• १० कात्तिक २०८२, सोमबार

‘धरणी’ सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १० गते । साहित्यकार कृष्णप्रसाद कोइरालाको जन्मस्थल दुम्जाको धरिनडाँडामा साहित्यिक पत्रिका ‘धरणी’ सार्वजनिक गरिएको छ 

पानीपोखरी युवा क्लब, दुम्जाको वार्षिक साहित्यिक प्रकाशन ‘धरणी’ को चौथो अङ्क सार्वजनिक गरिएको हो । सनातन धर्म सेवा समितिका अध्यक्ष माधवप्रसाद न्यौपाने, नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठानका अध्यक्ष दीपक श्रेष्ठ, नेपाल शिक्षक महासङ्घ सुनकोशी गाउँपालिकाका अध्यक्ष बच्चु कोइरालालगायतले पत्रिका सार्वजनिक गर्नुभएको हो ।

पिताजी कृष्णप्रसाद कोइरालाको तीन पुत्र मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला नेपालका प्रधानमन्त्रीका रूपमा सेवा गर्नुभएको थियो । त्यस्तै मातृकाप्रसाद कोइराला, बिपी कोइराला र तारिणीप्रसाद कोइरालाले नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिनुभएको छ । दुम्जामै जन्म र पुख्र्यौली सम्बन्ध भएका धरणीधर कोइराला, शङ्कर कोइराला, मोहन कोइरालाको योगदान नेपाली साहित्यमा विशिष्ट रहेको छ ।