शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
यादवराज पुरी
रौतहट, चैत २४ गते ।मङ्लबार भइरहेको एसईई परीक्षामा मर्यादा उलङ्घन गर्ने र गराउँदै गरेका एक शिक्षकसहित चार जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘ह्वाट्सएप ग्रुप’ मार्फत चिट चोराउँदै गरेको अवस्थामा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट उनीहरु लाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बिष्णुप्रदिप बस्यालका अनुसार मा.वि. शितलपुर गुजराका शिक्षक तेजनारायण चौधरी, मावि सिम्राभवानीपुुर नजिकबाट चन्द्रपुर नगरपालिका–६ का रञ्जित साह, गुजरा नगरपालिका–५ लक्ष्मीपुरका महम्मद हुसेन र समिर मन्सुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।