कर तिर्छौं भन्दा तिर्न नपाएको गुनासो
इलाममा रहेको करदाता सेवा कार्यालयलाई सरकारले हटाउने निर्णय गरेपछि इलामका कर तिर्ने व्यवसायी समस्यामा परेका छन् । सहज रूपमा कर तिर्दै आएका निर्माण व्यवसायीदेखि अन्य साना
शङ्कास्पद वित्तीय कारोबार तथा गतिविधि वृद्धि
नेपालमा शङ्कास्पद वित्तीय कारोबार तथा गतिविधि अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ३० प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्क अन्तर्गतको वित्तीय जानकारी एकाइले सार्वजनिक गरेको आव २०८१/८२ को वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।
इराकका लागि पुनः श्रम स्वीकृति सुरु
वैदेशिक रोजगार विभागले रोजगारीका लागि इराकमा काम गरेर आधिकारिक आवासीय कार्ड ‘भ्यालिड रेसिडेन्सी कार्ड’ प्राप्त गरेका नेपाली श्रमिकलाई श्रम स्वीकृति दिन थालेको छ ।
संस्थागत सुशासन पहिलो प्राथमिकतामा : अध्यक्ष ढकाल
राष्ट्रिय वाणिज्य बैँक लिमिटेडको २० औँ वार्षिक साधारण सभा मङ्गलबार काठमाडौँमा सम्पन्न भएको छ ।
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ ।
परामर्श दिएर नेपालीले भित्र्याए अठार अर्ब
विदेशमा परामर्श दिएर नेपालीले गर्ने आम्दानी बढ्न थालेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना अर्थात् मङ्सिरसम्म नेपालीले आकर्षक आम्दानी भित्र्याएका छन् ।
सुन तोलाको पौने तीन लाख
स्थानीय बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला दुई लाख ७० हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा चार हजार एक सय रुपियाँले बढेर दुई लाख ७४ हजार सात सय रुपियाँमा कारोबार भएको छ ।
सुपारी, केराउ र मरीचको आयात खुला
सरकारले सुपारी, केराउ र मरीचको आयात खुला गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार राजपत्रमा सूचना निकालेर उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि मात्र कच्चा पदार्थका रूपमा केराउ, सुपारी, सेतो र कालो मरीच आयातका लागि अनुमति खुला गरेको हो ।
कन्दमूलको आपूर्ति र मूल्य दुवै बढ्यो
माघेसङक्रान्तिमा माग र खपत बढी हुने कन्दमूल (तरुल, पिँडालु र सखरखण्ड) को आपूर्ति र मूल्य गत वर्षको भन्दा बढेको छ । उपत्यकाका बजारमा ती कन्दमूलको आपूर्ति बढे पनि माग धेरै भएकाले मूल्य बढेको हो ।
हकप्रद सेयर निष्कासन गर्दै मेन्छियाम हाइड्रो
मेन्छियाम हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासनसम्बन्धी कार्य गर्न एनआइसी एसिया क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । मेन्छियाम हाइड्रोपावर एक सय रुपियाँ अङ्कित दरका ५४ लाख २५ हजार ८३३ कित्ता सेयरले हुन आउने रकम ५४ करोड २५ लाख ८३ हजार तीन सय रुपियाँको १:१ बराबर हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
तिलौराकोटमा आउने न्यून पर्यटक मात्र सङ्ग्रहालयमा
बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटमा वार्षिक एक लाख बढीको हाराहरीमा पर्यटक आए तर त्यहीँ नजिकै रहेको कपिलवस्तु सङ्ग्रहालयमा न्यून मात्रामा गएको देखिएको छ । गत आर्थिक वर्षमा तिलौराकोटमा स्वदेशी तथा विदेशी गरी एक लाख सात हजार ९५८ पर्यटकले भ्रमण गरेको तथ्याङ्क छ तर त्यसको २० प्रतिशत पनि नजिकै रहेको कपिलवस्तु सङ्ग्रहालयमा गएको देखिएन ।
कालिजपालनबाट आकर्षक आम्दानी
बाँकेको राप्तीसोनारी गाउँपालिका–२, मदुईका उदयराम पुनले कालिजपालनबाट राम्रो आम्दानी गर्नुभएको छ । उहाँले वार्षिक ३० लाख रुपियाँभन्दा बढीको कारोबार गरेर गाउँमै बसेर पनि विदेशभन्दा धेरै पैसा कमाउन सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ ।
कालिका पावरले बोनस सेयर दिने
कालिका पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा नौ करोडभन्दा धेरै नाफा गरेको छ । आव २०८०/८१ मा आठ करोड ४९ लाख आठ हजार ५८९ रुपियाँ नाफा गरेको कम्पनीले गत आव २०८१/८२ मा नौ करोड ८४ लाख २२ हजार ३५९ रुपियाँ नाफा गरेको गरेको हो । अघिल्लो वर्षभन्दा गत आवमा एक करोड ३५ लाख १३ हजार ७७० रुपियाँ नाफा गरेको सोमबार भरतपुरमा आयोजना गरिएको कार्यक्रममा जानकारी दिएको छ ।
