• २२ वैशाख २०८३, मङ्गलबार

काभा महिला भलिबल : नेपालको पहिलो खेल भारतसँग

blog

काठमाडौँ, वैशाख २२ गते । घरेलु कोर्टमा मे २२ देखि २९ तारिखसम्म आयोजना हुने काभा महिला भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।

आयोजक नेपाल भलिबल सङ्घले मङ्गलबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा भारतसँग प्रतिस्पर्धा गर्ने छ ।

समूह ‘ए’ मा रहेको नेपालले मे २३ मा कीर्गिस्तान र २३ मा माल्दिम्ससँग खेल्ने छ । यस्तै समूह ‘बी’ मा इरान र बङ्गलादेश, काजकिस्तान र श्रीलङ्का रहेको छ । 

सिङ्गल राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् । च्याम्पियनसिपका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा हुने छन् ।