माइक समातेको हातमा कानुन बनाउने जिम्मा
पाँचथर जिल्लाबाट प्रतिनिधि सभामा पुग्ने पहिलो महिला बन्नुभएकी भूमिका सुब्बा लिम्बू नेपाली गीतसङ्गीतमा परिचित नाम हो । विसं २०१५ देखि २०७९ सम्म सम्पन्न भएका कुनै पनि निर्वाचनबाट पाँचथरबाट महिला प्रतिनिधि सभा सदस्यमा पुगेका छैनन् ।
‘महिलाको साझा आवाज सदनमा उठाउँछु’
लमजुङको ग्रामीण क्षेत्रबाट उठेर राष्ट्रिय राजनीतिमा पुगेकी नेकपा (एमाले) की नेतृ टुकाभद्र हमालले दोस्रो पटक संसद्को यात्रा तय गर्नुभएको छ । अखिल नेपाल महिला सङ्घ (अनेम सङ्घ) को केन्द्रीय अध्यक्ष हमाल खसआर्य महिला क्लस्टर अन्तर्गत प्रतिनिधि सभामा समानुपातिक सांसद बन्नुभएको हो ।
‘गुणस्तरीय शिक्षा नै हाम्रो आवश्यकता’
बाल्य र युवावस्थामै राजनीतिलाई नजिकबाट नियाल्नुभएका उहाँलाई राजनीतिमा स्थान बनाउन ठुलो सङ्घर्ष गर्नु परेन । विसं २०१५ अघिदेखि नै उहाँको परिवारसँग कांग्रेसको ‘लिगेसी’ थियो ।
‘स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकतामा राखेर काम गर्छु’
रौतहटका प्रतिनिधि सभा सदस्य डा. शाहजान खातुनले नीति निर्माण गर्ने ठाउँमा आफू पुगेकाले समाजमा विद्यमान विभिन्न खालका समस्या समाधानका लागि अग्रणी भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले आफूले प्राप्त गरेको अवसरलाई जनताको हितका लागि सदुपयोग गर्ने उहाँले बताउनुभयो ।
‘महिला अधिकारको विषय सदनमा उठाउँछु’
शारीरिक सुगठनमा स्थापित नाम रजनी श्रेष्ठले नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय मञ्चमा समेत नेपालको सफल प्रतिनिधित्व गर्नुभएको छ । शारीरिक सुगठनबाटै नाम कमाउनुभएकी उहाँको परिचय यतिबेला फेरिएको छ । उहाँ अब सङ्घीय संसद्को माननीय बन्नुभएको छ ।
सामाजिक विकृति हटाउने योजना
प्रतिनिधि सभा सदस्य निनुकुमारी कर्णले समाजमा देखिने विकृतिलाई हटाउन प्रयास गर्ने बताउनुभएको छ । मधेशमा अहिले युवामा लागुऔषधको प्रयोग विकृतिको रूप लिइसकेकाले यस समस्यालाई रोक्न हरसम्भव प्रयास गर्ने उहाँले बताउनुभयो ।
‘पिछडिएका समुदायको उत्थानमा जोड दिन्छु’
राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद निर्वाचित हुनुभएका प्रेमलाल चौधरीले पछाडि पारिएका समुदायको सांस्कृतिक, भाषिक र जातीय उत्थानमा आफूले जोड दिने बताउनुभएको छ । मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिका–१२ मा स्थायी बसोवास गर्नुहुने चौधरीको जन्म २०२६ साल असोज १० गते हालको सुन्दहरैँचा–११ मा भएको हो । चौधरीले त्रिभुवन विश्वविद्यालयबाट वित्तशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । उहाँले प्रारम्भिक शिक्षा तत्कालीन इन्द्रपुर गाविसस्थित महेन्द्र प्राविबाट सुरु गरी सुकुना माध्यमिक विद्यालयबाट प्रवेशिका उत्तीर्ण गर्नुभएको हो ।
‘रोजगारी र उद्यमशीलता प्रवर्धनलाई प्राथमिकता’
सफल उद्यमीका रूपमा परिचित धादिङकी वसुमाया तामाङ राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको सहकोषाध्यक्षसमेत रहनुभएकी तामाङले आगामी दिनमा महिला हकहित, सशक्तीकरण र उद्यमशीलता प्रवर्धनलाई आफ्नो मुख्य प्राथमिकतामा राखेर नीतिगत तहमा काम गर्ने बताउनुभएको छ ।
डिजिटल शिक्षा विस्तार र स्वास्थ्य सेवा सुदृढीकरण
नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. अर्जुन कार्कीले कूटनीतिक तथा अन्तर्राष्ट्रिय अनुभवलाई उपयोग गर्दै सङ्खुवासभाको समग्र विकासमा गति दिने बताउनुभएको छ । नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएका उहाँ सङ्खुवासभाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
‘स्वास्थ्य र शिक्षा क्षेत्रमा पहुँच विस्तार’
सप्तरीका प्रतिनिधि सभा सदस्य डा. अङ्किता ठाकुरले पारदर्शी शासनप्रणाली निर्माण, महिला र युवाको सशक्तीकरण, स्वास्थ्य र शिक्षा क्षेत्रमा पहुँच विस्तार मुख्य एजेन्डा रहेको बताउनुभएको छ । सप्तरीको राजविराज नगरपालिका–५ निवासी डा. ठाकुर फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनुभएको हो ।
सुशासन प्रवर्धन र उत्पादनमुखी विकास
