कर्जा कारोबार गर्ने गराउने सम्झौता
नेपाल बैङ्क लिमिटेड र राष्ट्रिय बिमा कम्पनी लिमिटेडबिच कर्जा कारोबार गर्ने गराउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताबमोजिम राष्ट्रिय बिमा कम्पनी लिमिटेडमा कार्यरत कर्मचारीले नेपाल बैङ्कको
अनिवार्य भन्सार व्यवस्थाले नेपाली व्यवसायी उत्साही
सरकारले १०० रुपियाँभन्दा माथिको सामानमा अनिवार्य भन्सार तिर्नुपर्ने व्यवस्था लागू गरेसँगै रूपन्देहीको सुनौली नाकामा दैनिक आवागमन र किनमेलमा उल्लेखनीय कमी आएको छ ।
काठ र जडीबुटी निकासीबाट साढे पाँच करोड राजस्व
ताप्लेजुङमा गोलिया काठ र जडीबुटीजन्य वस्तु निकासीबाट करिब साढे पाँच करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको नौ महिनाको अवधिमा डिभिजन वन कार्यालयले उक्त राजस्व सङ्कलन गरेको हो ।
नमः बुद्ध हाइड्रोपावर प्रा.लि.को वित्तीय सुनिश्चित्ता
पाल्पाको तिनाउ गाउँपालिकामा निर्माणको चरणमा रहेको नमः बुद्ध हाइड्रोपावर प्रालिको वित्तीय सुनिश्चित्ता भएको छ। भिजन लुम्बिनीद्वारा प्रवर्धित ३.४४ मेगावाटको नमः बुद्ध हाइड्रोपावर निर्माणका लागि आयोजनाको वित्तीय सुनिश्चितता (लगानी) का लागि लुम्बिनी बिकास बैंकसँग हस्ताक्षर भएको छ।
गुल्मीमा आर्थिक गणना अभियान तिव्र
गुल्मीमा दोस्रो राष्ट्रिय आर्थिक गणना अभियान तिव्र रूपमा सञ्चालन भएको छ।
सुनचाँदीको मूल्यमा केही गिरावट
स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला एक हजार ८०० र चाँदी रु १०५ ले घटेको हो ।
खुद्रा मूल्य विवादले भन्सारमा रोकिए वस्तु
विराटनगर भन्सार कार्यालयमा औद्योगिक प्रयोजनका कच्चा पदार्थबाहेक व्यावसायिक वस्तु बोकेका कन्टेनर रोकिएका छन् । वस्तुको अधिकतम खुद्रा मूल्य नलेखिए पनि आलु, प्याज र स्याउबाहेक व्यावसायिक सामान भन्सार परिसरमा मङ्गलबारदेखि नै रोकिएका हुन् । मङ्गलबारदेखि सरकारले व्यावसायिक वस्तुको एमआरपी (मूल्य) अनिवार्य गरेको थियो । मङ्गलबार आइसिपीपरिसरमा दुई सय मालवाहक ट्रक रोकिएका थिए । बुधबार दिउँसोसम्ममा थप एक सय मालवाहक सवारी थपिएका छन् ।
एमआरपी कार्यान्वयनमा व्यावहारिकता हेर्न आग्रह
नेपाल चेम्बर अफ कमर्सले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई भेट गरी समग्र उद्योग व्यवसायक्षेत्र सुधारका लागि सुझाव दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउतसमेतको उपस्थिति रहेको उक्त भेटका क्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री यादवलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै वर्तमान चुनौतीपूर्ण अवस्थामा निजी क्षेत्रसँग सहकार्य गर्दै नीतिगत स्पष्टता, लगानीमैत्री वातावरण र व्यवसायीको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको हो ।
आरोहण सुरु नहुँदै सिजन सकिने चिन्ता
