क्रिकेट प्रशिक्षकको पारिश्रमिक बढाउन माग
नेपाल क्रिकेट प्रशिक्षक सङ्घले क्रिकेट प्रशिक्षकहरूको सेवा सुविधा र पारिश्रमिक बढाउन माग गरेका छन् ।
विश्वकप लिग–२ : नेपाल स्कटल्यान्डसँग दुई रनले स्तब्ध
नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डसँगको पहिलो खेलमा पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग दुई रनले स्तब्ध बन्यो ।
वर्षाले खेल रोकिएपछि ओभर घटाएर नेपालले पायो २२१ रनको लक्ष्य
आइसिसी विश्वकप लिग–२ अन्तर्गत मङ्गलबार नेपाल र स्कटल्यान्ड बिचको खेलका क्रममा वर्षा भएपछि ओभर छोट्याइएको छ ।
सन्दीप लामिछानेले चार विकेट लिएको खेलमा स्कटल्यान्डले नेपाललाई दियो २४४ रनको चुनौती
आइसिसी विश्वकप लिग–२ अन्तर्गत मङ्गलबारको खेलमा स्कटल्यान्डले नेपाललाई घरेलु मैदानमा २४४ रनको चुनौती दिएको छ ।
कठिन शृङ्खला खेल्दै नेपाल
तीन वर्षअघि आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले अन्तिम १२ मध्ये ११ खेल जितेर एकदिवसीय मान्यता मात्र जोगाएन, विश्वकप छनोटमा पनि स्वतः चयन भएको थियो । जुन विश्व क्रिकेटमा नै एक चमत्कारका रूपमा लिइएको छ । सो समय नेपाल सुरुदेखि नै पुछारबाट दोस्रो स्थानमाथि उक्लन सकेको थिएन । आइसिसी विश्वकप क्रिकेट लिग–२, २०२४/२७ साइकलमा पनि नेपाल अहिले सोही मोडमा रहेको छ । नेपाल २४ खेलमा आठ जित, १४ हार र दुई अनिर्णीत खेलसहित १८ अङ्क बनाएर आठ राष्ट्र सहभागी प्रतियोगितामा पुछारबाट दोस्रो स्थानमै छ । यसपालि पनि अर्को वर्ष विश्वकपको ग्लोबल क्वालिफायरमा स्वतः खेल्न र थप चार वर्षका लागि एकदिवसीय मान्यता प्राप्त गर्न नेपालले बाँकीका १२ मध्ये धेरैभन्दा धेरै खेल जित्नुपर्ने बाध्यता छ । विश्वकप ग्लोबल छनोट दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्दै छ ।
पारसद्वारा कोशी प्राइड लिगको तयारी बारे जानकारी
नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्काले सुनसरीको भोक्राहा नरसिंह–४ मा हुन लागेको कोशी प्राइड लिगका लागि तयार भइरहेको खेल मैदान जानकारीसँगै निरिक्षण गर्नुभएको छ ।
ब्रिटिश गोर्खाली क्रिकेट लिग सुरु
बेलायतमा बस्दै आएका नेपाली समुदायबिच लोकप्रिय ‘ब्रिटिश गोर्खाली क्रिकेट लिग’ (बिजिसिएल) को छैटौँ संस्करण सुरु भएको छ ।
क्यान साधारणसभा : एनपिएल प्रतिवेदन स्वीकृतिसहित अवार्ड गर्ने निर्णय
नेपाल क्रिकेट सङ्घ (क्यान)को वार्षिक साधारणसभाले नेपाल प्रिमियर लिग (एनपिएल )को दुवै संस्करणको वित्तीय प्रतिवेदनलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
चापाकोट क्रिकेट लिगमा गण्डकी फायर विजयी
‘मुन लाइट गु्रप’ चापाकोट क्रिकेट लिगमा गण्डकी फायर विजयी भएको छ । आइतबार भएको खेलमा गण्डकीले कुवाकोट युथ स्टारलाई पाँच विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो ।
विश्वकप लिग–२ : इशानलाई समेट्दै नेपाली टोलीको घोषणा
यही वैशाख २९ देखि जेठ ८ गतेसम्म घरेलु मैदानमा हुने नेपाल, स्कटल्यान्ड र अमेरिका सम्मिलित विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ ।
नेपाल ‘ए’ को तेस्रो जित
नेपाल ‘ए’ ले एकदिवसीय अभ्यास खेलमा लगातार तेस्रो जित निकालेको । मुलपानी मैदानमा शनिबार वर्षाले प्रभावित खेलमा नेपाल ‘ए’ ले स्कटल्यान्डलाई डिएलएस प्रणालीका आधारमा नौ रनले हरायो ।
कोशी प्राइड लिग सिजन–३ को ट्रफी अनावरण
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा केपिएल कोशी प्राइड लिग सिजन–३ को ट्रफी अनावरण गरेको छ ।
नेपाल ‘ए’ सँग स्कटल्यान्ड स्तब्ध
नेपाल ‘ए’ ले बिहीबार पहिलो एकदिवसीय अभ्यास खेलमा स्कटल्यान्डलाई ४५ रनले पराजित गरेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २७७ रनको राम्रो स्कोर तयार पारेको थियो । पाहुना टिम स्कटल्यान्ड जवाफमा ४८.२ ओभरमा २३२ रनमा अलआउट भयो ।
एसियन गेम्स छनोट : महिला क्रिकेट टोलीको घोषणा
नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसियन गेम्स छनोट र एसिसी महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा गरेको छ ।
दीपेन्द्रको अलराउन्डर वरीयतामा सुधार
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्र ३१औँ स्थानमा उक्लिनुभएको छ । उहाँले १२ स्थान सुधार गर्नुभएको हो ।
ओमानसँग नेपालको बदला
प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले ब्याट्बाट र गुल्सन झाले बलबाट उल्लेखनीय प्रदर्शन गरेपछि नेपालले मङ्गलबार आइसिसी क्रिकेट विश्वकप लिग–२ मा ओमानलाई ८१ रनले हराएको छ । नेपालका लागि यो जित बदला पनि भएको छ । यसअघि यसै शृङ्खलामा ओमानले नेपाललाई डकवर्थ लुइसको नियम अनुसार १०२ रनले नराम्ररी हराएको थियो ।
विश्वकप लिग–२ : गुल्सनले पाँच विकेट लिएको खेलमा, ओमानमाथि नेपालको सानदार जित
आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले ओमानमाथि सानदार जित हासिल गरेको छ ।
विश्वकप लिग–२: शेख दाजुभाइको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ।
त्रिदेशीय शृङ्खला सुखद समापन गर्ने नेपालको लक्ष्य
आइसिसी विश्वकप लिग २ अन्तर्गत नेपालले मङ्गलबार ओमानविरुद्ध खेल्दै छ । संयुक्त अरब इमिरेट्स (युएई) पनि सहभागी यस त्रिदेशीय शृङ्खलाको यो अन्तिम खेल हो । पछिल्ला तीन खेलमध्ये दुईमा जित हासिल गरिसकेको घरेलु टिम नेपालले प्रतियोगिताको अन्त्य सुखद रूपमा गर्ने चाहना राखेको छ । यद्यपि नेपालले यस शृङ्खलामा हात पारेका दुवै खेल युएईविरुद्ध प्राप्त गरेको थियो । नेपालले ओमानसँग भने डकवर्थ लुइसको नियम अनुसार १०२ रनको फराकिलो अन्तरले पराजित भएको थियो । हेड टु हेडमा पनि ओमान अगाडि छ । नेपाल र ओमानले हालसम्म नौ ओडिआई खेलेका छन् । जसमा ओमानले पाँच र नेपालले तीनमा जित हात पारेका छन् । एक खेल रद्द भएको थियो ।
सनसनीपूर्ण खेलमा युएईमाथि नेपालको रोमाञ्चक जित
दीपेन्द्रसिंह ऐरीको शतकसँगै नेपालले आइसिसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई) माथि रोमाञ्चक जित निकालेको छ ।
विश्वकप लिग–२ : दीपेन्द्रको शतकमा नेपालले दियो युएईलाई २९० को लक्ष्य
दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेलेपछि आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि दुई सय ९० रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
विश्वकप लिग–२ : युएईविरुद्ध दिपेन्द्रसिंह ऐरीको शतक
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गर्नुभएको छ ।
विश्वकप लिग–२ : घरेलु मैदानमा लगातार तीन खेलमा दीपेन्द्रको अर्धशतक
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा ब्याटिङ गरिरहेको छ । नेपाली टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरी अर्धशतक बनाएर खेलिरहनु भएको छ ।
महिला टी–२० च्यालेन्ज : नेपाल उपाधि होडबाट बाहिरियो
नेपाल रुवान्डामा जारी आइसिसी महिला टी–२० च्यालेन्ज कपको उपाधि होडबाट बाहिरिएको छ ।