लोमान्थाङ र लो-घेकर दामोदरकुण्ड गाउँपालिकाका गुरुङ र विष्ट समुदायले १४ औँ शताब्दीदेखि मनाउँदै आएको तिजी पर्व लोमान्थाङ दरबारको प्राङ्गणमा मनाइने छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीले व्यक्त गरेका वाचापत्र, शासकीय सुधार र सरकारको नीति तथा कार्यक्रममा केन्द्रित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुने बताउनु भएको छ ।
मध्यपूर्व युद्ध सुरु भएदेखि नै अवरुद्ध गरेको ‘स्ट्रेट अफ होर्मुज’ लाई खाडी मुलुकलाई ब्ल्याकमेल गर्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने कतारका उच्च अधिकारीले मङ्गलबार बताउनुभएको छ ।
सर्लाहीको गोडैता नगरपालिका –६, बगदहस्थित चिनी मिलनजिकै जलकुम्भी घारीमा फेला परेको शव बेवारिसे शवको दुई दिनपछि मङ्गलबार पहिचान खुलेको छ ।
उत्तरी हुम्लाबाट पालनका लागि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा लगिएका भेडाबाख्रा यतिबेला फिर्ता हुन थालेका छन् ।
नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डसँगको पहिलो खेलमा पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग दुई रनले स्तब्ध बन्यो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल सरकार र भारत सरकारबीच सम्पन्न फौजदारी मामिलामा पारस्परिक कानूनी सहायतासम्बन्धी सम्झौता प्रतिनिधि सभामा पेश गर्नुभएको छ ।
गत आइतबार कालीगण्डकी नदीमा बेपत्ता भएका युवकको शव फेला परेको छ । पौडी खेल्ने क्रममा रामपुर नगरपालिका–१, टापुधामबाट कालीगण्डकीमा बेपत्ता भएका बेलकोटगढी नगरपालिका –१३, नुवाकोटका २१ वर्षीय मिलन थिङको शव मंगलबार फेला परेको हो ।
पाकिस्तानी नूर खान एयरबेसमा सैन्य उद्देश्यका लागि इरानी विमान उपस्थित भएको भनी विभिन्न सञ्चार माध्यममा आएको समाचारको पाकिस्तानले मङ्गलबार खण्डन गरेको छ ।
इरानमाथि फेरि आक्रमण भएमा युरेनियमलाई ९० प्रतिशत शुद्धतामा प्रशोधन गर्नेतर्फ कदम चाल्नुको विकल्प नहुने इरानी अधिकारीले बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाउनुभएको छ ।
कोहलपुर नगरपालिकाले होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका भूमिहीन सुकुमवासी तथा भूमिहीन दलित परिवारलाई झुल वितरण गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आज दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको छ।
दाङमा करेन्ट लागेर बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका–७, मलई निवासी बस चालक ४१ वर्षीय पूर्णबहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।
धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा ४२ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । हिमालयन आँखा अस्पताल पोखरा र धौलागिरी आँखा अस्पताल उपल्लाचौरको प्रावधिकि सहयोगमा शल्यक्रिया गरिएको हो ।