डिजिटल युगमा हुलाक
हुलाकसेवा भनेको चिठीपत्र, पार्सल, आदि लिने, ल्याउने र लैजाने व्यवस्था हो । हाम्रो मुलुकमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको हुलाकसेवा विभागले सुविधा प्रदान गर्दै आएको छ । हरेक जिल्लामा यसका शाखा कार्यालयसमेत छन् । विसं २०८३ आइसक्दा पनि हुलाक ऐन, २०१९; हुलाक नियमावली, २०२०; अतिरिक्त हुलाक नियमावली, २०३४ मात्र बाट हुलाकसेवा चलिरहेको छ । पाँच दशकभन्दा पुराना का
विद्युतगृहसँग जोडिएको गोरखापत्र
नेपालको आधुनिक विकास यात्रामा विद्युत् उत्पादन र सञ्चार क्षेत्रको विकासले विशेष महत्व राख्छ । विशेष गरी नेपालमा पहिलो पटक विद्युत् उत्पादन सुरु भएको चन्द्रज्योति विद्युत गृह र देशको पहिलो पत्रिका गोरखापत्रले नेपाली समाजलाई आधुनिक युगतर्फ अग्रसर गराउन महत्वपूर्ण भूमिका खेलेका छन् । चन्द्रज्योति विद्युत्गृहको शुभारम्भ र गोरखापत्रको शुभारम्भ, विकास र विस्तारलाई एक ऐतिहासिक धरोहरका रूपमा लिन सकिन्छ ।
उपभोक्ताको भरोसा
नेपालको संविधान २०७२ को धारा ४४ मा उपभोक्ता हितलाई मौलिक हकका रूपमा सुनिश्चित गरिएको छ । यद्यपि व्यवहारमा बजार संयन्त्र अझै पनि कार्टेलिङ, एकाधिकार, मिसावट र कृत्रिम अभाव जस्ता समस्याबाट मुक्त हुन सकेको छैन । आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम तर्जुमा भइरहँदा आपूर्ति व्यवस्थालाई सहज, सरल र उपभोक्तामैत्री बनाउन राज्यले परम्परागत शैलीभन्दा माथि उठेर संरचनागत सुधार गर्नु आवश्यक छ ।
गोरखापत्रका ऐतिहासिक ती दिन
नेपालको जेठो अखबार गोरखापत्र १२६ वर्षमा पाइला टेकेको छ । यो खुसियालीमा हामी सबै गौरवान्वित भएका छौँ । धेरै दुःख कष्ट झेलेर आधुनिक प्रविधिको युगमा यो अखबार प्रकाशन भइरहेको छ । हप्ताको एक पटक प्रकाशित हुने यो अखबार अहिले अनलाइन दुनियाँमा छिन छिनमै विश्वभर समाचार पु¥याउने माध्यम बनेको छ । पहिले पहिले सिसाको एक/एक अक्षर केलाएर स्टिकमा राखी शब्द शब्द बनाई कम्पोज गरी वाक्य बनाइन्थ्यो । प्रत्येक १०–१२ लाइनमा कम्पोजलाई दुई हातले राम्ररी च्यापेर ग्यालीमा राखी समाचारको महìव अनुसार हेडलाइन राखिन्थ्यो ।
सिपमूलक शिक्षाको प्रभाव
विद्वान् इस्याक आसिमोभका भन्छन्, “विद्यालयको काम भनेको स्वशिक्षालाई सजिलो बनाउने हो, त्यसो गर्न नसके शिक्षाले केही गर्दैन ।” व्यक्तिमा अन्तर्निहित सम्भावना उजागर गर्न नसके शिक्षाको नैसर्गिक उद्देश्य पूरा हुँदैन । विकासयात्रा सुरु गर्दा सिङ्गापुरका नेता ली क्वान युले ‘थोरै सिकाउने, धेरै गर्न जान्ने बनाउने’ रणनीति लिएका थिए । उनलाई थाहा थियो, मानव पुँजी निर्माणपछि अन्य सम्भावना नभएको आफ्नो मुलुकले
सरकारका कार्यभार
नयाँ सरकार गठन भएको डेढ महिना पुग्दै छ । सरकारले सुशासनका दिशामा ल्याएका कार्यक्रम प्रशंसनीय छन् । विगतका सरकारले पनि सुशासनका नारा नलगाएका होइनन् तर तदनुसार काम गर्न सकेनन् । तिनले जे जस्ता गल्ती गरे, अब त्यो गल्ती गर्ने छुट नयाँ सरकारलाई छैन ।
स्वायत्त आयोगबाटै सुसूचित
राष्ट्रिय सूचना आयोग आफ्नो स्थापनाको १८ वर्ष पार गरेर वयस्क भएको छ । नेपालको गणतन्त्रसहितको लोकतन्त्र पनि १८ वर्ष पूरा हुँदै छ । सूचनाको हक र लोकतन्त्र एकअर्काका पर्याय हुन् भन्नु अत्युक्ति हुँदैन । लोकतन्त्रले परिकल्पना गर्ने विधिको शासन, पारदर्शिता, सुशासन र जवाफदेहिताको सुनिश्चित सूचनाको नियमित र सही प्रवाहले मात्र गर्न सकिन्छ । सूचना प्रविधिको यो युगमा सूचनालाई जति सहज र स्वाभाविक रूपमा प्रवाह गर्न सक्यो त्यति नागरिकको लोकतन्त्रप्रतिको विश्वास अझ बढ्छ । सूचना लुकाएर सक्षम र सफल बनिने होइन, सूचनालाई नागरिकमा प्रवाह गरेर उनीहरूलाई सुदृढ, सफल र सक्षम बनाउन सकिन्छ ।
परिवर्तनप्रतिको सङ्कल्प
बर्सौंदेखि शासन चलाउँदै आएका पुराना राजनीतिक दलप्रति जनतामा बढ्दो असन्तुष्टि र निराशाले अन्ततः एउटा नयाँ विकल्पको खोजी ग¥यो । यही परिवेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति जनताको आकर्षण र विश्वास अभूतपूर्व रूपमा चुलियो । यो विश्वास आकस्मिक होइन, बरु बर्सौंदेखि थुप्रिएका समस्या, अधुरा आश्वासन र कमजोर कार्यान्वयन क्षमताको परिणाम हो । नेपालको समकालीन राजनीतिमा देखिएको यो सबैभन्दा महत्वपूर्ण परिवर्तन हो । जनताको मनोविज्ञानमा आएको बदलाव पनि हो ।
संस्थान सुधारको दिशा
सरकारी अड्डा वा सार्वजनिक जमघटमा पुग्दा गोरखापत्र संस्थानमाथि सोधिने दुई प्रमुख प्रश्न छन्– बर्सौंदेखि ५० करोड हाराहारी बक्यौता हुँदा पनि किन नउठाएको ? अनि चार वर्षदेखि लेखापरीक्षण किन नगरेको ? एक महिना कार्यकारी भूमिकासहित करिब चार महिना अध्यक्ष बन्दा यी प्रश्नले मलाई ठुँङिरहे । १० वर्षभन्दा लामो समयदेखि उठाउन बाँकी (बक्यौता) रकम संस्थानका लागि ठुलो चुनौती बनेको छ । अध्यक्षका रूपमा गत पुस ३० गते हाजिर भएलगत्तै सञ्चालक समितिको अभिभारामा २०७९/८० को लेखा परीक्षणको प्रारम्भिक प्रतिवेदन माथि लेखा परीक्षकका प्रश्न आइपुगे । संस्थानका असामीमा कतिपय खारेज भइस
युवा रोजगारीका आयाम
देशमा सबैभन्दा ठुलो र जटिल समस्या बेरोजगारी नै रहेको छ । यताका दशकमा देशको अर्थतन्त्र रोजगारी विस्तार गर्ने गरी विकास हुन सकेन । बर्सेनि पाँच लाखभन्दा बढी युवा जनशक्ति नेपाली श्रमबजारमा प्रवेश गर्ने भए पनि त्यसको सीमित अंश पनि रोजगारी सिर्जना हुन सकेन । बरु कतिपय अर्धरोजगारीसमेत धानेको कृषि क्षेत्रबाट श्रमशक्ति पलायन तीव्र हुँदै गयो । गाउँघरबाट कृषि श्रमशक्ति विस्थापन हुन थाल्यो । मलिला र उर्वर खेतबारी बन्जर हुँदै गए । कृषिउपज आयातमा बढी निर्भर हुन थाल्यो । औद्योगिक उत्पादन कमी हुँदै गयो । कहिले ऊर्जा, कहिले श्रम विवाद त कहिले गलत नीतिका कारण औद्यो
समावेशी समाज निर्माण
विश्वव्यापीकरणले आज मानव सभ्यतालाई नयाँ युगमा प्रवेश गराएको छ । कुनै समय सीमित भूगोल, सीमित अवसर र सीमित पहुँचमा बाँधिएको जीवन आज विस्तार हुँदै ‘विश्वग्राम’ को रूपमा विकसित भइसकेको छ । वस्तु, सेवा, पुँजी र प्रविधिको निर्बाध प्रवाहले राष्ट्रबिचका सीमालाई कमजोर बनाइदिएको छ । नेपालमै बसेर विश्वका जुनसुकै वस्तु तथा सेवा उपभोग गर्न सकिन्छ । क्षमता, सिप र अवसर हुने व्यक्तिले त झन् विश्वका जुनसुकै कुनामा गएर आफ्नो जीवन निर्माण गर्न सक्छ ।
नागरिकको डिजिटल अभिलेख
विकासोन्मुख देशमा राजनीतिक अस्थिरता, फरक फरक दृष्टिकोण र सूचनाको अभावले सरकारका धेरै योजना अलपत्र पर्छन् । अहिलेको सुकुमवासी समस्या यसको ज्वलन्त उदाहरण हो । एकातिर साँच्चै गरिब र भूमिहीन छन् भने अर्कातिर केही व्यक्ति सजिलै कमाइ हुने ठानेर जग्गा कब्जा अभियानमा लागेका छन् । जनताको ध्यान व्यापार, व्यवसाय र उत्पादनमुखी गतिविधिभन्दा अनैतिक आयस्रोततर्फ मोडिँदै जाँदा यसले देशको समग्र आर्थिक उन्नतिमा नकारात्मक प्रभाव पारिरहेको छ । सरकारसँग जनताको आर्थिक अवस्थाको पूर्ण जानकारीसमेत उपलब्ध नरहेको अवस्था छ । यस्तो बेथितिबिच यो लेखमार्फत सरकारलाई विका
शिक्षा रूपान्तरणको मार्ग
सुधार र रूपान्तरणको आशामा बसेको नेपालको शैक्षिक क्षेत्र धेरै समयदेखि सङ्क्रमणकालबाट गुज्रँदै आएको छ । यो सङ्क्रमणकाल पछिल्ला वर्षमा अझ बढी संवेदनशील र चुनौतीपूर्ण बनेको देखिन्छ । प्रस्तुत सन्दर्भमा नयाँ सरकारले कार्यभार समालेको भर्खर एक महिना मात्र भएको छ । यस अल्प अवधिमै सरकार वा मन्त्रीको कार्यसम्पादनमाथि पूर्ण टिप्पणी गरिहाल्ने बेला त भइसकेको छैन तर ‘हुने बिरुवाका चिल्ला पात’ भने झैँ प्रारम्भिक कदमले भविष्यको सकारात्मक सङ्केत गर्छ तर व्यवहारमा त्यो अनुभव हुन पाएनभन्दा अन्यथा हुँदैन । यस अवधिमा भएका केही निर्णय स्पष्ट रूपमा प्रश्नको घेरामा परेका छन् ।
संविधान संशोधनका मुद्दा
नेपालको संविधान २०७२ को धारा २७४ अनुसार संविधान संशोधनको बहस सुरु भएको छ । यसअघि संविधान संशोधनका लागि धेरै पटक आवाज उठे पनि यो काम सुरु हुन सकेको थिएन । केपी शर्मा ओली नेतृत्वको नेपाली कांग्रेससमेतको संयुक्त सरकारले संविधान संशोधन गर्ने भनेर सरकार बनाए पनि यो काम सुरु नै गरेनन् । यस अवस्थामा गत भदौमा जेनजी विद्रोह भयो । वालेन्द्र शाह नेतृत्वको सरकारले भने निर्वाचन
सुरक्षित डिजिटल वित्तीय प्रणाली
आर्थिक कारोबार, भुक्तानी, बचत, ऋण, बिमा, लगानी र अन्य वित्तीय सेवालाई प्रविधि र विद्युतीय माध्यममार्फत सञ्चालन गर्ने संरचना नै डिजिटल वित्तीय प्रणाली हो । यसले परम्परागत नगदमा आधारित बैङ्किङ प्रणालीको सट्टा मोबाइल, इन्टरनेट, एप्लिकेसन र अन्य डिजिटल प्लेटफर्ममार्फत वित्तीय पहुँच, भुक्तानी, लगानी र बचतलाई सजिलो, छिटो र सुरक्षित बनाउँछ । यसले नागरिक, व्यवसायी र सरकारी निकायलाई पारदर्शी, अनुगमनयोग्य र प्रभावकारी वित्तीय व्यवहारमा जोड्ने कार्य गर्छ । यस प्रणालीको मूल उद्देश्य वित्तीय पहुँच विस्तार गर्नु, वित्तीय कारोबार छिटो र सुरक्षित बनाउनु, पारदर्शिता सुनिश्चित गर्नु, उद्यमशीलता प्रव
