भारत-कोरिया रणनीतिक वार्ता
बदलिँदो विश्व आर्थिक परिस्थिति र आपूर्ति शृङ्खलामा देखिएको अस्थिरताको पृष्ठभूमिमा भारतले सोमबार नयाँदिल्लीमा दक्षिण कोरियाली राष्ट्रपति ली जे-म्युङलाई औपचारिक स्वागत गरेको छ । यस भेटमा जहाज निर्माण, कृत्रिम बौद्धिकता तथा उच्च प्रविधि क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयलाई प्रमुख एजेन्डाका रूपमा लिइएको छ ।
पराग्वे खेलमा हिंसा, दर्जनौँ घाइते
राजधानी असन्सियोनस्थित एक प्रमुख फुटबल रङ्गशालामा ओलिम्पिया र सेरो पोर्टेनोबिचको खेल हिंसात्मक भिडन्तका कारण बीचमै रोकिएपछि पराग्वेमा खेलकुद सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ ।
जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प , सुनामीको चेतावनी
उत्तरी जापानमा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि जापान मौसम विज्ञान एजेन्सी (जेएमए)ले तीन मिटरसम्म अग्ला सुनामी छाल आउन सक्ने चेतावनी जारी गरेको छ । भूकम्पपछि तटीय क्षेत्रमा तत्काल सुरक्षित स्थानमा सर्ने निर्देशन दिइएको छ ।
अमेरिकासँगको वार्तामा भाग नलिने इरानको योजना
मध्यपूर्वमा जारी तनाव र युद्धविरामको समयसीमा नजिकिँदै गर्दा इरानले हाल संयुक्त राज्य अमेरिकासँगको वार्तामा भाग लिने कुनै योजना नभएको स्पष्ट पारेको छ ।
मलेसियामा भीषण आगलागी, हजारौँ विस्थापित
मलेसियाको बोर्नियो टापुको तटीय बस्तीमा आइतबार बिहान भएको भीषण आगलागीले ठुलो मानवीय सङ्कट निम्त्याएको छ । समुद्रमाथि काठका खम्बामाथि बनाइएका घना घरमा लागेको आगो तीव्र गतिमा फैलिँदा करिब एक हजार घर पूर्णरूपमा नष्ट भएका छन् भने नौ हजारभन्दा बढी बासिन्दा विस्थापित भएका छन् ।
अमेरिकामा घरेलु हिंसा : आठ बालकको ज्यान गयो
संयुक्त राज्य अमेरिकाको लुइसियानामा आइतबार बिहान भएको भयावह घरेलु हिंसाको घटनाले सिङ्गो समुदायलाई स्तब्ध बनाएको छ । घटनामा एक व्यक्तिले आफ्नै परिवारका अधिकांश सदस्य रहेका आठ बालबालिकालाई गोली हानेर हत्या गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको महासचिव पदमा चारजना दाबेदार
संयुक्त राष्ट्रसङ्घको आगामी महासचिव चयन प्रक्रिया यसपटक असामान्य रूपमा सीमित प्रतिस्पर्धामा देखिएको छ । सन् २०१६ मा १३ जना उम्मेदवारबिच भएको खुला र उत्साहजनक प्रतिस्पर्धाको तुलनामा अहिले केवल चार जना दाबेदार मात्र औपचारिक प्रस्तुतिका लागि अघि आएका छन् ।
रोबोटले तोड्यो मानव कीर्तिमान
चीनको तीव्र गतिमा अघि बढिरहेको प्रविधि विकासलाई झल्काउने घटनामा बेइजिङमा आयोजित हाफ–म्याराथनमा एक मानवाकृति रोबोटले मानव विश्व कीर्तिमान नै उछिन्दै ऐतिहासिक सफलता हासिल गरेको छ ।
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
इरानले संयुक्त राज्य अमेरिकाले आफ्ना बन्दरगाहहरूमाथिको नौसैनिक नाकाबन्दी नहटाएसम्म होर्मुजको जल डमरूमध्य पूर्ण रूपमा खुला नहुने स्पष्ट पारेसँगै क्षेत्रीय तनाव पुनः चुलिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन कोलोराडोमा हुँदै
नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आगामी जेठ महिनाको दोस्रो साता अमेरिकाको कोलोराडोमा आयोजना हुने भएको छ।
रुसी तेल खरिदमा अमेरिकाले लगाएको प्रतिबन्ध फुकुवा थप विस्तार
अमेरिकी ट्रम्प प्रशासनले एक महिना लामो प्रतिबन्धमा छुट जारी गर्दै समुद्रमा रहेका रुसी तेल र पेट्रोलियम पदार्थको बिक्रीलाई अनुमति दिने निर्णयलाई शुक्रबार थप बिस्तार गरेको छ ।
पाकिस्तानी सेना प्रमुखको तीन दिने इरान भ्रमण सम्पन्न
पाकिस्तानका सेना प्रमुखले मध्यपूर्व युद्ध अन्त्य गर्ने प्रयास स्वरूप इरानका शीर्ष नेता र वार्ताकारसँग भेट गर्दै शनिबार तेहरानको भ्रमण गर्नुभएको छ । उहाँको भ्रमण शुक्रबार सम्पन्न भएको छ ।
