हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागिरहेको छ ।
१०० वर्ष अघिको गोर्खापत्र
पछिल्लो समय नेपाली चलचित्र दर्शकको प्राथमिकतामा पर्न थालेको छ । नयाँ वर्षको छेकोमा प्रदर्शनमा आएका चलचित्रले घरेलु बजारमा सुखद सुरुवात गरेका छन् । चलचित्र विकास बोर्डले सार्वजनिक गर्ने बक्स अफिस रिपोर्टलाई आधार मान्दा नयाँ वर्ष २०८३ पनि सुखद हुने लक्षण देखिएको छ । चैत २७ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘राम नाम सत्य’ ले राम्रो व्यापार गरेको छ । विकास बोर्डको तथ्याङ्क अनुसार वैशाख २६ गतेसम्म चलचित्रको एक लाख २१ हजार चार सय पाँच टिकट बिक्री भएका छन् । सो चलचित्रले तीन करोड ४० लाख ८१ हजार छ सय ९१ कमाइ गरेको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित एभरेष्ट छाला उद्योगमा ट्रान्सफर्मर जडान गर्ने क्रममा भएको विस्फोटमा गम्भीर घाइते भएका एक मजदुरको उपचारका क्रममा मृत्यु भएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकाले मगर खाम भाषा विद्यालयस्तरमा पठनपाठन सुरु गराउन प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरेको छ । मगर खाम भाषाको संरक्षण, पुनरुत्थान र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित एक सातासम्म सञ्चालन हुने तालिममा गाउँपालिकाका १५ विद्यालयका शिक्षकको सहभागिता रहेको छ । पुनमगर समाज रघुगङ्गाका अध्यक्ष टीका पुर्जा पुनमगरले मगर भाषाविज्ञ कर्णबहादुर बुढामगरले खाम भाषासम्बन्धी प्रशिक्षण दिनुहुने जानकारी दिनुभयो ।
सरकारले तोकेको गहुँको न्यूनतम समर्थन मूल्यमा कृषकले गहुँ बिक्री गर्न नमान्दा खाद्यले कृषकबाट गहुँ खरिद गर्न सकेको छैन । महेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कृषकले सरकारले तोकेको समर्थन मूल्यमा गहुँ बिक्री गर्न नमान्दा पाँच वर्षयता गहुँ खरिद गर्न नसकिएको जनाएको हो ।
चीनको खासा हुँदै तातोपानी नाकाबाट १८ अर्ब ९३ करोड ९३ लाख ५० हजार ८६३ रुपियाँका विद्युतीय सवारीसाधन भित्रिएका छन् । दुई आर्थिक वर्षमा गरेर उक्त मूल्यका सात हजार ४९२ थान इभी गाडी काठमाडौँ भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । त्यसबापत नेपाल सरकारलाई १० अर्ब ४५ करोड ६७ लाख ८६ हजार १५२ रुपियाँ राजस्व प्राप्त भएको भन्सार अधिकृत रमेशबहादुर शाहले जानकारी दिनुभयो ।
धनकुटा–६ मा बसोबास गर्दै आउनुभएका ६६ वर्षीय करवीर राईले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्नुभएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई)मा रूपन्देहीका ३५ वटा सामुदायिक र निजी विद्यालयका गरी ८० जनाले चार जीपीए अंक ल्याएका छन् । नतिजामा सामुदायिकको तुलनामा नीजि विद्यालयहरु अगाडि देखिएका छन् ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले युवालाई कृषि उत्पादनमार्फत गाउँमै भविष्य निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिन बाँझो जमिनमा आलु र धान खेती सुरु गरेको छ । गाउँपालिका–४, सेरीखोलास्थित परशुरामेश्वर गुठीको २० रोपनी बाँझो जमिन उपयोग गर्दै यस वर्ष आलु खेती गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनालले यस पटक करिब ३० क्विन्टल आलु उत्पादन गरिएको बताउनुभयो
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा बसको ठक्करबाट एकजना वृद्धको मृत्यु भएको छ ।
नेपाली चिया निकासीमा भारतले कडाइ गरेपछि चिया क्षेत्र नै सङ्कटमा परेको छ । गत मे १ देखि भारतले नेपाली चिया आयात गर्दा प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) मा कडाइ गरेपछि नेपाली चिया निकासी बन्द जस्तै भएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ७१ पैसा र बिक्रीदर १५३ रुपियाँ ३१ पैसा निर्धारण गरिएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले दुुग्ध विकास संस्थान (डिडिसी) का कर्मचारीले सित्तैमा उपभोग गर्दै आएको दुुध र घिउको सुविधा रोक्न निर्देशन दिनुभएको छ । संस्थान लामो समयदेखि घाटामा गएर धराशायी अवस्थामा पुगेपछि कर्मचारीले पाउँदै आएको सुविधा मन्त्री चौधरीले कटौती गर्न निर्देशन दिनुभएको हो ।
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मुलुकका प्रमुख सञ्चार माध्यमका समाचार कक्षका नेतृत्वकर्तासँग सुझाव सङ्कलन गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वको कार्यदलले ५५ जना सम्पादक तथा सञ्चारविज्ञसँग छलफल गरी सुझाव सङ्कलन गरेको हो ।