मतदान गर्न नागरिक आतुर देखिएका छन्
आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदै छ । निर्वाचनका लागि सरकार, निर्वाचन आयोग तथा सुरक्षा निकायले आआफ्ना तयारी तीव्र बनाइरहेका छन् । २०६४ र २०७० सालको संविधान सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको अनुभव बटुलेका पूर्वप्रमुख कार्यवाहक निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ अहिले निर्वाचनको तयारी सन्तोषजनक रहेको बताउनुहुन्छ । निर्वाचन सफल
एचआइभी नियन्त्रणमा के कस्ता चुनौती छन् ?
एड्सबाट मृत्यु भएका व्यक्तिहरूको सम्झना प्रत्येक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाइन्छ ।
निर्वाचन सफल पार्न राजनीतिक वातावरण बनाउनु पर्छ
मुलुक निर्वाचनमय भएको छ । निर्वाचन अभ्यास, दलगत संरचना र समसामयिक राजनीतिक प्रक्रियाबारे तीव्र बहस पनि भइरहेको छ । तीन दशकभन्दा बढी समयदेखि निर्वाचन प्रणाली र लोकतान्त्रिक संस्थागत विकासमा सक्रिय रहनुभएका पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठसँग यस विषयमा विस्तृत कुराकानी गरिएको छ ।
आमनिर्वाचन तोकिएकै मितिमा हुनु पर्छ
जेनजी आन्दोलनपछिको बदलिँदो परिस्थिति अनुसार आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदै छ । निर्वाचन आयोग र सरकार आगामी निर्वाचनको तयारीमा जुटेका छन्
‘भयरहित वातावरणमा निर्वाचन गराउँछौँ’
सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन मिति तोकेको छ । निर्वाचन नेपालको संविधान तथा निर्वाचनसम्बन्धी कानुनले निर्धारण गरेको आवधिक नभई आकस्मिक रूपमा राष्ट्रले आवश्यकता ठानेको हो ।
‘खराब जीवनशैली र अत्यधिक धुमपानले बढाउँछ मुटुरोग’
पछिल्लो समय खराब जीवनशैली र अत्यधिक धुमपानको कारणले गर्दा नेपालमा मुटुको समस्या बढ्दै गएको छ । वरिष्ठ मुटु तथा फोक्सो शल्यचिकित्सक डा. किरण श्रेष्ठले नेपालमा देखिने नसर्ने रोगमध्ये २५ प्रतिशतमा मुटुरोग लाग्ने बताउनुहुन्छ । त्यस्तै, नसर्ने रोगबाट मृत्यु भएकामध्ये १६ प्रतिशतको मृत्यु मुटुरोगका कारण हुने गर्छ ।
‘अप्ठेरो परिस्थितिमा राष्ट्रिय एकता कायम राख्नु पर्छ’
आज नेपालको संविधान २०७२ जारी भएको १० वर्ष पुगेको छ । यसबिचमा धेरै उतारचढाव आए । सङ्घीयता पूर्ण रूपमा कार्यान्वयन नहुँदै खारेज हुनुपर्ने विषय उठे । पछिल्लो पटक सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द ग¥यो ।
‘शरीर स्वस्थ राख्न मानसिक तनाव घटाउनुपर्छ’
व्यस्त जीवनशैलीका कारणले मानिसमा तनाव बढ्दो छ । कामको दबाब, आर्थिक समस्या, पारिवारिक विवाद तथा सामाजिक प्रतिस्पर्धाका कारणले तनाव बढ्दै गएको मनोचिकित्सक बताउँछन् ।
प्रधानसेनापतिको सम्बोधन : आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले सम्बोधन गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गर्नुभएको छ ।
निराहार व्रत स्वास्थ्यका लागि राम्रो हुँदैन : पोषणविद्
प्रचीन कालदेखि दुधबाट बनेको परिकार जस्तै खीर, चाम्रे, ढकनी, पुरी, आलुको अचार र घरमा नै बनाएर दरका रूपमा खाने प्रचलन छ । दर ठाउँ अनुसार भिन्न भिन्न हुने गर्छ ।
सरकारको स्थायित्वले विकासले गति लियो : सांसद सुब्बा
सर्लाही जिल्लाबाट प्रतिनिधि सभा सदस्य रहनुभएकी सरस्वती सुब्बाले राजनीतिक स्थायित्व कायम भएपछि मुलुकको विकासले गति लिइरहेको बताउनुभएको छ । गोरखापत्र अनलाइनको भिडियो अन्तरवार्ता ‘सांसदलाई सवाल’ मा कुरा गर्दै उहाँले सो कुरा बताउनुभयो ।
जलवायु परिवर्तनको सजाय मुस्ताङले भोग्दैछ : अध्यक्ष लालचन
मुस्ताङ घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिङ लालचनले हिमालपारिका जिल्लामा हिउँ नपर्दा भूबनाेट कमजोर हुँदै गएको बताउनुहुन्छ ।
‘महिलाले नेतृत्व गर्न सक्दैनन् भन्ने गलत भाष्य छ’
