शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ ३ गते । दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजित ‘आइइसी डिजाइनर रनवे–१५’ नामक फेसन सोमा १८ सेलिब्रेटी र मोडलले एउटै ¥याम्पमा फेसनका नयाँ डिजाइन प्रदर्शन गरे । आइइसी कलेजको आयोजना रहेको फेसन शोमा शिल्पा मास्के, नीति शाह, स्वस्तिमा खड्का, आँचल शर्मा, आना शर्मा, मलिका महत, अदीति अधिकारीलगायत फेसनका आकर्षक र नयाँ डिजाइनसहित प्रस्तुत हुनुभयो ।
उक्त सोमा ६६ जनाभन्दा बढी डिजाइनरले तयार पारेका विभिन्न आकर्षक फेसनका ३० र १७ तरिकाको ¥याम्प प्रदर्शन भएका थिए । भारतीय कोरियोग्राफर यतिन गान्धी कारियोग्राफी रहेको सोलाई नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको हो ।