सप्तरी प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीलेअभद्र व्यवहार, ज्यान मार्ने उद्योग तथा चोरी सम्बन्धी कसुरमा फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरेको हो ।
सुर्खेतको सबैभन्दा दुर्गम भूगोल मानिने चिङ्गाड गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सुरु गरिएको छ । ६ वटा वडा रहेको सो पालिकामा यही वैशाख ३१ गतेसम्म विभिन्न वडामा सो शिविर सञ्चालन हुने छ ।
मुगुको माथिल्लो क्षेत्र मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न वन तथा पाटन क्षेत्रहरूमा पाइने बहुमूल्य जडीबुटी यार्चागुम्बा सङ्कलन गर्न आगामी जेठ १३ गतेदेखि प्रवेश खुला गरिने भएको छ । गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार पालिकाको कार्यविधि अनुसार आगामी जेठ १३ गतेदेखि पाटन क्षेत्रमा यार्चा सङ्कलन सुरु गर्ने निर्णय भएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयबाट ३ हजार १९८ जना (७६.७५ प्रतिशत) विद्यार्थी ग्रेडेड भएका छन् ।
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–६, जम्मुकाधममा रहेको जयदेव माध्यमिक विद्यालय लामो समयदेखि राजनीतिक विवाद र प्रशासनिक अन्योलको सिकारमा परेको छ । राजनीतिक विवादका कारण उक्त विद्यालयको अवस्था जीर्ण हुँदै जाँदा विद्यार्थीको सुरक्षामा पनि जोखिम बढेको छ ।
बागलुङका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सहसचिव) कुमानसिंह गुरुङले भ्रष्टाचार मुद्दामा सफाइ पाउनुभएकाे छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा तनहुँको व्यास नगरपालिका–१०, डिहीगाउँकी सीमान्त कुसुन्डाले सफलता हासिल गरेकी छिन् । लोपोन्मुख कुसुन्डा समुदायकी एक मात्र प्रतिनिधि सीमान्तले दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयबाट २.९६ जिपिए (बी प्लस ग्रेड) प्राप्त गरी उत्तीर्ण भएकी हुन् ।
उत्तरी गोरखाको धार्चे गाउँपालिकाको दोभान र हुल्चुक जोड्ने गरी बुढीगण्डकी नदीमाथि बेलिबिज्र निर्माणको काम भइरहेको छ । दोभानखोला जलविद्युत् आयोजनाले बुढीगण्डकी नदीमाथि बेलिबिज्र निर्माण गर्न थालेको हो । आयोजनाले आफ्नो काम सहज बनाउनुका साथै स्थानीयवासीलाई आवतजावतमा सुविधा पुग्ने उद्देश्यले पुल निर्माण थालेको धार्चे–१, हुल्चुकका वडाध्यक्ष रामसिंह गुरुङले बताउनुभयो ।
गल्याङ नगरपालिकाले नगरभित्रका १६७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । नगरपालिकाले नगरभित्र सञ्चालित क्याम्पस तथा कक्षा ११–१२ मा अध्ययनरत गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।
उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–२, भार्चा छोसेरकी १६ वर्षीया छिमी ल्हामो गुरुङले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा ३.४२ जीपीए हासिल गर्नुभएको छ ।
पश्चिम नवलपरासीमा जिल्ला खेलकुद विकास समितिको आयोजना तथा सुनवल नगरपालिकाको समन्वयमा सञ्चालित १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रतापपुर गाउँपालिका प्रथम हुन सफल भएको छ ।
चितवनको पहाडी क्षेत्रका चेपाङ समुदाय रासायनिक मल अभावका कारण खेती उत्पादन घट्ने र अन्नको समस्या हुने चिन्तामा परेका छन् ।
गुल्मीको इस्मा गाउँपालिका–४ दोहली कुविन्देका स्वर्गीय लक्ष्मणबहादुर महतको परिवारले रामराज्य माध्यमिक विद्यालयलाई दुई लाख ११ हजार १११ रुपियाँ सहयोग गरेको छ ।
नेपाल विद्युत प्राधिकरण अन्तर्गत दाङ जिल्लाका विभिन्न वितरण केन्द्रहरूले विद्युत् महसुल सङ्कलन प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने निर्णय कार्यान्वयनमा ल्याउन थालेका छन् ।
ताप्लेजुङमा गौवध मुद्दामा दोषी ठहर भई फरार भएका एक व्यक्ति सात वर्षपछि पक्राउ परेका छन् । अदालतबाट दोषी ठहर भई फरार भएका व्यक्तिलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो ।