भ्रष्टाचार नगर्नेे प्रण गरौँ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा आयोग परिवारलाई बधाई तथा शुभकामना दिन चाहन्छु । देशमा भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा क्रियाशील रही सुशासन प्रवर्धनमा खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गर्दछु । आयोगको स्थापना दिवसका अवसरमा पुरस्कृत सञ्चारकर्मी एवं आयोगका कर्मचारीलाई बधाई ज्ञापन गर्दछु ।
जनता जनार्दन हुने दिन
चुनाव जनताको सहभागिताबाट शासन चयन गर्ने विधि हो । यसको जरा प्राचीन सभ्यतासम्म पुग्छ तर आधुनिक अर्थमा चुनाव लोकतन्त्रसँगै विकसित भएको हो । विश्वमा चुनाव लोकतन्त्रको मेरुदण्ड बनेको छ भने नेपालमा यो निरन्तर सङ्घर्ष र परिवर्तनको उपज हो । नेपालका चुनावहरूले जनताको सहभागिता बढाएका छन् । गुणस्तर, नैतिकता र परिणाममुखी राजनीतिका प्रश्न अझै जीवि
निर्वाचनमा व्यवस्थित ठेगाना प्रणाली
देश निर्वाचनको सँघारमा छ । अहिलेको परिस्थितिमा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न मतदाता नामावली अद्यावधिक, मतदाता शिक्षा, मतदान केन्द्र निर्धारण, मतदानसँग सम्बन्धित सामग्री ढुवानी, सुरक्षाकर्मी परिचालन, अनुगमन आदि ज्यादै महत्वपूर्ण हुन्छन् । यसका अतिरिक्त निर्वाचनको समयमा अत्यावश्यक हुन सक्ने आकस्मिक सेवा सुरुवाती चरणदेखि मतगणना सम्पन्न
दिगो विकासको मार्ग
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संरचनाले देशमा सामाजिक समावेशी र विकेन्द्रीकरणको अवसर सिर्जना गरेको छ तर दिगो विकास गर्ने काम अधुरो नै छ । विकास भनेको केवल भौतिक संरचनाको निर्माण मात्र होइन; यो त मानि
चुनावमा महिला उम्मेदवार
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार बनाउन राजनीतिक दलहरूले यस पटक पनि कन्जुस्याइँ गरे । प्रत्यक्षमा महिलाको उम्मेदवारीलाई बेवास्ता गर्दै ११ प्रतिशतमै सीमित गरे । प्रतिनिधि सभामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्ने संवैधानिक प्रावधानको औपचारिकता पूरा गर्न समानुपातिकबाट पूरा गरेका छन् ।
नेपाली राजनीतिको गन्तव्य
गत भदौ २३ र २४ को जेनजी विद्रोहले नेपालका राजनीतिक दलहरू सकारात्मक गन्तव्यतर्फ लम्कन थालेको देखिन्छ । आगामी फागुन २१ गतेको निर्वाचनमा अधिकांश दलले एक्लाएक्लै चुनावमा जाने आँट गरेका छन् । मौसमले साथ दिनु प¥यो । सरकारले शान्तिसुरक्षाको वातावरण मिलाउनु प¥यो । हालसम्म यी सहज वातावरण तयार भइसकेका छन् । निर्वाचनको काम अगाडि बढिरहेको छ ।
मताधिकार प्रयोग
