कुष्ठरोग निर्मूलीकरण घोषणा मात्रै
नेपालमा प्रत्येक वर्ष तीन हजारभन्दा बढी नयाँ सङ्क्रमित कुष्ठरोगी देखापर्ने गर्छन् । नेपालले सन् २०१० मा कुष्ठरोग निर्मूलीकरण भएको घोषणा गरेको थियो तर त्यो घोषणा घोषणामा मात्रै सीमित भएको छ ।
सल्यान कपुरकोटमा निःशुल्क स्वास्थ्य शिविर
कपुरकोट गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट सातसय ३६ जना लाभान्वित भएका छन् ।
बाँकेमा ८६ जना नयाँ कुष्ठरोगी
चालु आर्थिक वर्ष २०८२–८३ को छ महिनामा ८६ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । चालु आवको साउनदेखि पुससम्म छ महिनाको अवधिमा बाँके लगायतका जिल्लाका ८६ जना नयाँ कुष्ठरोगी फेला परेका हुन् ।
बाँकेका तीन पालिका हात्तीपाइलेको उच्च जोखिममा
विगत १५ वर्षदेखि निरन्तर हरेक वर्ष चल्दै आएको हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान प्रभावकारी नहुँदा बाँकेका तीन वटा पालिका अझैपनि सो रोगको उच्च जोखिममा रहेका छन् ।
पाठेघर खसेका महिला उपचारमा खुल्न थाले
महिलाहरुले पाठेघरमा भएको समस्याको खुलेर उपचार गराउन थालेका छन् । लाज, डर र अज्ञानताका कारण पाठेघरमा भएको समस्या बाहिर ल्याउन नरुचाउने महिलाहरु अहिले खुलेर उपचार गराउन थालेका हुन् ।
नसर्ने रोगको पहिचानको लागि एक महिने अभियान सञ्चालन
सरकारले यस वर्षको नसर्ने रोगको स्क्रिनिङ तथा व्यवस्थापन अभियान तय गरिएको समयभन्दा एक महिना अगावै सञ्चालन गर्ने भएको छ।
निपाह भाइरस रोक्न उच्च सावधानी
भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा पनि उच्च सावधानी अपनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको पश्चिम बङ्गालमा निपाह भाइरस देखिएपछि त्यस क्षेत्रबाट भित्रिने नाकामा उच्च सावधानी अपनाउन सुरु गरेको छ ।
दुर्घटना न्यूनीकरण लागि सरकारी समन्वय र नागरिकको सचेतना अपरिहार्य : स्वास्थ्य मन्त्री गौतम
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा गौतमले दुर्घटना न्यूनीकरणका लागि सरकारी निकायको समन्वय र नागरिक सचेतना अपरिहार्य रहेको बताउनुभएको छ ।
तीन हजार बढीको निःशुल्क आँखा परीक्षण
कञ्चनपुरको बेदकोट नगरपालिकाले आयोजना गरेको निःशुल्क आँखा परीक्षण शिविरबाट तीन हजार ४७ जनाले लाभ लिनुभएको छ ।
बाँकेमा हात्तीपाइले विरुद्धको अभियान सुरु
१५ वर्षसम्म निरन्तर हरेक वर्ष औषधी खुवाउने कार्यक्रम गर्दा पनि सफल हुन नसकेपछि बाँकेमा बिहीबारदेखि हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रम सुरु गरिएको छ ।
स्वच्छ हावाका लागि पाकिस्तानी नागरिकको सङ्घर्ष
हालैका वर्षमा पाकिस्तानमा वायु प्रदूषणले रेकर्ड स्तर छोएपछि स्वच्छ हावाको माग गर्दै नागरिक आफैँ अग्रसर हुन थालेका छन् ।
भन्सार शुल्कमार्फत अमेरिकी व्यापार नीतिमा परिवर्तनको प्रयास
सन् २०२५ मा पुनः राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि डोनाल्ड ट्रम्पले अमेरिकी व्यापार नीतिमा केही महत्त्वपूर्ण परिवर्तनको प्रस्ताव गर्नु भएको छ ।
बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा.कृष्ण पौडेल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा.कृष्ण पौडेललाई दिइएको छ।
फर्मासिस्टको लाइसेन्स परीक्षा माघ १० गते
नेपाल फार्मेसी परिषद्को ३० औँ नाम दर्ता (लाइसेन्स) परीक्षा माघ १० गते हुने भएको छ।
चिकित्सक सङ्घको निर्वाचनका लागि उम्मेदवारको नामावली सार्वजनिक
नेपाल चिकित्सक सङ्घ –एनएमए) को आगामी निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिएको छ।
अनशनरत स्वास्थ्यकर्मी र सरकारबीच पाँच बुँदे सहमति
अनशरत स्वास्थ्यकर्मी र सरकारबीच पाँच बुँदे सहमति भएको छ।
करिब ६२ करोडको लागतमा सुविधासम्पन्न भक्तपुर अस्पताल भवन बन्दै
बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा आधुनिक एवं सुविधासम्पन्न नयाँ भवन बन्ने भएको छ ।
पूर्व राज्यमन्त्री उप्रेतीको निधन
पूर्व राज्यमन्त्री गोविन्दनाथ उप्रेतीको आज निधन भएको छ ।काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित घरमा ८२ वर्षको उमेरमा उहाँको निधन भएको हो ।
मुसिकोटका १३६ नागरिकको आँखा जाँच तथा ३२ को शल्यक्रिया
मुसिकोटका १३६ नागरिकको निःशुल्क आँखा जाँच तथा ३२ जनाको शल्यक्रिया गरिएको छ ।
वीर अस्पतालको आकस्मिक कक्ष ५५ शय्यामा विस्तार
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको आकस्मिक कक्ष ५५ शय्यामा विस्तार गरिएको छ।
अनशनरत स्वास्थ्यकर्मीको माग सम्बोधन गर्न वार्ता टोली गठन
अनशनरत स्वास्थ्यकर्मीहरूको माग सम्बोधनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन सदस्यीय वार्ता समिति गठन गरेको छ।
बिमा बोर्डका कार्यकारी निर्देशक काफ्लेद्वारा राजीनामा
स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिनु भएको छ । उहाँले आइतबार प्रधानमन्त्रीसमक्ष राजीनामा दिनुभएको हो।
दुई बुँदे माग राखी अनशनमा
स्वास्थ्य व्यवसायी परिषद् दर्तावाला स्वास्थ्यकर्मीहरूको पाँच वटा पेसागत सङ्गठनले दुई बुँदे माग अघि सार्दै आमरण अनशन सुरु गरेका छन् ।
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, दुई लाख ३० हजार मानिस अस्पताल भर्ना
अमेरिकामा हालसम्म कम्तीमा एक करोड ८० लाख मानिस इन्फ्लुएन्जा (फ्लु) बाट सङ्क्रमित भएका छन् ।