जनता समाजवादी पार्टी (जसपा) नेपालकी उपमहासचिव तथा संसदीय दलको प्रमुख सचेतक रेखा यादवले सफल रूपमा घर चलाएका महिलामा देश चलाउने आँट पनि रहेको बताउनुभएको छ । गोरखापत्र अनलाइनको भिडियो संवाद ‘सांसदलाई सवाल’ मा कुरा गर्दै उहाँले सो कुरा बताउनुभयो ।
स्थानीय निकायमा विपद् प्रतिकार्य क्षमता बढाउनुपर्छ
कुनै पनि स्थानमा विपद्जन्य घटना भएको अवस्थामा सो घटनाको पहिलो प्रतिकार्यको अधिकार स्थानीय तहलाई हुन्छ । नेपालको संविधानले यो अधिकारको व्यवस्था गरेको छ ।
‘मिडिया काउन्सिललाई स्वायत्त संस्था बनाउनुपर्छ’
दैलेख क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अम्मरबहादुर थापाले गठन हुने तयारीमा रहेको मिडिया काउन्सिललाई स्वायत्त संस्थाको रूपमा गठन गर्न आवश्यक रहेको बताउनुभएको छ । गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा संवाद गर्दै उहाँले सो कुरा बताउनुभयो ।
छत्रपाटी निःशुल्क चिकित्सालयमा कसरी सेवा प्रवाह हुन्छ
छत्रपाटी निःशुल्क चिकित्सालय काठमाडौँमा रहेको पुरानोे सामुदायिक अस्पताल मध्येको एक हो । काठमाडौँ महानगरपालिकाको वडा नम्बर १७ मा अवस्थित यो अस्पतालको स्थापना बिस २०१३ सालमा स्थानीयले १० रुपियाँबाट भएको हो ।
जनताको प्रतिनिधिकै रूपमा काम गरेको छुः सांसद तिमलसिना
नेपाली कांग्रेसका नेता एवम् रौतहट निर्वाचन क्षेत्र नम्बर-४ का प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमलसिनाले मतदाताका कुरालाई प्राथमिकता दिएको बताउनुभएको छ। गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’को ५३ औं शृङ्खलामा कुराकानी गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
गर्मी मौसममा कस्तो खानेकुरा उपयुक्त हुन्छ ?
जनस्वास्थ्य विज्ञ डा.अरुणा उप्रेतीले अध्याधिक गर्मीको कारणले शरीरमा पानीको मात्र घट्नुका साथै फुड पोइजन, झाडापखाला लगायतका पेटसँग सम्बन्धित स्वास्थ्य समस्या निम्तने हुँदा खानेकुरामा विशेष ध्यान दिन आग्रह गर्नुभएको हो ।
बीपी कोइराला : नेपाली समाजका जननेता
नेपाली राजनीतिमा बिपी कोइराला र नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाका नामबाट सुपरिचित बिपी कोइराला नेपाली समाजमा जनप्रिय जननेताको रुपमा परिचित हुनुहुन्छ ।
‘संसद बैठकमा केही अराजकता छ, सुधार्नु पर्छ’
प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का नेता दामोदर पौडेल बैरागीले सांसद बैठक अराजक देखिने गरे पनि आत्तिहाल्नुपर्ने अवस्था भने नभएको बताउनुभएको छ । सबै सुदायको प्रतिनिधित्व भएको संसद बैठकमा नागरिकको आवाज आउनु लोकतन्त्रमा स्वाभाविक भएको उहाँको बुझाइ छ ।
'लम्पी स्किन नियन्त्रण गर्न गाईभैँसीलाई खोप लगाऔँ '
पछिल्लो समय देशका विभिन्न भागमा लम्पी स्किनको कारण गाईभैँसीमा सङ्क्रमण हुने क्रम बढ्दो छ । दुई वर्षअघि गाईभैँसीमा महामारीको रूपमा देखिएको सङ्क्रमणदर पुनः बढ्न थालेको हो ।
'मैले चुनौतीसँग नै मित्रता गाँसेँ'
मणिराज पौडेलको जन्म २०२९ साल असोज ४ गते एक जजमानी परिवारमा भयो । साविक काठमाडौँ डाँचे तथा हाल कागेश्वरी मनोहरा नगरपालिकामा जन्मनुभएका उहाँको जीवन सङ्घर्ष सामान्यभन्दा फरक छ ।
विकास निर्माण स्थानीय प्रतिनिधिले गर्ने हो : सांसद थापा
भक्तपुर जिल्लाको सूर्य विनायक नगरपालिका वडा नं. ५ मा स्थायी बसोवास गर्दै आउनु भएका प्रतिनिधि सभाका सदस्य दुर्लभ थापा क्षेत्री वि.सं. २०४४ देखि राजनीतिमा सक्रिय रहँदै आउनु भएको छ ।
‘सुशासन कायम गर्न वित्तीय अनुशासन चाहिन्छ’
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा बारा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य अच्यूतप्रसाद मैनालीले बेरुजु फर्छ्योट गरी वित्तीय अनुशासन कायम गर्ने कर्मचारी र संस्थालाई पुरस्कारको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको छ । त्यसोगर्दा मुलुकमा सुशासन कायम हुने उहाँको बुझाइ छ ।