पाल्पाका सरकारी अस्पतालहरूमा रेविजविरुद्धको खोप नहुँदा सेवाग्राही मर्कामा परेका छन् । जिल्लास्थित पाल्पा अस्पताल, रामपुर अस्पताल तथा विभिन्न स्वास्थ्य केन्द्रहरूमा रेविजविरुद्धको खोप नहुँदा सेवाग्राही फर्कन बाध्य भएका छन् ।
सहभागितामूलक व्यवस्थापन १. सहभागितामूलक व्यवस्थापन भनेको के हो ? यसले सङ्गठनमा पार्ने सकारात्मक प्रभावहरू उल्लेख गर्नुहोस् । कुनै सङ्गठन, संस्था वा समुदायको लक्ष्य हासिल गर्न सञ्चालन हुने विभिन्न व्यवस्थापकीय कार्यमा यसका सरोकारवालाहरूलाई सहभागी गराउने व्यवस्थापकीय पद्धतिलाई सहभागितामूलक व्यवस्थापन भनिन्छ । व्यवस्थापनका विभिन्न सिद्धान्तहरू प्रतिपादन र विकास हुने क्रममा सङ्गठनमा मानव सम्बन्धलाई जोड दिन थालिएसँगै सहभागितामूलक व्यवस्थापनको सिद्धान्त विकास भएको हो । सङ्गठनका महत्वपूर्ण निर्णय प्रक्रि
सल्यानमा विद्यालय समायोजन, शिक्षक व्यवस्थापन तथा शैक्षिक नीतिमा पुनरावलोकन आवश्यक रहेको देखिएको छ । यहाँका सामुदायिक बिद्यालयहरुमा विद्यार्थी संख्या अत्यन्तै न्यून रहेको पाइएको हो ।
१०० वर्ष अघिको गोर्खापत्र
गुल्मी जिल्लास्थित रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडकअन्तर्गत रहेको सिस्ने भीरको खण्ड पूर्णरुपमा वैशाख २० गतेसम्म बन्द हुने भएको छ।
नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत ‘बिर्सुं कसरी’ सार्वजनिक भएको छ । गीतले प्रेम, पीडा र बिछोडको गहिरो अनुभूति बोकेको छ । गीतमा गायक मोतिराज खनाल र गायिका शान्तिश्री परियारको स्वर रहेको छ । गीतको शब्द स्वयम् गौतमले लेख्नुभएको हो भने सङ्गीत संयोजन गायक खनालकै रहेको छ । महेन्द्र भण्डारीको सङ्गीत संयोजन रहेको गीत मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा तयार गरिएको हो । गीतमा सुमन रानाले रेकर्डिङ र कुमार रानाले मिक्सिङको काम समाल्नुभएको छ ।
स्याङ्जाको वालिङ नगरपालिकाले बिहान ९ बजेबाट नै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले वैशाख २१ गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको भए पनि वालिङले वैशाख १० गतेबाट नै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य प्रतिष्ठान, काठमाडौँसँगको सहकार्यमा वैशाख १९ र २० गते रोल्पाको थवाङ गाउँपालिकामा‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ आयोजना गर्ने भएको छ ।
जनजाति महोत्सवमा जनजातिका हरेक गतिविधिले उत्साह छाउने गरेको छ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् पूर्वी नवलपरासीले आयोजना गरेको तेस्रो नवलपुर महोत्सवमा विभिन्न वेशभूषाका मौलिकता झल्किएका थिए । महोत्सवमा लाखेनाच प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा शिका नेवा गुठी पहिलो, देवचुली नेवा गुठी दोस्रो र भीमदेवचुली नेवा गुठी तेस्रो भएको छ । लाखेनाच प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने समूहलाई पुरस्कारसहित सम्मान गरिएको थियो ।
वानीरा फाउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरीले नेपाली भाषा साहित्यको सिर्जनामा साढे सात दशकदेखि साधनारत माधव खनाल ‘भावुक’ लाई २०८२ सालको ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गर्नुभयो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशी लगानीका आयोजना निर्माणमा भएको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउनुभएको छ । मङ्गलबार सम्पन्न लगानी बोर्डको अनुगमन तथा सहजीकरण समितिको १३ औँ बैठकमा उहाँले लगानी स्वीकृत भएका ५५ आयोजनामध्ये दुई वटा मात्र निर्माणमा जानु ‘लाजमर्दो’ भएको बताउनुभयो । उहाँले विदेशी लगानी स्वीकृत भएर पनि लामो समय काम नभएको विषयमा निर्मम समीक्षा हुने उल्लेख गर्नुभयो ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमासिकका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।
बजारमा व्यवसायीले कृत्रिम अभाव देखाएर केरामा अस्वाभाविक मूल्यवृद्धि गराएका छन् । सरकारले भारतबाट आयात हुने केरामा प्रतिबन्ध लगाएका बेला व्यापारीले अभाव देखाएर मनपरी मूल्य बढाएका हुन् ।
विराटनगर भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि २०८२ चैत ३० सम्ममा दुई करोड ११ लाख ३२ हजार ९९५ केजी स्याउ भित्रिएको छ । भन्सार कार्यालय विराटनगरका अधिकृत विमलदेव साहका अनुसार यो गत वर्षको यसै अवधिको तुलनामा दोब्बरले बढी हो ।
चार्टरमार्फत अन्तर्राष्ट्रिय उडान गर्दै आएको श्री एयरलाइन्सले भारत र बङ्गलादेशमा नियमित उडान सञ्चालनको अनुमति पाएको छ । गत चैत अन्तिम साता भारतको कोलकातामा परीक्षण उडान गरेको श्रीले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भारतको नयाँदिल्ली र कोलकातासँगै नेपालबाट बङ्गलादेशमा व्यावसायिक उडानको अनुमति पाएको हो ।