बर्दघाटमा शैक्षिक सुधारको अभियान : पढाउने होइन, सिकाउने’ अभियान
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले शैक्षिक गुणस्तर सुधारको अभियान थालेको छ । नगरप्रमुख शम्भुलाल श्रेष्ठले ‘पढाउने होइन, सिकाउने’ अभियानबाट शिक्षकहरूमा सकारात्मक ऊर्जा थपी समग्र शैक्षिक गुणस्तरमा गुणात्मक वृद्धि हुने विश्वास लिएको बताउनुभयो ।
विद्यार्थीलाई न्यानो कपडा वितरण
पुतलीबजार नगरपालिका वडा नं.–५ पौवैगौडेको गौडेको सितला माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा तीन दिन विद्यालय बन्द रहने
विवाह पञ्चमी महोत्सवको तयारी तीव्र भइरहेका बेला जनकपुरधाम उपमहानगरपालिकाले तीन दिनका लागि उपमहानगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गराएको छ ।
सरकारी र निजी स्कुलका आठ जनालाई मुद्दा
सरकारी विद्यालयको जग्गा गैरकानुनी रूपमा निजी विद्यालयलाई दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कास्कीको पोखरा–१ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो चार रोपनी जग्गा र उक्त जग्गामा बनेको भौतिक संरचना स्थानीय अञ्जुली बोर्डिङ स्कुललाई गैरकानुनी रूपमा भाडामा दिएको आयोगले जनाएको छ । यस कार्यमा संलग्न भएको आरोपमा आयोगले दुवै विद्यालयका पदाधिकारीसहित आठ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
स्याङ्जाका बालबालिकाले घन्काए पञ्चेबाजा
प्रतियोगितामा कालीगण्डकी गाउँपालिकाको जनता माविका बालबालिका प्रथम भएका छन् ।
विद्यालयमा डिजिटल ‘स्मार्ट बोर्ड’बाट पठनपाठन
डिजिटल मैत्री बनाउने अभियानका क्रममा रहेको सदरमुकाम बेनी स्थित उक्त विद्यालयले एण्ड्रोइड १४.० भर्सनको एआई प्रविधि सहितका विभिन्न फिचर भएको टचस्क्रिन स्मार्ट बोर्ड जडान गरेको छ ।
आमाबुबाको स्मृतिमा स्थापित अक्षयकोषबाट ५१ विद्यार्थीलाई छात्रवृत्ति
रोल्पाको नुवागाउँस्थित अरनिको माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी ५१ विद्यार्थीलाई एक लाख रुपियाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको हो ।
दुर्गमा बन्यो छात्रावास र विद्यालय भवन
ऐरावती गाउँपालिकाको वडा नम्बर १ मा अवस्थित दाङवाङ माध्यमिक विद्यालयमा छात्रावास भवन र विद्यालय भवन निर्माण गरिएको छ । भारत सरकारको सहयोगमा १२ कोठे विद्यालय भवन र दस कोठे छात्रावास भवन निर्माण गरिएको हो ।
चिसोले प्रभावित बन्दै बाजुरामा पढाइ
बाजुरामा चिसो बढेसँगै यहाँका हिमाली क्षेत्रका विद्यालयमा पढाइ प्रभावित बन्दै गएको छ । यहाँको उच्च हिमाली क्षेत्रमा कात्तिक महिनामा नै हिमपात भएसँगै चिसो बढ्दै गएपछि यहाँका आसपासको क्षेत्रका विद्यालयमा चिसोका कारण पढाइ प्रभावित बन्दै गएको हो ।
बोटे गाउँमा नयाँ विद्यालय
अल्पसङ्ख्यक तथा सिमान्तकृत बोटे माझी समुदायको बाहुल्यता रहेको रुरुक्षेत्र गाउँपालिका–५ को बोटेगाउँमा नयाँ विद्यालय निर्माण भएको छ ।
विश्वविद्यालयमा प्रस्तुत कार्ययोजना कार्यान्वयन गर्ने प्रतिबद्धता
काठमाडाैंकाे सोह्रखुट्टेस्थित सरस्वती बहुमुखी क्याम्पस प्रमुख डा. ठाकुरप्रसाद वाग्लेले विश्वविद्यालयमा प्रस्तुत गरेको कार्ययोजना पूर्णरूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नगरपालिकाभित्रकै विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी
दोलखाको भीमेश्वर नगरपालिकाका केही सरकारी विद्यालयमा विद्यार्थी सङ्ख्याभन्दा शिक्षक बढी हुँदा शिक्षक कामविहीन भएका छन् ।
भारतीय दूतावासद्वारा बडिगाडको विद्यालयलाई बस सहयोग
भारतीय दूतावासले पश्चिम बागलुङको बडिगाड गाउँपालिकाको एक सामुदायिक विद्यालयलाई स्कुल बस सहयोग गरेको छ ।
सिद्धबाबामा ‘ज्ञानीसँग हाम्रा नानी’ कार्यक्रम
ज्ञानीसँग हाम्रा नानी’ यो गुल्मीको रेसुङ्गा नगरपालिका–८, सिद्धबाबा माविको रचनात्मक कार्यक्रम हो ।
क्यान्टिन र छात्रावासको भोजन गृहमा कमजोर खाद्य स्वच्छता
पद्मकन्या कलेजको क्यान्टिन र छात्रावासको भोजन गृहमा खाद्य स्वच्छता कमजोर देखिएको छ । काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमनका क्रममा ती स्थानमा आधारभूत आचरणमा पनि कमजोर भेटिएको फुड टेक्नोलोजिष्ट अनिल बस्नेतले जानकारी दिनुभयो ।
शैक्षिक सत्रको बिचमा दस विद्यालय मर्ज
शैक्षिक सत्रको बिचमा एकै नगरपालिकाभित्र रहेका १० वटा विद्यालय मर्ज भएका छन् । बसाइँसराइलगायतका कारणले विद्यार्थी सङ्ख्या कम भएपछि मेलौली नगरपालिकाले १० वटा आधारभूत विद्यालय मर्ज गरेको हो । शैक्षिक सत्रको बिचमा विद्यालय मर्ज भएपछि विद्यार्थी अर्को विद्यालय जान बाध्य भएका छन् ।
सामूहिक शिक्षक सरुवाले बस्तीपुर मावि सुधारतर्फ
स्थानीय अभिभावकहरुको माग अनुसार त्यस विद्यालयबाट पाँच जना शिक्षकहरुको सरुवा गरेपछि त्यस मुहार फेरिन थालेको र शैक्षिक सुधार देखिन थालेको छ ।
विद्यालयको जग्गा संरक्षणको पहल
विभिन्न विश्वविद्यालय तथा क्याम्पसका जग्गा निरन्तर अतिक्रमणमा पर्न थालेपछि सरकारले सामुदायिक विद्यालय तथा सिकाइ केन्द्रको पनि जग्गाको विवरण सङ्कलन सुरु गरेको छ । जग्गाका सम्बन्धमा भविष्यमा कुनै पनि व्यवधान आउन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जग्गाको लगत सङ्कलन सुरु गरेको हो ।