• ५ वैशाख २०८३, शनिबार

‘मानवस्रोत विकासमा ध्यान दिनु पर्छ’

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, वैशाख ५ गते    । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट प्रतिनिधि सभामा समानुपातिक सांसद निर्वाचित गुरुप्रसाद बरालले गरिबीको रेखामुनि रहेका परिवारका लागि मानवस्रोत विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ । तीन दशकपछि पुनः संसद् प्रवेश गरेका बरालले संविधानप्रदत्त अधिकार क्षेत्रभित्र रहेर शक्ति सन्तुलन र नियन्त्रणका सिद्धान्तलाई कडाइका साथ लागु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

नेकपा (एमाले) को उपाध्यक्षको जिम्मेवारी समालिसकेका बरालले आफ्नो युवा जीवन तत्कालीन नेकपा (माले) र पछि नेकपा (एमाले) को सङ्गठन निर्माणमा बिताउनुभयो । 

ताप्लेजुङको फक्तालुङ गाउँपालिका–२, (साबिक खेजेनिम–५) मा २०१४ असार १४ गते जन्मिएका बराल हाल विराटनगर–१२ स्थित प्रगति टोलमा बसोबास गर्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “ऐतिहासिक, वीर तथा सहिदको भूमिलाई समेटेर सम्बन्धित पालिका र समुदायसँग सहकार्य गर्दै एकीकृत नमुना विकास कार्यक्रम अघि बढाउनु पर्छ ।” २१ औँ शताब्दी विज्ञान र प्रविधिको युग भएकाले नयाँ पुस्तालाई प्रविधि र उद्यमशीलतासँग जोड्न प्राविधिक शिक्षामा विशेष जोड दिनुपर्ने उहाँको भनाइ छ । बरालको प्रारम्भिक शिक्षा ताप्लेजुङकै गढीडाँडा प्राथमिक विद्यालयबाट सुरु भएको हो । त्यसपछि सुन्दरहरैचास्थित ज्योति निम्न माध्यमिक विद्यालय हुँदै साजिलाल माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका बरालले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातक गर्नुभएको छ । राजनीतिक यात्राका व्रmममा बराल २०५१ सालमा पहिलो पटक तत्कालीन मोरङ क्षेत्र नम्बर–७ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदै संसद् प्रवेश गर्नुभयो । त्यसपछि पनि बराललाई पार्टीले उम्मेदवार बनाए पनि जित्न भने सक्नुभएन । यस पटक उहाँ नेकपा (एमाले) का तर्फबाट समानुपातिक सांसद बनेर प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । २०३८ सालमा विद्यार्थी राजनीति गर्दै गर्दा १९ दिन मोरङ कारागारमा आस्थाको बन्दीका रूपमा थुनिएका सांसद बरालले २०६२ सालमा रानी प्रहरी तालिम केन्द्र विराटनगरमा दुई महिना बन्दी जीवन बिताउनुभएको थियो ।

उहाँ २०७४ देखि २०८० सालसम्म नेकपा (एमाले) को स्थायी कमिटी सदस्य, २०७० सालमा सङ्गठन विभाग सदस्य, २०५० सालमा कोशी अञ्चल इन्चार्ज तथा २०४९ सालमा केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी समाल्नुभयो । २०४५ सालमा सङ्खुवासभा र तेह्रथुममा सचिव तथा इन्चार्जको भूमिका निर्वाह गरेका थिए भने २०४४ मा मोरङ जिल्लाको सचिव रहनुभएको थियो । उहाँ २०३३ सालदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय 

हुनुभएको हो । 

२०३१ सालमा धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा सदस्य निर्वाचित हुनुभएका बराल २०२९ सालमा विद्यालय पढ्दै साजिलाल माविको सचिव बनिसक्नुभएको थियो । सामाजिक क्षेत्रमा पनि उहाँको सक्रियता उल्लेखनीय रहेको छ । मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल, उर्लाबारीमा उहाँले २०६० देखि २०८० सम्म दुई दशक अध्यक्षको भूमिका निर्वाह गर्नुभयो । 

मदन भण्डारी फाउन्डेसन नेपाल, काठमाडौँको उपाध्यक्ष, मनमोहन पोलिटेक्निक्स, बुढीगङ्गाका प्रवर्धक तथा सदस्य र मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालयका प्रवर्धक सदस्य भएर काम गरेका बरालले नेपालमा थुप्रै प्राविधिक जनशक्ति उत्पादन गर्न महŒवपूर्ण योगदान पु¥याउनुभएको छ । उहाँले भन्नुभयो, ‘मदन भण्डारी स्मृति प्रतिष्ठानलगायतका प्राविधिक विद्यालयमार्फत लक्षित वर्गका विद्यार्थीलाई प्राविधिक शिक्षा दिर्ई मानव संसाधन विकास बैङ्क स्थापना गर्र्नुुपर्ने उहाँको भनाइ छ । 

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न आधारभूत तहदेखि नै गणित, अङ्ग्रेजी र नेपाली विषयलाई मजबुत बनाउनुपर्ने र १०+२ तहमा विज्ञान शिक्षाको आधार तयार गर्न सके रोजगारका लागि अरूको मुख ताक्नु नपर्ने सांसद बराल बताउनुहुन्छ ।