आरोहण सुरु नहुँदै सिजन सकिने चिन्ताबिच सगरमाथा, ल्होत्से र नुप्त्से आरोहणका लागि बाटो बनाउने काम अघि बढेको छ । यस वर्ष सगरमाथा आधार शिविरदेखि पहिलो आधार शिविर पुग्ने बाटोमा पर्ने खुम्बु आइसफल क्षेत्रमा हिउँको ठुलो थुप्रो (सेराक) ले पु¥याएको बाधा र जोखिमबिच तीन साता ढिलो गरी बाटो खोल्ने कामले सफलता पाएको हो । पर्यटन विभागका अनुसार खुम्बु आइसफल क्षेत्रमा अवरोधका रूपमा उभिएको एक सय मिटर अग्लो हिउँको ढिस्कोको छेउ किनाराबाट वैकल्पिक बाटो पहिल्याउँदै अनुभवी शेर्पा (आइसफल डक्टर) को टोली अवरोध छिचोलेर उकालो लागेको छ ।
अलैँचीको गुणस्तर र बजारीकरणबारे छलफल
नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँचीको गुणस्तर र बजारीकरणबारे ताप्लेजुङका किसानसँग छलफल गरेको छ । अलैँचीबाट हुने आम्दानी अझ बढाउने उद्देश्यले गुणस्तर र बजारीकरणका विषयमा महासङ्घले किसानसँग छलफल गरेको हो । उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशको सहयोगमा महासङ्घले अलैँचीको गुणस्तर र बजारीकरणबारे किसानसँग सोमबार छलफल गरेको हो ।
गहुँ खरिद सुरु
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गहुँ खरिद गर्न सुरु गरेको छ । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि तोकेको न्यूनतम समर्थन मूल्यमा कम्पनीले सुदूरपश्चिमबाट गहुँ खरिद गर्न सुरु गरेको हो । सरकारले गत मङ्सिरमै गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ९४५ रुपियाँ तोकेको थियो । सङ्घीय सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा थप ३०५ रुपियाँ कम्पनीबाट किसानलाई प्रोत्साहन हुने गरी प्रतिक्विन्टल चार हजार २५० रुपियाँमा गहुँ खरिद सुरु गरेको कम्पनीले जनाएको छ ।
कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैङ्क
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कले कृषिक्षेत्रमा गरिने कर्जा लगानीलाई प्राथमिकता दिएको जनाएको छ । बैङ्कले २०८२ चैत मसान्तसम्म सो क्षेत्रमा ३९ अर्ब ५३ करोड २० लाख रुपियाँ कृषि कर्जा प्रवाह गरेको छ । बैङ्कका आधार दरमा न्यूनतम प्रिमियम कायम गरी सस्तो ब्याजदरमा कृषि कर्जा प्रवाह गरिरहेको बैङ्कले जनाएको छ । कुखुरापालन, बाख्रापालन, गाईपालन, भैँसीपालन, माछापालनलगायतका कृषि परियोजनामा लगानी गर्दै आइरहेको बैङ्कले पछिल्लो समयमा विभिन्न प्रदेशमा विभिन्न कृषि उत्पादनलाई जोड दिँदै ४.७५ प्रतिशत ब्याजदरमा पाँच करोडसम्मको प्रदेश विशेष कृषि कर्जा प्रदान गर्छ । त्यसै गरी स्थानीय साना कृषकलक्षित कुनै पनि प्रक्रियागत शुल्क नलिई बैङ्कले ४.७५ प्रतिशत ब्याजदरमा १० लाख रुपियाँसम्म साना किसान सरल कर्जा उपलब्ध गराइरहेको जनाएको छ । साथै बैङ्कले किसान क्रेडिट कार्ड पनि दिने गरेको छ ।
कर्मचारीलाई १५ दिनमा तलब दिन सुरु
सरकारले संघीय निजामती कर्मचारीहरूलाई हरेक १५ दिनमा पारिश्रमिक उपलब्ध गराउने कार्यको औपचारिक शुभारम्भ गरेको छ ।
कलङ्की–बसुन्धरा सडक विस्तारका सम्झौता : चीनले ११ अर्ब अनुदान दिने
चिनियाँ सहयोगमा चक्रपथ विस्तारको दोस्रो चरणको काम अघि बढ्ने भएको छ । चक्रपथ विस्तार अन्तर्गत सहायतासम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएसँगै निर्माणको बाटो खुलेको हो ।
बैङ्कको नाफा उनन्चास अर्बमाथि
चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा नेपालका २० वाणिज्य बैङ्कको खुद नाफा ४९ अर्ब २१ करोड रुपियाँ नाघेको छ । अघिल्लो वर्षको तुलनामा करिब १९ प्रतिशतको वृद्धि देखिँदा बैङ्किङ क्षेत्र क्रमशः सुधारको दिशामा अघि बढेको सङ्केत देखिएको छ ।
अवरुद्ध प्रसारण लाइन निर्माण सुचारु
बर्सौंदेखि अवरुद्ध हेटौँडा–ढल्केबर चार सय केभी प्रसारण लाइनको पश्चिम खण्ड (हेटौँडाको हटिया क्षेत्र) को निर्माण सुचारु भएको छ । स्थानीयको मुआब्जा विवादका कारण लामो समय निर्माण अवरुद्ध सो प्रसारण लाइन निर्माण सम्पन्न गराउन पछिल्लो समय ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पहल गर्नुभएको थियो ।
सीमाक्षेत्रका सडक नाजुक बन्दै
अधिक भार बोकेका मालवाहकका कारण विराटनगरको भन्सार विन्दुबाट सुनसरी–मोरङ औद्योगिक कोरिडोरसम्मको कोशी राजमार्गको अवस्था भने सधैँ नाजुक बन्दै आएको छ । यो नेपाल–भारत सीमाका प्रायः सबै सडकको समस्या हो ।
अधिकतम खुद्रा मूल्यबारे सरकार दृढ
सरकारले राजस्व छली रोक्न तथा अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रण गर्न भन्दै स्वदेशमा उत्पादित र आयात गरिएका सबै वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग एमआरपी कार्यान्वयन नगर्ने व्यवसायीलाई कुनै प्रकारको छुट नहुने अडानमा छ ।
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा तोकिएको छ ।
नेपाली अर्थतन्त्र सुधारोन्मुख
अर्थतन्त्रमा वृद्धि कायम रहे पनि नेपालीको प्रतिव्यक्ति आय भने घट्ने देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अर्थात् प्रतिव्यक्ति आय तीन डलरले घटेर एक हजार ५१३ डलर कायम हुने अनुमान गरेको हो । नेपाली रुपियाँमा प्रतिव्यक्ति आय करिब ४५० ले घट्ने छ । कार्यालयले मङ्गलबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्याङ्कमा गत वर्ष यस्तो आय एक हजार ५१६ अमेरिकी डलर हुने संशोधित अनुमान छ ।
बिमासम्बन्धी कसुरमा नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष पक्राउ
बीमा सम्बन्धी ऐन, २०७९ अन्तर्गतको कसुरमा संलग्न रहेको अभियोगमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् ।
३० औँ राष्ट्रिय चिया दिवस : सरकारी सहयोग नभएको चिया किसानको गुनासो
‘स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ आज ३० औँ राष्ट्रिय चिया दिवस मनाइँदै छ ।
विलासिताका वस्तुमा कर घटाउन चेम्बरको सुझाव
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले विलासिताका वस्तुमा लाग्दै आएको करको दर घटाउन सरकारलाई सुझाव दिनुभएको छ । हाल विलासिताका वस्तु तथा सेवामा लगाइएको कर उच्च रहेकाले त्यसलाई कम गर्दा राजस्व वृद्धिमा सहयोग पुग्ने उहाँको तर्क छ ।
दिगो आर्थिक सुधारका लागि संरचनागत सुधार गर्न सुझाव
वर्तमान आर्थिक सूचक सकारात्मक देखिए पनि वास्तविक क्षेत्र कमजोर रहेको अवस्थामा दिगो आर्थिक सुधारका लागि संरचनागत कदम चाल्नुपर्नेमा जोड दिएको छ । नेपाल राष्ट्र बैङ्क सोमबारदेखि ७१ औँ वर्षमा प्रवेश गरेका अवसरमा आयोजित समारोहमा पूर्वगभर्नर डा. युवराज खतिवडाले अर्थतन्त्रका बाह्य सूचक सामान्य देखिए पनि वास्तविक क्षेत्र कमजोर रहेको उल्लेख गर्नुभयो ।