लोकतन्त्रको सबैभन्दा शक्तिशाली पक्ष नागरिकको मताधिकार हो । मताधिकार केवल चुनावी प्रक्रियामा प्रयोग हुने औपचारिक अधिकार मात्र होइन । यो राज्यको नीति, नेतृत्व, प्राथमिकता र भविष्यको दिशा तय गर्ने निर्णायक शक्ति पनि हो तर व्यवहारमा हेर्दा मताधिकारको प्रयोग प्रायः विवेकभन्दा भावनाले, विश्लेषणभन्दा पहिचानले र दूरदृष्टिभन्दा तत्कालीन लाभले निर्देशित भएको देखिन्छ ।
जनविश्वास आर्जन गर्ने अस्त्र
नेपालमा धेरै आमनिर्वाचन सम्पन्न भए । हरेक निर्वाचनअघि राजनीतिक दलहरूले आकर्षक घोषणापत्र सार्वजनिक गरे । ती घोषणापत्र कति कार्यान्वयन भए, कति प्रतिबद्धता पूरा भए भन्ने प्रश्नको उत्तर आज आमरूपमा नकारात्मक छ । घोषणापत्र चुनाव जित्ने साधन बने तर शासन गर्ने मार्गदर्शक बनेनन् । यही कारण जनतामा बिस्तारै निराशा, रोष र आक्रोश थुप्रिँदै गयो । त्यसको स्पष्ट अभिव्यक्ति भदौ २३ र २४ मा पोखियो ।
मतदाताको जिम्मेवारी
मुलुकको समग्र विकासको मुख्य सारथि राजनीतिक नेतृत्व हो तर राजनीतिक नेतृत्वले जनभावना अनुकूल राष्ट्र र जनताको हितमा इमानदारीपूर्वक कार्य गर्न नसक्दा नेतृत्वप्रति आशा, भरोसा र विश्वास कमजोर हुँदै जान्छ ।
घोषणापत्र मतको आधार
सामान्यतया घोषणापत्र अङ्ग्रेजी भाषाको मेनिफेस्टोसँग सम्बद्ध छ । बेलायतमा राजनीतिक पार्टी जनमत लिन जाँदा दलीय आधिकारिक प्रतिबद्धता अनुरूप जाने गरेका थिए । त्यसलाई मेनिफेस्टो भन्न थालियो । मेनिफेस्टो शब्द ल्याटिन भाषाको मेनिफेस्टमबाट सन् १६२० ताका नै आइसकेको थियो तर शब्दको राजनीतिक प्रयोग धेरै पछि मात्र हुन थाल्यो
निर्वाचनले अर्थतन्त्रमा रक्तसञ्चार
आगामी फागुन २१ गते आम निर्वाचन हुँदै छ । निर्वाचनको माहोलसँगै आर्थिक गतिविधि विस्तारका कार्य अघि बढिरहेको छ । निर्वाचन राजनीतिक प्रक्रिया मात्रै होइन । यसले देशको आर्थिक दिशा निर्धारण गर्छ । निर्वाचनमा देशको आर्थिक, सामाजिक तथा राजनीतिक भविष्य गाँसिएको हुन्छ । निर्वाचनकै आधारमा राजस्व नीति, मौद्रिक नीति र समग्र आर्थिक व्यवस्थापन कता जान्छ भनेर अनुमान गर्न सकिन्छ ।
विचार र मर्यादाको सङ्कट
लोकतन्त्रको आत्मा विचार हो । विचार कमजोर हुँदा राजनीति आवाजको प्रतिस्पर्धामा झर्छ र आवाज चर्किंदै जाँदा संवाद हराएर केवल उत्तेजना बाँकी रहन्छ । पछिल्लो समय नेपालको राजनीतिक अभ्यास हेर्दा यही अवस्था प्रस्ट देखिन्छ ।
घोषणापत्रमा समेट्नुपर्ने विषय
