• १४ वैशाख २०८३, सोमबार

विवाहको महिना

वैशाख अर्थात् हाम्रो चलनमा रहेको कालगणना (पात्रो) अनुसार पहिलो महिना । धार्मिक वा सांस्कृतिक कार्यका लागि वैशाख उपयुक्त महिना मानिन्छ । विवाह संस्कारका लागि पनि यो महिना ज्यादै उपयुक्त मानिएको छ । उत्तरायण देवकर्म गर्ने समय भएकाले संस्कारसहित अन्य माङ्गलिक कार्य गर्न यो महिना उपयुक्त हुन्छ । व्यावहारिक दृष्टिले पनि चिसो विस्तारै कम हुँदै र दिन बढ्दै

हलेसी गुफा झैँ बटुक केभ

मलेसियाको सेलाङ्गल राज्यमा प्रसिद्ध बटुक/कार्तिकेयको मन्दिर छ । मलेसियामा बटुक केभ नामको विश्वप्रसिद्ध तीर्थस्थल क्वालालम्पुरबाट उत्तर पहाडको काखमा अवस्थित छ । क्वालालम्पुरबाट बटुक केभसम्मको दुरी १५ किलोमिटर छ । बटुक केभ गुफामा मन्दिर रहेको छ । भनिन्छ, “यो गुफा ४० करोड वर्ष पुरानो हो र प्रारम्भमा यस गुफालाई ओराङ अस्ली जनजातिका टेमुआन समुदायले आश्रय स्थल बनाएको बताइन्छ । सन् १८९० मा मलेसियाली भारतीय व्यापारी के थाम्बुसामी

विचार कहाँबाट आउँछ ?

विश्वका महान् वैज्ञानिक निकोला टेस्ला ८५ वर्षको भएपछि विज्ञानको संसारमा उनको अपूर्व योगदानको कदर गर्दै एक अभिनन्दन समारोह आयोजना गरिएको थियो । त्यो समारोहमा एक जना पत्रकारले टेस्लासँग यति धेरै आविष्कार कसरी गर्नुभयो, अनि यस्ता विचार कसरी र कहाँबाट आए भन्ने प्रश्न सोधे । त्यसको जवाफमा टेस्लाले जे भने त्यो धेरै ध्यान दिनुपर्र्नेे खालको छ । उनले भने, “म कुनै बुद्धिमान व्यक्ति होइन । मलाई त कहिलेकाहीँ मानिसले भनेका साधारण कुरा बुझ्न पनि समस्या हुन्छ । मेरा सबै आविष्कार मेरो दिमागमा उठेका विचारको देन हुन् तर ती विचारको दिमाग र बुद्धिमत्तासँग कुनै सम्बन्ध छैन । किनकि ती विचार दिमागमा पक्कै आउँछन् तर तिनलाई दिमागले उत्पन्न गरेको होइन । विचार त ब्रह्माण्डमा उत्पन्न हुने गर्दछ । तपाईंको सोचाइ र बुद्धिसँग यसको कुनै सम्बन्ध छैन

हेडी लामर ब्युटी एन्ड ब्रेनको अद्वितीय सङ्गम

विश्व चलचित्र इतिहासमा केही यस्ता नारी प्रतिभाशाली नारी छन् जो केवल चलचित्रको पर्दामा सीमित नरही त्यसभन्दा बाहिर पनि विशिष्ट पहिचान स्थापित गर्न सफल भएका छन् । यस्तै अद्वितीय प्रतिभाका धनी थिइन् हलिउड अभिनेतृ हेडी लामर ।

जब अमेरिकालाई इन्धन प्रतिबन्ध लाग्यो

अरब देशहरूले सन् १९७३ मा लगाएको इन्धन व्यापार प्रतिबन्धबाट अमेरिकी समाजले बहु झट्का बेहोर्नु परेको थियो । योम किप्पुर युद्धमा इजरायललाई साथ दिएको भन्दै इन्धन उत्पादक अरब देशहरूले अमेरिका र केही अन्य देशमाथि जब सन् १९७३ अक्टोबरमा इन्धन व्यापार प्रतिबन्ध लगाए अमेरिकीहरूको गोजी र मानसिकता दुवैमा एकसाथ जोरदार झट्का लाग्यो । यस प्रतिबन्धका कारण उत्पन्न ऊर्जा सङ्कटले जैव इन्धनको मूल्य चार गुणा बढेर तीन डलर हाराहारीबाट करिब १२ डलर पुग्यो, तद्अनुरूप पेट्रोल पम्पमा इन्धन बिक्री गरियो । इन्धनको अभा