धनगढी उपमहानगरपालिकाले कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टलाई ३५ हजार रुपियाँ क्षतिपूर्ति तिराउने भएको छ ।
प्रतिनिधि सभाको बैठक सिंहदरबारस्थित बहुउद्देश्यीय भवनमा सुरु भएको छ । सभामुख डोलप्रसाद अर्यालको अध्यक्षतामा बैठक सञ्चालन भइरहेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही सीमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ तथा जनताको १५–१६ अर्ब रुपियाँ दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालका बिचमा भेटवार्ता भएको छ ।
सञ्चार क्षेत्रलाई मर्यादित, सुरक्षित र उत्तरदायी बनाउन राज्य तथा सञ्चार गृहहरूले स्पष्ट नीतिगत व्यवस्थासहित अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
काठमाडौँलगायत देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्षले जारी गरेको प्रहरी बुलेटिनमा उल्लेख छ ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवाल र राम्चेका यामबहादुर पुर्जाबिच सोमबार एक प्रकारको मोलमोलाइ हुँदै थियो ।
हान्टाभाइरसबाट प्रभावित क्रूज जहाज एमभी होन्डियसमा सवार यात्रु र चालक दलका सदस्य बोकेका दुई वटा उडानहरू मङ्गलबार नेदरल्यान्ड्सको आइन्डहोभेन सन्य एअरपोर्टमा अवतरण गरेको जनाइएको छ ।
अर्थसचिव घनश्याम उपाध्यायले सरकारले कानुनी सुधारलाई तीव्र रूपमा अघि बढाएको बताउनुभएको छ ।
नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैँक लिमिटेडबिच बैँकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ ।
सन् २०१९ नोभेम्बर ७ मा नेपाली सेनाले जाजरकोट डोल्पा सडकखण्डको ११८ किलोमिटरमध्ये १०३ किलोमिटर सडकको ट्रयाक खालेर सडक डिभिजन चौरजहारीलाई एक औपचारिक कार्यक्रमका साथ छलगाडको किनारमा हस्तान्तरण गरेको थियो ।
नेपाली सेनाको श्री २३ नम्बर बाहिनी अड्डा बागलुङको आयोजनामा ‘बाहिनीपति ट्रफी’ खेलकुद प्रतियोगिता सुरू भएको छ ।
बैतडी जिल्लाका विभिन्न स्थानमा चट्याङ पर्दा पशुचौपायाको मृत्यु हुनुका साथै जिल्लाभर विद्युत् सेवा अवरुद्ध भएको छ ।
युद्धविराम सम्झौताको बाबजुद दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा छ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको सरकारी मिडियाले जनाएको छ ।