थाइल्यान्ड र क्याम्बोडियाबिच तीन हप्तापछि शान्ति समझौता
थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन् । दुवै देशले केही हप्तादेखि जारी सीमा संघर्ष रोक्ने र शान्ति स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको युद्धविराममा सहमति जनाएमा युक्रेन सङ्कट अन्त्यका लागि तयार गरिएको शान्ति योजनालाई जनमतसंग्रहमा लैजान आफू तयार रहेको बताउनुभएको छ ।
युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने तयारी गर्नु भएको छ ।
शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भूमिकाबारे आफ्नो धारणा सार्वजनिक गर्नु भएको छ ।
चीनको ऊर्जा क्षेत्रमा वृद्धि, सौर्य ऊर्जामा मुख्य योगदान
चीनको विद्युत उत्पादन क्षमता नोभेम्बर महिनासम्म तीन अर्ब ७९ करोड किलोवाट पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १७.१ प्रतिशतले बढी हो ।
वेस्ट ब्याङ्कमा इजरायलद्वारा प्रस्तावित नयाँ बस्तीको चौतर्फी आलोचना
विभिन्न १४ वटा राष्ट्रले इजरायली सुरक्षा मन्त्रिपरिषदले वेस्ट ब्याङ्कमा प्रस्तावित १९ वटा नयाँ बस्तीलाई स्वीकृति दिएकोमा आलोचना गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै बेलायत, स्पेन, फ्रान्स, जर्मनी, क्यानडा,जापानलगाएतका देशले आलेचना गरेको जनाइएको छ ।
वेस्ट ब्याङ्कमा इजरायलद्वारा प्रस्तावित नयाँ बस्तीको चौतफी आलोचना
विभिन्न १४ वटा राष्ट्रले इजरायली सुरक्षा मन्त्रिपरिषदले वेस्ट ब्याङ्कमा प्रस्तावित १९ वटा नयाँ बस्तीलाई स्वीकृति दिएकोमा आलोचना गरेका छन् ।
अपदस्थ राष्ट्रपति युनविरुद्ध १० वर्ष कैदको माग
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योलविरुद्ध सन् २०२४ मा मार्सल ल लागु गर्ने असफल प्रयास तथा पदमा रहँदा उत्पन्न भएका अन्य गम्भीर आरोप सम्बन्धी सात आपराधिक मुद्दा मध्ये पहिलोमा स्वतन्त्र अभियोजन कर्ताले शुक्रबार १० वर्षको जेल सजाय माग गरेका छन् ।
रक्षा खर्च बढाउँदै जापान, आर्थिक वर्ष २०२६ मा ऐतिहासिक वृद्धि
जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चार माध्यमका अनुसार प्रस्तावित रक्षा बजेट नौ खर्ब चार अर्ब येन पुगेको छ, जुन करिब ५८ अर्ब अमेरिकी डलर बराबर हुन्छ ।
जापानको कारखानामा हिंसात्मक घटना : १४ जना घाइते
जापानको मध्य भागमा पर्ने शिजुओका प्रान्तको मिशिमा सहरस्थित एक कारखानामा भएको चक्कु प्रहारमा १४ जना घाइते भएका छन् ।
म्यान्मामा पाँच वर्षपछि आम चुनाव
म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो चरण हुँदै छ ।
नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण
राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरपश्चिमी नाइजेरियामा इसाई समुदायमाथि भइरहेको कुनै पनि प्रणालीगत आक्रमणप्रति कडा चेतावनी दिनुभएको केही हप्तापछि अमेरिकी सेनाले क्रिसमसको दिन इस्लामिक स्टेट (आइएस) समूहका लडाकूविरुद्ध ‘शक्तिशाली र घातक’ सैन्य आक्रमण सुरु गरेको बताइएको छ ।
ओडिसामा गोली हानाहान, शीर्ष कमाण्डरसहित छ जना नक्सलवादी विद्रोहीको मृत्यु
पूर्वी भारतीय राज्य ओडिसामा भएको प्रहरीसँगको गोली हानाहानमा मारिएका छ जना नक्सलवादी विद्रोही मध्ये एक जना शीर्ष कमान्डर रहेको अधिकारीहरूले बताएका छन् ।
विश्वव्यापी उत्पादन घट्दा टोयोटाको बिक्रीमा पनि असर, आगामी महिना चुनौतीपूर्ण !
विश्वकै सबैभन्दा ठूलो अटोमोबाइल निर्माता ‘टोयोटा मोटर कर्पोरेसन’ले नोभेम्बर महिनामा आफ्नो विश्वव्यापी उत्पादन ५.५ प्रतिशतले घटेर आठ लाख २१ हजार ७२३ इकाइमा सीमित भएको जानकारी दिएको छ ।
क्याम्बोडिया-थाइल्यान्ड सीमामा झडप जारी, शान्ति वार्ता असफल हुने खतरा
क्याम्बोडियाले शुक्रबार थाइल्यान्डमाथि विवादित सीमा क्षेत्रमा आक्रमण तीव्र बनाएको आरोप लगाएको छ । दुवै देशका अधिकारी पाँचदिने वार्ता गर्दै थिए, जसको उद्देश्य झडप रोक्नु थियो ।
संयुक्त राष्ट्रसङ्घद्वारा बुशरा बीबीको हिरासतको अवस्थाको आलोचना
यातनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिवेदकले पाकिस्तानका पूर्व प्रधानमन्त्रीकी पत्नी बुशरा बीबी खानको नजरबन्दको अवस्थाको आलोचना गर्दै उहाँको अवस्था अन्तर्राष्ट्रिय मापदण्डभन्दा न्युन रहेको बताउनु भएको छ ।
चीनको उच्च गतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्याे
जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ रेल लाइन सञ्चालनमा आएसँगै कुल सञ्चालन दूरी ५० हजार किलोमिटर पार गरेको छ ।
थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो
थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको हिन्दू देवता विष्णुको मूर्ति हटाएको पुष्टि गरेको छ । सरकारका अनुसार यस कदमको उद्देश्य धर्म वा विश्वासको अनादर गर्ने उद्देश्य नभई सीमा क्षेत्रमा नियन्त्रण कायम गर्नु र सुरक्षा सुनिश्चित गर्नु थियो ।
रुस-युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयास
सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल दुई देशबिचको सैन्य द्वन्द्व रहेन । चार वर्षको अवधिमा यो युद्ध युरोपेली सुरक्षा संरचना, अन्तर्राष्ट्रिय कानून, शक्ति सन्तुलन र विश्व राजनीतिका आधारभूत मान्यतालाई नै चुनौती दिने स्तरमा पुगेको छ ।
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
रूसी आणविक-सक्षम बमवर्षक विमानले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन सागर र बेरेन्ट्स सागरमाथि ‘निर्धारित’उडान गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ ।
जेलेन्स्कीको कडा चेतावनी
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहेकोप्रति गम्भीर चेतावनी दिनुभएको छ ।
अवामी लिग चुनावबाहिर
बङ्गलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकारका प्रेस सचिव शफीकुल आलमले बङ्गलादेश अवामी लिगले आगामी वर्ष फेब्रुअरीमा हुने राष्ट्रिय संसदीय निर्वाचनमा सहभागी हुन नपाउने स्पष्ट गर्नु भएको छ ।
सन् २०२५:भारत-चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष
विश्व सन् २०२५ को अन्तिम सातामा छ ।
उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति
उत्तर कोरियाले आणविक-सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको सङ्केत दिएको छ । राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरमा धेरै हदसम्म पूरा भएको पनडुब्बीको बाहिरी संरचना देखिन्छ ।