पूर्व कोशीबाट उदाएको श्रम संस्कृति पार्टीले पश्चिम नेपालको कर्णाली प्रदेशबाट सुर्खेतकी राधिका रम्तेललालाई समानुपातिक प्रणालीबाट संसद् बनाएको छ । उहाँ संसद् बनेको पहिलो खबर पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङ राईले खबर गरेपछि मात्र आफूले जानकारी पाएको बताउनुहुन्छ । उहाँ अबको पाँचबर्से संसद्को यात्रा विपन्न, दलित, पीडित तथा पिछडिएका बासिन्दाको आवाजलाई केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका–१, न्याउरीगाडमा निर्माणाधीन पक्की पुलको काम सुस्त गतिमा अगाडि बढेको छ । समयमै पुल निर्माण नहुँदा स्थानीयवासी तथा पर्यटक मारमा परेका छन् ।
प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नं. १ बाट पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित पूर्वमन्त्रीलाई पराजित गर्दै राजेशकुमार चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एकपछि अर्को गर्दै विशेषज्ञ सेवा थप्दै गएपछि यहाँ सेवा लिने बिरामीको चाप बढ्दै गएको छ । दैनिक करिब एक हजार बिरामी उपचारका लागि प्रतिष्ठान पुग्ने गरेका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेसनको ढुवानी अनुदानको आयोडिनयुक्त नुन लिन चङ्खेली गाउँपालिका–५, नेक्पावासीले १२ घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । सिङ्गो वडा नै हालसम्म सडक सञ्जालसँग नजोडिएका कारण नेक्पाबाट गाउँपालिका केन्द्र पिप्लाङसम्म पुग्न १२ घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । साल्ट ट्रेडिङ कर्पोरेसनको ढुवानी अनुदानको नुन लिन पुगेका स्थानीय जङ्ग तामाङ भन्नुहुन्छ, “नुन लिन जाँदा छ घण्टा लाग्छ । फर्कदा पनि छ घण्टा नै खर्चिनु पर्छ ।”
चैत १९ बाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मधेश प्रदेशबाट ८७ हजार ५९१ जना विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास निर्देशनालय मधेश प्रदेश
पश्चिम नेपालको पर्वत जिल्लाको एउटा गाउँमा करिब तीन दशकअघि मेरो जन्म भयो । म आफ्नो बाल्यकालदेखि किशोरावस्थासम्म त्यहाँको भूगोल, वनजङ्गल, खेतबारी, कान्ला, थुम्का, तरेलीहरूसँग खेल्दै त्यस परिवेशसँग हुर्के, बढेँ । मेरा घरअगाडि तुलसीको मठ, अमलाको बोट, अन्य फलफूललगायत विभिन्न जातजातिका रुख र वनस्पति थिए । सानैदेखि घरमा पालेका बाख्रा, भेडा, गाई, भैँसीलाई स्याउला र घाँस लिन म साथी सङ्गीहरूसँग त्यही
सिमकोटबाट निस्किँदा बिहानको साढे छ बज्दै थियो । स्थलमार्ग हुँदै सुर्खेतका लागि हिँडियो । साथमा छोरी सहाना र बहिनी सुमित्रा अनि चालक भाइ ओम । एकै दिनमा सुर्खेत पुग्ने इरादा त थिएन । जहाँ पुगिन्छ, त्यहीँ बास बस्ने मनसाय बनाएर निस्कियौँ । ठाउँ ठाउँमा खाना खाजा खाँदै आराम गर्दै आउँदा पनि रातिको एघार बजे वीरेन्द्रनगर, सुर्खेत पुगियो । मेरा लागि यो यात्रा हर्ष र विस्मात् दुवै थियो । पहिलो यात्रा थियो । कौतूहलको विषय पनि
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
सुख्खायाममा नदीमा पानीको बहाव घटेर अधिकांश जलविद्युत् आयोजनाको उत्पादन क्षमता खुम्चिरहेका बेला तनहुँको आँबुखैरेनीस्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रले भने ‘पिक आवर’मा आफ्नो जडित क्षमताभन्दा पनि बढी विद्युत् उत्पादन गर्न सफल भएको छ।
आजको तीव्र प्रतिस्पर्धात्मक र प्रविधिमुखी युगमा प्रत्येक अभिभावकको चाहना हुन्छ–स्वस्थ, बुद्धिमान, सुसंस्कृत र सक्षम सन्तान जन्मियोस् । के सन्तानको विकास केवल जन्मपछि मात्र सम्भव हुन्छ ? आयुर्वेदको दृष्टिकोण यसभन्दा धेरै गहिरो छ । आयुर्वेद भन्छ–शिशुको विकास गर्भमै सुरु हुन्छ । त्यहीँबाट उसको शरीर, मन, बुद्धि र व्यवहारको आधार निर्माण हुन्छ । यही वैज्ञानिक र आध्यात्मिक अवधारणालाई ‘गर्भ संस्कार’ भनिन्छ ।
कुनै विषयको प्रामाणिक लेख वा रिकर्ड; त्यस्तो लेखोटलाई प्रज्ञा नेपाली बृहत् शब्दकोशले अभिलेखको रूपमा परिभाषित गरेको छ । अभिलेख, अभिलेखन तथा दस्ताबेजीकरण कुनै पनि देश, संस्था, कार्यालय, व्यक्ति सबैका लागि चाहिने महत्वपूर्ण सामग्री हो, जसले दूरगामी प्रभाव पार्छ । इतिहासका विविध विधाको खोज, अध्ययन, अनुसन्धान तथा प्रमाणका लागि पनि पुराना अभिलेख, दस्ताबेजसँगै तथा वर्तमानका विविध
सडक सञ्जाल विकासको मेरुदण्ड हो । पछिल्लो समय तथ्याङ्कले यसलाई त्रासदीको पर्यायका रूपमा उभ्याएका छन् । सुरक्षित गन्तव्यमा पु¥याउने माध्यम हुनुपर्ने हाम्रा सडक पछिल्लो समय असुरक्षा र जोखिमको चक्रव्यूह बन्दै गएका छन्, जुन राष्ट्रकै लागि गम्भीर चुनौती बनेको छ । दैनिक औसत आठ जना नेपालीले सडकमा ज्यान गुमाउनु केवल एउटा तथ्याङ्क मात्र होइन; यो त एउटा परिवारको भरोसा, देशको दक्ष जनशक्ति र एउटा ऊर्जावान् सपनाको अवसान हो ।
गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही नहुने बताउनुभएको छ । शनिबार बिहान पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ पर्नुभएपछि सामाजिक सञ्जालमा लेख्नुहुँदै गृहमन्त्री गुरुङले यो प्रतिसोध नभइ न्यायको सुरुवात भएको बताउनुभयो ।
संसारभरका रङ्गकर्मी र रङ्गप्रेमीले विश्व रङ्गमञ्च दिवस मार्च २७ मनाउने क्रममा नेपालमा ‘अभि–अभिनन्दन’ समारोहबिच विश्व सन्देश आदानप्रदान गर्दै मनाएका छन् । नाट्यकलाको विश्व सङ्गठन इन्टरनेसनल थिएटर इन्स्टिच्युटको सेन्टर आइटिआई नेपालले नेपाली रङ्गमञ्चमा अनुकरणीय योगदान पु¥याउनुहुने प्राडा अभि सुवेदीलाई सम्मान–अभिनन्दन गरेको हो ।