शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, वैशाख २२ गते । सररकारले वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वानको सिफारिस गरेको छ ।
मङ्गलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्तासमेत रहनुभएका शिक्षामन्त्री सस्मित पोखरेलले बैठकपछि मङ्गलबार एउटा मात्र निर्णय भएको भन्दै उक्त जानकारी दिनुभएको हो ।