आत्मसमीक्षा गर्ने अवसर
निर्वाचन लोकतन्त्रको विशेष पर्व र नागरिकले एकसाथ मनाउने उत्सव हो ।
कांग्रेसको आगामी कार्यभार
फागुन २१ को निर्वाचनमा नेपाली कांग्रेस जस्तो पुरानो लोकतान्त्रिक अनि एमाले र माओवादी जस्ता कम्युनिस्ट पार्टीहरूको कमजोर अवस्थाका बिच राष्ट्रिय स्वतन्त्र पार्टीले सोचेभन्दा बढी सफलता हात पारेको छ ।
मुटु बचाउन नियमित व्यायाम गर्नु पर्छ
पछिल्लो समय नेपालमा मुटुरोग बढ्दो छ । मुटुरोग नसर्ने रोग हो । नेपालमा हृदयाघात भएर मानिसको मृत्यु भइरहेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा गरेको अनुसन्धानले नेपालमा कुल जनसङ्ख्याको ३० प्रतिशतलाई कुनै न कुनै किसिमको
संविधान संशोधनमा सतर्कता
निर्वाचनबाट प्रतिनिधि सभामा युवा र नयाँ अनुहार स्वतन्त्र विचार र जनआवाज बोकेर आइसकेका छन् । एउटै दललाई ७५ प्रतिशत नजिकको जनमत प्राप्त भइसकेको छ । नेपालको संविधान बनेको १० वर्षमा पहिलो पटक संविधानको धारा ७६(१) बमोजिम सरकार बन्दै छ । जनता यो सरकार पूर्ण अवधि निर्बाध रूपमा चल्छ भन्ने आशामा छन् । वर्तमान नेपाल सरकारले निर्वाचन सम्पन्न गरेका
विवेकशील उपभोक्ताको अधिकार
कुनै पनि देशका नागरिकको खुसी र प्रगतिका लागि आवश्यक साधन हो, सफल र प्रभावकारी प्रशासन । – उमेश मैनाली, पूर्वअध्यक्ष लोक सेवा आयोग
पुँजीगत खर्च नहुँदाका समस्या
वार्षिक बजेटमा व्यवस्था गरिएको पुँजीगत खर्च आर्थिक विकासको प्रमुख आधार हो । नेपाल जस्तो विकासोन्मुख देशमा भौतिक पूर्वाधारको कमी हुने भएकाले आर्थिक प्रगति कठिन हुने गरेको छ । पुँ
कसरी खर्च भइरहेछ समय
समयलाई परिभाषित गर्न त्यति सजिलो छैन किनकि यो महसुस गर्ने विषय हो । भौतिक शास्त्रमा यो एउटा आयाम हो । न्युटनका अनुसार समय एब्सोलुट हुन्छ र सबै स्थानमा एकनाससँग प्रवाहित हुन्छ । आइन्स्टाइनले समय सापेक्षित भएकाले गति र गुरुत्व बलमा निर्भर हुन्छ भनेका छन् । स्टेफेन हकिन्सनका अनुसार स्पेस जस्तै समय पनि एउटा डाइमेन्सन हो, जहाँ घटनाहरूलाई क्रमबद्ध गरिन्छ ।
युवा रोजगारीको मार्गचित्र
मुलुक अहिले सामाजिक, आर्थिक, राजनीतिक र प्रविधिको परिवर्तनको दौरानमा छ । आर्थिक विविधीकरण, प्रविधिको विस्तार र सामाजिक संरचनामा आएको परिवर्तनले आन्तरिक श्रम बजारलाई प्रत्यक्ष असर पारेको छ । युवा लक्षित रोजगारीका अवसर, रोजगारीको किसिम, सिपको आवश्यकता र वैदेशिक रोजगारीको प्रवृत्तिमा गहिरो प्रभाव पारेको छ ।
बुनेको सपनामा अल्झिएको प्रगति
नेपालको राजनीतिक इतिहास परिवर्तनको एउटा अविरल यात्रा हो, जहाँ बुनेका सपना र उनेका प्रयासले कहिल्यै नमेटिने गाथा लेखिएका छन् । विगत दुई शताब्दीको यात्रामा हामीले राणा शासनको उत्पीडनदेखि बहुदलीय प्रजातन्त्रको स्थापना, राजतन्त्रको पतन र गणतन्त्रको आगमनसम्मका ऐतिहासिक क्षणहरू देखेका छौँ तर यति ठुला परिवर्तनका बाबजुद पनि प्रगति किन अल्झिएको छ ? जनता
सुरुवाती दिनमा पर्यटक आगमन
नेपालको विकासमा छुटाउनै नसकिने एउटा क्षेत्र हो– पर्यटन । हिमाल, पहाड र तराईको भूबनोट, विश्वमै अग्लो हिमचुचुरो सगरमाथासहितका हिमशृङ्खला र तालतलैयाले नेपालको प्रकृतिक सौन्दर्य बढाएको छ । यो सौन्दर्यले विश्वका पर्यटकलाई आकर्षित गरिरहेको छ । यसै गरी विभिन्न भाषाभाषी, जातजति, वेशभूषाले पनि पर्यटकलाई लोभ्याइरहेको छ । यहाँका धा
परिणाममुखी व्यवस्थापनको आशा
नेपालको राजनीतिमा हरेक १० वर्षमा एउटा आँधीबेहरी र परिवर्तन आउँछ भन्ने एउटा भाष्य छ । हुन पनि २००७ सालयता अहिलेसम्म लगभग त्यस्तै हुने गरेको छ । यसको पछिल्लो उदाहरण हो, २०७२ सालमा गणतन्त्रात्मक संविधान जारी भएपछि २०८२ को युवा आन्दोलन र त्यसको आडमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमार्फत देखा परेको नयाँ परिस्थिति ।
पञ्चशील नै अबको बाटो
मध्यपूर्वमा फैलिँदै गएको युद्धले विश्व राजनीतिमा फेरि एक पटक गम्भीर प्रश्न उब्जिएको छ । आजको विश्व शक्ति सन्तुलन अब एकध्रुवीय संरचनामा सीमित छैन भन्ने सङ्केत अमेरिका–इजरायलको संयुक्त सैन्य अभियान, इरानको प्रतिरोध र त्यस वरिपरि रुस तथा चीनको कूटनीतिक सन्देशले स्पष्ट दिएको छ । यस सन्दर्भमा डोनाल्ड ट्रम्पले युद्ध चाँडै अन्त्य हुन सक्ने सङ्केत दिनु भए
कूटनीतिक सम्बन्धको आयाम
बर्सौंदेखि आफूलाई निर्वाचन क्षेत्रको हकदार सम्झिइरहेका राजनीतिक पार्टीका किल्ला भत्किएका छन् । अपारदर्शिता, भ्रष्टाचार, युवाको बढ्दो पलायन, आर्थिक तरलता जस्ता थुप्रै समस्या र त्यसबाट उत्पन्न वितृष्णाको प्रतिफल राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइ मत पाएको छ । यसले थुपै्र प्रश्न पनि उब्जाएको छ । अब पारदर्शिता र सुशासन कायम होला ? युवा पलायन रोक्न देशभित्रै रोजगारीका
शिक्षामा रूपान्तरण
राष्ट्रको विकास र समृद्धिको आधार नै शिक्षा क्षेत्र हो । शिक्षा क्षेत्रमा लिइने नीतिगत आधार र सुधारले समग्र समाज र सिङ्गो राष्ट्रको अर्थतन्त्रलाई प्रभाव पार्छ । फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अभूतपूर्व जनसमर्थन प्राप्त भएको छ ।
इरान किन चर्चामा छ...
पश्चिम एसिया यतिखेर अशान्त छ । यसको प्रत्यक्ष असर एसिया महादेशको बाँकी भागमा पर्ने नै भयो, परोक्ष प्रभाव सिंगो विश्वले बेहोरिरहेको छ । युक्रेनतिरको युद्धले मूलतः युरोपलाई पिरोलेको थियो । दिन प्रतिदिन परिस्थिति जटिल हुँदो छ । पेट्रोलियम पदार्थको उत्पादन र ढुवानी प्रभावित हुँदा आयात गरिएको इन्धनमा भर पर्ने कुन चाहिँ देशको अर्थतन्त्र संकटमुक्त रहन सक्ला र ?