यतिबेला राजनीतिक दलहरू फागुन २१ को निर्वाचनका लागि घोषणापत्र लेखनमा व्यस्त छन् । लोकतान्त्रिक शासन प्रणालीमा निर्वाचन सत्ता प्राप्तिको प्रक्रिया मात्र नभई नागरिकले देशको नीति, प्राथमिकता र भविष्यको दिशा तय गर्ने महत्वपूर्ण अवसर हो ।
आन्तरिक उत्पादन बढाउने चुनौती
लामो समयदेखि कमजोर अर्थतन्त्रमा खासै सुधार हुन सकेको छैन । अर्थतन्त्रका केही सूचक सकारात्मक देखिए पनि सधैँ यही अवस्थामा रहन्छन् भन्न पनि सकिँदैन । विप्रेषणबाट राज्यले राम्रो आर्जन गरेको छ ।
राष्ट्रियता सुदृढ पार्ने सङ्कल्प
राष्ट्रियता बलियो नभएका मुलुकमा बेला बेलामा समस्या आइरहन्छन् । प्रतिरोध गर्ने शक्ति नभएको शरीरमै रोग लाग्ने हो । जुनसुकै मुलुक नै किन नहोस् ठुलो हुँदैमा राष्ट्रियता बलियो हुँदैन । राष्ट्रियता सुदृढ छ भने साना राष्ट्र पनि बलिया हुन्छन् । मानिस जतिसुकै ठुलो र सानो भए पनि ज्वरो नाप्ने यन्त्र एउटै हुन्छ । कुनै पनि राष्ट्रको मापन गर्नुअघि त्यस राष्ट्रको इतिहास र संस्कृति मात्रै हेरिँदैन, जनतामा राष्ट्रप्रतिको निष्ठाभाव पनि हेरिन्छ । आफू जन्मे हुर्केको राष्ट्रप्रति निष्ठाको भावना हुनु सच्चा राष्ट्रवाद हो । चुनावले मात्रै राष्ट्रवाद स्थापित हुँदैन, स्वतन्त्र राष्ट्रको पहि
हिन्दु नम्बरको विश्वयात्रा
मानव सभ्यताको इतिहासमा पाङ्ग्रा वा छापाखानाको आविष्कारजत्तिकै महत्त्वपूर्ण अर्को मोड शून्य र दशमलवको विकास हो । यो केवल गणितको विकास मात्र थिएन, यो त मानव मस्तिष्कले अमूर्त सोचलाई मूर्तरूप दिने एउटा ठुलो फड्को थियो । यो यात्रा भारतवर्षको वैदिक ऋचादेखि युरोपको पुनर्जा
वनको उपयोगबाटै समृद्धि
नेपालको औद्योगिक क्षेत्रमा संलग्न रहने निर्माण, खानी, विद्युत्, ग्यास जस्ता क्षेत्रहरूबाट राष्ट्रिय अर्थतन्त्र (कुल गार्हस्थ्य उत्पादन) मा ११–१४ प्रतिशतसम्म योगदान रहेको र ५५ देखि ६० प्रतिशतसम्म सेवा क्षेत्रको यसमा अंश रहेको एक अध्ययनले देखाएको छ । निर्माण क्षेत्र (म्यानुफ्र्याक्चरिङ) मा पनि सन् २०२३/०२४ को अवधिमा करिब पाँच प्रतिशतले गिरावट आएको अर्को अध्ययनले देखाएको
शिक्षक विद्यार्थी सम्बन्ध र सिकाइ
शिक्षक र विद्यार्थीबिचको सम्बन्ध नै शिक्षा प्रणालीको केन्द्र हो । विद्यालयमा आधुनिक पुस्तक, प्रविधि र आकर्षक कक्षा भए पनि शिक्षक विद्यार्थीबिच विश्वास, सम्मान र नैतिकतामा आधारित सम्बन्ध छैन भने शिक्षा प्रभावकारी हुँदैन । वास्तविक सिकाइ जब विद्यार्थीले शिक्षकमा भरोसा गर्छन् र शिक्षकले विद्यार्थीलाई सम्मानपूर्वक बुझ्छन् त्यति बेला मात्र सम्भव हुन्छ ।
अस्तित्व रक्षामा र्याफ्टिङ