बारा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य गणेश धिमालको प्राथमिकता जनमुखी कानुन निर्माण, सुशासन प्रवर्धन र उत्पादनमुखी विकास रहेको छ । प्रतिनिधि सभा निर्वाच
‘महिला अधिकार सुदृढीकरणमा केन्द्रित’
लामो समयदेखि सामाजिक तथा महिला अधिकारका क्षेत्रमा सव्रिmय रहँदै आउनुभएकी गङ्गादेवी श्रेष्ठ प्रतिनिधि सभा सदस्यमा समानुपातिकतर्फबाट निर्वाचित हुनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (
सुशासनको आवाज उठाउँछु
उदयपुरको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद सूर्यबहादुर तामाङले मुलुकमा विधिको शासन स्थापना र सुशासनका लागि आफूले प्रतिनिधि स
‘जनतालाई शिरमा राखेर काम गर्छु’
सप्तरी निर्वाचन क्षेत्र नं. ४ बाट सीताराम साह प्रतिनिधि सभाको निर्वाचनमा पहिलो पटकमै विजयी बन्नुभयो । शक्ति, सामथ्र्य र विरासत बनाएका प्रतिस्पर्धीलाई साहले निर्वाचनमा ३६ हजार ४१२ मत प्राप्त गरेर हराउनुभयो ।
तस्करी नियन्त्रण प्राथमिकतामा
फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशा झा निर्वाचित हुनुभएको हो । नेपाली कांग्रेस, नेपाली क
‘जनताका समस्या पहिचान र समाधानमा लागिरहन्छु’
चिकित्सक पेसा छाडेर राजनीतिमा आएका सिराहा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य डा. शम्भुकुमार यादव पहिलो पटकमै संसदीय यात्रा तय गर्नुभयो । प्रतिनिधि सभाको
हुलाकी सडक र क्रिकेट रङ्गशाला प्राथमिकतामा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा सदस्यमा मोरङ निर्वाचन क्षेत्र नं. ४ बाट विजयी भएका सांसद सन्तोष राजवंशीले विराटनगर–कटहरी हुलाकी सडकको अधुरो काम पूरा गर्ने बताउनुभएको छ ।
स्वास्थ्य क्षेत्रको बेथितिमा सुधारको खाँचो
चितवनको विभिन्न सामाजिक तथा राजनीतिक कार्यमा सव्रिmय प्रभा ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक कोटाबाट प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित हुनुभएको छ ।
‘राजनीतिलाई आम्दानीको स्रोत बनाउनु हुँदैन’
बुटवल उपमहानगरपालिका–११ की ५० वर्षीय मञ्जु ज्ञवाली भुसालका लागि राजनीति नौलो होइन । राजनीति उहाँले पारिवारिक विरासतमै पाउनुभएको हो । अर्घाखाँचीको साबिक चिदीका गाविस अर्थात् हालको छत्रदेव गाउँपालिकामा जन्मिनुभएकी मञ्जुको बाल्यकाल नै राजनीतिक दस्ताबेज र सामाजिक सेवा चर्चाहरूको बिचमा बित्यो । राजनीतिक माहोलमै हुर्केकी भुसाल यतिबेला राजनीतिमा थप सक्रिय हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य भएसँगै उहाँको राजनीतिक जीवनमा नयाँ अध्याय थपिएको छ । व्यवस्थापन सङ्कायमा १२ कक्षासम्म अध्ययन गर्नुभएकी मञ्जुको राजनी
‘दलित विकास प्राधिकरण आवश्यक छ’
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्यमा गणेशबहादुर विश्वकर्मा चयन हुनुभएको छ । उहाँ पाँचौँ प्रयासमा प्रतिनिधि सभा सदस्य पदमा पुग्नुभएको हो । विश्वकर्मालाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले २०६४, २०७०, २०७४ सालको निर्वाचनमा र नेकपा (एकीकृत समाजवादी) ले २०७९ सालको निर्वाचनमा समानुपातिकतर्फको सूचीमा राखे तर अवसर नपाउनेमा पर्दै आउनुभएको थियो । यस पटक भने उहाँ प्रतिनिधि सभा सदस्य बन्ने अवसर पाउनुभएको छ ।
‘महिलाको आवाजलाई प्रतिनिधि सभामा लैजान्छु’
माओवादीको भूमिगत सङ्घर्षदेखि राजनीतिमा सक्रिय बागलुङबाट प्रतिनिधि सभामा पुग्नुभएको छ बलावती शर्मा ।
‘महिला सहभागिता र समावेशितामा जोड’
पश्चिम नवलपरासीको एउटा सामान्य परिवारकी रिङ्गला यादवको राजनीतिक यात्रा अहिले नयाँ उचाइमा पुगेको छ । १२ वर्षअघि संसद्मा पुग्ने उहाँको सपना अहिले पूरा भएको छ । हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा (एमाले) बाट उहाँ समानुपातिकतर्फ सांसद हुनुभएको छ ।
‘नागरिकको आवश्यकता बुझेर काम गर्छु’
युवा उमेरका रविन महतो पहिलो पटकमै सर्लाही क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो । सर्लाही क्षेत्र नं. २ बाट आलो
‘विकासनिर्माणका अधुरा काम प्राथमिकतामा’
प्रतिनिधि सभा सदस्यमा मोरङ–६ बाट निर्वाचित सांसद रुविना आचार्यले पहिलो चरणमा निर्वाचन क्षेत्रका अधुरा र अपूरा विकासनिर्माणका काम सम्पन्न गर्ने बताउनुभएको छ ।