फेसनका नयाँ डिजाइन प्रस्तुत
दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजित ‘आइइसी डिजाइनर रनवे–१५’ नामक फेसन सोमा १८ सेलिब्रेटी र मोडलले एउटै ¥याम्पमा फेसनका नयाँ डिजाइन प्रदर्शन गरे । आइइसी कलेजको आयोजना रहेको फेसन शोमा शिल्पा मास्के, नीति शाह, स्वस्तिमा खड्का, आँचल शर्मा, आना शर्मा, मलिका महत, अदीति अधिकारीलगायत फेसनका आकर्षक र नयाँ डिजाइनसहित प्रस्तुत हुनुभयो । उक्त सोमा ६६ जनाभन्दा बढी डिजाइनरले तयार पारेका विभिन्न आकर्षक फेसनका ३० र १७ तरिकाको ¥याम्प प्रदर्शन भएका थिए । भारतीय कोरियोग्राफर यतिन गान्धी कारियोग्राफी रहेको सोलाई नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको हो ।
सेन्सर बोर्डको सदस्यमा पण्डित नियुक्त
केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को सदस्यमा मनोज पण्डित नियुक्त हुनुभएको छ । मन्त्रीस्तरीय निर्णयबाट उहाँलाई सदस्यमा नियुक्त गरिएको सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता उदयबहादुर रानामगरले बताउनुभयो ।
कार्कीको ‘अब बन्छ मेरो देश’ सार्वजनिक
नेपाल प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीको शब्द रचना रहेको नयाँ देशभक्तिमूलक गीत ‘अब बन्छ मेरो देश’ शुक्रबार सार्वजनिक गरिएको छ । गीतले सामाजिक रूपान्तरण, अन्याय तथा अत्याचारको अन्त्य, आमनागरिकमा न्यायप्रतिको भरोसा र आशा, आपसी सहिष्णुता, भ्रातृत्वभाव तथा राष्ट्रिय एकतामार्फत समृद्ध नेपाल निर्माण गर्न सकिने सन्देश प्रस्तुत गरेको छ । गीतमार्फत समाजमा सकारात्मक सोच, सहकार्य र परिवर्तनको आवश्यकता औँल्याइएको छ ।
प्रहरी महानिरीक्षक कार्कीको गीत ‘अब बन्छ मेरो देश’ सार्वजनिक
नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीको शब्द रचना रहेको नयाँ राष्ट्रभक्तिमूलक गीत ‘अब बन्छ मेरो देश’ सार्वजनिक गरिएको छ ।
चलचित्र ‘गौँथली’ को पोस्टर सार्वजनिक
निर्माण पक्षले चलचित्र ‘गौँथली’का दुईवटा पोस्टर सार्वजनिक गरेको छ ।
‘पियारी’ सार्वजनिक
नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘पियारी’ बोलको कौडा चुड्का गीत सार्वजनिक गरिएको छ । गण्डक क्षेत्रको रैथाने भाकालाई समेटिएको गीतले विशेषतः गोरखा, तनहुँ आसपासमा प्रचलित परम्परागत सांगीतिक शैलीलाई उजागर गरेको निर्माण टिमले जनाएको छ ।
लालीबजार आँसु र अस्तित्वको सङ्घर्ष
लामो समयको विवाद, सामाजिक बहस र कानुनी लडाइँपछि प्रदर्शनमा आएको चलचित्र ‘लालीबजार’ ले नेपाली समाजको एउटा यस्तो पाटोलाई उजागर गर्छ, जसलाई अक्सर समाजले हेर्न र बुझ्न चाहँदैन । निर्देशक यम थापाले बादी समुदायका महिलालाई लिएर बुनिएको भ्रम र सत्यतालाई पर्दामा कलात्मक ढङ्गले प्रस्तुत गर्नुभएको छ । चलचित्र प्रदर्शनपूर्व यसले बादी समुदायको मानमर्दन गर्छ कि भन्ने चिन्ता र विरोध सुनिएको थियो तर चलचित्र हेरिसकेपछि त्यो विवादको कुनै तुक देखिँदैन । निर्देशक थापाले बादी महिलाको कथालाई अपमानजनक ढङ्गले होइन, अत्यन्तै संवेदनशील र सन्देशमूलक रूपमा पस्कनुभएको छ । चलचित्रले बादी समुदायलाई चोट पु¥याउनुको साटो उनीहरूको रहनसहन, बाध्यता र समाजको दोहोरो चरित्रलाई नजिकबाट नियाल्न सघाउँछ ।
