• ३ जेठ २०७९, मङ्गलबार

त्रिभुवन विमानस्थलमा शङ्कास्पद वस्तु भेटिएन, उडान पुनः सुरु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा शङ्कास्पद वस्तु राखेको हल्लाले एक घण्टा आन्तरिक उडानमा अवरोध भएको छ । बम निष्किय गर्ने टोलीले ‘सर्च अपरेशन’ गर्दा कुनै पनि वस्तु नभेटिएकाले आन्तरिक उडान पुनःसुरु भएको विमालस्थलले जनाएको छ ।

अलेक्जेन्डरको रहस्यमय मृत्यु

अलेक्जेन्डर ग्रेटको जब इसापूर्व ३२३ मा मृत्यु भयो । छ दिनसम्म उनको शरीर सड्न लागेको कुनै सङ्केत देखिएन । ऐतिहासिक तथ्यहरूका अनुसार यसै कारणले अलेक्जेन्डरको मृत्युको कारण अभैmसम्म रहस्यमै छ ।

विषयगत–खण्डअन्तर्गत लोकसेवा आयोगबाट सोधिने नमुना प्रश्नको उत्तर

१. नेपालको संवैधानिक व्यवस्था कार्यान्वयनका लागि शिक्षा, स्वास्थ्य, सञ्चार, वित्तीय क्षेत्र तथा व्यापारका क्षेत्रमा कस्तो नीति समायोजन गर्नुपर्ला ? सुझाव दिनुहोस् ।  नेपालको संविधानले सरकारी, निजी तथा सहकारी क्षेत्रको सहभागिता एवं स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण गर्ने नीति लिएको छ । त्यसैगरी शिक्षा, स्वास्थ्य क्षेत्रमा सरकारी लगानी बढाउने, यस क्षेत्रमा निजी क्षेत्रको लगानी नियमन गरी सेवामूलक बनाउने व्यवस्था छ । व्यापारका क्षेत्रमा हुने कालो बजारी, एकाधिकार, कृत्रिम अभाव अन्त्यका लागि नियमन गरी स्वच्छ प्रतिस्पर्धा कायम गर्ने व्यवस्था छ । यी र यस्तै व्यवस्था कार्यान्वयनका लागि शिक्षा, स्वास्थ्य, सञ्चार, वित्तीय क्षेत्र तथा व्यापारका क्षेत्रमा देहायबमोजिमको नीति समायोजन गर्नुपर्ने देखिन्छ ः

वस्तुगत–खण्डअन्तर्गत लोकसेवा आयोगबाट सोधिने नमुना प्रश्नको उत्तर

राष्ट्रिय–सन्दर्भ १. नागरिक लगानी कोषको स्थापना कहिले भएको हो ?  वि.सं. २०४७ चैत ४ देशको आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई समेत बचत गर्न प्रोत्साहन गरी लगानीका अवसर बढाउन, अवकाश कोष तथा सामाजिक सुरक्षणका कार्यक्रम सञ्चालन गर्न र पुँजीबजारमा गतिशीलता ल्याउने प्रमुख उद्देश्यका साथ नागरिक लगानी कोष ऐन, २०४७ अनुसार स्थापित यो संस्थाले वि.सं. २०४८ माघ १ गतेदेखि कारोबार सुरु गरेको । कोषले सर्वसाधारण, विभिन्न सङ्गठित सङ्घ–संस्थामा कार्यरत कर्मचारी, कामदार तथा सङ्गठित सङ्घ–संस्थाबाट समेत विभिन्न कार्यक्रमअन्तर्गत बचत सङ्कलन गरी त्यसरी सङ्कलित बचत रकमलाई दक्ष र व्यावसायिक ढङ्गबाट लगानी प्रबन्ध गर्दै आएको ।

भाषा सुधार्दै ‘हिज्जे’

