शिक्षक सेवा उत्तीर्ण भई ताप्लेजुङका लागि सिफारिस आएका शिक्षकलाई स्थानीय तह रोज्न समय दिइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङले जिल्लाका लागि सिफारिस भएर आएका शिक्षकलाई स्थानीय तह रोज्न अर्थात छनोट गर्न समय दिएको हो ।
बागमती प्रदेश सरकार अन्तर्गत प्रदेश रहेको कृषि सेवा कार्यालय जग्गा उपलब्ध भए पनि भवन नहुँदा जस्ताको कटेराबाट सञ्चालन हुँदै आएको छ।
आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२र०८३ को मङ्सिर मसान्तसम्ममा रु एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।
काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग २ ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१ प ५८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताउनुभएको छ ।
यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि एक सय २५ रनको सामान्य लक्ष्य दिएको छ ।
खोटाङको दक्षिणी क्षेत्र वाप्लुखामा लामो समयदेखि जीर्ण भवनमा रहेको प्रहरी चौकीको भवन निर्माण सम्पन्न भएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा फुटबल रङ्गशाला तयार भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्टबाहकलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नु भएको छ ।
कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङलाई ज्ञापन पत्र बुझाएका छन् ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिनु हुने भएको छ ।
रूस र इरानले दक्षिण एसियालाई उत्तरी युरोपसँग जोड्ने अन्तर्राष्ट्रिय यातायात मार्ग पूरा गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको इरानको सरकारी समाचार एजेन्सी इरनाले जनाएको छ ।
सिड्नीको बोन्डी समुन्द्र तटमा भएको घातक सामूहिक गोलीबारीको जीवित कथित अपराधी नावीद अकवरलाई ५९ वटा अपराधको आरोप लगाइएको अस्ट्रेलियाली प्रहरीले बुधबार जनाएको छ ।
भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भन्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ ।
कम्बोडियाले सीमा क्षेत्रमा भएको झडपमा कम्बोडियामा मृत्यु हुने नागरिकको सङ्ख्या १७ पुगेको उल्लेख गर्दै थाई सैन्य बलले कम्बोडिया क्षेत्रमा हवाई आक्रमण र गोलाबारी जारी राखेको बुधबार बताएको छ ।