निर्वाचन आयोगले २०८४ सालमा हुने स्थानीय तह र प्रदेश सभाको निर्वाचन एकै मितिमा सम्पन्न गर्न राजनीतिक दलहरूलाई प्रस्ताव गरेको छ ।
किसानका कृषि उपज सहज रूपमा बिक्रीवितरण गर्न तथा सुरक्षित भण्डारणको सुविधा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको प्रादेशिक कृषि थोक बजार अलपत्र परेको छ ।
सप्तरीको तिरहुत गाउँपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ डिमन टोल निवासी २६ वर्षीया बबिता देवी यादवको करेन्ट लागेर मृत्यु भएको हो ।
तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर धपाउन आउँदो जेठ १ गते नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बाँदरको आतंक नियन्त्रण गर्न सामूहिक रूपमा बाँदर धपाउने अभियान सञ्चालन गर्न बिदा दिन लागिएको हो ।
मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा ७०० ले घटेको छ भने चाँदीको मोल भने रु १५ ले बढेको छ ।
सर्लाहीको नारायणखोलास्थित नारायण दोभानमा दुई वर्षदेखि अलपत्र ट्रस्ट पुल निर्माण कार्य सुचारु भएको छ । चुरेभेगमा पर्ने लालबन्दी न
बैतडीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । डिलाशैनी गाउँपालिका–४ मठैराजका ४८ वर्षीय गणेशदत्त पन्त बुधबार बिहान घरबाट करिब एक सय मिटर टाढा सडकमा मृत अवस्थामा फेला पर्नुभएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुने भएको छ ।
नेपालको साहसिक पर्यटनलाई विश्वस्तरमा चिनाउने लक्ष्यका साथ तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा एक ‘मेगा प्रोजेक्ट’ को रूपमा सबैभन्दा लामो ‘क्यान्टिलिभर ग्लास स्काई वाक’ को निर्माण कार्य सुरु भएको छ ।
विराटनगर–१४ का साहिद अलीसँग साबिक जतुवा कठकुप्पा (हाल विराटनगर–१४, छाला फ्याक्ट्री) मा १० धुर जग्गाको पुर्जा छ । उहाँले २०६९ साल माघ १७ गते उक्त जग्गा लि
जुम्लाको हिमा गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध हुँदा कार्यालय तथा स्थानीय सेवाग्राही दुवै प्रभावित भएका छन् । गाउँपालिकाका लागि जडान गरिएको टेलिफोन टावरले काम नगरेपछि करिब छ महिनादेखि गाउँपालिका केन्द्र जुगाड क्षेत्रसहित सडक आसपासका बस्तीहरूमा टेलिफोन सेवा प्रभावकारी हुन सकेको छैन ।
भोजपुरको षडानन्द नगरपालिका–२ स्थित श्री जनोदय आधारभूत विद्यालयलाई युडब्लुएस नेपाल को साझेदारी र दातृ निकाय ट्रोपिक कम्पनीको सहयोगमा निर्मित ११ कोठे बालमैत्री विद्यालय भवन, ५ कोठे अपाङ्गमैत्री शौचालय तथा खानेपानी धारासहितका भौतिक संरचना हस्तान्तरण गरिएको छ ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बैतडी जिल्लामा ५१ दशमलव ३९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी ३ हजार ९ सय ३० जनामध्ये २ हजार २० जना उत्तीर्ण भएका हुन् भने १ हजार ९ सय १० जना नन–ग्रेडेड भएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
कर्णाली नदीमा भइरहेको असन्तुलित उत्खननले कैलालीतर्फ जोखिम बढिरहेको छ । एकातर्फ मात्रै भइरहेको उत्खननका कारण कैलालीका लम्कीचुहा नगरपालिका, टीकापुर नगरपालिका र जानकी गाउँपालिकातर्फ जोखिम बढेको हो । नदीको अर्कोपट्टि बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्र परेका कारण त्यसतर्फ नदीजन्य वस्तु उत्खननमा प्रतिबन्ध लगाइएको छ । कैलालीतर्फ भने बर्सेनि उत्खनन हुँदा कर्णाली नदीको भँगालो पश्चिमतर्फ आइरहेको छ ।