विश्वास रेग्मी आयातित शब्दहरूको अधिक प्रयोगका कारण नेपाली भाषाले मौलिकता जोगाउने सङ्घर्ष गरिरहनुपरेको छ । अर्कोतिर, नेपाली भाषाकै अशुद्ध प्रयोगका कारण यसको मूल संरचना नै बिग्रने हो कि भन्ने चिन्ता सार्वजनिक रूपमा व्यक्त भइरहन्छ । खासगरी पछिल्लो पुस्ता लेख्य नेपाली भाषाप्रति त्यति गम्भीर भएको पाइँदैन ।नेपाली भाषाको व्याकरणीय नियमको पालना नयाँ पुस्ताका लागि कठिनजस्तै देखिन्छ । त्यसमाथि कतिपय शब्दका अर्थकै जानकारी नहुँदा अर्को समस्या सिर्जना गरिदिएको हुन्छ । नेपाली भाषाको व्यावहारिक प्रयोगमा देखिएका पछिल्ला यस्तै समस्यालाई समूल समाधान गर्ने उद्देश्यसहित युवा इन्जिनियरको समूहले एउटा सहज विकल्प निकालिदिएको छ, हिज्जे डटकम ।नेपाली भाषासँग सम्बन्धित धेरै कम एकीकृत सुविधामध्येको एक हो यो । इन्टरनेटको प्रयोगमार्फत संसारभर जसले पनि प्रयोग गर्न सक्ने गरी तयार गरिएको हिज्जे डटकम पछिल्लो समय आफैँलाई सुधार्दै अघि बढिरहेको छ ।भाषाको मायाहिज्जे डटकम सुरु गर्नुअघि यसका संस्थापक विरोध रिजालको व्यक्तिगत भावनाले बढी काम गरेको छ । पेसाले कम्प्युटर इन्जिनियर रिजाल आफ्ना एक जना गुरुको पे्ररणाबाट यसको सुरुवात गरेको सम्झन्छन् । नेपाली भाषा संरक्षण गर्नुपर्छ भन्ने गुरुको चिन्तालाई समाधान गर्ने उद्देश्यसहित हिज्जे डटकम सुरुवात गरिएको रिजालको भनाइ छ । उनका लागि यो नितान्त समाजसेवा हो । यसबाट कमाउने उद्देश्य नराखिएको उनी स्पष्ट पार्छन् । त्यसैले यसमा आफैले सक्दो सानो सानो लगानी गर्दै निरन्तरता दिइराख्ने उनको योजना छ । त्यसो त सुरुवाती दिनमा हिज्जे डटकम तयार गर्न उनले केही ठाउँमा लगानीका लागि सङ्घर्ष गर्नु नपरेको होइन । अपेक्षाअनुसारको लगानी नआए पनि सामान्य लगानी जोडजाड गर्दै यहाँसम्म आइपुगेको छ, यो । भाषाका लागि सम्बन्धित क्षेत्रका विज्ञ संलग्न गराउनेदेखि ब्याकइन्ड तयार गर्न प्राविधिक जनशक्ति उपयोगमा त्यस्तो लगानी उपयोग गरिएको उनले जानकारी दिएका छन् ।धेरै सुविधा एकै ठाउँमाहिज्जे डटकममा नेपाली भाषासँग सम्बन्धित धेरै सुविधा प्रयोग गर्न सकिन्छ । यसको सबैभन्दा महत्त्वपूर्ण सुविधा हिज्जेको परीक्षण नै हो । जसमा वाक्यको गठन, ह्रस्व–दीर्घ परीक्षणदेखि अन्य भाषागत त्रुटि हेर्न सकिन्छ, अनि हिज्जेले नै आफैँ त्यसलाई सच्याइदिन्छ । सञ्चारमाध्यमको डेस्कमा काम गर्नेदेखि नेपाली भाषासँग सम्बन्धित काम गर्नेका लागि यो निकै उपयोगी सुविधा पनि हो । हाललाई युनिकोडमा लेखिएका शब्दको मात्र परीक्षण गर्ने सुविधा रहेको संस्थापक रिजालले जानकारी दिएका छन् ।