नयाँ युगको प्रारम्भ
परिवर्तनशील नेपालको राजनीतिक आकाशमा यस पटक ‘घण्टी’ केवल एउटा चुनाव चिह्नको रूपमा मात्र बजेन; यो त दशकौँदेखिको राजनीतिक जडता, भ्रष्टाचार र निराशाविरुद्ध को एउटा शक्तिशाली ‘अलार्म’ थियो । सन् २०२६ को यो चुनावी नतिजाले एउटा स्पष्ट सन्देश दिएको छः नेपाली जनता अब आश्वासनको खेती होइन, परिणामको भोकमा छन् । त्यस भोकलाई मेटाउने सङ्कल्पका साथ
सफल ऐतिहासिक निर्वाचन
जेनजी विद्रोहपछिको अन्योलपूर्ण वातावरणमा देशलाई निकास दिने उद्देश्यले गठित सरकारले आफ्नो घोषित अभिभारा पूरा गरेको छ । फागुन २१ मा निर्वाचन सम्पन्न भई सोको परिणाम पनि प्राप्त भइसकेको छ । यसको विवरण निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझाउने प्रक्रिया बाँकी छ । सो विवरण राष्ट्रपतिसमक्ष पुगेपछि उहाँले नयाँ सरकार गठन प्रक्रिया सुरु गर्नु हुने छ ।
जलस्रोत उपयोगको अवस्था
नेपालको जलस्रोतको सबैभन्दा ठुलो सम्भावना जलविद्युत् हो । प्राविधिक रूपमा सम्भाव्य जलविद्युत् क्षमता करिब ४३ हजार मेगावाट रहेको भए पनि हाल उत्पादन चार हजार मेगावाट हाराहारी मात्र रहेको छ । यसले जलस्रोतको उपयोगमा
प्रशासन सुधारको दिशा
मुलुकमा भर्खरै आमनिर्वाचन सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुई तिहाइ सिट जितेको छ । विगतका निर्वाचनमा कुनै पनि राजनीतिक दलले बहुमत हासिल गर्न नसक्दा गठबन्धन गरेर सरकार गठन भएको थियोे । यसरी गठबन्धन गरेर सरकार गठन हुँदा सरकार स्थिर ढङ्गबाट सञ्चालन हुन सकेको थिएन । सरकारमा भइरहेको फेरबदलले सार्वजनिक प्रशासन पनि स्थिर ढङ्गबाट सञ्चालन हुन सके
सार्वजनिक संस्थानमा सुशासन
नेपालको आर्थिक एवं सामाजिक विकासमा सार्वजनिक संस्थानको भूमिका अत्यन्त महìवपूर्ण छ । नेपाल सरकार अर्थ मन्त्रालयले प्रकाशित गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ अनुसार नेपालमा हाल विभिन्न क्षेत्रमा कार्यरत ४५ वटा सार्वजनिक संस्थान छन्, जसले वित्तीय, औद्योगिक, सेवा, व्यापारिक र सामाजिक क्षेत्रमा काम गरिरहेका छन् । यी संस्था
वित्तीय सङ्घीयताका आयाम
विसं २०७२ मा नेपालको संविधान जारी भएसँगै सङ्घीयता कार्यान्वयनमा आएको हो । सङ्घीयताका मुख्य तीन आयाम हुन्छन्, राजनीतिक, प्रशासनिक र वित्तीय । सामान्यतया राजनीतिक सङ्घीयताले पालिकाहरूको भौगोलिक सीमा निर्धारण र निर्वाचित पदाधिकारीलाई बुझाउँछ भने प्रशासनिक सङ्घीयताले कर्मचारीतन्त्रीय व्यवस्थापकीय पक्षलाई जनाउँछ । राजनीतिक सङ्घीयताले नीति तथा योजना तर्जुमा गर्छ भने प्रशासनिक सङ्घीयताले ती योजनालाई कार्यान्वयन गर्ने जिम्मेवारी वहन गर्छ । यसरी कार्य र कार्यसम्पादनको व्यवस्थापनपछि आवश्यक प
लोकतन्त्रमा चुनावी संस्कार
लोकतन्त्र केवल मतदान गर्ने प्रक्रिया मात्र होइन, यो सहिष्णुता, अनुशासन र सभ्य राजनीतिक संस्कारको अभ्यास पनि हो । चुनाव लोकतन्त्रको महत्वपूर्ण उत्सव हो; जहाँ विचार, नीति र नेतृत्वबिच प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धा सकिएपछि परिणामलाई कसरी स्वीकार गरिन्छ भन्ने कुराले लोकतन्त्रको वास्तविक चरित्र प्रकट गर्छ । जितपछि उन्माद देखाउने र हारपछि आव्रmोश पोख्ने प्रवृत्ति लोकतान्त्रिक संस्का
‘सिप अर्थतन्त्र’ को आधार
विश्वव्यापी श्रम बजारमा तीव्र परिवर्तन आइरहेको छ । कृत्रिम बुद्धि (एआई) को उदय, अटोमेसन र प्रविधिको द्रुत विकासले रोजगारीका परम्परागत स्वरूपलाई बदलिदिएको छ । हिजोका कतिपय पेसा आज लोप हुँदै छन् भने भोलिका लागि नितान्त नयाँ सिप र दक्षताको माग भइरहेको छ । यस्तो सङ्व्रmमणकालीन परिवेशमा व्यक्तिलाई उसको रुचि, अन्तर्निहित क्षमता र बजारको माग अनुसा
उत्पादनमुखी नीति
राजनीतिक प्रणाली अनुसार विभिन्न अर्थतन्त्र प्रचलनमा रहे पनि आर्थिक प्रणालीका आधारमा भने मूलतः उपभोगमुखी र उत्पादनमुखी अर्थतन्त्र बढी प्रचलनमा आएका देखिन्छन् । उपभोगमुखी अर्थतन्त्र भन्नाले जनताको अधिकांश आम्दानीको हिस्सा उपभोगमा खर्च गरिन्छ । वस्तु तथा सेवालाई प्राथमिकतामा राखी खर्च गरिने प्रणालीको विकास हुँदा अर्थतन्त्रले गति लिन सक्दैन । जति नै