डिजिटल युगमा प्रेस स्वतन्त्रता
आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घीय महासभाले ‘विन्डहोक घोषणा’ को सम्झनामा प्रत्येक वर्ष यो दिवस मनाउने निर्णय गरेको हो । सन् १९९१ मे ३ तारिखमा अफ्रिकी अखबारका सम्पादकले मिडिया बहुलवाद र प्रेस स्वतन्त्रताको वकालत गर्दै विन्डहोक घोषणा जारी गरेका थिए । यसले मानव अधिकारको विश्वव्यापी घोषणा १९४८ को धारा १९ मा व्यवस्था गरिएको अभिव्यक्ति स्वतन्त्रताको अक्षुण्णता, प्रेस स्वतन्त्रताको रक्षार्थ राज्यको भूमिका र पत्रकारको सुरक्षालगायतका विषयलाई समेट्दै विश्वव्यापी रूपमा प्रेस स्वतन्त्रताको महत्व स्थापित ग¥यो ।
जातव्यवस्थाविरुद्ध बुद्ध
झन्डै पाँच हजार वर्षअघि ऋग्वेदको पुरुषसूक्तमा वर्णव्यवस्थाको उल्लेख पहिलो पल्ट भएको हो । ऋग्वेदको १० औँ मण्डलको ९० औँ सूक्तमा पुरुषसूक्तको वर्णन छ । त्यसको एक स्तुति अनुसार आदिपुरु
प्रविधि स्मार्ट, स्मृति सुस्त !
मानव सभ्यताको विकासक्रमलाई नियाल्दै जाँदा ढुङ्गेयुगदेखि आजको कृत्रिम बुद्धिको युगसम्म आइपुग्दा मानिसले शारीरिक र मानसिक दायरालाई विस्तार गर्न प्रकृतिप्रदत्त एवं मानवनिर्मित औजार/उपकरण
विकासको नयाँ मापदण्ड
परम्परागत रूपमा विकासको मापन भौतिक पूर्वाधार, औद्योगिकीकरण र कुल गार्हस्थ उत्पादन (जिडिपी) वृद्धिका आधारमा गरिँदै आएको छ तर पछिल्लो समय विश्वका धेरै मुलुकले केवल आर्थिक वृद्धिले मा
विद्युतीय सवारीका चुनौती
विश्वको प्राकृतिक वातावरण अकल्पनीय ढङ्गले परिवर्तन भइरहेको छ । हिउँद होस् या वर्षा, ऋतु चव्रmको नियमितताभन्दा निकै फरक अवस्थाको सामना मानव समाजले गरिरहेको छ । जलवायु परिवर्तन
सुकुमवासी ‘स्वाभिमान’
नेपालमा सुकुमवासी समस्या कुनै नयाँ वा नौलो समस्या होइन, न यो कुनै स्थानीयस्तरको वा कुनै ठाउँविशेषको मात्रै समस्या हो । यो सदिऔँदेखि थाती रहेको एउटा राष्ट्रव्यापी समस्या हो । राज्यले बेलैमा स
असल औद्योगिक सम्बन्ध
आज मे १ तारिख अर्थात् १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस । यस दिन नेपालसहित विश्वभर विभिन्न कार्यव्रmम गरी यो दिवस मनाइँदै छ । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामको माग गर्दै
बौद्ध धर्मका सम्प्रदाय
बौद्ध धर्म भन्नेबित्तिकै सिद्धार्थ गौतमको नाम लिइन्छ तर बौद्ध धर्मका अनुयायी वा बौद्ध शिक्षाका जानकारले भने गौतम बुद्ध अघि र पछिका बुद्धबारे पनि चर्चा गरेको पाइन्छ । सत्ययुग, त्रेतायुग, द्वापरयुग
व्यवहारमा बौद्ध शिक्षा
नेपालमा सुशासन कायम गर्न कानुनी र नीतिगत सुधारमा सीमित नभई मानिसको नैतिक आचरण र दृष्टिकोणको बहसलाई प्राथमिकता दिनु पर्छ । यस सन्दर्भमा बुद्धले प्रस्तुत गरेका आठ मार्गलाई मानवको