यससँगै एकैठाउँमा नेपाली भाषा ‘टाइप’ गर्नेदेखि र प्रिती ‘फन्ट’लाई नेपालीसँग सम्बन्धित एक दर्जन फन्टमा रूपान्तरण गर्ने सुविधा यसमा उपलब्ध छ । हाल युनिकोडदेखि आकृति, आलेख, गणेश, हिमालबी, कान्तिपुर, नवजीवन, पीसीयस फन्टमा टाइप गर्न सकिन्छ ।त्यस्तै नेपाली शब्दकोष पनि यसमै उपलब्ध छ, जहाँ प्रयोगकर्ताले आफूलाई चाहिएको शब्द राखेर त्यसको सहजै अर्थ खोज्न सक्छन् । शब्को अर्थ र भाषाको व्याकरणीय नियम स्थापित गर्न हिज्जेले नेपाली भाषाका विज्ञहरूलाई उपयोग गरेको छ । भाषासम्म सकेसम्म त्रुटि नहोस् भन्ने उद्देश्यका लागि एक रूपता ल्याउने प्रयत्न गरिएको रिजालले बताएका छन् ।निःशुल्क खाताहिज्जे डटकम प्रयोग गर्न कुनै शुल्क लाग्दैन, अर्थात् यो निःशुल्क सेवा हो । ‘ब्राउजर’मा हिज्जे डटकम(https://hijje.com/#/) टाइप गरेर सहजै यसको प्रयोग गर्न सकिन्छ । व्यक्तिगत खाता खोलेर यसमा रहेका धेरै सुविधा प्रयोग गर्न सकिन्छ । सहजै खाता खोल्न सक्ने व्यवस्था यसमा गरिएको छ । खाता नै नखोलिकन पनि हिज्जे परीक्षण, शब्दकोष, फन्ट रूपान्तरणलगायतका सेवा उपयोग गर्न सकिन्छ ।आवाजलाई शब्दमाहिज्जे डटकमले पछिल्लो समय नेपालीमा बोलेको आवाजलाई शब्दमा उतार्ने सुविधा पनि ल्याएको छ । जहाँ प्रयोगकर्ताले आफूले बोलेको आवाज ‘अपलोड’ गरेर त्यसलाई लिखित शब्दमा उतार्न सक्छन् । यसमै पनि रेकर्ड गर्ने सुविधा राखिएको छ, जसमा सिधै रेकर्ड गरेर शब्दमा रूपान्तरण गर्न सकिन्छ । तत्कालका लागि एक पटकमा ३० सेकेन्डको आवाजलाई मात्र शब्दमा रूपान्तरण गर्ने सुविधा रहेको छ । भविष्यमा यो समयलाई अझ बढाएर एकैपटक लामो रेकर्डलाई पनि सहजै शब्दमा उतार्ने सुविधा ल्याउने योजना रिजालको छ ।झन् एकीकृतहिज्जे डटकममा उपलब्ध भाषासम्बन्धी सुविधालाई झन् एकीकृत गर्दै लैजाने योजना बनाइएको छ । अहिले लिखित भाषा र आवाजलाई शब्दमा रूपान्तरण गर्ने काम छुट्टाछुट्टै हुँदै आएको छ । यो भिन्न प्रकृतिको सुविधालाई एकीकृत गरेर आवाज र लिखित शब्द एकैपटक परीक्षण गर्ने सुविधा ल्याउने योजनामा हिज्जे डटकम छ । जसमा आवाजबाटै त्यसलाई शब्दमा उतार्ने, त्यसको हिज्जे परीक्षण गर्ने, फन्ट परिवर्तन गर्न सक्ने र शब्दको अर्थसमेत हेर्न सकिने गरी एकीकृत सुविधा ल्याउने सोचाइमा छन् रिजाल ।यसबाट नेपाली भाषासँग सम्बन्धित धेरै समस्या समाधान हुन सक्ने उनको विश्वास छ । त्यस्तै आवाज सुन्दै त्यसलाई पुनः उतार्नका लागि लाग्ने समय यसबाट बचत हुने छ ।भाषाको विषय जहिले पनि यसको शुद्धताबाट परीक्षण हुन्छ । निजी क्षेत्रबाट भएको यस्तो प्रयासको शुद्धता र विश्वसनीयतामा स्वाभाविक प्रश्न उठ्छन् । यस्तो प्रश्न हिज्जे डटकमलाई नसोधिएको होइन । संस्थापक रिजाल शतप्रतिशत पूर्णता केही पनि नहुने र त्यसैले गर्दा सुधार गर्दै लैजाने बाटो बाँकी रहने बुझाइ राख्छन् । 