अप्पर अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा जनताका लागि ३५ अर्ब २४ करोड ८६ लाख रुपियाँ बराबरको सेयर जारी गर्ने प्रस्ताव गरिएको छ । जनताको जलविद्युत् कायक्रम अन्तर्गत नेपाल विद्युत् प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण गर्न लागेको आयोजनामा ४९ प्रतिशत सर्वसाधारणका लागि छुट्याइने भएको हो । एक हजार ६३ मेगावाटको सो आयोजनामा लगानी हुने ३० प्रतिशत स्वपुँजीमध्ये सो बराबरको सेयर सर्वसाधारणले पाउने भएका हुन् । प्राधिकरणको सञ्चालक समितिले बिहीबार यो प्रस्ताव स्वीकृत गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन, नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र कर्जा प्रमुख अधिकृत रिवास श्रेष्ठलाई पक्राउ गरेको छ ।
पाल्पामा अवैध भरुवा बन्दुकसहित एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा तानसेन नगरपालिका–१३ केरवादीका ६४ वर्षीय शालिकराम रेश्मी रहेका छन् ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ८४ पैसा र बिक्रीदर १४३ रुपियाँ ४४ पैसा निर्धारण गरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको जनादेश र सहिद परिवारका मागप्रति सरकार गम्भीर रहेको प्रस्ट्याउनुभएको छ । जेनजी आन्दोलनमा सहादतप्राप्त सहिदका परिवारसँगको आइतबार भएको संवादमा प्रधानमन्त्री कार्कीले सरकारले इमानदारीपूर्वक माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले महिला तथा बालबालिकामाथि भएका हिंसाविरुद्ध एकजुट हुनुपर्ने बताउनुभएको छ । ‘प्रविधिको सही प्रयोग गरौँ : लैङ्गिक हिंसा अन्त्य गरौँ, लैङ्गिक हिंसारहित प्रविधि, सुरक्षा र न्यायको विधि’ अभियानसाथ आइतबारदेखि प्रहरी प्रधान कार्यालयले देशभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरेको छ । अभियान शुभारम्भ समारोहलाई सम्बोधन गर्दै आइजिपी कार्कीले महिला तथा बालबालिकामाथि भइरहेका विभिन्न प्रकारका हिंसात्मक घटना र बढ्दो तथ्याङ्कबारे सबै सरोकारवाला निकाय गम्भीर हुनुपर्ने बताउनुभयो ।
कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षकको सधैँ अभाव हुने गरेको छ । सामुदायिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षकको सधैँ अभाव हुने गरेको हो ।
नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि धनकुटाबाट १३ जना प्रतिनिधि छनौट भएका छन् । सहमति जुट्न नसकेपछि मतदान प्रक्रियाबाट प्रतिनिधि छनौट गरिएको हो ।
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सञ्चार माध्यमको भूमिका र निर्वाचन आचारसंहिता कार्यान्वयन प्रभावकारी बनाउने विषयमा प्रेस काउन्सिल नेपाल र निर्वाचन आयोगका पदाधिकारीबिच छलफल भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दा आठ जिल्लामा समस्या आएको छ । जिल्लाबाट उजुरी आएपछि प्रतिनिधि छनौटको टुंगो लाग्न नसकेको एमाले नेताहरुको भनाइ छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले देश बन्नलाई सहि नेतृत्व हुन जरुरी रहेको बताउनुभयो ।
भारतको दक्षिणी राज्य तमिलनाडुमा आइतबार दुई सरकारी बस एक–आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको र २० भन्दा बढी घाइते भएको भारतीय प्रहरीले जनाएको छ ।
नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य घटाएको छ ।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन (फागुन २१, २०८२) का लागि राजनीतिक दल दर्ताको प्रक्रिया सकिँदा जम्मा १२० दलले दर्ताका लागि निवेदन आयोगमा पेस गरेका छन्।
मुक्त कमैया, कमलरीको हक, अधिकारको लागि वकालत गर्दै आएको मुक्त कमैया महिला विकास मञ्चले पछिल्लो समय उनीहरुको उद्यमशीलता र जीविकोपार्जनमा सहयोग गरिरहेको छ ।