दुई नयाँ चलचित्रहरुको प्रदर्शन हुँदै
दाङको चलचित्रकर्मीहरुद्वारा स्थानीय रुपमै निर्मित चलचित्र, “इहिरी” र “द रिचुअल” को काठमाडौं थापाथलीमा शनिबारदेखि एक सातासम्म विशेष प्रदर्शन हुँदैछ।
खेरको स्वरमा ‘आइएम जितबहादुर’
चलचित्र ‘आइएम जितबहादुर’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बलिउड गायक कैलाश खेरको स्वर रहेको छ । चलचित्रलाई अभिनेता जितु नेपालले निर्माण गर्नुभएको हो । गीतमा राजसिंह सिधु र जितु नेपालको शब्द रचना र सङ्गीत बव एसएनको छ ।
‘काजी’ को ट्रेलर सार्वजनिक
चलचित्र ‘काजी’ को ट्रेलर सार्वजनिक गरिएको छ । मङ्गलबार एक कार्यक्रमबिच तीन मिनेट छ सेकेन्ड लामो प्रेमिल ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले चलचित्रको कथावस्तुबारे सङ्क्षिप्तमा प्रकाश पारेको छ ।
‘तिमी छौ त त्यो याद पनि मिठो छ’ बजारमा
राष्ट्रिय सभाका सांसद डा. अन्जान शाक्यको म्युजिक भिडियो ‘तिमी छौ त त्यो याद पनि मिठो छ’ सार्वजनिक भएको छ । ‘रोज’ ‘बहार’ ‘श्रष्द्रापुष्प’, ‘अन्जानपथ’ जस्ता एकल एल्बम र अन्य दजर्न बढी कलेक्सन एल्बममा गीत गाउनु भएकी शाक्यको यो पछिल्लो म्युजिक भिडियो हो ।
चलचित्रमा दर्शकको बढ्दो आकर्षण
पछिल्लो समय नेपाली चलचित्र दर्शकको प्राथमिकतामा पर्न थालेको छ । नयाँ वर्षको छेकोमा प्रदर्शनमा आएका चलचित्रले घरेलु बजारमा सुखद सुरुवात गरेका छन् । चलचित्र विकास बोर्डले सार्वजनिक गर्ने बक्स अफिस रिपोर्टलाई आधार मान्दा नयाँ वर्ष २०८३ पनि सुखद हुने लक्षण देखिएको छ । चैत २७ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘राम नाम सत्य’ ले राम्रो व्यापार गरेको छ । विकास बोर्डको तथ्याङ्क अनुसार वैशाख २६ गतेसम्म चलचित्रको एक लाख २१ हजार चार सय पाँच टिकट बिक्री भएका छन् । सो चलचित्रले तीन करोड ४० लाख ८१ हजार छ सय ९१ कमाइ गरेको छ ।
‘मेरो प्राथमिकता, अझै राम्रो काम’
‘होस्टेल रिटन्स’ चलचित्रमार्फत अभिनय यात्रा सुरु गर्नुभएकी अभिनेतृ स्वस्तिमा खड्काले त्यसयता फर्केर हेर्नु परेको छैन । जीवन्त अभिनयबाट दर्शकको मनमस्तिष्कमा बस्न सफल अभिनेतृ खडकालाई ‘ब्युटी विथ ब्रेन’ को उपमा दिँदा फरक पर्दैन । हरेक चलचित्रमा फरक भूमिकामा देखिन रुचाउने उहाँ यतिबेला चर्चामा हुनुहुन्छ चलचित्र ‘लालीबजार’ का कारण । चलचित्रमा बादी स
नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कन गन्तव्य बनाइने
सरकारले नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कन तथा सिर्जनात्मक गन्तव्यका रूपमा विकास गर्ने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संसद्मा सार्वजनिक गर्दै यस्तो घोषणा गर्नुभएको हो ।
चलचित्रमा द्वन्द्व : आवश्यकता कि दर्शकको माग
चलचित्र द्वन्द्वरहित हुँदैनन् । चलचित्रलाई राम्रो बनाउने एउटा पाटो पनि द्वन्द्वलाई लिने गरिन्छ तर द्वन्द्वलाई गर्ने परिभाषा भने फरक फरक गरिएको पाइन्छ । अभिनेता निखिल उप्रेतीले खिरमा ल्वाङ हाल्ने कि नहाल्ने विषयलाई द्वन्द्वको परिभाषामा सजिलो तरिकाले बुझाउन खोज्नुभयो । ‘खिर पकाउँदा ल्वाङ नहाले पनि खिर त बन्छ नि । खानलायक बन्छ तर ल्वाङ हालिसकेपछि त्यसले दिने काम त्यत्तिकै उपयोगी हुन्छ,” उहाँले भन्नुभयो ।
