सल्यानमा ६ विद्यार्थीले ल्याए ४ जीपीए
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा सल्यानका ६ जना विद्यार्थीले ४ जीपीए हासिल गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार जिल्लाका चार विद्यालयका ६ विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका हुन् ।
राष्ट्रपति रनिङ शिल्डमा शारदा पहिलो
सल्यान जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा शारदा नगरपालिका पहिलो भएको छ । शारदा नगरपालिकाले १२ स्वर्ण, १० रजत र ६ कांस्यसहित कुल २८ पदक जित्दै उपाधि हात पारेको हो ।
विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
रौतहट सदरमुकाम गौरमा रहेको इन्टरनेसनल बाल एकेडेमीले सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
एसईई नतिजा : जाजरकोटमा उत्तीर्णभन्दा ‘नन ग्रेड’ बढी
जिल्लामा यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा २ हजार ६९ जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्। शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटका अनुसार जिल्लाका सातवटै स्थानीय तहबाट सहभागी ४ हजार ५ सय ३८ परीक्षार्थीमध्ये ४५ दशमलव ५९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन्।
दुई कक्षा खाली, चार विद्यार्थी मात्र रहेको विद्यालय
तीन कक्षासम्म पठनपाठन हुने खोटाङको बछलादेवी आधारभूत विद्यालयमा यस शैक्षिक सत्रमा चार जना मात्र विद्यार्थी रहेका छन् । रावा बेसी गाउँपालिका–६ हौँचुरस्थित उक्त विद्यालयमा नयाँ शैक्षिक सत्र २०८३ मा चार जना मात्र विद्यार्थी भर्ना भएका हुन् ।
युडब्लुएस नेपालको सहयोगमा बालमैत्री विद्यालय भवन हस्तान्तरण
भोजपुरको षडानन्द नगरपालिका–२ स्थित श्री जनोदय आधारभूत विद्यालयलाई युडब्लुएस नेपाल को साझेदारी र दातृ निकाय ट्रोपिक कम्पनीको सहयोगमा निर्मित ११ कोठे बालमैत्री विद्यालय भवन, ५ कोठे अपाङ्गमैत्री शौचालय तथा खानेपानी धारासहितका भौतिक संरचना हस्तान्तरण गरिएको छ ।
बैतडीमा एसइई उत्तीर्ण प्रतिशत घट्यो, ५१.३९ प्रतिशत मात्र पास
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बैतडी जिल्लामा ५१ दशमलव ३९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी ३ हजार ९ सय ३० जनामध्ये २ हजार २० जना उत्तीर्ण भएका हुन् भने १ हजार ९ सय १० जना नन–ग्रेडेड भएका छन् ।
गण्डकी प्रदेशमा ७२.७५ प्रतिशत विद्यार्थी ग्रेडेड
माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा गण्डकी प्रदेशका ७२ दशमलव ७५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । परीक्षामा सहभागी कुल ३६ हजार ४ सय ९३ विद्यार्थीमध्ये २६ हजार ५ सय ५० विद्यार्थी ग्रेडेड भएका हुन् ।
काठमाडौँ महानगर एसइई नतिजा २०८२ : ७६.७५ प्रतिशत ग्रेडेड
माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयबाट ३ हजार १९८ जना (७६.७५ प्रतिशत) विद्यार्थी ग्रेडेड भएका छन् ।
गल्याङ नगरपालिकाद्वारा १६७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान
गल्याङ नगरपालिकाले नगरभित्रका १६७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । नगरपालिकाले नगरभित्र सञ्चालित क्याम्पस तथा कक्षा ११–१२ मा अध्ययनरत गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।
उपल्लो मुस्ताङकी एक्ली छात्रा गुरुङः अब स्वास्थ्यकर्मी बन्ने लक्ष्य
उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–२, भार्चा छोसेरकी १६ वर्षीया छिमी ल्हामो गुरुङले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा ३.४२ जीपीए हासिल गर्नुभएको छ ।
