धनुषाको वीरेन्द्र बजारमा यात्रुवाहक बस र अटो एकआपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
निर्माण संरचना र कलात्मक शैलीका दृष्टिकोणले सिंहदरबार सिंह जस्तै दह्रो, बलियो र आकर्षक देखिन्छ । यस दरबारमाथि विभिन्न पटक भए गरेका आगलागीका घटनाले ठुलो क्षति पु¥याए पनि पुनः उठ्ने गरेको छ । निर्माणमा युरोपेली र नेपाली कलाकृतिको मिश्रण रहेको यसलाई अद्भुत नमुना दरबार मानिएको छ । राणाकालमा बनेका अन्य दरबारभन्दा छोटो समयमा यत्तिको सुन्दर र विशाल दरबार बनाइएको थियो ।
सिराहाको औरही गाउँपालिकाका जेनजी समूहले गाउँपालिकामा बुझाएको ध्यानाकार्षणपत्रमा उल्लेख भएको माग सम्बोधन गर्न जेनजी समूह र गाउँपालिकाबिच सातबुँदे सम्झौता भएको छ ।
करिब एक महिनापछि सल्यानको प्रसिद्ध कुमाख मेलाको फोहोर व्यवस्थापन गरिएको छ । धार्मिक तथा पर्यटकीय गन्तव्य कुमाख लेक क्षेत्रमा कोजाग्रत पूर्णिमाको अवसरमा गत असोजमा २० र २१ गते मेला लागेको थियो ।
हरिबोधनी एकादशीका दिन कालीगण्डकी नदी स्नान गर्ने र शालिग्राम शिला दर्शन गर्नेको भिड लागेको छ । गुल्मी, स्याङ्जा र पर्वतको सङ्गमस्थल सेतीवेणीमा कालीगण्डकी नदी स्नानका साथै शालिग्राम शिलाको दर्शन गर्नेको भिड लागेको हो ।
घोराही खानेपानी उपभोक्ता एवं सरसफाइ संस्थाका अध्यक्ष देविबहादुर डिसीको निधन भएको छ । क्यान्सरबाट पीडित डिसीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका सबै घटनाको छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले आयोगले निष्पक्ष र स्वतन्त्र भएर छानबिन गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “जाँचबुझ आयोग कसैप्रति पनि पूर्वाग्रही हुँदैन ।”
गुल्मीका सडकहरु नयाँ र सहज रुपमा यात्रा गर्न सक्ने भए पनि भाडादर भने पुरानै असुल गर्दै आएको पाइएको छ ।
सदरमुकाम कुश्मालाई जिल्लाको मध्य भागसँग जोड्ने दोबिल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकखण्ड निर्माण व्यवसायीको लापरवाहीले जोखिमपूर्ण बनेको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ लेडाहाका ७० वर्षीय दुलामणि गुरौ केही वर्षदेखि मेडरी नाच युवाहरूलाई सिकाउँदै आउनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
लगातार चार दिनदेखिको झरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडक खण्ड हिलाम्य भएको छ । जसका कारण हिलोमा गाडीहरु फस्ने क्रम बढेपछि यात्रा एकतर्फी र कठिन भएको नवलपुर प्रहरीले जनाएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका शाखा प्रमुख महिकरण महराले सरकारले धानको समर्थन मूल्य तोकेअनुरूप कञ्चनपुरमा पनि आज (आइतबार) देखि किसानबाट धान खरिद गरिन लागेको जानकारी दिनुभयो ।
नेपालको अर्थतन्त्रलाई बलियो बनाउने एक खम्बा हो, कृषि । बहुसङ्ख्यक नेपाली कृषिमै निर्भर छन् । पछिल्लो समय धेरै व्यक्ति कृषि क्षेत्रबाट विमुख हुँदै गएका छन् । खासगरी युवा पुस्ताले कृषि क्षेत्रलाई अँगाल्न छाड्दै गएका छन् ।
इटहरीका सफल उद्यमी केदार अधिकारी फूल र बिरुवाको व्यवसायमार्फत आत्मनिर्भर बन्नुभएको छ । बाल्यकालदेखि नै बोटबिरुवासँगको माया बोकेका उहाँले पुख्र्यौली पेसालाई निरन्तरता दिँदै २०४३ सालमा इटहरी उपमहानगरपालिका–६ मा ‘पशुपति नर्सरी’ स्थापना गर्नुभयो ।