मातृशिशु मृत्युदर घटाउने कार्यक्रम
मातृ तथा शिशु मृत्युदर घटाउन सचेतना कार्यक्रम कार्यान्वयन गरिने भएको छ । जनचेतनाको अभाव, कमजोर आर्थिक अवस्था र भौगोलिक विकटताका कारण मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदर उच्च रहेको भन्दै यसलाई घटाउन नमुना खालका कार्यक्रम सञ्चालन गर्न लागिएको कर्णाली प्रदेश सरकारले जनाएको छ ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
प्रदूषण शुल्कको खर्च अन्तै
पेट्रोलियम पदार्थमा लगाइएको प्रदूषण शुल्कबापत ३१ अर्ब रुपियाँ सङ्कलन भएको छ । आर्थिक वर्ष २०६५/६६ देखि चालु आव २०८२/८३ को १५ पुससम्म प्रदूषण कर शीर्षकमा ३१ अर्ब १२ करोड रुपियाँ सङ्कलन भएको नेपाल आयल निगमले जनाएको छ ।
किसानले पाएनन् तरुलको उचित मूल्य
सर्लाहीका तरुल उत्पादक किसानले यस वर्ष तरुलको उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यावसायिक तरुल खेती हुने जिल्लाको बागमती र बरहथवा नगरपालिकामा अब माघेसङक्रान्तिका लागि तरुल खनेर लगभग सकिन लागेको छ तर व्यापारीले मूल्य नदिँदा सस्तैमा बेच्नु परेको गुनासो किसानले गरेका हुन् ।
भित्रियो साढे सात अर्ब वैदेशिक लगानी
चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा साढे सात अर्ब प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ ।
गुणस्तरहीन मकै नष्ट
बाँकेको डल्फिन फिड्समा भेटिएको दुई हजार पाँच सय केजी गुणस्तरहीन मकै नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको नेपालगन्ज कार्यालयले बाँके जिल्लाको कोहलपुर नगरपालिका–७ स्थित डल्फिन फिड्स प्रालिमा भेटिएको उक्त परिमाणको गुणस्तरहीन मकै नष्ट गरेको हो ।विभागका अनुसार सो कार्यालयले यही पुस १७
विस्तार हुँदै बैङ्किङ पहुँच
पछिल्लो समय नेपालको समग्र आर्थिक तथा वित्तीय अवस्था क्रमशः सुधारोन्मुख देखिँदा निक्षेप र कर्जा दुवै खाताको सङ्ख्या उल्लेखनीय रूपमा बढ्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्क अनुसार चालु आवको पहिलो पाँच महिनामै निक्षेप खाता छ करोड १५ लाख नाघेको छ भने कर्जा खाता २० लाखभन्दा माथि पुगेको छ ।
वार्षिक नौ करोड अन्डा उत्पादन
दाङ अन्डामा आत्मनिर्भरसँगै बाहिर निर्यात गर्ने जिल्लाका रूपमा चिनिन थालेको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र दाङका अनुसार प्रतिव्यक्ति वार्षिक रूपमा आवश्यक पर्ने ४८ युनिट अन्डाभन्दा बढी जिल्लामा अन्डा उत्पादन हुने गरेको छ ।
पाँच गुणा बढे हवाई यात्रु , गत वर्ष पैँसट्ठी लाखले गरे यात्रा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई सेवा लिने यात्रुको सङ्ख्या दिन दुई गुणा, रात चार गुणाका दरले बढ्दै गएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता (आन्तरिक र अन्तर्राष्ट्रियतर्फ) ८० लाख यात्रु हो । सन् २०२० देखि सन् २०२५ सम्मको अवधिमा बढेका हवाई यात्रुको चाप प्रत्येक वर्ष बढिरहेको छ । सन् २०२४ मा यो विमानस्थलबाट करिब ६५ लाख यात्रुले यात्रा गरेका छन् । यात्रु सङ्ख्या वृद्धि हुँदै जाँदा सहज यात्रा, उडान सुनिश्चितता र उडान अवधिमा समेत असर पुग्दै आएको छ ।
भेदभाव न्यूनीकरण बजेट माग
जातीय भेदभाव तथा छुवाछुत न्यूनीकरणका लागि स्थानीय तहले नीति, बजेट र योजना ल्याउनुपर्ने माग गरिएको छ । दलित समुदायबाट प्रतिनिधित्व गर्ने स्थानीय तहका जनप्रतिनिधिले संविधान अनुसार दलितलगायतका सामाजिक विभेद अन्त्यका लागि काम गर्न नसकिरहेको भन्दै उक्त माग गरेका हुन् ।
पशुसेवा कार्यालयको जग्गा अदालतलाई दिएकोप्रति आपत्ति
उपत्यकाका तीन जिल्लाका किसानलाई पशुपन्छीको सेवा दिन २००६ सालमा स्थापना भएको पशु सेवा कार्यालयको जग्गा र भवन अदालतलाई हस्तान्तरण गर्न नहुने सरोकारवालाले उल्लेख गरेका छन् ।