• ५ मंसिर २०८२, शुक्रबार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

blog

काठमाडौँ,  मङ्सिर ५ गते । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज दुवै धातुको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा रु. एक हजार ३०० ले घटेको छ भने त्यति नै परिमाणको चाँदी रु. ८५ ले घटेको छ । आज एक तोला सुनको मोल रु. दुई लाख ४१ हजार ७०० निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु. तीन हजार १०० कायम भएको छ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस