वैशाख २८ गते संसद्को अधिवेशन आह्वान गर्न सिफारिस
मङ्गलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्तासमेत रहनुभएका शिक्षामन्त्री सस्मित पोखरेलले बैठकपछि मंगलबार एउटा मात्र निर्णय भएको भन्दै उक्त जानकारी दिनुभएको हो ।
लुम्बिनी प्रदेश सभामा बजेट र सुकुम्वासी मुद्दामा चर्को बहस
लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन बिहीबारदेखि सुरु भएको छ। पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ।
सभामुख अर्याल र राष्ट्रसङ्घीय संयोजक याहियाबिच भेटवार्ता, जलवायु न्याय र युवा सहभागितामा जोड
सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसङ्घकी आवासीय संयोजक लिला पिटर्स याहियाबिच शिष्टाचार भेटवार्ता भएको छ ।
कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
नेपाली कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया हाललाई स्थगित गरिएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सर्वसम्मत रूपमा नेता चयन गर्न निर्देशन दिएसँगै शुक्रबारका लागि तय गरिएको निर्वाचन प्रक्रिया रोकिएको हो ।
एमाले प्रमुख सचेतकमा महर मनोनीत
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधि सभाको प्रमुख सचेतकमा ऐनबहादुर महरलाई मनोनीत गरेको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापा मगरले उहाँलाई सो पदमा मनोनीत गर्नुभएको हो ।
देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन, आशा र विश्वासले भरिएको दृष्टिकोण आवश्यक रहेको बताउनुभएको छ ।
कृषि क्षेत्रको सुधार र किसानको अधिकारमा सांसदको जोड
राष्ट्रिय सभाका सांसदहरूले कृषि क्षेत्रको आधुनिकीकरण, मल कारखानाको स्थापना र अनुदानको दुरुपयोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्दै
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत १६ औँ बैठक बिहीबार बिहान ११ः३० बजे बस्दैछ। प्रदेश सभा सचिवालयका अनुसार बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर मन्त्री भूमिश्वर ढकाल ले दिनुहुने कार्यसूची रहेको छ।
कूटनीतिक राहदानी प्रयोगमा कडाइ गर्ने सहमति, कानुन संशोधनको तयारी
कूटनीतिक राहदानी सिफारिस तथा प्रयोगलाई थप व्यवस्थित र मर्यादित बनाउन विद्यमान कानुनको कडाइका साथ पालना गर्ने सहमति भएको छ।
लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको पन्ध्रौं बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा विभिन्न विधेयक, प्रतिवेदन तथा समसामयिक विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ ।