सर्वप्रथम जय नेपालको नारा लगाउने आदि गद्यकवि रिमाल
नेपाली साहित्यमा प्रगतिवादी अनि विद्रोहात्मक चेत भएका कवि मानिन्छन् गोपालप्रसाद रिमाल । वि.सं. १९७४ जेठ १८ गते काठमाडौँको लगनटोलमा जन्मिएका रिमालले एसएलसीमा बोर्ड फस्र्ट ल्याएका भए पनि आफ्नो औपचारिक अध्ययन भने आइएसम्मको मात्र गरे ।
गलत सोच र दिशाहीन गन्तव्य
सुनसान फुटपाथमा आफ्नो शरीरलाई कालो आवरणले बेरेर कुनै मानव आकृति छिटो छिटो अघि बढिरहेको देखिन्थ्यो । साँझ घर्किसकेको र नमाजको समय भएकाले पनि होला सडकमा गाडी पनि कम गुडिरहेका हुन् कि जस्तो पनि देखिन्थे । छिन छिनमा मानव आकृतिले सतर्क भएर टाउको केही घुमाउँदै र अनि केही समय रोकिएर यताउती हेरिरहे जस्तो पनि लाग्थ्यो । त्यो आकृति अरू कसैको नभएर बेग्लै परिवेश र रहनसहनमा अल्झेर बाँच्न नसकेकी ललिताको थियो ।
बेनामहरूको नाममा (कथा)
कतिपय सम्बन्ध यस्ता हुन्छन्, जो भित्रभित्रै टुसाउँछन्, भित्रभित्रै हुर्कन्छन्, बढ्छन् । यसलाई सही मानेमा परिभाषित गर्न मुस्किल पर्छ । प्रभात र मञ्चलाको सम्बन्ध पनि त्यस्तै थियो । मञ्चला प्रभातको मनको पातलो आवरणलाई छिचोल्दै भावनाभित्र पस्थी । यादको पानाभित्र फर्फराउँदै सुमधुर गाना गुन्गुनाउँथी ।
पृथु महाकाव्यमाथि ईषत् दृष्टि
शास्त्रीय परिभाषाहरूलाई अलि पर पन्छाएर सजिलोसित महाकाव्यलाई चिनाउँदा लामो र रमाइलो कथालाई मिठो, मन छुने र मस्तिष्कलाई पनि झन्न पार्ने धेरै कवितामा रचिएको ठुलो काव्य नै महाकाव्य हो । विश्व साहित्यकै पुरानो विधा भएकाले संसारका अधिकांश विकसित साहित्यमा महाकाव्य पाइन्छन् । नेपाली साहित्यमा पनि महाकाव्यहरू छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको शाकुन्तल (२००२) नेपाली साहित्यको पहिलो महाकाव्य हो । शाकुन्तलपछि नेपाली साहित्यका स्वनामधन्य स्रष्टाहरूका दर्जनौँ महाकाव्य प्रकाशित छन् । महाकाव्यहरूको लामो ताँतीमा कवि सीताराम अधिकारीको हालै प्रकाशित पृथु (२०८०) महाकाव्य
रातमा भेरी नदीको झङ्कार
सुर्खेतस्थित इत्राम खोलाबाट पछिल्लो रातको चिसो स्याँठमा लपेटिँदै २३ किमी दुरीको छिञ्चु ओर्लिंदा बाहिरी दृश्य अँध्यारो र निःस्तब्ध थियो । रवि भाइको सौजन्यमा मोटरसाइकल लिफ्टमा हुइँकिँदा ठण्डीको असरले शरीर लल्याकलुलुक बन्यो । रात उज्यालोमा पदार्पण नगर्दै गन्तव्य ताकेका बसको टाँटाटुँटु आवाजले छिञ्चुलाई ब्युँताइसकेको छ । म भने डोल्पो सरोवर कन्या भेरी नदीको विपरीत धारको यात्रा भर्दै ८८ किमि पूर्वतर्फ खलङ्गा जाजरकोटको यात्रामा सोझिँदै छु । खलङ्गा छिचोलिने पहिलो बसको तलासीसहित तोकिएको सिटमा मैले आफ्नो स्थान लिन्छु । मिर्मिरेमै सीमित यात्रु समेट्दै छुटेको बसले पोथ्रै पोथ्राको सालघारी फेरो क्षण भरमै नाघ्यो । अँध्यारोको पर्दामा कैद बसको कापबाट धुमिलो पहिचान खुल्दै गरेको रामनगरको बिच गर्भ भएर बसले भेरी किनारमा ओर्लिन हतारको रफ्तार लियो ।
नाटकमय सहर
यति बेला सहरमा चार वटा नाटक मञ्चन भइरहेका छन् । ‘ह बिन्दु राम पण्डित’, ‘दमिनी भिर’, ‘वेडिङ एल्बम’ र ‘म पनि मान्छे हुँ’ क्रमशः शिल्पी थिएटर, मण्डला थिएटर, कौसी थिएटर र कुञ्ज थिएटर (गुरुकुल) मा मञ्चन भइरहेका छन् । यी चार वटै नाटकले दर्शकलाई अलग्गै स्वादको कथा पस्कन खोजेको छ ।
डा. ओममूर्तिको ‘जीवन्त सम्बन्ध’ लोकार्पण
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलको दोस्रो पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण भएको छ। डा. अनिलले लेख्नुभएको पुस्तक ‘जीवन्त सम्बन्ध’ उहाँकी आमा राजकुमारीदेवी सिंहले शुक्रबार लोकार्पण गर्नुभयो। यसअघि ‘जीवन्त सम्बन्ध’ पुस्तकको कभर फोटो सार्वजनिक भइसकेको छ। १० वर्षअघि डा. अनिलले ‘म पनि डाक्टर’ नामक पुस्तक प्रकाशित गर्नुभएको थियो।
गुरुकुलमा ‘म पनि मान्छे हुँ’
म पनि मान्छे हुँ (मै भी मानव हुँ) भारतीय नाटककार विष्णु प्रभाकरद्वारा लिखित तथा सरोज अर्यालले नेपालीमा अनुवाद गर्नुभएको नाटक हो। नाटकले मनोविज्ञान, शक्ति र राजनीतिका प्रबल विषयहरूको उठान गरेको छ। राजा अशोक नाटकको वास्तविक विषय हुन्। नाटक राजाको बौद्ध शिक्षामा पालना गर्ने निर्णयमा केन्द्रित छ। ७३ मिनेटसम्म र नाटक सम्पन्न भएपछि पनि पात्रहरूको मनोवृत्ति सङ्कीर्णताले दर्शकलाई बन्धी बनाउन सफल रहन्छ।
तीन कृति लोकार्पण
साहित्यकारद्वय नर्मदेश्वरी सत्याल र जयन्ती स्पन्दनको तीन कृति लोकार्पण गरिएको छ। डा. मदनप्रसाद सत्यालको हीरक जयन्ती समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालकी उपाध्यक्ष नर्मदेश्वरी सत्यालका ‘प्रभातमय जिन्दगी’ यात्राकाव्य र ‘गुराँस झैँ’ बाल कवितासङ्ग्रह तथा सर्जक स्पन्दनको बाल कवितासङ्ग्रह ‘खेलौँ रमेर’ को लोकार्पण तथा परिचर्चा गरिएको हो।