अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा नर्भिक इनटरनेसनल अस्पतालले चार जना उत्कृष्ट नर्सिङ कर्मचारीलाई ‘डेजी अवार्ड‘ र अन्य २७ जना कर्मचारीलाई सम्मान गरेको छ ।
सुर्खेत उपत्यका नगर विकास समिति, वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिव टीकाराम ढकालसहित पाँच जनाविरुद्ध राजस्व हिनामिना गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले आफूलाई प्रधानमन्त्री बालेन्द्र साहलाई संसद्को बैठकमा उपस्थित गराउनका लागि मिति तोक्ने कुनै अधिकार नभएको बताउनुभएको छ ।
स्थगित भएको प्रतिनिधिसभा बैठक पुनः सुचारु भएको छ । प्रतिपक्षी दलका सांसदहरूको बैठकमा अवरोधपछि दोस्रो पटक स्थगित भएको बैठक पुनः सुचारु भएको हो ।
नेपाल क्रिकेट प्रशिक्षक सङ्घले क्रिकेट प्रशिक्षकहरूको सेवा सुविधा र पारिश्रमिक बढाउन माग गरेका छन् ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको अनुपस्थितिमा पनि सरकारको नीति तथा कार्यक्रम छलफल हुनुपर्ने जिकिर गरेको छ ।
युक्रेनको निप्रोपेट्रोभस्क क्षेत्रमा भएको रूसी आक्रमणमा परी आठ जनाको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएको युक्रेनी अधिकारीहरूले बुधबार बताएका छन् ।
जाजरकोटको भेरी नगरपालिका–४, पानीट्याङ्कीस्थित भित्रि सडक खण्डमा आज बिहान जिप दुर्घटना हुँदा चालक घाइते भएका छन् ।
प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूको अवरोध कायमै रहेपछि संसद् बैठक दोस्रो पटक स्थगित भएको छ ।
राष्ट्रिय सभामा आगामी आर्थिक वर्ष २०८३र८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ ।
रुसले आफ्नो रणनीतिक क्षमतामा ठुलो उपलब्धि हाँसिल गरेको दाबी गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनले सरमत अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रणालीको सफल परीक्षणको प्रशंसा गर्नुभएको छ । उहाँले यसलाई ‘विश्वको सबैभन्दा शक्तिशाली मिसाइल प्रणाली’ भन्दै रूसको दीर्घकालीन सुरक्षा रणनीतिको प्रमुख आधारका रूपमा प्रस्तुत गर्नुभयो ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरीले गर्भपतन सेवा गुणस्तरीय, सर्वसुलभ, पहुँचयोग्य र सुरक्षित नभएको बताउनुभएको छ ।
पोखराको फेवातालमा सञ्चालित ‘कायकिङ तथा सर्फिङ बोट’ मा पर्यटकको आकर्षण बढेको छ ।
प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरुको अवरोध कायमै रहेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलका सांसदहरुले बैठक अवरोध गर्नुभएको हो ।
पश्चिम एसियामा बढ्दो तनावका बिच चीनले इरान र अमेरिकाबिच वार्ता सहज बनाउन पाकिस्तानलाई आफ्नो कूटनीतिक भूमिका अझ सक्रिय बनाउन आग्रह गरेको छ । विशेष गरी हर्मुज जलघाँटीको स्थिरता र अस्थायी युद्धविरामलाई दीर्घकालीन संवादतर्फ लैजान चीनले इस्लामाबादको मध्यस्थता प्रयासलाई महत्त्वपूर्ण रूपमा हेरेको सङ्केत दिएको छ ।