मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
कञ्चनपुरमा विपरीत दिशातर्फ गइरहेका दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ, भने दुई जना घाइते हुनुभएको छ ।
खानी सञ्चालनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
विस्तृत अध्ययन सम्पन्न भएर निजी क्षेत्रले उत्खननको लाइसेन्स प्राप्त गरे पनि खानी सञ्चालन हुन नसकेको भन्दै बैतडीका नागरिक अगुवाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
मोहना नदीमा जलपक्षी (फोटो फिचर)
कैलालीको मोहना नदीमा जलपक्षीको चहलपहल अझै कायम रहेको छ । हिउँदे आगन्तुक जलपक्षी उत्तरी ध्रुवतर्फ फर्के पनि यहाँ सङ्कटापन्न नकटासहित विभिन्न प्रजातिका चराको चहलपहल देखिएको हो ।
१५ दिनभित्र अतिक्रमित क्षेत्र हटाउन वन कार्यालयको आग्रह
बैतडी जिल्लामा वन क्षेत्र अतिक्रमणको समस्या गम्भीर बन्दै गएको छ ।
अतिक्रमण हटाउने योजना तयार पार्न प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक अतिक्रमण हटाउने योजना तयार पार्न यहाँका स्थानीय तह तथा सरकारी कार्यालयलाई आग्रह गरेको छ । शनिबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले यहाँका नौ वटै पालिका र सरकारी कार्यालयलाई पत्राचार गर्दै सार्वजनिक जग्गाको पहिचान गरेर यथार्थ विवरण सङ्कलनका साथै अतिक्रमण हटाउने योजना तयार पार्न आग्रह गरेको हो ।
छैन पोसिलो खाना वडैपिच्छे कडा कुपोषण
पोसिलो खाना नपाएर बैतडीका वडैपिच्छे कडा कुपोषित बालबालिका भेटिन थालेका छन् । वैशाख १५ गतेयता (पाँच दिनमै) बैतडीमा १५२ जना कुपोषित बालबालिका भेटिएका छन् । यीमध्ये १९ जना कडा कुपोषित बालबालिकालाई उपचारको दायरामा ल्याइएको छ ।
अनुदानको पर्खाइमा मौरी मुडेघार
बाजुराको हिमाली गाउँपालिका–६, पाडीका मौरीका मुडेघार अनुदानको पर्खाइमा रहेको छ । पाडीका किसानले परम्परागत रूपमा बनाएका ती मौरीका मुडेघार अहिले रुप फेर्ने पर्खाइमा रहेका छन् ।
कोटेसनमार्फत कार्यक्रम कार्यान्वयन नगर्न मुख्यमन्त्री शाहको निर्देशन
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कोटेसनमार्फत कुनै पनि कार्यक्रम कार्यान्वयन नगर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ।
सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’
यहाँको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको रूपमा स्थापित भएको छ ।
‘साना योजना र उपभोक्ता समितिलाई बिदा’
सुदूरपश्चिम प्रदेश सरकारले विकास निर्माणको पुरानो ढर्रामा ब्रेक लगाएको छ । प्रदेश सरकारले अब २५ लाख रुपियाँभन्दा कम लागतका योजनामा बजेट नदिने र विकास निर्माणका कुनै पनि काम उपभोक्ता समितिमार्फत नगराउने कडा नीति अघि सारेको छ ।
‘शिक्षामा लगानीसँगै रोजगारी सिर्जना गर्नु पर्छ’
सुदूरपश्चिमको शैक्षिक विकासमा प्रदेश सरकारले लगानीसँगै रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले बताउनुभयो । कैलालीको बर्दगोरिया गाउँपालिका–१ मा रहेको बर्दगोरिया क्याम्पसको शैक्षिक तथा प्रशासनिक भवनको शिलान्यास गर्दै उहाँले शिक्षामा लगानी गरे पनि बेरोजगारीका कारण युवा विदेश पलायन हुने क्रम नरोकिएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
कृषि मन्त्रीसँग कृषकका समस्या समाधान गर्न माग
धनगढी नगर भलमन्सा समितिले कृषकले झेलिरहेका समस्या समाधान गर्न कृषि तथा पशुपन्छी विकास एवम् वन तथा वातावरण मन्त्री गीता चौधरीसँग माग गरेको छ ।