इरानी हवाइ क्षेत्र आंशिकरूपमा खुला : उड्डयन प्राधिकरण
इरानले आफ्नो आंशिक हवाई क्षेत्र र केही एयरपोर्ट शनिबारदेखि आंशिक रूपमा पुनः खोलेको इरानी नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । इरानको पूर्वी क्षेत्रको हवाई क्षेत्र, केही एयरपोर्ट र हवाई मार्ग अन्तर्राष्ट्रिय उडानको लागि पुनः खोलिएको प्राधिकरणले विज्ञप्ति जारी गर्दै पुष्टि गरेको छ ।
अफगानिस्तानमा बाढीका कारण, ७३ हजारभन्दा बढी प्रभावित : राष्ट्रसङ्घ
अफगानिस्तानका विभिन्न प्रान्तमा यस अघि लगातार १२ दिनसम्म आएको वर्षा र बाढीका कारण ७३ हजार भन्दा बढी मानिस प्रभावित भएको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) लाई उदृत गर्दै शनिबार टोलो न्यूजले जनाएको छ ।
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
संयुक्त राष्ट्र सङ्घले होमुज जल क्षेत्र खोल्ने इरानीे घोषणाको स्वागत गरेको जनाइएको छ । घोषण अनुसार संयुक्त राज्य अमेरिकासँग तथ भएको युद्धविराम अवधि भर सबै व्यावसायिक जहाजका लागि हार्मुज जलक्षेत्र पूर्णरूपमा खुल्ने छ ।
भारतमा मिनी बस दुर्घटना हुँदा १० जनाको मृत्यु
दक्षिणी भारतीय राज्य तमिलनाडुको एउटा खोलामा खसेर मिनी बसेर दुर्घटना हुँदा कम्तीमा दस जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको अल इन्डिया रेडियो (एआइआर) ले जनाएको छ ।
सम्झौता नभएसम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग शान्ति सम्झौतामा नभएसम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी कायम राख्ने योजना बनाएको बताउनु भएको छ ।
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
सन् २०२५ मा समुद्री मार्गबाट भाग्ने क्रममा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्ले जनाएको छ । सन् २०२५ मा अन्डमान सागर र बङ्गालको खाडीमा रोहिंग्या शरणार्थी वोकेका जहाजह दुर्घटना हुदाँ उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका प्रवक्ता बाबर बलोचले जेनेभामा पत्रकार सम्मेलनमा बताउनु भएको छ ।
होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो
इरानसँगको युद्धविरामको समयसीमा नजिकिँदै जाँदा स्ट्रेट अफ होर्मुजको सुरक्षा र समुद्री आवागमन पुनः सञ्चालन गर्ने विषयमा अन्तर्राष्ट्रिय चासो तीव्र बनेको छ ।
पाकिस्तानसँगको युद्ध विबादका कारण अफगान सीमाका बालबालिकाको शिकाइ प्रभावित
पाकिस्तानसँगको युद्ध विवादका कारण अफगानिस्तानको सीमावर्ती गाउँ बारिकोटमा विद्यालय स्तरका कुनै बालबालिका नभएको र युद्धमा विद्यालयमा आक्रमण भए पछि विद्यालय परिसर सुनसान भएको जनाइएको छ ।
रूसतर्फ अफ्रिकी किसान सार्ने पहल
दक्षिण अफ्रिकी श्वेत किसानलाई रूसमा पुनः स्थापित गर्ने पहल सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय राजनीति, आप्रवासन नीति र जातीय बहस एकै साथ तातिएको छ ।
लेबनानमा युद्धविराम लागु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएको लेबनान र इजरायल बिचको युद्धविराम सम्झौता लागु भएको जनाइएको छ ।
फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु
फिलिपिन्सको सुरक्षा बलले आफूलाई पक्राउ गर्ने प्रयासको प्रतिक्रिया गर्दा १० जना सशस्त्र इस्लामवादी उग्रवादीको हत्या गरेको प्रहरीले जनाएको छ । मुख्यतया क्याथोलिक मुस्लिम बाहुल्याता भएको दक्षिणमा प्रहरी र सैनिकसँगको गोलीबारी भएको थियो ।
म्यान्मा : नयाँ वर्षमा कैदी रिहाइ, तर राजनीति यथावत्
म्यान्मामा परम्परागत नयाँ वर्षको अवसरमा हजारौँ कैदी रिहा गरिए पनि राजनीतिक बन्दीको भविष्य भने अझै अन्योलमै देखिएको छ ।