प्रचलित कानुनविपरीत विभिन्न खाले पहुँचका भरमा सरकारी सवारीसाधन प्रयोग गरिरहेका पदाधिकारी तथा कर्मचारीबाट ७०१ वटा चारपाङ्ग्रे सवारीसाधन फिर्ता ल्याइएको छ ।
सीमानाका हुँदै एक सय रुपियाँभन्दा बढीको सामान नेपाल ल्याउँदा भन्सार लाग्ने व्यवस्था सरकारले संशोधन गर्ने भएको छ । सरकारले हाल कायम एक सय रुपियाँको सीमा बढाउने तयारी गरेको हो ।
कहालीलाग्दो भिर । माथि हेर्दा टोपी खस्ने छङ्गाछुर ठाडो भिर अनि भिरका कापामा लहरै रहेका भिरमौरीका गोला । लमजुङको मस्र्याङ्दी गाउँपालिका–४, मिप्रागाउँको छिप्ली भिरको पहरालगायत जिल्लाका विभिन्न स्थानमा भिरमौरीका गोलाबाट मह काढ्न स्थानीय मह सिकारीको होडबाजी नै चल्छ । कहालीलाग्दो भिरमा डोरीको सहारामा झुन्डिएर गरिने यस्तो मह सिकारको दृश्य देख्ने जोकोहीले साँच्चिकै चाखका साथ हेर्ने गरेको पाइन्छ । पछिल्लो समय यस्तो डरलादो दृश्य हेर्न आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुन थालेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको हिउँदे तथा बर्खे बिदाको समय १५ दिन कटौती गरेको छ । हालसम्म एक शैक्षिक सत्रमा ४५ दिन दिइँदै आएको यस्तो बिदा यस शैक्षिक सत्रका लागि भने ३० दिनको मात्रै हुने छ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा (शनिबार र आइतबार) दिने निर्णय गर्दा पठनपाठनमा पुग्ने क्षति न्यूनीकरण गर्न मन्त्रालयले यस्तो व्यवस्था गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ननग्रेडेड (अनुत्तीर्ण) भएकाहरुका लागि आगामी असार १ गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्नेभएको छ ।
पाशुपत क्षेत्रको आसपासका ६४ उपलिङ्ग तथा ज्योतिर्लिङ्गको परिक्रमा गर्ने उद्देश्यले थालिएको ४२ दिने बृहत् पाशुपत पदयात्रा समापन भएको छ ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१२ बाँसडोलबाट देखिएको अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत भैंसेपाटी, जनागाल, पुलबजार र बनेपा बजार क्षेत्र ।
अध्यागमन विभागले विदेशी नागरिक अनुगमन प्रणाली ९एफएनएमआइएस० कार्यान्वयनको प्रगतिबारे समीक्षा गरेको छ ।
सरकारले जलस्रोतको व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरूप व्यवस्थित गर्न नयाँ छाता कानुन ल्याउने तयारी तीव्र बनाएको छ ।
सरकारले सुकुम्बासी वस्ती भत्काएपछि भत्केको वस्तीबाट कवाड सामग्री संकलन गर्नेको भिड लाग्ने गरेको छ । काठमाडौँको तीनकुनेस्थित गैरिगाउँ क्षेत्रमा भत्काइएको सुकुम्बासी बस्ती क्षेत्रमा सङ्ला इट्टा, कवाड तथा फलाम बटुल्दै कवाड व्यवसायीहरु सक्रिय देखिएका हुन् ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका–८, दुर्गाफाँट कुडुलेमा मङ्गलवार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
मातृभाषा राष्ट्रिय सेवा पुरस्कार २०८२ बाट नेपाल भाषा साहित्यका इतिहासकार तथा समालोचक प्राध्यापक प्रेमशान्ति तुलाधर सम्मानित हुनुभएको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि बागमती प्रदेश सरकारले निर्धारण गरेको भाडादर विपरीत यात्रुबाट बढी भाडा असुल गरिएको भन्दै प्रदेश सभाको सार्वजनिक लेखा समितिले ध्यानाकर्षण गराएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले आदिबासी जनजातीहरुको अधिकार र राज्यका निकायमा समान सहभागिता सुनिश्चित गर्न सहयोगका लागि नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई १८ बुँदे अडानपत्र बुझाएको छ।
पश्चिम गुल्मीको मदाने गाउँपालिका वडा नम्बर–१, अग्लुङ्गस्थित घडेरी गाउँको निकै रमणीय र सुन्दर दृश्य।