• २ मंसिर २०८२, मङ्गलबार

नौ प्रकारका औषधी उत्पादनको तयारी

blog

काठमाडौँ,  मङ्सिर २ गते ।  नेपाल औषधी लिमिटेडले नौ प्रकारका औषधी उत्पादनको तयारी गरेको छ । लिमिटेडले ती औषधीको तीन महिनाको परीक्षण पूरा गरी ६ महिनाको परीक्षण सकाउने तयारीमा छ । 

लिमिटेडले जुका, मधुमेह, उच्चरक्तचाप, कोलस्टरोल, आइरन चक्की, फोलिक एसिड, एजिथ्रोमाइसिनलगायत नौ प्रकारका औषधी उत्पादनको तयारी गरेको हो । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले ती औषधीको परीक्षण सकेर अर्को महिनादेखि उत्पादनका लागि औषधी व्यवस्थापन विभागबाट अनुमतिपत्र लिएर उत्पादन सुरु गर्ने जानकारी दिनुभयो । यसअघि लिमिटेडले ११ प्रकारका औषधी उत्पादन गर्दै आइरहेका छ । रासस