरामा साथ दिन सकारात्मक परिर्वतनका लागि समाजदेखि डाराएर आफ्नो बोली आजको भोलि परिवर्तन नगरुञ्जेल नै हो । त्यसैले त्यस्ता घटनाबारे त्यस्तो मनको साथीसँग भन्नुहोस् जोसँग अहिले तपाईं आफ्ना सबै कुरा भन्न सक्नुुहुुन्छ ।ल, कुरा बुझनु भो नि जसले गर्दा तपाईंको जीवनका सबै फोहोरको भारी जसले यो मनलाई अहिलेसम्म दूषित बनाएको थियो र छ, त्यस्तो तनावको पोको सधैँका लागि मनदेखि बाहिर ल्याएर आफू सँगसँगै आफ्नो परिवार एवं समाज र आफ्नो जीवनलाई सहज तरिकाले बाँच्न सकिने रहिछ भन्ने ठान्नुुहोस् । त्यो उदाहरण म नै हुँ...मलाई नि एउटाले त्यस्तै गर्दथ्यो । मैले मेरो साथीमार्फत आफ्नो हेडसरलाई भने । अनि मेरो कुराको कुनै हल्ला नभई समाधान भो । त्यसैले साथी मेरो कुरा मान आफूलाई त्यस्तो व्यवहार गरेको छ भने आफ्नो ममीलाई भन किनकि तिम्री आमा नै तिम्रो मिल्ने साथी हुन् जसले तिमीलाई सधैँ राम्रो सल्लाह दिने छिन् । आज म नि मेरी आमालाई त्यो बेला मनको कुरा भनेको भएर खुसी छु, एक जना पात्रको कुुरा पनि यो सम्झ ल । तपाईलाई पनि यस्तो व्यवहार कसैले गरेको छ भने आफ्नो ममीलाई भन्नु । यदि तपाईंको ममी तपाईंसँगै हुनुहुन्न भनी आफ्नो हेडसरलाई भन्नुहोस् । त्यसपछि त्यस्तो आवाज कसैले नसुने के गर्ने म यही मुना बालपत्रिकाको माध्यमबाट अर्को लेखमा भन्नेछु तर आफ्नो त्यो मनको पीडाको आवाज त्यति समय मात्र बाहिर ल्याउनु जति बेला आफ्नो मनले निर्णय गर्दछ कि अब त म बोल्नैपर्छ भन्ने सोच आउँछ । यदि बोल्न सक्ने हिम्मत आउँदैन भने र मेरो कुरा सुन्ने कोही छैन जस्तो लाग्छ भने म छु नि तिम्रो साथी...। यो मुना पत्रिका तिम्रो मनको भारी बिसाउने ठाउँ हो जस्तो लागेमा यही मुना पत्रिका को Email address:- munamonthly@gmail.com मार्फत मनको भारी बिसाउन ढिला नगर्नु ल ।

‘पाल्पाली हुँ भन्नमा निकै गर्व लाग्छ’

भाइबहिनीहरू ! मुनाको वैशाख अङ्कमा हामी पढ्ने छौँ हामी सबैलाई मन पर्ने कलाकार राजेश हमालका बारेमा । उहाँलाई नेपाली चलचित्र क्षेत्रका महानायक अर्थात् सदावहार नायक भनेर पनि चिनिन्छ ! राजेश हमाल नेपाली चलचित्रका सदावहार नायक भएकै कारण उहाँको चर्चा र लोकप्रियता अहिलेसम्म पनि निरन्तर नै छ । उहाँले सयौैँ चलचित्रमा अभिनय गरिसक्नुभएको छ । शालीन, अनुशासित भद्र र विनम्र स्वभावका कारण राजेश हमाल सबै नेपालीहरूको लोकप्रिय कलाकारका रूपमा रहनुभएको छ । हामी धेरैले चिन्ने, मन पर्ने उनै महान् कलाकारका बारेमा मुनाको यस अङ्कमा हामी धेरै जानकारी पाउने छौैं । उहाँको बालापन कस्तो थियो होला ? कहाँ र कसरी बित्यो ? उहाँकै शब्द लयमाः

जलवायु परिवर्तन (निबन्ध )

बिहान उठ्ने बेला तपाईँले पटक पटक उठाउँदा कोल्टे परि परि सुत्ने म अहिले त आल्रामको एकै आवाजमा जुरुक्क उठ्न सक्ने भएको छु । आमा कति मेहनत गरी मेरो लागि बनाएको खाना, तपाईँले धम्काउँदै नखाने म । अहिले त चिसो, बासी भात पनि मीठा मानी मानी खाने भएको छु । तपाईँले दिएको एक सय रुपैयाँ थोरै हुन्छ भनी झगडा गर्ने म । अहिले त १० रुपैयाँ खर्च गर्न पनि १० चोटि सोच्न सक्ने भएको छु । स्कुल पढ्न जाँदा बिरामी भएको बहाना बनाई स्कुलबाट भागेर आउने म । अहिले त बिरामी पर्दा पनि लगातार स्कुलमा खट्न सक्ने भएको छु आमा ।

शुभकामना (कविता )

आमा बुबा पहिलो गुरु, घर हो पहिलो पाठशाला दोस्रो गुरु स्कुलमा, दस पास गरौँ यसपाला पढ्न, लेख्न, खेल्न सिकाइ, असल ज्ञानी बनायो कला, कौशल सीप भर्दै माया गर्न सिकायो