विश्वमा र्याफ्टिङको अवस्थाबारे कुरा गर्दा अमेरिका, न्युजिल्यान्ड, क्यानडा, कोस्टारिका, अस्ट्रेलिया, चिली, नर्वेलगायतले यस क्षेत्रमा ठुलो प्रगति गरेका छन् । हाम्रै छिमेकी देश भारतले पनि यसको राम्रो प्रगति गरेको छ । ‘२०२२ कमर्सियल रिभर युज रिपोर्ट’ अनुसार अमेरिकामा ४८ वटा प्रमुख नदीमा १४/१५ लाखभन्दा बढी पर्यटक बर्सेनि ¥याफ्टिङको रमाइलो गर्न जाँदा रहेछन् । त्यसै गरी
परीक्षामा प्रश्नको उत्तर व्यवस्थापन
अहिले जुनसुकै क्षेत्र प्रतिस्पर्धायुक्त छ । त्यसमा पनि लोक सेवा आयोगद्वारा लिइने विभिन्न प्रतियोगितात्मक परीक्षामा त प्रतिभाशाली नवयुवाको झन् बढी प्रतिस्पर्धा छ । उक्त प्रतिस्पर्धामा अब्बल र सफल ठहरिन पढेर मात्र हुँदैन । पढेको कुरा स्मरण गरेर निर्धारित समय सीमाको परीक्षामा राम्ररी प्रस्तुत गर्न सक्नु पर्छ । लेखाइ भनेको अक्षरहरूको पुञ्ज मात्र होइन ज्ञान, तर्क र सिलसिलाको
इतिहास र भविष्यको प्रश्न
त्यो बेला नेपालमा पञ्चायती निरङ्कुशताविरुद्धको क्रान्ति चरम उत्कर्षमा पुगिसकेको थियो । चारैतिरबाट घेरिएको पञ्चायत छटपटाइरहेका बेला त्यो बेला ‘युवा’ हरू अझ जोसिलो भएर क्रान्तिमा होमिएको अवस्था थियो । त्यो समयमा प्रजातन्त्रका नायक बिपी कोइरालाले ‘तरुण’ हरूलाई एउटा पत्र लेख्नुभएको थियो ।
दलका घोषणापत्रमा शिक्षा
चुनाव नजिकिएसँगै राजनीतिक दल घोषणापत्र तयार गर्न जुटेका छन् । विगतका घोषणापत्रलाई पार्टीले कार्यान्वयन गर्नुभन्दा निर्वाचनका बेलाको मौसमी औजारका रूपमा मात्र लिने गरेको देखिन्थ्यो । अझ चुनावअघि गठबन्धन गर्ने दलले नतिजा प्रकाशन भएपछि नयाँ गठबन्धन निर्माण गर्ने प्रवृत्ति बढ्दै जाँदा घोषणापत्रको महत्व झनै ओझेलमा पर्दै आएको थियो ।
न्यायालयमाथिको जनविश्वास
सामाजिक रूपान्तरण र न्यायिक विश्वसनीयताबिच गहिरो अन्तरसम्बन्ध हुन्छ । कमजोर, सीमान्तकृत र पीडित समुदायले निष्पक्ष न्याय पाउने विश्वास गर्न सके मात्र समानता र समावेशिता कागजी अवधारणाबाट व्यावहारिक यथार्थमा रूपान्तरण हुन्छ । कानुन सबैका लागि समान रूपमा लागु हुन्छ भन्ने अनुभूति फैलिँदा सामाजिक अनुशासन सुदृढ हुन्छ र समाजमा शान्ति तथा सहअस्तित्व पनि मजबुत बन्छ ।
ज्येष्ठ नागरिकका हक सुनिश्चित हुँदै
विश्वभरि ज्येष्ठ नागरिकको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ तर नीति, कानुन र सहभागिताका प्राथमिकता ज्येष्ठ नागरिकको जीवन उपयोगी अझै बन्न सकेका छैनन् । यही सन्दर्भमा संयुक्त राष्ट्रसङ्घ र ‘ग्लोबल ¥याली फर दी राइट अफ ओल्डर पर्सन’ कोे अभियानले ज्येष्ठ नागरि