गल्याङ नगरपालिका –१ राम्दी स्थित सिद्धार्थ राजमार्गमा चेकजाँचमा प्रहरीले लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ ।
नेकपा एमालेको ऐतिहासिक १० औं राष्ट्रिय महाधिवेशन शनिबारबाट सुरु हुँदैछ । दिउँसो १२ बजे भक्तपुरको सल्लाघारीमा अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गर्नुहुनेछ ।
नेपाल आमाको गर्भलाई धन्यवाद नदिई रहन सकिन्न उनको उर्वर कोखबाट नारायणगोपाल जस्तो सुमधुर स्वरका धनी सुपुत्रको जन्म भयो । ती होनाहार पुत्रको जन्म विसं १९९६ असोज १८ गते काठमाडौँको किलागलमा भएको थियो । निधन भने २०४७
नेपाली कांग्रेस ताप्लेजुङले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ गजेन्द्रप्रसाद तुम्याहाङको एकल नाम सिफारिस गरेको छ ।
पश्चिम नवलपरासीको बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको दैनिक सेवाप्रवाह बन्द भएको छ ।
बाबुछोराको संयुक्त द्वैभाषिक कवितासङ्ग्रह ‘क्यानभास अफ लेटर्स’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यव्रmममा कवितासङ्ग्रहको विमोचन गरिएको हो । कवि महेशबाबु तिमल्सिना र उनका १४ वर्षीय छोरा सम्राटबाबु तिमल्सिनाको संयुक्त द्वैभाषिक कवितासङ्ग्रह हो ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ ।
चित्रकार भीम सुब्बा तामाङ (बाबु साइँला) ले गृह जिल्ला लमजुङमा एकल चित्रकला प्रदर्शनी गर्नुभएको छ । ‘क्यानभासमा हिमाल’ शीर्षकमा मस्र्याङ्दी गाउँपालिकाको सभा हलमा गरिएको प्रदर्शनीमा २४ वटा चित्र राखिएका छन् । यो उहाँको तेस्रो एकल प्रदर्शनी हो । बुधबार र बिहीबार दुई दिनसम्म गरिने प्रदर्शनीमा राखिएका सबै चित्र मूर्त शैलीमा छन् । गाउँले परिवेश, संस्कृति र प्राकृतिक सुन्दरतामा देखिएका हिमाललाई मुख्य विषय बनाइएको छ ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
पोखरा रङ्गशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने भएको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को टोलीले रङ्गशालाको निरीक्षणपछि पोखरा रङ्गशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता हुने सङ्केत जनाएको छ ।
करिब ५० वर्षअघि कानुन बने पनि हालसम्म सुरु हुन नसकेको मिथाइल ब्रोमाइड फ्युमिगेसन नेपालगन्जस्थित आइसिपीबाट देशमै पहिलो पटक सुरु गरिएको छ । यस प्रक्रियामा काठ तथा जडीबुटीलाई एकदमै बन्द ठाउँमा राखेर मिथाइल ब्रोमाइड ग्यास छाडेर कीटाणु र कीट नियन्त्रण गरेर स्वच्छ बनाइन्छ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल मौसमको अवस्था – देशभर मुख्यतया सफा रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल शनिबार हुँदैछ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ र भियतनामको अर्थतन्त्र मन्त्रालयअन्तर्गतको लगानी प्रवर्धन र अन्तर्राष्ट्रिय सहकार्य विभागबिच आज द्विपक्षीय लगानी र व्यापारका सम्बन्धमा छलफल भएको छ ।
व्यावसायिक घराना गोल्यान ग्रुपको अध्यक्षमा अक्षय गोल्यान चयन हुनुभएको छ । शुक्रबार सम्पन्न गुरपको वार्षिकोत्सवमा अध्यक्षमा गोल्यान चयन हुनुभएको जनाइएको छ । पारिवारिक एकता र रणनीतिक निरन्तरताको सन्देश दिँदै ग्रुपका उपाध्यक्ष वासुदेव गोल्यानले अक्षयलाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरिएको जानकारी दिनुभयो ।