नयाँ अनुहारसँग गौरीशङ्करको प्रतिस्पर्धा
कैलाली क्षेत्र नम्बर ३ मा दुई पटक प्रतिनिधि सभा र एक पटक संविधान सभा निर्वाचनमा उम्मेदवार भइसक्नु भएका पूर्वमन्त्री गौरीशङ्कर चौधरी यस पटक अधिकांश नयाँ अनुहारसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । नेकपा (एमाले) का केन्द्रीय सदस्य चौधरीले नेपाली कांग्रेसका भीमबहादुर बडुवाल, राष्ट्रिय स्वतन्त्र पार्टीका जगतप्रसाद जोशीसँग मुख्य प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । यद्यपि मुख्य प्रतिस्पर्धामा रहेको
एक मात्र महिला उम्मेदवार चुनावी मैदानमा
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर ३ बाट एक जना मात्रै महिला उम्मेदवार चुनावी मैदानमा उत्रिनुभएको छ । १६ वटा दलले पुरुषलाई उम्मेदवार बनाउँदा एक दलले मात्रै महिलालाई उम्मेदवार बनाएको हो । क्षेत्र नम्बर ३ मा आमजनता पार्टी (एकल चुनाव चिह्न) बाट लक्ष्मीकुमारी विष्ट भट्ट उम्मेदवार बन्नुभएको छ । भट्ट पहिलो पटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नुभएको हो ।
आसन्न निर्वाचनले युवामा जगाएको आशा
प्रतिनिधि सभा सदस्यको आसन्न निर्वाचनले युवाका लागि अवसरको ढोका खोल्नेमा युवापुस्ता आशावादी देखिएका छन् । धनगढीमा भएको प्रदेशस्तरीय युवा मञ्चमा सहभागी भएका उनीहरू फागुन २१ को निर्वाचनले युवालाई नेतृत्व र अवसर दिनेमा आशावादी देखिएका हुन् । जेनजी आन्दोलनपछि भएको राजनीतिक परिवर्तनले युवामा एउटा सकारात्मक तरङ्ग पैदा गरेको उनीहरूको ठम्याइ छ ।
चेलत्यार दिने चटारो
बाजुराका महिलालाई चेलत्यार (सेलपुरी बनाएर चेलीलाई दिने काम) दिन भ्याइनभ्याइ छ । सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा विवाह गरेर घरमा रहेकी चेलीलाई माघ महिनाभरि चेलत्यार (सेलपुरी बनाएर चेलीलाई दिने काम) दिने प्रचलन छ । त्यही प्रचलन अनुसार महिलालाई आफ्ना चेलीलाई चेलत्यार (सेलपुरी बनाएर चेलीलाई दिने काम) दिने चटारो परेको हो ।
निर्वाचनभन्दा बालीको चिन्ता
प्रतिनिधि सभा निर्वाचनको चुनावी सरगर्मी बढिरहेका बेला कैलालीका किसानमा भने चुनावभन्दा पनि कृषिबालीको चिन्ता छ । छाडा चौपाया समस्याका कारण हिउँदेबाली जोगाउन हम्मेहम्मे भएको छ । उनीहरूलाई चुनावी कुरा र भाषण सुन्नुभन्दा पनि आफ्नै खेतीपाती कसरी जोगाउने भन्ने पिरलो छ ।
सीप र स्वरोजगारले महिलालाई बनाउँदै छ सशक्त
पितृसत्तात्मक समाजिक संरचनाका कारण घरधन्दामै सीमित हुँदैआएका सुदूरपश्चिमका ग्रामीण महिलाहरू चुलो–चौकाबाट बाहिर आउन थालेका छन् ।
बाजुरामा हिमपात, जनजीवन प्रभावित
केही दिनअघिदेखि बाजुरा लगातार परेको भारी हिमपातका कारण यहाँको जनजीवन प्रभवित भएको छ । गत शुक्रबार, शनिवार र सोमबारमा परेको बाक्लो हिमपातका कारण यहाँको जनजीवन निकै प्रभावित बन्दै गएको हो ।
सुदूरपश्चिमको पहाडी क्षेत्रमा वर्षा र हिमपात
सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली जिल्लामा यस वर्ष दोस्रो पटक वर्षा र हिमपात भएको छ । बैतडीमा मङ्गलबार साँझदेखि नै सतबाँझ, रौलाकेदार क्षेत्र, सिगास, खोडपे, अनारखोली र ढोल्यामोडलगायत उच्च भेगमा बाक्लो हिमपात भएको हो ।
सातामा दुई पटक हिमपात, बालीलाई निकै लाभ
पहिलो हिउँदे वर्षा भएसँगै पछिल्लो साता डडेल्धुरामा दुई पटक हिमपात भएको छ । गएको असोज २१ गते पछि गत शुक्रबार साँझ मात्रै यस वर्षको हिउँदे वर्षा भएको थियो ।
चुनाव चिन्हसहित चुनावी मैदानमा स्वतन्त्र उम्मेदवार लेखक
प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्नुभएको छ, भीमदत्त नगरपालिका–६ ऐठपुरका थानेश्वर लेखक । कञ्चनपुर निर्वाचन क्षेत्र–३ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका ४३ वर्षीय लेखक ‘डस्टबिन’ चुनाव चिन्हसहित चुनावी मैदानमा होमिनुभएको हो ।
मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात
मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ ।
खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट खेल्ने टोली घोषणा
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट खेल्ने बैतडीको अन्तिम टोली सार्वजनिक गरिएको छ ।
गुनासो–सुझाव सङ्कलन गर्दै कांग्रेस
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा नेपाली कांग्रेसका नेता नरनारायण शाह (मनु) ले आगामी चुनावका एजेन्डा, गुनासो तथा सुझाव सङ्कलन सुरु गर्नुभएको छ ।
बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित
हिमपात भएपछि गहुँलगायत हिउँदे बाली सप्रिनेमा यहाँका किसान ढुक्क भएका स्थानीय राजबहादुर टेरले बताउनुभयो । हिमपातका कारण अत्यधिक चिसो बढेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ ।
मुलुकमा परिवर्तन हुन जरुरी छ : शाह
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले मुलुकमा परिवर्तन हुन जरुरी रहेको उल्लेख गर्नुभयो । धनगढीमा आफ्ना कार्यकर्ता तथा समर्थकसँग कुरा गर्दै उहाँले देश चलाउन राम्रो मान्छे आउन जरुरी रहेको बताउनुभयो । देशको नेतृत्व युवाले गर्न आवश्यक रहेको वरिष्ठ नेता बालेन शाहको थियो ।
रावल देशकै उत्कृष्ट मौरीपालक
बाजुराको हिमाली गाउँपालिका–६, पाँडीका ८१ वर्षीय नरजित रावल देशकै उत्कृष्ट मौरीपालकका रूपमा सम्मानित हुनुभएको छ । किशोरावस्थादेखि गाउँमा मौरीपालन गर्दै आउनुभएका रावललाई गोदावरी कालिज फार्म तथा मौरीपालन स्रोत केन्द्र ललितपुरले मौरीको घारसहित सम्मानित गरेको हो ।
निर्वाचन आचारसंहिता पालना गर्न सर्वदलिय सहमति
बर्दियामा निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न र गराउनका लागि राजनीतिक दल लगायत सम्पूर्ण पक्षले प्रतिवद्धता जनाएका छन् ।
शुक्लाफाँटामा बढे जलपन्छी
सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका सिमसारसहित पुुरैनी तालमा जलपन्छी बढेका छन् । यसवर्ष गणना गर्दा गत वर्षको तुलनामा जलपन्छी बढेको पाइएको हो ।
चुनावी अभियानमा कैलाली पुगेका बालेन्द्र शाह भेटघाटमा व्यस्त
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह चुनावी अभियानमा कैलाली पुग्नुभएको छ । बर्दियाको राजापुरबाट कैलाली पुगेका उहाँले उम्मेदवार भेटघाटका क्रममा क्षेत्रको समस्याका बारेमा चासो देखाउनुभएको छ ।
कञ्चनपुर क्षेत्र–१ मा रोकिएका योजना अगाडि बढाउँछु : नेता तामाङ
कञ्चनपुर निर्वाचन क्षेत्र १ मा नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका तारालामा तामाङले यहाँका रोकिएका योजना अगाडि बढाइने बताउनुभएको छ ।
सुदूरपश्चिमको थारू साहित्य र स्रष्टा
श सङ्घीय संरचनामा गइरहेका बेला भाषिक, सांस्कृतिक रूपले हामीलाई नटुक्य्राइयोस् भनेर थारू अगुवा थरुहट प्रदेशका लागि जुर्मुराएका थिए । यसमा थारू स्रष्टाले पनि आवाज बुुलन्द गरेका थिए ।
प्रहरीका नाममा सुसाइड नोट लेख्दै महिलाले गरिन् आत्महत्या
जिल्ला प्रहरी कार्यालय डडेलधुरापरिसरसँगै जोडिएको घरमा एक महिलाले झुन्डिर आत्महत्या गरेकी छन् । भागेश्वर गाउँपालिका–३ घर भई हाल जिल्ला सदरमुकाममा बसोबास गर्दै आएकी सरिता गिरीले त्यहाँको प्रहरी कार्यालयमा सवारीचालकका रूपमा कार्यरत प्रहरी जवान यज्ञ साउदका नाममा सामाजिक सञ्जालमा सुसाइड नोट लेख्दै आत्महत्या गर्नुभएको हो । त्यसरी पत्र लेखेर आत्महत्या गरेपछि प्रहरीले सवारीचालक प्रहरीलाई पक्राउ गरेको छ ।
कैलाली–५ मा वडा–वडामा कांग्रेसको सम्पर्क कार्यालय
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा नेपाली कांग्रेसका नेता नरनारायण शाह (मनु) ले वडा तहमा सम्पर्क कार्यालय स्थापना गर्नुभएको छ ।
धाराको नाम नै छाउपडी धारा
बाजुराको बुढीगङ्गा नगरपालिका–१०, रोलमा महिलाले महिनावारी भएका बेला नुहाउने धाराको नाम नै छाउपडी धारा राखिएको छ । यो धारामा बदेडागाउँका करिब दुई सय घरपरिवारका महिला महिनावारी भएको समयमा नुहाउने तथा कपडा धुने गर्छन् । महिनावारी भएका बेलामा महिलाले यसमा नुहाउने गरेकाले यो धाराको नाम छाउपडी धारा राखिएको हो ।