फेसनका नयाँ डिजाइन प्रस्तुत
दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजित ‘आइइसी डिजाइनर रनवे–१५’ नामक फेसन सोमा १८ सेलिब्रेटी र मोडलले एउटै ¥याम्पमा फेसनका नयाँ डिजाइन प्रदर्शन गरे । आइइसी कलेजको आयोजना रहेको फेसन शोमा शिल्पा मास्के, नीति शाह, स्वस्तिमा खड्का, आँचल शर्मा, आना शर्मा, मलिका महत, अदीति अधिकारीलगायत फेसनका आकर्षक र नयाँ डिजाइनसहित प्रस्तुत हुनुभयो । उक्त सोमा ६६ जनाभन्दा बढी डिजाइनरले तयार पारेका विभिन्न आकर्षक फेसनका ३० र १७ तरिकाको ¥याम्प प्रदर्शन भएका थिए । भारतीय कोरियोग्राफर यतिन गान्धी कारियोग्राफी रहेको सोलाई नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको हो ।
पतिको कामना गर्दै मनाइयो ‘बर्साइत’ पर्व
मिथिलाञ्चलमा शनिबार विवाहित मिथिलानी (महिला) ले ‘बर्साइत’ पर्व मनाएका छन् । जेठको औँसीका दिन अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाउने परम्परा छ । बटसावित्री पनि भनिने यो पर्वमा विवाहित मिथिलानी आआफ्ना बस्तीका बटवृक्ष (बरको रुख) नजिक जम्मा भएर सामूहिक रूपमा मनाउँछन् । नयाँ नयाँ लुगा लगाएका मिथिलानी सती सावित्रीको उच्च चरित्रको वर्णन गरिएका गीत सामूहिक रूपमा गाउँदै आफ्नो अटल सौभाग्यको कामना गर्छन् । यस अवसरमा सावित्रीको कथा भन्ने सुन्ने गरिन्छ ।
सहारा (कथा)
“कहिले जाँदै हुनुहुन्छ आमा ! उताबाट कोही लिन आउँछन् कि हामीले नै पु¥याउनुपर्ने ?” बुहारी सोध्दै थिई । “के थाहा ?” छोरोको स्वर सुनियो । “आमा उता हुँदा महिना नमर्दै फोन आउँछ– कहिले लिन आउने भनी । लानु पर्दा भने सधैँ यस्तै हो ।” “ल ल, भैहाल्यो ।” छोराले कुरा टुङ्ग्यायो ।
न्याय सम्पादनको अनुभूति
न्यायपालिकामा ३४ वर्ष सम्पादन गरेका न्यायिक कामकारबाहीका अनुभव समेटेर पूर्वन्यायाधीश गोविन्दकुमार श्रेष्ठले ‘ब्रह्ममुहूर्त’ कृति ल्याउनुभएको छ । आत्मसंस्मरणका रूपमा लेखिएको यस कृतिमा लेखक श्रेष्ठले न्याय सम्पादन गर्दा आफूले अनुभूत गरेका केही सन्दर्भ र सम्झना समेट्नुभएको छ । १५ वटा अलग्गै शीर्षक दिएर उल्लेख गरिएका सन्दर्भमा वास्तविक भोगाइ सजिलोसँग बुझ्न सक्ने गरी सरल लेखन प्रस्तुत गरिएको पाइन्छ ।
मुस्ताङ घुम्दा छिङहाईको झल्को
ल्होमन्थाङ घुम्ने अनि कोरला नाका पुगेर २४ नम्बरको पिल्लरमा उभिएर तस्बिर खिच्ने रहर अधुरो अधुरो बन्दै आएको थियो । नेपालका ६५ भन्दा बढी जिल्लाको माटोसँग स्पर्श गरेको मलाई एक पटक मुस्ताङ जाने, मार्फागाउँ घुम्ने हुटहुटी थियो । जोमसोम टेक्ने, मुक्तिनाथको दर्शन गर्ने, कागबेनी हुँदै कालीगण्डकीको तटैतट कोरला नाकासम्म पुग्ने रहर केवल रहरमै सीमिति थियो ।
श्रेय र प्रेयको दोबाटो
मानव जीवन निर्णयको एउटा अविरल शृङ्खला हो । जन्मदेखि मृत्युसम्मको यात्रामा यस्ता अनेकौँ दोसाँधमा उभिन्छौँ, जहाँ एउटा बाटोको छनोटले भविष्यको सम्पूर्ण नक्सा नै बदलिदिने सामथ्र्य राख्छ । यही मानवीय दुबिधा र छनोटको मनोविज्ञानलाई चित्रण गरी अमेरिकी कवि रोबर्ट फ्रस्टले आफ्नो कालजयी कविता ‘दी रोड नट टेकन’ मार्फत अत्यन्तै घनीभूत रूपमा प्रस्तुत गरेका छन् ।
प्रिय जिरी न्यानो सलाम !