रामराज्य माविलाई महत परिवारद्वारा दुई लाख ११ हजार सहयोग
गुल्मीको इस्मा गाउँपालिका–४ दोहली कुविन्देका स्वर्गीय लक्ष्मणबहादुर महतको परिवारले रामराज्य माध्यमिक विद्यालयलाई दुई लाख ११ हजार १११ रुपियाँ सहयोग गरेको छ ।
६६ वर्षको उमेरमा एसइई उत्तीर्ण
धनकुटा–६ मा बसोबास गर्दै आउनुभएका ६६ वर्षीय करवीर राईले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्नुभएको छ ।
रूपन्देहीमा एसइई नतिजा : ८० जनाले ल्याए ४ जीपीए
माध्यमिक शिक्षा परीक्षा (एसइई)मा रूपन्देहीका ३५ वटा सामुदायिक र निजी विद्यालयका गरी ८० जनाले चार जीपीए अंक ल्याएका छन् । नतिजामा सामुदायिकको तुलनामा नीजि विद्यालयहरु अगाडि देखिएका छन् ।
विद्यालयमा १५ दिन बिदा कटौती
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको हिउँदे तथा बर्खे बिदाको समय १५ दिन कटौती गरेको छ । हालसम्म एक शैक्षिक सत्रमा ४५ दिन दिइँदै आएको यस्तो बिदा यस शैक्षिक सत्रका लागि भने ३० दिनको मात्रै हुने छ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा (शनिबार र आइतबार) दिने निर्णय गर्दा पठनपाठनमा पुग्ने क्षति न्यूनीकरण गर्न मन्त्रालयले यस्तो व्यवस्था गरेको हो ।
विद्यालय बाहिर रहेका सात लाख बालबालिकालाई समेट्न सांसदको माग
प्रतिनिधि सभाका सदस्यले विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने ठोस योजना ल्याउन सरकारसँग माग गरेका छन् ।
चैतन्यले ४५ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने
कैलालीको धनगढीमा रहेको चैतन्य पाठशालाले कक्षा ११ मा ४५ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएपछि मङ्गलबार पत्रकार सम्मेलन गर्दै उक्त विद्यालयले केहीलाई निःशुल्क आवाससहित ४५ जनालाई पूर्ण छात्रवृत्तिमा पठनपाठन गराउने जनाएको हो ।
तोली माविमा ३३ मध्ये ३२ विद्यार्थी उत्तीर्ण
बाजुराको त्रिवेणी नगरपालिका–४ तोलीस्थित तोली देवलडाँडा माविबाट एसइई परीक्षामा सहभागी ३३ जना विद्यार्थीमध्ये ३२ जना उत्तीर्ण (ग्रेड प्राप्त) भएका छन् ।
गुल्मीका पाँच छात्रासहित छ जनाले ल्याए ४ जीपीए
शिक्षा विकास तथा समन्वय इकाई, गुल्मीका अनुसार जिल्लामा छ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । तीमध्ये पाँच जना छात्रा रहेका छन् ।
गोरखा नगरपालिकाद्वारा आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय
गोरखा नगरपालिका क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय अब आइतबार पनि सञ्चालन हुने भएका छन् । संघीय सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि स्थानीय तहमा पठनपाठन व्यवस्थापनबारे अन्योल देखिएको बेला नगरपालिकाले आइतबार अतिरिक्त कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
स्याङ्जामा झण्डै ७० प्रतिशत विद्यार्थी उत्तीर्ण, ११ जनाले ल्याए ४ जीपीए
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा स्याङ्जाबाट ६९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
कपुरकोटका विद्यालय आइतबार पनि खुल्ने
सल्यानको कपुरकोट गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।
एसइई नतिजा ६५.९८ प्रतिशत उत्तीर्ण
माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजामा गत वर्षको भन्दा सुधार आएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार यस पटक नियमिततर्फ ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, एक लाख ४६ हजारको 'एनजी'
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार यस वर्ष देशभरबाट सहभागी भएका कुल विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।