लगातारको हिमपातका कारण यतिबेला मनाङको जनजीवन प्रभावित भएको छ । पर्यटकीय याममा तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ, लार्के पास तथा मनास्लु पदयात्राका लागि जानेहरुको तालिका बिग्रिएको छ ।
सडकमा माथिबाट खसेका ठूला ढुङ्गा पन्छाएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकमा यातायात सञ्चालन भएको छ ।
कात्तिक १३ गतेदेखि अवरुद्ध रहेको तमोर करिडोर सञ्चालनमा आएको छ ।
स्थानीय तह र मातहतका स्वास्थ्य संस्थाहरूबाट सम्पादित स्वास्थ्यका कार्यक्रमहरूको जिल्ला स्तरीय वार्षिक समीक्षामा प्रगति मूल्याङ्कन गर्दा जिल्लाका नौ वटा स्थानीय तहहरूमध्ये भोजपुर नगरपालिका जिल्लाकै पहिलो भएको छ ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ पाङसिङका ५ घरमा ढुङ्गा, माटोसहितको लेदो पस्दा क्षति पुगेको छ ।
बाँके जिल्लाका दुई वटा बालसुधार गृह र एउटा कारागारबाट भागेका कैदीबन्दीहरुमध्ये २२३ जना अझै पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एशोसिएसन अफ नेपाल ‘जिपीम्यान’को आज यहाँ सम्पन्न २७औँ साधारणसभाले डा विश्वराज दवाडीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमितिको निर्वाचन गरेको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरम मुसहरी टोलमा झाडापखाला प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पुगेका छन् । प्रभावितको स्वास्थ्यकर्मीको टोली घर घरमै गएर व्यक्तिहरूको पखाला जाँचका लागि नमुना सङ्कलन गरिरहेका हुन् ।
हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको पर्यटकीय गन्तव्य लाप्चामा सञ्चार सुविधा नहुँदा कठिनाइ भएको छ । सञ्चार सुविधा नहुँदा यहाँ घुम्न आउने पर्यटकलाई समस्या भएको छ । लाप्चाबाट चीनमा पवित्र तीर्थस्थल मानसरोवर कैलाश पर्वतको सहजै दर्शन गर्न सकिन्छ ।
बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा-नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो खसेकाले अवरुद्ध भएको थियो ।
बाजुरामा गत शनिबार बस दुर्घटनामा परी घाइते भएका बैतडीका २७ वर्षीया सहचालक गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको छ ।
धनकुटामा जनप्रतिनिधिको जिम्मेवारीमा रहेका दुईजना वडाध्यक्ष सफल कृषकको रुपमा पहिचान बनाउँदै आएका छन् । कृषि क्षेत्रमा लागानी, मेहनत र आम्दानी बढाउँदै गएसँगै कृषि क्षेत्रमा आफ्नो पहिचान बनाउँदै आएका छन् ।
चार दिनदेखि लगातार परिरहेको अविरल वर्षाले तेह्रथुम जिल्लाका किसानहरूलाई ठुलो मार परेको छ ।
उत्तरी गोरखाको मनास्लु पदमार्ग पुनः पदयात्रीको लागि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले आइतबार एक सूचना जारी गर्दे अनुकूल मौसम सुरु भएसँगै मनास्लु क्षेत्रका सबै पदमार्गमा आवतजावतमा अनुमति दिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु. ७०० ले बढेको छ भने चाँदी प्रतितोला रु. पाँचले घटेको छ ।