जिरी पुग्दा अपराह्न ४:०० बजेको थियो । काठमाडौँबाट सात घण्टाको सडक यात्रा त्यति सहज थिएन । चैत २७ गतेको दिन प्रथम बागमती पर्यासाहित्य महोत्सव–२०८२ मनाउने मेलोमा जिरी टेकिएको थियो । जिरी नामको मनोरम उपत्यका, जसको चारैतिर गाढा हरियाली छाएका पहाडहरू छन् । बिचमा छ रिकापी आकारको हरियो उपत्यका; यही हरित उपत्यकाको उत्तरी कुनामा छ– लिङ्कन बजार । बजारकै हृदय त
ज्ञानमणि स्मृतिग्रन्थ लोकार्पण
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानमणि नेपालले नेपालको इतिहासलाई तथ्यपरक ढङ्गले उजागर गर्न योगदान पु¥याउनुभएको बताउनुभएको छ । वैयाकरण नेपाल स्मृति प्रतिष्ठानद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले इतिहासविद् ज्ञानमणि नेपाल एक निष्ठानवान् लेखक भएर इतिहासको अनुसन्धानात्मक पुस्तक लेखेर योगदान पु¥याएको बताउनुभएको हो । सो अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वन्यायाधीश कृष्णप्रसाद भण्डारीलगायतले ज्ञानमणि नेपालप्रति समर्पित ‘इतिहास पुरुषः ज्ञानमणि स्मृतिग्रन्थ’ को लोकार्पण गर्नुभयो ।
‘पियारी’ सार्वजनिक
नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘पियारी’ बोलको कौडा चुड्का गीत सार्वजनिक गरिएको छ । गण्डक क्षेत्रको रैथाने भाकालाई समेटिएको गीतले विशेषतः गोरखा, तनहुँ आसपासमा प्रचलित परम्परागत सांगीतिक शैलीलाई उजागर गरेको निर्माण टिमले जनाएको छ ।
लालीबजार आँसु र अस्तित्वको सङ्घर्ष
लामो समयको विवाद, सामाजिक बहस र कानुनी लडाइँपछि प्रदर्शनमा आएको चलचित्र ‘लालीबजार’ ले नेपाली समाजको एउटा यस्तो पाटोलाई उजागर गर्छ, जसलाई अक्सर समाजले हेर्न र बुझ्न चाहँदैन । निर्देशक यम थापाले बादी समुदायका महिलालाई लिएर बुनिएको भ्रम र सत्यतालाई पर्दामा कलात्मक ढङ्गले प्रस्तुत गर्नुभएको छ । चलचित्र प्रदर्शनपूर्व यसले बादी समुदायको मानमर्दन गर्छ कि भन्ने चिन्ता र विरोध सुनिएको थियो तर चलचित्र हेरिसकेपछि त्यो विवादको कुनै तुक देखिँदैन । निर्देशक थापाले बादी महिलाको कथालाई अपमानजनक ढङ्गले होइन, अत्यन्तै संवेदनशील र सन्देशमूलक रूपमा पस्कनुभएको छ । चलचित्रले बादी समुदायलाई चोट पु¥याउनुको साटो उनीहरूको रहनसहन, बाध्यता र समाजको दोहोरो चरित्रलाई नजिकबाट नियाल्न सघाउँछ ।
थारू संस्कृतिको मौलिक पहिचान ‘पैयाँनाच’
मादलको तालसँगै गोलबद्ध भएर गीत गाउँदै नाचिरहेका महिला र पुरुषको समूहले तुलसीपुरको कार्यक्रमस्थल एकाएक दसैँमय बनायो । राधा र कान्हाको प्रतीकात्मक भूमिकामा सजिएका थारू महिला तथा पुरुषले सख्या ‘पैयाँनाच’ प्रस्तुत गरेपछि उपस्थित दर्शक मात्रै होइन, अतिथि पनि मन्त्रमुग्ध बने । मटावाँ–बरघर–भलमनसाको अन्तरप्रदेशीय अनुभव आदानप्रदान कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–१०, गोलौरीगाउँका कलाकारले प्रस्तुत गरेको सख्या पैयाँनाचले थारू संस्कृतिको मौलिक पहिचान झल्काएको थियो ।
कृति विमोचन
लोकसाहित्य परिषद्को आयोजनामा पाँच कृति विमोचन गरिएको छ । ‘नकर्मी जाति व लवःकवः– कविना नेपाली (नकर्मी)’, ‘मानलाल मास्केया व्यक्तित्व व कृतित्व–राकेशमान मास्के’, ‘नँसाः भगवती म्हसीका–सङ्गीता कक्षपति’, ‘नेपालभाषाय् निबन्ध साहित्य–पूर्ण ताम्राकार’ र ‘रमानुभूति–रमा कर्णजीत’ का कृति विमोचन गरिएको हो ।
'सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण' लोकार्पण
वानीरा फाउन्डेसनले शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १०७ औँ जयन्ती मनाएको छ । राजधानी काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच डा. जोशीको जयन्ती मनाइएको हो ।
विद्यार्थीद्वारा तयार पारिएका पौभा कला प्रदर्शनीमा
परम्परागत पौभा कला सिकेर तयार पारिएका कला प्रर्दशनीमा राखिएका छन् । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ‘आरम्भ’ शीर्षकमा विद्यार्थीले तयार पारेका पौभा प्रदर्शनीमा सजिएका हुन् ।
खेरको स्वरमा ‘आइएम जितबहादुर’
चलचित्र ‘आइएम जितबहादुर’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बलिउड गायक कैलाश खेरको स्वर रहेको छ । चलचित्रलाई अभिनेता जितु नेपालले निर्माण गर्नुभएको हो । गीतमा राजसिंह सिधु र जितु नेपालको शब्द रचना र सङ्गीत बव एसएनको छ ।
जनकपुर साहित्य महोत्सवको छैटौँ संस्करणको तयारी पूरा
मधेस प्रदेशको राजधानी जनकपुरधाममा यही जेठ १ गतेदेखि सुरु हुने तीन दिने ‘जनकपुर साहित्य महोत्सव’ को छैटौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ ।
मातृभाषा राष्ट्रिय सेवा पुरस्कारबाट प्राध्यापक तुलाधर सम्मानित
मातृभाषा राष्ट्रिय सेवा पुरस्कार २०८२ बाट नेपाल भाषा साहित्यका इतिहासकार तथा समालोचक प्राध्यापक प्रेमशान्ति तुलाधर सम्मानित हुनुभएको छ ।
‘मेरो प्राथमिकता, अझै राम्रो काम’
‘होस्टेल रिटन्स’ चलचित्रमार्फत अभिनय यात्रा सुरु गर्नुभएकी अभिनेतृ स्वस्तिमा खड्काले त्यसयता फर्केर हेर्नु परेको छैन । जीवन्त अभिनयबाट दर्शकको मनमस्तिष्कमा बस्न सफल अभिनेतृ खडकालाई ‘ब्युटी विथ ब्रेन’ को उपमा दिँदा फरक पर्दैन । हरेक चलचित्रमा फरक भूमिकामा देखिन रुचाउने उहाँ यतिबेला चर्चामा हुनुहुन्छ चलचित्र ‘लालीबजार’ का कारण । चलचित्रमा बादी स
नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कन गन्तव्य बनाइने
सरकारले नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कन तथा सिर्जनात्मक गन्तव्यका रूपमा विकास गर्ने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संसद्मा सार्वजनिक गर्दै यस्तो घोषणा गर्नुभएको हो ।
लोकगायक खनाल सम्मानित
पोखराका वाङ्मयिक संस्थाले लोकगायक रामप्रसाद खनाललाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ लोकगायिका हरिदेवी कोइराला र सम्मान कोषका अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले सम्मानपत्र र दोसल्ला प्रदान गर्नुभयो । कोइरालाले लोकगायक खनालले नेपाली लोकसंस्कृतिप्रेमीका लागि उत्प्रेरकको महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो
अग्रज वाङ्मयसेवी अभिनन्दित
नेपाल शिक्षा परिषद्ले ९० वर्ष उमेर समूहका साहित्यकार, लेखक (वाङ्मयसेवी) लाई अभिनन्दन गरेको छ । परिषद्को स्थापना भएको ७५ वर्षको अवसरमा आइतबार आयोजित अमृत वर्ष महोत्सवमा साहित्य सेवा गर्नुभएका ९० वर्षमाथिका सर्जकलाई दोसल्ला, फूलमाला र प्रमाणपत्रसहित अभिनन्दन गरिएको हो ।
‘सुरतालका नोट’ समेटिएको पुस्तक लोकार्पण
लेखक रामप्रसाद कँडेलको ‘नेपाली फोकसँग स्कोरज्’ नेपाली लोकगीतको ‘सुरतालका नोट’ समेटिएको पुस्तक लोकार्पण भएको छ । लोकबाजा सङ्ग्रहालयद्वारा राजधानीमा आयोजित समारोहमा लेखक रामप्रसाद कँडेल, ताकासे हासेगावा, लेखकहरू रवीन्द्र तामाङ, देवेन्द्र अर्याल ‘आँसु’ गगन श्रेष्ठ, गायक चन्द्रकुमार मोक्तानलगायत सहभागी सबैले संयुक्त रूपमा उक्त पुस्तक सार्वजनिक गर्नुभएको हो ।
पत्रकार र कलाकार सम्मानित
नेपाल भाषाको साप्ताहिक पत्रिका ‘लहना’ ले आफ्नो १३ औँ वार्षिकोत्सवमा विभिन्न विधाका आठ व्यक्तित्वलाई सम्मान गरेको छ । कलाकार तथा पत्रकार रविन सायमि २५ हजार राशिको लहना सुरेशकिरण पत्रकारिता पुरस्कार ११४६ बाट सम्मानित हुनुभयो ।
साहित्यकार विभरा किरातीको कविता सङ्ग्रह ‘आदिम फूल’ बजारमा
साहित्यकार विष्णुभक्त राई ‘विभरा किराती’को कविता सङ्ग्रह ‘आदिम फूल’ बजारमा आएको छ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ कुइपामा जन्मिएर ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा बसेर साहित्य सिर्जना गर्दै आउनुभएका साहित्यकार विभरा किरातीले चौथो कृतिको रुपमा ‘आदिम फूल’ कविता सङ्ग्रह प्रकाशन गर्नुभएको हो ।