‘चलचित्र मेरो पनि कथा हो’
चलचित्र ‘लालीबजार’ बादी समुदायका महिलाको कथा भएकै कारण समुदायलाई कसरी प्रस्तुत गरिएको छ भन्ने विषयले चर्चा पायो । चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्काले बादी महिलाको भूमिका निर्वाह गर्नुभएको छ । शासकको शोषणमा परेकी एक आमाले आफ्नो सन्तानलाई शिक्षा ज्योति दिन गरेको सङ्घर्ष नै चलचित्रको मूल कथा हो ।
सजेन श्रेष्ठको नयाँ गीत ‘उज्यालो’ सार्वजनिक
गायक सजेन श्रेष्ठको नयाँ गीत ‘उज्यालो’ सार्वजनिक भएको छ । गायक श्रेष्ठकै शब्द तथा सङ्गीत रहेको उक्त गीत म्युजिक भिडियोमार्फत सार्वजनिक गरिएको हो । गीतमा अमोघ अर्याल र मीरा खड्काको अभिनय रहेको छ ।
तीन नेपाली चलचित्र प्रदर्शनमा
शुक्रबारबाट हलमा तीन नेपाली चलचित्र लालीबजार, गुरुआमा र मालती मङ्गले प्रदर्शनमा आएको छ । स्वस्तिमा खड्का अभिनीत चलचित्र ‘लालीबजार’ बादी समुदायकी एक महिलाले छोरीको प्रतिष्ठा र जीविकोका लागि गर्ने सङ्घर्षको कथा बताउँछ ।
चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्ने छः अभिनेत्री खड्का
अभिनेत्री स्वस्तिमा खड्का पछिल्लो समय चरित्र बाच्ने अभिनेत्रीको रूपमा परिचित हुनुहुन्छ । ‘होस्टेल रिटन्स’ नामक चलचित्रमार्फत अभिनय यात्राको सुरुआत गर्नुभएकी अभिनेत्री खड्कालाई चर्चित गीत ‘कुटुमा कुटु’ ले आम दर्शकमाझ परिचित गरायो । उहाँलाई ‘कुटुमा कुटु गर्ल’ भनेर उपनाम समेत दिइयो ।
‘लालीबजार’ प्रदर्शनमा
चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च अदालत पाटनले यही वैशाख २३ गते चलचित्र प्रदर्शनमा रोक लगाउने अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै आजदेखि चलचित्र प्रदर्शनमा आएको हो ।
नेपालगन्जमा भारतीय कत्थक नृत्य प्रस्तुत
नेपाल–भारत सांंस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले नेपालगन्जमा भारतीय राजदूतावासको सौजन्यमा एक विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ ।
अदालतको आदेशसँगै ‘लालीबजार’ प्रदर्शन हुने
नेपाली फिल्म ‘लालीबजार’ प्रदर्शन गर्ने बाटो खुलेको छ । बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले यसअघि ‘लालीबजार’ को प्रदर्शनमा रोक लगाउँदै दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । यस आदेशसँगै फिल्म आगामी शुक्रबार, अर्थात् वैशाख २५ गतेदेखि प्रदर्शनमा आउने निर्माण कम्पनी षट्कोण आटर््सले जनाएको छ
अभिनयबाट विजयको राजनीतिमा छलाङ
छिमेकी भारतमा कलाकारप्रतिको ‘क्रेज’ थामिनसक्नुको छ । कलाकारलाई देवता झैँ पुज्ने भारतमा कलाकार बिरामी हुँदा वा दुर्घटनामा घाइते हुँदा उनीहरूको कामनाका लागि ठुला पूजा मात्र होइन व्रत नै बस्ने गरिन्छ ।
म्युजिक नाइट रनमा एक्सट्रिम इनर्जी पार्टनर
दोस्रो नेपालगन्ज १० के म्युजिक नाइट रनमा एक्सट्रिम इनर्जीले इनर्जी पार्टनरका रूपमा सहकार्य गरेको छ । यही वैशाख २५ गते राति ८ बजे हुने म्युजिक नाइट रन संगीत र दौडमार्फत समाजलाई एकतामा बाँध्ने र सहरलाई चलायमान गराउने अभियान रहेको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले बताउनुभयो ।