मन्त्री चौधरीद्वारा निकुञ्जको अनुगमन
कृषि तथा पशुपक्षी विकास एवं वन तथा वातावरणमन्त्री गीता चौधरीले आज शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अनुगमन गर्नुभएको छ ।
इलाका प्रशासन कार्यालय स्थापना ठुलो सफलता : प्रदेश प्रमुख मियाँ
जनताका आवश्यकताका कार्यालय सेवाग्राहीलाई नजिकैबाट सेवा प्रदान गर्ने गरी स्थापना हुनु ठुलो सफलता भएको सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले बताउनुभएको छ ।
लोप हुँदै बाजुराको लेउ फेर्या
बाजुराको लेउ फेर्या बुन्ने प्रचलन विस्तारै लोप हुँदै गएको छ । यहाँका हिमाली क्षेत्रका स्थानीयले पहिला भेडाबाख्रा पाल्ने र त्यसैको रौंबाट ऊन बनाउने गर्थे ।
प्रशिक्षार्थी सशस्त्र प्रहरी जवानको मृत्यु
कैलालीमा तालिमरत प्रशिक्षार्थी सशस्त्र प्रहरी जवानको मृृत्यु भएको छ । छाती र टाउको दुखेर बेहोस हुनुभएका दार्चुलाको नौगाड गाउँपालिका–१ का महेश महताको उपचारको क्रममा ज्यान गएको हो ।
घरको छतबाट खसेर मजदुरको मृत्यु
बैतडीको शिवथान गाउँपालिका–६, सुल्लेखानमा घरको छतबाट खसेर एक मजदुरको ज्यान गएको छ । बर्दिया जिल्ला बाँसगढी नगरपालिका–४ स्थायी घर भएका ६५ वर्षीय जगतराम थारुको मृत्यु भएको हो ।
चट्याङ लागेर ढुङ्गा खस्दा एक जनाको मृत्यु
बाजुरामा चट्याङ लागेर ढुङ्गा खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–३ का ७३ वर्षीय नैन बुढा रहेका छन् ।
कैलालीमा चार घण्टादेखि निरन्तर वर्षा
कैलालीसहित सुदूरपश्चिम प्रदेशको विभिन्न ठाउँमा आज विहानैदेखि निरन्तर वर्षा भइरहेको छ । हावाहुरीसहित वर्षा भइरहेको हो । विहान ५ बजेदेखि अहिलेसम्म वर्षा जारी रहेको छ ।
बाजुरामा परम्परागत ‘लेउ फेर्या’ बुन्ने सीप लोप हुँदै
बाजुरामा परम्परागत रूपमा प्रचलित ‘लेउ फेर्या’ बुन्ने सीप विस्तारै लोप हुँदै गएको छ । यहाँका हिमाली क्षेत्रका स्थानीयले पहिले भेडाबाख्रा पाल्ने र त्यसको ऊनबाट चिसो मौसममा प्रयोग हुने लेउ फेर्या बुन्ने गर्थे ।
दशकदेखि अलपत्र कृषि सडक, किसानलाई सास्ती
डडेल्धुराको सदरमुकाम अमरगढी नगरपालिका–१ मालम गाउँलाई स्याउले चोकसँग जोड्ने कृषि सडक निर्माण योजना दशकदेखि अलपत्र अवस्थामा रहेको छ ।
आरक्षपीडितद्वारा मन्त्री चौधरीलाई ज्ञापन
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित पारिएका आरक्षपीडितले विभिन्न मागसहित कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीलाई ज्ञापनपत्र बुझाएका छन् ।
दस शय्याको अस्पताल सञ्चालनमा
जिल्लाको दुर्गम मानिने गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सकसहित १० शय्याको आधारभूत अस्पताल औपचारिक रूपमा सञ्चालनमा आएको छ । गाउँपालिकाको मुकाम वडा नम्बर २ बडालनजिकै देव खेतमा निर्माण गरिएको अस्पताल सञ्चालनमा ल्याइएको हो । गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीले उद्घाटन गरेको अस्पतालमा स्थानीयले गाउँमै सहज स्वास्थ्य सेवा पाउने छन् ।
सुकुमवासीलाई कोरिडोरछेउको जग्गा दिने तयारी
पञ्चेश्वरका सुकुमवासीलाई महाकाली कोरिडोरछेउको जग्गा दिने तयारी भएको छ । पञ्चेश्वर गाउँपालिका र भूमि समस्या समाधान अयोगको जिल्ला कार्यालयले प्राविधिकमार्फत नापजाँचको काम सकेर हकदाबीसम्बन्धी सात दिने सूचना प्रकाशित गरेको छ ।